विकासन्युज

डाटा डिस्प्लेमा समस्या देखिएपछि नेप्सेले भन्यो-‘सरी’

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको डाटा डिस्प्लेमा समस्या देखिएको छ । आइतबार कारोबार आरम्भ भएको केहि समयमै नेप्सेको सर्भरमा समस्या देखिएसँगै वेभसाइटमा सेयर कारोबारको तथ्यांक देखिएको छैन् । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले तथ्यांक देखाउने सर्भरमा समस्या देखिएका र पाँच जनाको प्राबिधिक टोलीले काम गरिरहेको बताए । नेप्सेले वेभसाइटको आउटलुकमा समस्या देखिएपछि सूचना प्रकाशित गरेर मार्केट डेप्थ हेर्न लगानी कर्तालाई अनुरोध गरेको छ । नेप्सेले डाटा डिस्प्लेमा समस्या उत्पन्न भएसँगै लगानीकर्तामा परेको असहजता प्रति ‘सरी’ भनेको छ ।

सोल्टी होटलको नाफामा २५ प्रतिशत गिरावट, यस्तो छ कारण

काठमाडौं । सोल्टी होटलको नाफामा २५.५५ प्रतिशतले गिरावट आएको छ । होटलले २०७४ पुस मसान्त अवधीमा जम्मा ७ करोड ६९ लाख मात्रै नाफा कमाउन सफल भएको छ । जबकी होटलले २०७३ पुस मसान्तमा १० करोड ३३ लाख नाफा कमाउन सफल भएको थियो । होटलले आफ्नो हिमालयन विंग भवनको पुननिर्माण तथा साज सज्जा र स्तरोन्नति गरेकाले नाफा कम भएको जनाएको छ । १० रुपैंयाँ मूल्य अंकित होटलको प्रति सेयर आम्दानी १.३३ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ २५.०४ रुपैंयाँ रहेको छ ।

एसियन लाइफको नाफा २४ प्रतिशतले वृद्धि

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा २४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले २०७४ पुस मसान्त अवधीमा २४ प्रतिशतले बढाएर आफ्नो नाफा २ करोड ५८ लाख पुर्याएको हो । २०७३ पुस मसान्तसम्ममा भने कम्पनीको नाफा २ करोड ८ लाख मात्रै थियो । ८० करोड चुक्ता पुँजी रहेको एसियन लाइफको जगेडा कोषमा २४ करोड रुपैंयाँ रहेको छ भने जीवन बीमा कोषमा ११ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ । कम्पनीले एक अर्ब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । प्रति हजार ४१ देखि ८५ रुपैंयाँ सम्म बोनस दर घोषणा गरेको कम्पनीमा २ लाख ५१ हजार ६२ जना विमित रहेका छन् । एसियन लाइफको प्रति सेयर आम्दानी ६.४२ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३१.५७ रुपैंयाँ रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ८३ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा खुदनाफा ८३ प्रतिशत बढाएको छ । कम्पनीले गत पुससम्म २७ करोड ९६ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ३० लाख रुपैयाँ नाफा गरेको थियो । नेपाल लाइफले आइतबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा नाफा बढको उल्लेख गरिएको छ । गत पुससम्म कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको बीमा शुल्क आम्दानी ४६ प्रतिशत बढेर ७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले न्युनतम प्रतिहजार ६२ देखि ८२ रुपैयाँसम्म बोनस दिदै आएको छ । ६ महिनामा कम्पनीले ५६ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको आम्दानी २९ करोड ३२ लाख रुपैयाँ थियो ।

भूकम्पले फर्काएको गुरुकुल युगः ३२ सय स्कुलका विद्यार्थी अझै खुल्ला आकाश मुनी

काठमाडौं । पहिले रुख मुनी चौतारीमा राखेर आफ्नो शिष्यलाई शिक्षा दिने गुरुकुल अध्ययन प्रणाली थियो । तर गुरुकुल शिक्षाको हजारौं बर्षपछि फेरी पनि हजारौं नेपाली विद्यार्थीहरु पुनः चौतारा र त्रिपाल मुनी अध्ययन गर्न बाध्य भए २०७२ बैशाख १२ गतेको भूकम्पले । भुकम्पले भत्काएका ७ हजार ९ सय २३ वटा विद्यालयमध्ये अझै ४० प्रतिशतको निर्माण भएको छैन् । तर ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु अझै पनि खुल्ला चौर, चौतारा वा त्रपाल मुनी अध्ययन गर्न बाध्य छन् । शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाईका प्रमुख निर्देशक इमनारायण श्रेप्ठका अनुसार गएको भुकम्पबाट ७ हजार ९ सय २३ ओटा विद्यालय पुर्णरुपले भत्किएका थिए । तीमध्ये ३ सय ७० वटा विद्यालयमा विद्यार्थी नभएर बन्द गरिए । र बाँकी ७ हजार ५ सय ५३ वटा विद्यालयहरु पुनर्निर्माण गर्नु पर्ने भयो । विद्यालय क्षति पुनर्निर्माणलाई तिन चरणमा विभाजन गरि निर्माण भैरहेको छ । गत आर्थिक वर्ष २०७३/७४ मा २८ सय ९१ वटा पुननिर्माण सम्पन्न भैसकेको छ । चालु आर्थिक वर्षमा १४ सय ५८ वटा विद्यालय निर्माणाधिन छन । भने आगामी आर्थिक वर्षमा ३ हजार २ सय ४ वटा विद्यालय पुननिर्माण हुने छन् । विद्यालय पुननिर्माणमा विद्यालय व्यवस्थापन समिती, निर्माण व्यवसायी र एनजिओले काम गरिरहेका छन् । विद्यालय व्यवस्थापन समितिले १९ सय ६३ वटा, निर्माण व्यवसायीले ९ सय २६ वटा र एनजिओले २ वटा विद्यालय पुननिर्माण गरिसकेका छन् । १४ सय ५८ वटा विद्यालय पुननिर्माण भैरहेको छ । जसमा विद्यालय व्यवस्थपन समितीले ९ सय ३६ ओटा, निर्माण व्यवसायीले २ सय ७६ वटा र एनजिओले २ सय ५० वटा पुननिर्माण गरिरहेका छन् । ३ हजार २ सय वटा विद्यालयको काम नै सुरु भएको छैन । भने १ हजार विद्यालय सर्बे भैरहेको छ । ६ सय ६० वटा विद्यालयको आफ्नो जग्गा छैन । नेपाल सरकारले विद्यालयलाई जग्गा किन्न बजेट दिने व्यवस्था छैन । यसका लागि गाँउपालिका, नगरपालिका उपमहानगरपलिका र महानगरपालिकाले जग्गा उपलव्ध गराउने छ । ९३ वटा विद्यालयको जग्गामा मुद्धा चहिरहेको छ । भुकम्प अतिप्रभावित १४ जिल्ला र अरु १७ जिल्लामा विद्यालय पुननिर्माण भैरहेको छ । भुकम्प अतिप्रभावित १४ जिल्लामा जिल्ला आयोजना कार्यवन्यन एर्काइ छ । अतिप्रभावित जिल्लाहरुमा सबै भन्दा धेरै धादिङमा ६ सय ८ वटा विद्यालय र सबै भन्दा कम रसुवामा ९७ ओटा विद्यालय भुकम्पले क्षति भएको छ । गत आर्थिक वर्षमा रसुवामा २९ ओटा विद्यालय पुननिर्माणमा परेका मध्य १८ वटा मात्र सम्पन्न भयो । बाँकी ११ वटा विद्यालय जग्गा र भौगोलिक विकटताको कारणले पुननिर्माण गर्न सकिएन । भारतीय अनुदामा ७० वटा विद्यालय पुननिर्माण हुदै छन् । गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे र दोलखामा दश÷दश वटा विद्यालय पुननिर्माण हुदैछन् ।

एसियन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर स्वीकृत, न्युनतम ४१ देखि ८५ रुपैयाँसम्म पाउने

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर घोषणा गरेको छ ।कम्पनीले प्रतिहजार वार्षिक न्युनतम ४१ देखि ८५ रुपैयाँसम्म नयाँ बोनस दर घोषणा गरेको हो । नियामक बीमा समितिले स्वीकृत गरेपछि नयाँ बोनस दर सार्वजनिक गरिएको एसियनले जनाएको छ । गत आर्थिक वर्षको आर्थिक स्थितीको लेखाजोखा दर दायित्व मूल्याँकन बीमांकीय प्रतिवेदन समितिले स्वीकृत गरेको छ । कम्पनीको सावधिक तथा आजीवन बीमा न्यतम ५० देखि ८५ रुपैयाँसम्म निर्धारण गरिएको छ । यस्तै बालबच्चाको सावधिक जीवन बीमा ४१ देखि ७४ सम्म र सावधिक पनि ४१ देखि ७४ रुपैयाँ निर्धारण गरिएको छ । अगिम भुक्तानीअन्र्तगत १० देखि २५ वर्षसम्म न्युनतम ४३ देखि ७८ रुपैयाँसम्म बोनस पाइने कम्पनीले जनाएको छ ।

हिमाल पावरको साढे ४९ करोड लाभांशले बीपीसीको नाफा ३५७ प्रतिशत बढ्यो

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को चालु आर्थिक वर्षको ६ महिनामा नाफा ३५७ प्रतिशतले बढेको छ ।  बीपीसीले गत पुससम्म ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अधिमा १३ करोड ९ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । हिमाल पावर लिमिटेडबाट गत आर्थिक वर्षमा गरेको नाफाबाट ४९ करोड ६० लाख रुपैयाँ लाभांश प्राप्त गरेपछि नाफा बढेको बीपीसीले जानकारी दिएको छ । ६० मेगावाटको खिम्ती  आयोजनामा बीपीसीको १७ प्रतिशत स्वामित्व छ । समीक्षा अवधिमा कम्पनीले हिमालबाट प्राप्त हुने लाभांश बाहेक आफैले सञ्चालन गरेका आयोजनाबाट उत्पादन भएको बिजुली बिक्री २ प्रतिशत बढेर ४० करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ४० करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ छ । संचित कोषमा २ अर्ब ८६ करोड रुपैयाँ वचत रहेको कम्पनीले जनाएको छ । बीपीसीले सहायक कम्पनीमार्फत ३७.६ मेगावाटको कावेली ए, ३० मेगावाटको न्यादी आयोजना निर्माण गरिरहेको छ । यस्तै चिनियाँ कम्पनीसंगको सहकार्यमा एससीआईजी इन्टरनेसन हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनीमार्फत १०० मेगावाटको तल्लो मनाङ मस्र्याङदी र २ सय मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजनाको सर्वैक्षण अनुमति पाएको छ ।

सुरक्षित काठमाडौं बनाउने उपाय सिक्न विद्या सुन्दर जेरुसेलममा

काठमाडौं । काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य इजरायलको राजधानीमा जेरुसेलम गएका छन् । अमेरिकी कंग्रेसको आयोजनामा फेव्रुवरी ११ देखि १५ तारिखसम्म इजरायलको राजधानी जेरुसलममा हुने मेयर सम्मेलनमा भाग लिन प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मासहित मेयर शाक्य त्यतातर्फ प्रस्थान गरेका हुन । प्रस्थान गर्नु अघि महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित जनप्रतिनिधि र कर्मचारीहरुले उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरेका थिए । पौष ३ गते नेपालका लागि इजरायलका राजदूत वेनी ओमरले मेयर शाक्यलाई मेयरमा सम्मेलनको निम्ता गरेका थिए । यस बर्षको सम्मेलन सुरक्षित सहर (सेफर सिटी) का विषयमा केन्द्रीत हुनेछ । मेयर शाक्य फागुन ४ गते स्वदेश फर्कने कार्यक्रम छ ।