विकासन्युज

पशुपति पेन्ट्सको ‘महापर्वको रङ्गोत्सव’ योजनाको विजेता घोषणा, स्कुटरदेखि सुनसम्मको उपहार

काठमाडौं । पशुपति पेन्ट्स प्रालिले दशैं तिहारको अवसरमा सञ्चालित ‘महापर्वको रङ्गोत्सव’ उपहार योजनाको विजेताहरुको घोषणा गरेको छ । कम्पनीले गोलाप्रथा मार्फत भाग्यशाली विजेताहरुको छनोट गरी कुपन नं सार्वजनिक गरेको हो । कम्पनीले एक प्रेश विज्ञप्ति जारी गर्दै छनोटमा परेका भाग्यशाली विजेतालाई बधाई दिँदै कोड नं सार्वजनिक गरेको छ । विजेताहरुले उपहार दावीका लागि १५ दिन भित्र कुपनको अर्धकट्टी र सक्कल विलका साथ कार्यालयमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ । गोलाप्रथा मार्फत कुपन नं सीएस २०१०१५ बम्पर उपहार एनएस २०० बजाज पल्सर विजेताका रुपमा छनोटमा परेको छ । त्यसैगरी, कुपन नं सीएस ४०१४९२ पहिलो पुरस्कार सुजकी लेट्स स्कुटर विजेताको रुपमा छनोट गरिएको छ । त्यसैगरी विजेता घोषित अन्य भाग्यशाली कुपन नंहरु यस प्रकार रहेका छन् ः

सानिमा बैंकको ब्राण्ड प्रवर्धकमा थप दुई वर्षका लागि महजोडी, विगत ६ वर्ष देखी आवद्ध

काठमाडौं । सानिमा बैंकले कम्पनीको ब्राण्ड प्रवर्धकका रुपमा मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य (मह)जोडीलाई थप दुई बर्षको लागी निरन्तरता दिने सम्झौता गरेको छ । उनीहरु बिगत ६ बर्ष देखी बैंकको ब्राण्ड प्रवर्धकका रुपमा आवद्ध छन् । ‘मह’ जोडी तथा बैंकका कार्यकारी प्रमुख भुवनकुमार दाहाल बिच थप दुई बर्ष ब्राण्ड प्रवर्धकको लागी एक समारोह बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त समारोहमा ‘मह’ जोडीले सानिमा बैंकको प्रतिनिधि हुन पाएकोमा खुशी व्यक्त गरेका छन् । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण सानिमा परिवार नै नेपालको प्रतिष्ठीत कलाकारसँगको समिप्यतालाई निरन्तरता दिन पाएकोमा खुसी भएको बताएका छन् । उक्त सम्झौता अवधिमा मह जोडी बैंकको विभिन्न प्रवर्धनात्मक क्रियाकलाप जस्तै- टेलिभिजन कमर्सियल (टि.भि.सी), रेडियो जिङ्गल, पत्र–पत्रिका विज्ञापन, जनमानस समक्ष उपस्थिती जस्ता कार्यमा संलग्न रहने छ ।

नारायणघाटमा यामाहा एफजी२५ ‘राइड आउट’

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो उत्पादन यामाहा एफजी२५ का राइडरहरुका लागि ‘एड्भेन्चरस’ तथा रोमाञ्चक ‘राइड आउट’को दोस्रो संस्करण आयोजना गरेको छ । यसपटक एफजी२५ राइडरर्सलाई यामाहाले आफ्नो नारायणघाट डिलर नविन अटोबाट उडरक भिल्लामा लगेको थियो । पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी२५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’ लगायतका सामुहिक टास्क दिइएको थियो । यो संस्करणमा उचित अधिकारी ‘अल्टिमेट स्ट्रिट फाइटर’ घोषित भए । कार्यक्रमको अन्तमा सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो । ‘राइडरहरुप्रति यामाहाले सधैं सहयोगी भाव राख्ने गरेको छ । आजको इभेन्ट हाम्रो लागि यादगार रह्यो । भविष्यमा पनि यामाहाले यसलाई निरन्तरता दिओस् भन्ने चाहन्छौं,’ सहभागी राइडर तथा भ्लगर आशिष काफ्लेले भने । अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी२५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । मोटरसाइकलमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी२५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ । यसमा यामाहाको प्योटेन्टेड ‘ब्लुकोर’ इन्जिन रहेको छ जसले मोटरसाइकलको पर्फमेन्सलाई बढाउनुका साथै इन्धन खपतलाई न्युन गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको छ । एफजी२५ तीन वटा एक्साइटिङ कलर- ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ । लन्च भएको छोटो अवधिमै एफजी२५ नेपालमै सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ ।

विश्वास गुमाउँदै बुटवल पावर, सेयर मूल्यमा निरन्तर गिरावट, एफपीओ आधा मात्र बिक्री

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) काे सेयर मूल्य निरन्तर ओरालो लागेको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि  सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेर आइतबार प्रतिकित्ता ५८० मा झरेको छ ।   एफपीओ निष्कासनपछि बीपीसीले लगानीकर्ताको विश्वास गुमाउँदै गएको छ । निरन्तर घटेपछि सेयर मूल्य एफपीओकाे मूल्यभन्दा ७९ रुपैयाँ मात्र बढी भएको छ । पछिल्लो समयमा बीपीसीको विषयमा विभिन्न टिकाटीप्पणी आएपछि बजारमा मूल्य घटेको हो । बीपीसीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमश घट्दै गएको छ । २ महिनाका बीचमा बीपीसीका लगानीकर्ताले १६६ रुपैयाँ गुमाएका छन् । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो । एफपीओ निष्कासन बन्द छिटोमा माघ १९ गते(गत शुक्रबार)सम्म तोकिएको थियाे । साे अवधिसम्म कम्पनीकाे एफपीओका लागि जम्मा ९२ करोड रुपैयाँ बराबरको  आवेदन परेको थियाे । साे एफपीओमा अावेदन दिने मिति छिटोमा आइतबार सकिदै छ । यसकाे अन्तिम मिति फागुन १५ गतेसम्म तोकिएको छ । एफपीओमा न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बीपीसीले जनाएको छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ ।

माथिल्लो तामाकोशीको २ अर्ब ६३ करोडको आईपीओ आउँदै, स्थानीयले एक अर्बको सेयर पाउने

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि दुई अर्ब ६३ करोड ८५ लाख रूपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण सेयर बिक्री गर्न लागेको हो । हाइड्रो पावरका कम्पनी सचिव रामसुन्दर श्रेष्ठका अनुसार आगामी चैतको पहिलो साता साधारण सेयर जारी गर्ने गरी आवश्यक तयारी गरिएको छ । श्रेष्ठका अनुसार आयोजना प्रभावित स्थानीय दोलखावासीलाई कूल पूँजीको १० प्रतिशत बराबरको साधारण सेयर बिक्री गरिने छ । स्थानीय बासिन्दाले रु एक अर्ब पाँच करोड ९० लाख बराबरको रु एक करोड पाँच लाख ९० हजार कित्ता साधारण सेयर पाउने व्यवस्था गरिएको छ । यस्तै, आयोजनाले आमनेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण सेयर बिक्री गर्ने छ । सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर बिक्री गरिने छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई छुट्याइएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत गरिने छ । कम्पनीले शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा गत कात्तिकमा नै आवेदन दिएको थियो । एकाध दिनभित्रै त्यसको स्वीकृति प्राप्त हुने कम्पनी सचिव श्रेष्ठको भनाइ छ । बोर्डबाट स्वीकृति प्राप्त भएलगत्तै कम्पनीले आह्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ । शेयरमा आवेदन दिन अनिवार्य रुपमा हितग्राही (डिम्याट खाता) खोल्नुपर्ने छ । सो खाताबिना सेयर भर्न नपाइने भएकाले तत्काल हितग्राही खाता खोल्नसमेत कम्पनीले सर्वसाधारणलाई आग्रह गरेको छ । आयोजनाले स्थानीय बासिन्दालाई अतिप्रभावित, प्रभावित र कम प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ । गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएका क्षेत्रलाई प्रभावित र आयोजनाले कुनै पनि असर नगर्ने जिल्लाका अन्य भूभागलाई कम प्रभावित क्षेत्रमा राखिएको छ । कम्पनीको तयारीअनुसार स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरमा आवेदन दिन पाउने छन् । दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म भौतिक निर्माण ९४ प्रतिशत सम्पन्न भएको छ । अहिले आयोजनाको सुरुङ मजबुत बनाउने काम भइरहेको प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । उनका अनुसार ३१० र ३७० मिटर लामो दुई वटा ठाडो सुरुङमा ‘स्टिल लाइनिङ’ को काम शुरु भएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको उक्त ठाडो सुरुङ निर्माण सम्पन्न भएपछि आयोजनाको भौतिक प्रगति ९६ प्रतिशतको हाराहारीमा पुग्नेछ । यस्तै, गोंगरदेखि रामेछापको खिम्तीसम्म निर्माण भइरहेको प्रसारण लाइनको काम पनि युद्धस्तरमा अगाडि बढेको छ । कूल २१७ टावरमध्ये अहिलेसम्म १३० टावर निर्माण भइसकेको र अरुको पनि ‘फाउण्डेशन’ को काम सकिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई सीमित साधारण सेयर बिक्री गरिसकेको छ । तर बिक्री गरिएको उक्त साधारण सेयर हालसम्म पनि नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत हुन सकेको छैन । कम्पनीले यसअघि नै कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई छुट्याएको २४ प्रतिशत शेयर बाँडफाँड गरिसकेको छ । ३ मेगावाट राष्ट्रिय प्रसारणमा थपियो नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा तीन मेगावाट विद्युत् थप भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीअनुसार लमजुङ जिल्लामा आयोजनास्थल रहेको मिदिम खोला जलविद्युत् आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन शुरु गरेको हो । युनियन हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले यही माघ १५ गतेदेखि व्यावसायिक रुपमा बिजुली उत्पादन थालेको हो । आयोजनाको जडित क्षमता तीन मेगावाट भएपछि हाल एक मेगावाटको हाराहारीमा मात्रै विद्युत् उत्पादन गरिरहेको छ । आयोजनाको शुरुको लागत रु ५४ करोड रहे पनि निर्माणमा थप समय लागेका कारण बढेर रु ६५ करोड पुगेको जनाइएको छ । प्रवद्र्धक कम्पनी र प्राधिकरणबीच सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । आयोजना लम्जुङको करापु र नाल्मा गाउँको सिमानामा अवस्थित छ । आयोजनाले स्थानीयवासीलाई रु छ करोड ३३ लाख ७४ हजार ५०० बराबरको छ लाख ३३ हजार ७४५ कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । रासस

ग्लोबल आइएमई बैंकको थप २ नयाँ शाखा विस्तार, शाखा संख्या ११५ पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार(आज) देखि पाल्पा जिल्लाको तानसेन तथा काठमाडौं जिल्लाको जोरपाटीमा थप २ नयाँ शाखा विस्तार गरेको छ । बैंकले पाल्पा जिल्लामा पहिलो शाखा कार्यालय खोलेको हो भने काठमाडौं उपत्यका भित्र जोरपाटीमा ३५आैँ शाखा कार्यालय खोलेको हो । यस दुई नयाँ शाखा थप गरेसँगै बैंकको शाखा संख्या ११५ पुगेको छ । बैंकले ७ वटै प्रदेशमा ११५ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र आजबाट ६८ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

जनता बैंकद्धारा निःशुल्क आँखा सिविर सम्पन्न

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनता बैंक नेपाल लिमिटेडले शनिबार कैलालिको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा उक्त आँखा सिविर सम्पन्न भएको हो । आँखा सिविरमा १२२४ जनाले विशेष ज्ञचिकित्सकबाट आँखा जचाएका थिए । जस मध्ये ३०० जना बिरामीलाई निःशुल्क अपरेशन सेवा दिन धनगढी नेत्रालयमा रिफर गरिएको छ । त्यसैगरी, उक्त सिविरमा करिव १०० बिरामीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने आवश्यकता अनुसारको औषधि निःशुल्क वितरण गरिएको थियो । उल्लेख्य संख्यामा जनसहभागिता रहेको आँखा सिविरमा जनता बैंकका कर्मचारी र स्थानीय प्रहरीहरु समेत गरी करिब ५० जनाले स्वयम् सेवकको भूमिकामा सिविर व्यवस्थापनमा सहयोग गरेका थिए ।

गुराँस लाइफ इन्स्योरेन्सको ४ दिने अभिकर्ता आधारभूत तालिम सम्पन्न

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बनेपाको आयोजनामा आधा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । ४ दिने उक्त आधारभूत तालिममा २० जना सहभागीहरुको उपस्थिति रहेको आधारभूत तालिम संस्थाका मार्केटिङ्ग टिर्पाटमा कार्यरत रमेश न्यौपानेले बताएका छन् । कार्यक्रममा न्यौपानेले बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जिवन बीमाको आधारभुत अवधारणा तथा अभ्यासहरुको जानकारीका साथसाथै जिवन बीमामा गुराँस लाइफ इन्स्योरेन्सले खेलेको भुमिकाको बारेमा बताएका छन् । शाखा कार्यालय बनेपाका शाखा प्रमुख चण्डिका वाग्लेले अभिकर्ताको गुणस्तर तथा उनीहरुको ज्ञानका स्तरको आधारमा बीमाको ब्यापार बढ्ने तथा अभिकर्ताको समेत आम्दानी हुने बताएका छन् । साथै, उनले बीमा व्यवसायलाई मर्यादित ढङ्गले अगाडी बढाउन बीमा अभिकर्ता आचारसहिंताको अक्षरशः पालना गरी कम्पनीको गरिमालाई उच्च राख्न आग्रह गरेका छन् ।