यूनाईटेड इन्स्योरेन्समा कर्मचारीमाथि शोषण, राजीनामा दिएका कर्मचारीलाई बर्खास्त गर्दै जरिवाना तिराउँदै
काठमाडौं । बारम्बार विवादमा आईरहेको यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले कर्मचारीमाथि चरम शोषण गरिरहेको छ । कम्पनीको सार्वजनिक छवि विग्रदै जाँदा कर्मचारीको मनोबल निकै खस्किएको छ । परिणाम स्वरुप कर्मचारीहरुले भटाभट राजीनामा दिन थालेका छन् । कर्मचारीहरुले राजीनामा थेग्न गाह्रो भएपछि कम्पनी व्यवस्थापन भने दमन र शोषणमा उत्रिएको छ । राजीनामा दिएका कर्मचारीको राजीनामा स्वीकृत नगर्ने, राजीनामा दिएको तीन महिनापछि कार्यालय हाजिर नहुने कर्मचारीहरुलाई ब्रखास्त गरिएको सूचना प्रकाशित गर्ने र ४ महिनाको तलव बराबर क्षतिपूर्ति तिराउने काम गरिरहेको पीडित कर्मचारीहरुले बताएका छन् । पछिल्लो समय कम्पनीको मुख्यालयको व्यापार शाखा प्रमुख बद्री अधिकारी, पोखराका शाखा प्रबन्धक शिव सुवेदी, नारायणगाढको शाखा प्रबन्धक रामबहादुर गुरुङ, बजार अधिकृत तिर्थबहादुर गुरुङ, सर्लाही शाखा प्रबन्धक दिनेश कार्की, जनकपुर शाखा प्रबन्धक मुकेश कुमार दाहालले राजीनामा दिएका छन् । त्यस्तै, केन्द्रीय कार्यालयका लेखा अधिृकत रविरञ्जन सराफ, धनगढीका शंकर कुमार भण्डारी, बनेपाका राधाकृष्ण श्रेष्ठ, इटहरीका पूजा निरौलाले राजीनामा दिएका छन् । यसअघि केन्द्रीय कार्यालय तथा विभिन्न शाखाबाट राकेश कर्माचार्य, प्रकाश गैरे, धिरेन्द्र जोशी, हरि चौधरी, प्रविण कोइराला, टंक रेग्मी, प्रकाश पन्त, ईश्वार भट्टराईले कम्पनी छोडेर हिडेका थिए । ‘कम्पनीको व्यापार खस्केको छ, कम्पनी नोक्सानमा गएको छ, नाफा नभएकोले कर्मचारीले बोनस पनि पाएका छैनन्, कम्पनीको ब्राण्ड इमेज खत्तम छ, बजारमा विश्वास गुम्दै गएको छ । कर्मचारीलाई काम गर्न गाह्रो भएको छ । राजीनामा दिएर छोड्दा ४ महिनासम्मको तलब फिर्ता गर्नु परेको छ’ एक जना पीडित कर्मचारीले विकासन्युजसँग दुःखेसो व्यक्त गरे । ‘शिखर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स कम्पनीका कर्मचारीले १० महिनाको तलव बराबर बोनस पाएका छन् । अरु धेरै निर्जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई हरेक वर्ष ४ देखि १० महिना अवधिको तलब बराबर बोनस खुवाएका छन्’ उनी भन्छन्–‘यूनाईटेडले आर्थिक २०७१/७२ को नाफाबाट २ महिनाको तलव बराबर बोनस खुवायो । त्यसपछि कम्पनी नोक्सानमा गएको छ । त्यसअघि पनि कर्मचारीले बोनस खान पाएका छैनन् ।’ कर्मचारीप्रति निर्मम छन् सीईओ यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बराल कर्मचारीप्रति निर्मम ढंगले प्रस्तुत हुने गरेका छन् । ‘कसैले राजीमाना दियो भने राजीनमा फिर्ता लिन भन्छन् । फिर्ता लिन नमानेपछि ‘त्यरो कर्मचारीलाई करिअर ध्वस्त बनाइदिन्छु भन्छन्’, एक पीडितले भने । पीडितका अनुसार कर्मचारीले कम्पनीलाई बुझाउने कुनै पनि पत्र दर्ता नभई सीईओ बरालले हेर्छन । सीईओले दर्ता गर्न तोक लगाएपछि मात्र दर्ता हुन्छ । कर्मचारीले दिएको राजीनामा पत्र दर्ता गर्न समेत गरिदैन । राजीनामा पत्र सीईओले हेरपछि उक्त कर्मचारीका लागि सबैभन्दा अप्ठ्यारो पर्ने शाखा छानेर सरुवा गर्ने निर्णय गराउँछन् । सरुवा गरिएको ठाउँमा नगएपछि बर्खास्तीको निर्णयमा जान्छन् र कर्मचारीलाई ४ महिनासम्मको तलब जतिवाना तिराउँछन् । पीडित मध्ये एक हुन् इटहरी शाखामा काम गर्ने पुजा निरौला । उनले कम्पनीमा जागिर खाएको ४ महिनापछि राजीनामा दिईन् । तर उनको राजीनामा स्वीकृत भएन । उनलाई बर्खास्ती गर्ने निर्णय गरियो र कम्पनीलाई क्षति पुर्याएको भन्दै २ महिनामा तलब फिर्ता गर्न बाध्य गराईयो । उनी जस्तै, पीडित हुन् पोखराका शाखा प्रबन्धक शिव सुवेदी, नारायणगाढको शाखा प्रबन्धक रामबहादुर गुरुङ, बजार अधिकृत तिर्थबहादुर गुरुङ, जसले कम्पनीमा राजीनामा दिएर सुख पाएनन्, ४/४ महिनाको तबल फिर्ता दिनुपर्यो । तलब फिर्ता गर्न नमान्नेका कारण केन्द्रीय कार्यालयका बजार प्रमुख बढी अधिकारीलाई कम्पनीले सार्वजनिक रुपमा बद्नाम गराउने गरि पत्रिकामा सूचना नै प्रकाशित गरेको छ । स्रोतका अनुसार बद्रीले २०७४ माग ७ गते राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गरिएन । उनलाई नारायणगढमा सरुवा गरियो । उनी जान मानेनन् । अन्ततः कम्पनीले चैत २१ गते उनलाई ब्रखास्त गरिएको सूचना प्रकाशित गरेको छ । जनकपुरको श्रम कार्यालय र काठमाडौंको श्रम कार्यलायले श्रम ऐन २०७४ को दफा १४१ (३) अनुसार श्रमिकको राजीनामा स्वीकृत नगरिएको भन्दै कम्पनीसँग प्रष्टिकरण मागेको छ । तर कम्पनी भने श्रम कार्यालयविरुद्ध पुनरावेदनमा जाने तयारीमा रहेको छ । याे पनि पढ्नुहाेस् । चौधरी ग्रुपसँग २४ करोड नलिने भन्दै यूनाईटेड इन्स्योरेन्स सर्वोच्चमा, दोहोरो तलबमा इमान्दार बने शेखर बराल
सिभिल बैंक र विवेक अटोमोवाईल्सबीच विपन्नवर्ग कर्जा सम्झौता, ७० प्रतिशतसम्म लगानी गर्ने
काठमाडौं । सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्रबैंकद्वारा निर्दिष्ट गरीए बमोजिम विपन्नवर्ग कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोवाईल्स प्रालिसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट चिफ विजिनेस अफिसर सुजितकुमार शाक्य र अटोमोवाईल्सको तर्फबाट कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरेका छन् । नेपालको विभिन्न स्थानमा यात्रु ओसार पसार तथा सामान ढुवानीको लागी उपयुक्त तथा प्रभावकारी साधानको रुपमा तीन पांग्रे सवारी साधानलाई लिने गरिएको छ । उक्त सवारी सानो पूजीँ लगानीबाटै सञ्चालन गर्न सकिन्छ । सम्झौता अनुसार बैंकले विपन्नवर्ग कर्जा कार्यक्रम अन्तर्गत ईटालियन ब्राण्डको तीन पांग्रे सवारी साधान ‘पियाजो’लाई सरल तथा छरिटो तवरले ७० प्रतिशतसम्म लगानीगर्ने बताएको छ । यस सम्झौताबाट नेपालको विभिन्न स्थानमा रहेका बेरोजगार युवाहरुलाई रोजगारीको सृजना गर्न सहज बाटो बनाइ दिएको बैंकका चिफ विजिनेस अफिसर शाक्यले बताएका छन् । बैंकले यस अघि पनि शाखा रहित बैंकिङ सेवामार्फत विपन्नवर्ग कर्जा परिचालनगर्दै आइरहेको जनाएको छ ।
देशकाे प्रमुख सहरहरुमा प्रोजेक्ट वान ब्यान्डकोसाथमा ‘अर्ना फेरि उठ्ने छ’ इभेन्ट हुदै
काठमाडौं । अर्नालाईटले विगतमा जस्तै यस पटक पनि फेरि उठ्ने बताएको छ । कम्पनीले यस वर्ष व्यान्ड वागनको साथ ‘अर्ना फेरि उठ्ने छ’ नेपाल नयाँ अबधारणाका साथ सांगितिक टुर लिएर प्रमुख सहरहरुमा जाने भएको छ । यस पटक उक्त इभेन्टमा प्रोजेक्ट वान व्यान्डद्वारा एकताको सन्देश दिने कम्पनीको भनाइ छ । प्रोजेक्ट वान नयाँ ब्यान्ड हो । उक्त ब्यान्ड विभिन्न उत्कृष्ट रक ब्यान्डका सदस्यहरुद्वारा संगठित गरिएको हो । यसको स्थापना व्यान्ड वागनका प्रबन्ध निर्देशक विकेश कायस्थद्वारा गरिएको बताइएको छ । प्रोजेक्ट वान व्यान्डमा मुक्ति शाक्य, रविन तामाङ, स्वप्नील शर्मा, निरन शाही, हरि महर्जन, शरद श्रेष्ठ, रोशन कंशकार, निखिल तुलाधर लगायत उत्कृष्ट रक ब्यान्डका सदस्यहरु रहेको कम्पनीको भनाइ छ । ब्यान्डले हालै ‘फेरि उठ्ने छ नेपाल’ नामक नयाँ म्युजिक भिडियो समेत बजारमा ल्याइसकेको बताइएको छ । ब्यान्डको पहिलो समेत रहेको उक्त टुर ७ अप्रिलदेखि २ जुनसम्म रहने जनाएको छ । टुर नारायणगढ, धरान, बनेपा, धनगढी, पोखरा, बिराटनगर, इटहरी, भैरहवा र काठमाडौंमा आएर टुंगिने जनाएको छ । अर्ना बिरय यस इभेन्टको प्रमुख प्रायोजकको रुपमा रहेको छ । अर्ना बियरले यसलाई एकताको उदाहरण कामय गरि सकारात्मक सन्देश देशभर फैलाउने अबसरको रुपमा लिएको बताएको छ ।
नेपाल इन्स्योरेन्सको बोनस र हकप्रद सेयरले लगानीकर्तालाई लोभ्यायो, बिहीबार सबैभन्दा बढी कारोबार
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल इन्स्योरेन्सको बोनस सेयर र हकप्रद सेयरमा लगानीकर्ता लोभिदा बढी कारोबार भएको हो । बिहीबार नेपाल इन्स्योरेन्स सूचना प्रकाशित गरी बोनस सेयर र थप हकप्रद सेयर निष्कासन गर्ने जानकारी गराएको थियो । साधारणसभाका लागि बैशाख ७ गते सेयर रजिष्टार बन्द हुने जानकारी कम्पनीले गराएको थियो । बिहीबार नेपाल इन्स्योरेन्सको प्रतिकित्ता ९०५ रुपैयाँ ३ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एकै दिन नेपाल इन्स्योरेन्सको सेयर मूल्य ५५ रुपैयाँ बढेको छ । बुधबार इन्स्योरेन्सको सेयर ८५० रुपैयाँमा कारोबार भएको थियो । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे ४ प्रतिशत अर्थात १ करोड ३६ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने, चुक्तापुँजी बढाउन शत्प्रतिशतका अतिरित्त थप ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न भएपछि लगानीकर्ता नेपाल इन्स्योरेन्समा आकर्षण बढेको हो । नेपाल इन्स्योरेन्सले ३० करोड १९ लाख ८८ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्दैछ । हकप्रद निष्कासन पछि चुक्तापुँजी बढाउन पुनः ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । हकप्रद निष्कासनपछि चुक्तापँुजी १ अर्ब १ करोड रुपैयाँ पुग्ने छ । यस्तै बैशाख ७ गते कम्पनीको सेयर दाखिला बन्द हुने छ । ६९ औं साधारणसभा बैशाख २१ गते बस्ने भएको छ । यस्तै एक सातादेखि नविल बैंकको सेयर धेरै कारोबार भइरहेको छ । नविलको सेयर मूल्य बढेर ९७० रुपैयाँ पुगेको छ । वाणिज्य बैंक मध्ये नविलको सेयर सबैभन्दा बढी हो । बुधबार ९६५ रुपैयाँमा नविलको सेयर कारोबार भएको थियो । नविलको सेयर सस्तो हुनुका साथै वित्तीय अवस्था मजवुत रहेकाले राम्रो प्रतिफल दिने आशामा लगानीकर्ता नविलको सेयर किन्न झुम्मिएका हुन् । बिहीबार नविलको २ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
रेनोले नक्शालमा सञ्चालन गर्याे अत्याधुनिक शोरुम (फोटोफिचर सहित)
काठमाडौं । रेनोको नेपालको लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्स् प्रालि (विशाल ग्रुप अन्र्तगतको कम्पनी) ले अर्को नयाँ शोरुम (स्टेट आफ आर्ट शोरुम) काठमाडौंको नक्शालमा सञ्चालनकमा ल्याएको छ । आफ्ना ग्राहकलाई थप सेवा प्रदान गर्ने उद्देश्यले उक्त शोरुम सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ । शोरुम सञ्चालनपछि ग्राहकलाई नजिकै आफ्नो रोजाईको नयाँ रेनो कार, स्पेयर पार्टस र सर्भिस लिन सहज हुनेमा कम्पनले विश्वास गरेकाे छ । शोरुमको उद्घाटन एड्भान्स अटोमोवाइल कम्पनीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल र रेनोको एक्स्पर्ट एण्ड बिजनेश डेभलपमेन्ट प्रमुख नविन मिश्रले संयुक्त रुपमा गरेका थिए । रेनोको एक्स्पर्ट एण्ड बिजनेश डेभलपमेन्ट प्रमुख मिश्रले शोरुम उद्घाटन गर्दै नक्सालमा नयाँ शोरुम संचालनमा ल्याउन पाउँदा रेनाे परिवार खुसी भएको बताए । ‘ग्राहकहरुको माग बढ्दै गएकाले हामीले आफ्नो शोरुमहरु बिस्तार गर्दै लगेका हौं,’ उनले भने ‘जसबाट ग्राहकले कम्पनीको सेवाहरु सहज रुपमा छिटो छरितो प्राप्त गर्न सक्ने हाम्रो विश्वास छ ।’ नेपालमा सबैभन्दा चाँडो गाडीको बजारमा बिस्तार गर्ने कम्पनीको रुपमा एड्भान्स अटोमोवाइल्स् रहेको कम्पनीकाे दावी छ ।
सेयर बजार २४ अंकले बढ्यो, लगानीकर्तामा उत्साह
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढेको र विदेशबाट बैंकले ऋण लिन पाउने व्यवस्था भएपछि ब्याज दर घट्ने अनुमानका आधारमा सेयर बजार बढ्न थालेको छ । बिहीबार पनि सेयर बजार २४ अंकले बढेर नेप्से परिसुचक १ हजार २५० मा पुगेको छ । मंगलबारदेखि बढ्न थालेको बजार बिहीबारसम्म निरन्तरता पाएको छ । बजार बढेपछि सेयर बजारमा पुरै हरियाली देखिएको छभने लगानीकर्तामा उत्साह थपिएको छ । बजार बढेपछि बिहीबार ६१ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । कम्पनीको प्रतिकित्ता प्रतिकित्ता ९९१ रुपैयाँमा ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
सञ्चय कोषको प्रशासकका लागि तुलसी, दीपक र राजेन्द्रको नाम शिफारिश,कसले मार्ला बाजी ?
काठमाडौं । कर्मचारी संचय कोषको प्रशासकका लागि ३ जनाको नाम शिफारिश भएको छ । अर्थ मन्त्रालयले गठन गरेको छनौट शिफाशिर समितिले तुलसीप्रसाद गौतम, दीपक रौनियार र राजेन्द्र काफलेलाई छनौट गरेको छ । समितिले बुधबार कोष सञ्चालनको व्यवसायिक योजना र अन्तरवार्ता लिएको थियो । योजना र अन्तरवार्ताबाट ३ जनाको नाम शिफारिश गरिएको समितिले जनाएको छ । रौनियार हाल कोषको कामू प्रशासकको रुपमा कार्यरत छन भने काफले उपप्रशासको रुपमा कार्यरत छन् । अर्थ मन्त्रायले नियुत्तका लागि ३ जनाको नाम मन्त्रिपरिषदमा पेश गर्नेछ ।
एशियन लाईफ ईन्स्योरेन्स १० वर्षमा ६८ जिल्ला पुग्यो, बार्षिकोत्सवमा ५१६ जनाले गरे रक्तदान
काठमाडौं । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको यस एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका दशौं वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले १० वर्षकोे अवधिमा नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्म ६८ वटा जिल्लामा कुल २८ वटा शाखा र ६८ वटा उपशाखा कार्यालयहरुको स्थापना गरी देशको अधिकांश जिल्लाहरुमा बीमा सेवा विस्तार गर्न सफल भएको जनाएको छ । एघारौं वर्षको उपलक्ष्यमा कम्पनीले चैत्र १७, २० र २१ गते सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रहरु सम्पन्न गरेको बताएको छ । जसमा मस्तिष्क पक्षघात समाज, गौरीघाट गुहेश्वरी काठमाण्डौंलाई अपाङ्ग मैत्री कुर्सी तथा टेवल (२/२ थान) हस्तान्तरण गरि उक्त संस्थाका वालवालिकाहरुलाई फलफूल तथा मिठाई वितरण गरेको जानकारी दिएको छ । त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार लायन्स क्लब चाबहिल काठमाण्डौंको सहकार्यमा कम्पनीको प्रधान कार्यालयको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्र गरेको कम्पनीको भनाइ छ । जहाँ ९० जनाको सहभागीतामा रक्तदान गरियो छ । कम्पनीले एघारौं वार्षिक उत्सवको अवसर पारी गरिएको रक्तदान कार्यक्रममा नेपालको पूर्व देखि पश्चिम सम्मका विभिन्न शाखाहरु तथा प्रधान कार्यालय गरी कुल ५१६ जनाले रक्तदान गरेको कम्पनीले जनाकारी दिएको छ । काम्पनीको अनुसार १० वर्षको अवधिमा ७५ वटै जिल्लामा अभिकर्ताहरुलाई तालिम प्रदान गरि २०७४ फागुन मसान्तसम्ममा रु.४ लाख ४,४०० बीमालेख बिक्रि गरी रु. १३ अर्व ९ करोड प्रिमियम संकलन गरेको छ । पौष मसान्तसम्म रु. ११ अर्व ३२ करोड जीवन बीमा कोष रहेको छ । सोही अवधिसम्म कम्पनीको कुल लगानी रु.११ अर्व २५ करोड रहेको छ ।