जनता बैंक र बुम रेमिट्यान्सबीच सम्झौता, १० हजार सब–ऐजेन्ट तथा शाखाहरुबाट सेवा प्रदान
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले आफ्नो ‘जनता रेमीट’ को मुख्य एजेन्ट भई काम गर्न बुम रेमिट्यान्स प्रालिलाई नियुक्त गरेको छ । बिहीबार जनता बैंक नेपाल लिमिटेडकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीेले र बुम रेमिट्यान्सकोतर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले यस सम्बन्धी सम्झौतामा हस्तक्षर गरेका छन् । सम्झौता बमोजिम जनता रेमिटमाार्फत पठाएको रकम बुम रेमिट्यान्स प्रालिले आफ्नो एजेन्ट र शाखाहरुमार्फत भुक्तानी गर्नेछ भने बुम रेमिट्मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंक नेपालले आफ्नो एजेन्ट र शाखाहरुमार्फत भुक्तानी गर्नेछ । ती रेमिट्यान्स र बैंक दुबैको गरेर नेपालमा ७७ वटै जिल्लामा १० हजार वटा भन्दाबढि सब–ऐजेन्टहरु छन् भने बैंकको नेपाल भर १०७ वटा शाखाहरु छन् । बुम रेमिटले जनता बैंकसँग सहकार्य गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि विदेशमा रहेका नेपालीले विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाउने सम्झौता भएको छ । हाल बुम रेमिट्यान्सले खाडि मुलूकहरू र हङकङबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाँडै नै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार शुरु गर्ने जनाएकोछ । आन्तरिक सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको जनता बैंक तथा बुम रेमिट दुवैले विदेशमा पनि आफ्नो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनीति लिएको जानकारी गराएको छ ।
९ हजार घुस सहित विद्युत प्रधिकरणका इन्जिनियर रत्नेश चौधरी अख्तियारको फन्दामा
काठमाडौं । नेपाल विद्युत प्राधिकरण कलैया, बारामा कार्यरत इन्जिनियर रत्नेशकुमार चौधरी ९हजार ५ सय घुस सहित अख्तियाको फन्दामा परेका छन् । मिटरको विद्युत क्षमता बढाउने पावर अपग्रेड प्रयोजनको लागि घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीलाई पक्राउ गरेको हो । अख्तियार हेटौडा मकवानपुरको टोली कलैया पुग्दा चौधरी सेवाग्रहीसँग घुस रकम लिदैं रहेको अख्तियार प्रवक्ता दीर्घराज मैैनालीले जानकारी दिए । चौधरीमाथी थप अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।
हुवावेले सार्वजिनक गर्याे अत्याधुनिक पी२० र पी२० प्रो स्मार्टफोन, मास्टर फोटोग्राफि एआईद्वारा सञ्चालित
काठमाडौं । ग्राण्ड पलाईसमा भएको एक भव्य लन्च इभेन्टमा हुवावे कन्ज्युमर बिज्नेस गु्रपले बहु–प्रतिक्षित हुवावे पी २० र हुवावे पी२० प्रो सार्वजनिक गरेको छ । हुवावे ‘पी२० प्रो’मा विश्वकै पहिलो लिईका ट्रिपल क्यामराको साथै दुवै डिभाइसमा अद्वितीय ए१ को फाइदाहरु रहेको कम्पनीको भनाइ छ । ती स्मार्टफोनमा समावेश गरिएको प्रविधि र कलाको अद्भूत संगमले एउटा छुट्टै स्मार्टफोनको अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । हुवावे पी२० सिरिजको आगमनसँग हुवावेले समस्त प्रयोगकर्ताको लागि सहज रुपमै एउटा अनुभवी फोटोग्राफरले झै फोटो खिच्ने सुविधा प्रदान गर्ने जनाएको जानकारी दिएको छ । हुवावे कन्ज्युमर बिज्नेस गु्रपको प्रमुख कार्यकारी अधिकृत रिचर्ड युले कम्पनीको डिजाइन र नवीनतालाई परिष्कृत गर्दै लग्न धेरै आर्टिष्टहरुबाट प्रेरणा लिने गरेको बताए । हुवाव पी२० प्रोमा रहेको नवीनतम ट्रिपल क्यामरा र ह्वावे पी२०मा अत्याधुनिक डुअल क्यामरा र दुवैको शक्तिशाली आर्टिफिसियल इन्टिलिजेन्सले अहिलेका ग्राहकवर्गले आफ्नो संसारको उत्कृष्टतालाई आफ्नो क्यामरामा कैद गर्न सक्ने उनको भनाइ छ । हुवावे पी२० सिरिजको मुख्य विशेषताहरुमा बढी लाईट, बढी डिटेल र बढी ब्युटी क्याप्चर गर्न एउटा आधुनिक क्यामरा सिस्टमका साथ विशेष लिईका ट्रिपल क्यामरा रहेको बताएको छ । त्यस्तै हुवावे पी२० प्रोमा ५गुणा हाईब्रीड जूम रहेको छ । साथै स्मार्टफोनहरु नवीनतम फोटोग्राफी विशेषताहरुमा समावेश गरिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार स्मार्टफोनमा एआईद्वारा सञ्चालित अनुभवी फोटोग्राफिका साथ मास्टर एआई र हुवावे एआइएस, एउटा शक्तिशाली स्ट्वीलाईजेशन प्रविधि जडान गरिएको छ । उक्त स्मार्टफोनमै पहिलो पटक पूरै नयाँ ग्रेडिएन्ट कलरमा उपलब्छ छ । त्यस्तै ती दुवै स्मार्टफोनमा २४मेगापिक्सेलको सेल्फी क्यामराको साथ एआई ब्यूटिफिकेशन र थ्रीडी पोट्रेट लाईटिङ समावेश छ । जसको कारण यसले सुन्दर सेल्फीहरुका साथ स्क्रीन टोन पनि राम्ररी मिलाउँछ । अनुहारको डिटेलहरुलाई राम्ररी आउटलाइन गरी वास्तविक थ्रीडी फिचर इन्हान्समेन्ट गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार पी२०मा लाईका डुअल क्यामरा छ । कम उज्यालोमा उत्कृष्ट फोटोग्राफि गर्नको लागि ४० एमपी इमेज सेन्सर राखिएको छ । अग्रसर समयको लागि कला र प्रविधिको अभूतपूर्व समायोजन स्मार्टफोनमा गरिएको कम्पनीले बताएको छ ।
एक सातामा मेलम्चीको सुरुङ ब्रेक थु्, काठमाडौंमा पानी आउने पक्का
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम (ब्रेक थ्रु) आउदो साता सकिने भएको छ । सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको ९ किलोमिटरमध्ये बिहीबारसम्म ३७ मिटरमात्र खन्न बाँकी छ । एक साताभित्र सुरुङ खन्ने काम सकिने मेलम्ची खानेपानी विकास समितिका प्रवत्ता राजेन्द्रप्रसाद पन्तले बताए । सुरुङ खन्नेकाम थोरै मात्र बाँकी रहेकाले एक साताभित्र सम्पन्न हुने उनले स्पष्टपारे । मेलम्चीको रिवर्मादेखि सुन्दरिजलसम्म सुरुङको लम्बाइ २७. ५ किलोमिटर छ । सुरुङ खन्ने काम सकिएपछि कंक्रिट र लाइनिङको काम हुने उनले जानकारी दिए । सन् २०१३ जुलाइमा इटालीको को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना (सिएमसी) सँग ७ अर्ब ७२ करोडमा ठेक्का सम्झौता भएको थियो । यसले पनि ढिलाइ गरेपछि पटकपटक म्याद थप गरी अन्तिम अवधि यो महिनासम्म तोकिएको छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पनि १७/१७ गरी ३४ करोड लिटर पानी ल्याउने तयारी भइरहेको छ । मेलम्चीको पानी आएपछि उपत्यकावासीलाई दैनिक ५ घण्टासम्म पानी आपूर्ति हुने छ । याङ्ग्री र लार्के खोलाको समेत गरी दैनिक ५१ करोड लिटर पानी आउन थालेपछि २४ सै घण्टा पानी वितरण हुने छ । यसका लागि समितिले संभाव्यता अध्ययनको काम थालेको छ । पहिलो चरणको आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ । सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माणको काम सम्पन्न भएको छ । अर्को साढे ८ करोड लिटर पानी प्रशोधनको काम २० प्रतिशत सम्पन्न भएको पन्तले जानकारी दिए ।
गाई बाच्छा बचाउने अभियानलाई अग्नि ग्रुपले दियो महिन्द्राको पिकअप गाडी
काठमाडौं । नेपालमा महिन्द्रा गाडीको एक मात्र आधिकारिक विक्रेता अग्नि ग्रुपले हालै ‘मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान’ नामक संस्थालाई महिन्द्रा बोलेरो पिकअप गाडी प्रदान गरेको छ । मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थाले विभिन्न पीडित, घाइते एवं छाडा छोडिएका जनावरहरुको उद्धार गर्दै आएको छ । गाडी हस्तान्तरण कार्यक्रम बुधबार होटल याक एण्ड यतिमा सम्पन्न गरिएको थियो । अग्नि इन्कर्पोरेटेड प्रालिका कार्यकारी प्रमुख सुजन वैद्यले महिन्द्रा बोलेरो गाडीको साँचो अभियानलाई प्रदान गरेका थिए । नेपालमा वार्षिक करिव ८ हजार जनावर विशेष गरी साँडे एवं बाच्छाहरु सडक तथा राजमार्गहरुमा त्यसै छोडिने गरिन्छ । करिव २५ हजार कुकुर एवं बिरालो काठमाडौंका सडकहरुमा भेटिन्छन् । यस्ता जनावरहरु खाना, पानी तथा उपयुक्त वासस्थानको कमीले गर्दा दुःख पाइरहेको अवस्थालाई मध्यनजर गरी महिन्द्राले त्यस्ता जनावरहरुको जीवन उद्धारको लागि कार्यरत संस्था मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान लाई गाडी प्रदान गरेको हो । विगतका वर्षहरुमा सो संस्थाले जनावरहरुलाई मोटर साइकलको पछाडिको सिटमा राखी उद्धार गर्दै आएका थिए । अब उपरान्त जनावरहको उद्धारमा महिन्द्राको गाडीको प्रयोग गरी त्यस्ता जनावरहरुलाई सहज एवं शीघ्र रुपमा उद्धार गरिने कम्पनीले विश्वास लिएको छ ।
डेविट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा गोरखा डिपार्टमेन्टका सबै शाखाबाट १० प्रतिशतसम्म नगद छुट
काठमाडौं । सनराइज बैंक र गोरखा डिपार्टमेन्ट स्टोरवबीच नेपालभर सञ्चालनमा रहेका गोरखा डिपार्टमेन्ट स्टोरहरुमा कुनैपनि सामान खरिदमा १० प्रतिशतसम्म नगद छुट सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंककातर्फबाट विराटनगर शाखाका शाखा प्रबन्धक सुमन भट्टराई र डिपार्टमेन्ट स्टोरकातर्फबाट प्रबन्ध निर्देशक वलराम आचार्यले केही दिनअघि उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरि गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण ५ वटा शाखाहरुबाट सनराइज बैंकको भिसा डेविट तथा क्रेडिट कार्डबाट गरिने कारोवारमा ग्राहकहरुलाई हरेक सामान खरिद गर्दा १० प्रतिशत नगद छुट प्रदान गर्ने बताएको छ । बैंकमा खाता नभएका ग्राहकर्वगहरुले पनि गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण शाखाहरुबाट तुरन्त प्रिपेड डेविट कार्ड प्राप्त गरि छुटको सुविधा उपभोग गर्न सकिनेछ । योजना बैशाख १ गतेदेखि गोरखा डिपार्टमेन्ट स्टोरमा गरिएका सम्पूर्ण खरिदहरुमा लागू हुने बैंकको भनाइ छ । कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्डमार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकले सो योजना ल्याएको हो । यस किसिमको योजनाबाट ग्राहकवर्गहरु थप लाभान्वितका साथै कारोवार सुरक्षित हुने बैंकले विश्वास लिएको छ ।
हिमालय ऊर्जा विकासले १० करोडको आईपीओ ल्याउदै, धितोपत्र बोर्डमा दियो निवेदन
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले बिहीबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न कम्पनीले नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । गत चैत २४ गते सम्पन्न वार्षिक साधारणसभाले प्रस्ताव पारित गरेपछि कम्पनीले बोर्डमा निवेदन दिएको हो । कम्पनीले स्थानियबासिन्दा र सर्वसाधारणका लागि २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नछ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारणको १५ प्रतिशत अर्थात १४ करोड ७५ लाख रुपैयाँ बराबरको १४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीमा १ हजार ४२० जना संस्थापक लगानीकर्ता छन् । हिमालयले १२ मेगावाटको उपल्लोखिम्ती र ७ मेगावाटको तल्लो खिम्ती आयोजना एकसाथ निर्माण गरिरहेको छ । १९ मेगावाट क्षमताका दुई आयोजना बनाउन ३ अर्ब १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आउदो १५ महिनाभित्र अर्थात ०७५ चैतसम्म आयोजना सम्पन्न हुने छ । आयोजना रामेछाप र दोलखा जिल्ला भएर बग्ने खिम्ती खोलामा छ ।
अब ज्योति विकास बैंकको सबै शाखाबाट गुराँस लाइफ इन्स्योरेन्सको सेवा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरुमार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतामा बैंककोतर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्सकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्ने जानकारी दिएको छ । अहिले बैंकले ५० वटा शाखा एवं १४ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकको १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको जनाएको छ । हालसम्म बैंकले करिब १ लाख ५० हजारभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा उपलव्ध गराउँदै आएको बैंकको भनाइ छ ।