विकासन्युज

एनसीसी बैंक सामाखुशीमा

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले राजधानीको सामाखुसीमा शाखा विस्तार गरेको छ ।  सो शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरेका छन् । डेपुटी गभर्नर श्रेष्ठले एनसीसीले संस्थागत सुशासन र आफ्नो व्यवसायिक गतिविधि अगाडी बढाउनु पर्नेमा जोड दिए ।राष्ट्र बैंकका बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले आगामी दिनहरुमा बैंक केन्द्रीय बैंकको निर्देशनमा रहेर अघि बढदै जाने विश्वास व्यक्त गरे । बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले एक आपसमा मर्ज भएका पाँच वटै संस्थाका तर्फबाट एनसीसीले अझ बढी सरल र सुलभ सेवा दिदै जाने जानकारी दिए । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रमेशराज अर्यालले शाखा स्थापनाबाट सामाखुशी क्षेत्र र त्यहाँका बासिन्दाको आर्थिक सम्बृद्धिमा टेवा दिने बताए । बैंकले निकट भविष्यमा काठमाडौं उपत्यका बाहिरका विभिन्न स्थानहरुमा ४३ वटा शाखा स्थापना गर्ने तयारी गरेको सो अवसरमा जानकारी दिइएको थियो । ४३ वटा शाखा स्थापना र एउटै स्थानमा रहेका शाखाहरुको स्थानान्तरण पश्चात एनसीसीको शाखा संख्या ११२ पुग्ने जनाएको छ ।  

राजश्वमा दुरसञ्चार क्षेत्रको उच्च योगदान, धेरै कर तिर्ने ११ कम्पनीमा ६ वटा बैंक मात्रै

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा पनि राज्यलाई सबैभन्दा बढी कर बुझाउनेमा टेलिकम क्षेत्र भएको छ । चालु आर्थिक वर्ष सुरुभएयता टेलिकम सेवा प्रदायक एनसेल प्रालिले सबैभन्दा बढी कर तिरेको छ ।   एनसेलपछि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), सुर्य नेपाल प्रालि, गोरखा ब्रुअरी प्रालि, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल वायुसेवा निगम र कृषि विकास बैंक रहेका छन् । गत पुससम्म ६ महिनामा एनसेलले मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, टीडीएस र बोनस कर गरी ८ अर्ब रुपैयाँ राज्यलाई बुझाएको छ । गत आर्थिक वर्षमा पनि एनसेलले २३ अर्ब रुपैयाँ कर सरकारलाई राजश्व बुझाएको थियो । यस्ते नेपाल टेलिकमल ६ अर्ब रुपैयाँ बढी कर बुझाएको छ । टेलिकमले भ्याट, टीडीएस र आयकर गरी सरकारलाई यो रकम कर बुझाएको हो । टेलिकमको लाभांशको कर आउन बाँकी रहेको ठुला करदाता कार्यलयले जनाएको छ । यस्तै सुर्य नेपाल प्रालिले ३ अर्ब रुपैयाँ भन्दा बढी कर बुझाएको छ । सुर्य नेपालले भ्याट,टीडीएस र आयकर सरकारलाई बुझाएको हो । अन्तशुल्कको विवरण आउन बाँकी रहेको कार्यलयले जनाएको छ । अन्तशुल्क सम्बन्धित जिल्लास्थित कर कार्यलयले असुल गर्ने भएकाले विवरण नआएको कार्यलयको भनाई छ । यस्तै गोरखा ब्रुअरीले भ्याट,टीडीएस र आयकर गरी सरकारलाई १ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । यो अन्तशुल्क बाहेकको विवरण हो । नेपाल इन्भेष्टमेन्टले १ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको छ । नेपाल इन्भेष्टमेन्टले भ्याट, आयकर र टीडीएस गरी यो रकम सरकारलाई बुझाएको हो । यस्तै नविलले १ अर्ब रुपैयाँ हारहारीमा कर बुझाएको छ । नविलले भ्याट, टीडीएस र आयक कर गरी सरकारलाई १ अर्ब रुपैयाँ बढी बुझाएको कार्यलयले जनाएको छ । यस्तै ग्लोबल, हिमालयन, राष्ट्रिय वाणिज्य, नेपाल वायुसेवा र कृषि विकास बैंकले १ अर्ब रुपैयाँ भन्दा कम छ । एनसेल, टेलिकम, सूर्य नेपाल, गोरखा ब्रुअरी, नविल र नेपाल इन्भेष्टमेन्ट गत वर्षपनि सर्वाधिक कर तिर्ने करदाता भएका थिए । यो वर्ष पनि यिनै कम्पनी सर्वाधिक कर तिर्नेको सूचिमा पर्ने कार्यलयको भनाई छ । अन्तशुल्कको विवरण जोडेपछि केही तलमाथि हुन भएपनि यो वर्ष पनि यिनै उद्योग सर्वाधिक कर तिर्नेको सुचिमा पर्ने कार्यालयको अनुमान छ । कार्यलयले चालु आवको ६ महिनामा ६८ अर्ब रुपैयाँ राजश्व संकलन लक्ष्य लिएकोमा ६६ अर्ब रुपैयाँ मात्र भएको छ । लक्ष्य भन्दा २ अर्ब रुपैयाँ कम राजश्व संकलन भएको कार्यलयले जनाएको छ । कार्यलयले यो वर्ष १ खर्ब ५४ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

खुकुलो मापदण्डपछि होटलमा लगानी बढ्दै,१६ लाख पर्यटकलाई सेवा दिन सक्ने अवस्था

काठमाडौ । सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि होटल व्यवसायमा खुकुलो मापदण्ड तय गरेपछि पछिल्ला समयमा लगानी बढ्दै गएको छ । पर्यटन विभागका अनुसार पर्यटन क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको होटल, रेष्टुराँ तथा रिसोर्टको संख्या बढेर १ हजार २०० पुगेका छन् । यस्तै १०० वटा नयाँ होटल थपिने क्रममा रहेका छन् । हाल होटलको ‘बेड’ संख्या ४२ हजार रहेको छ । लगानीमा भएको बढोत्तरीले रोजगारीको अवसरमा वृद्धि भएको छ भने आर्थिक क्षेत्रको थप उन्नयनमा बल मिलेको छ । पछिल्ला दिनमा कञ्चनपुरको होटल ओपेरा, नेपालगञ्जको होटल कृष्णा र सिमराको होटल इच्छाले पर्यटन विभागबाट चारतारेको अनुमति लिएका छन् । यस्तै चारतारेको मान्यतासहित सञ्चालनमा आएका होटलमा नेपालगञ्जकै सोल्टी, नगरकोटको मिस्टिक माउण्टेन, कोहलपुरको सेन्ट्रल प्लाजासहितका होटल रहेका छन् । हालको गति र लगानी हेर्दा आगामी तीन वर्षभित्र काठमाडौँमा मात्रै चारतारे होटलमा चार हजार कोठा थप हुन लागेका छन् । राजनीतिक अस्थिरता, लगानीमैत्री वातावरण नभएको भन्दै पछिल्ला वर्षमा नयाँ होटल नथपिए पनि हाल थपिएका र निर्माणका क्रममा रहेका दर्जन चारतारे होटलले नेपालको पर्यटन प्रवद्र्धनमा गुणात्मक फड्को मार्ने विश्वास लिइएको छ । विभागका अनुसार सन् २०१७ मा तीनतारे होटल तीनवटा थप भएका छन् । थपिएका तीनतारे होटलमा ठमेलको ११५ कोठे म्यारिओट, ठमेलकै ६३ कोठे मलवरी र हेटौँडाको ६० कोठे सामना होटल रहेका छन् । हाल ३४ वटा तिनतारे होटल पुगेको विभागले जानकारी दिएको छ । पर्यटकस्तरका होटल २३ वटा थप भएका छन् । दुईतारे होटल ४३ छन् । सो व्यवसायमा संलग्नहरुका अनुसार हाल देशभर तारे, गैर तारे, रिसोर्ट र रेष्टुराँमा करिब १६ लाख पर्यटकलाई सेवा दिन सक्ने अवस्था सिर्जना भएको छ । सरकारले सञ्चालनमा रहेका होटललाई अन्तर्राष्ट्रियस्तरको पूर्वाधारसहितको मागदण्डसमेत तय गरेको छ । काठमाडौँ उपत्यकाभित्र भन्दा पनि उपत्यका बाहिर होटल व्यवसाय सञ्चालन गर्नेलाई सहज रुपमा व्यवसाय गर्ने वातावरणसमेत निर्माण गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देश राजनीतिक स्थिरताको चरणमा प्रवेश गरेको भन्दै होटल व्यवसायमा लगानी गर्न चाहनेहरुसमेत बढ्दै गएका छन् । विभागले काठमाडौँ उपत्यकामा रहने होटलको हकमा कम्तीमा १०० र उपत्यका बाहिर रहने होटलको हकमा कम्तीमा ८० सुत्ने कोठा हुनुपर्ने व्यवस्था गरेको छ । उपत्यका, तराई मधेशमा होटलमा पौडी पोखरी आवश्यक भए पनि हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ पौडी पोखरीलाई अनिवार्य गरिएको छैन । विद्यमान तारे होटल, पर्यटकीय होटल, रेष्टुराँ तथा रिसोर्टको अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुरुप भौतिक पूर्वाधारसहित क्षमता विस्तार गर्ने नीति अख्तियार गरिएको र राजपत्रमा सूचना प्रकाशित गरेर लागू गरेपछि होटल क्षेत्रमा लगानी गर्नेको संख्यामा समेत वृद्धि भएको विभागका महानिर्देशक दिनेश भट्टराईको भनाइ छ । भट्टराईका अनुसार काठमाडौँ उपत्यकाभित्र एक तारे होटलमा २० र काठमाडौँ बाहिर १५ कोठा हुनुपर्ने नयाँ मापदण्ड लागू गरिएको छ । यस्तै दुई तारेको हकमा काठमाडौँमा ४० र बाहिर ३०, तीन तारेका हकमा काठमाडौँमा ६० र बाहिर ४५, चार तारेका लागि काठमाडौँमा ८० र बाहिर ६०, पाँचतारेका लागि काठमाडौँमा १०० र बाहिर ८० कोठा हुनुपर्ने मापदण्ड तय गरिएको छ । होटल तथा रिसोर्टको स्तर वर्गीकरणका लागि २०७० सालमा तय भएको मापदण्डलाई समसामयिक परिवर्तन गरी अन्तर्राष्ट्रिय होटल स्तर मापदण्डअनुसार तय गरिएको महानिर्देशक भट्टराई बताउछन् । सो मापदण्डअनुरुप होटलका कोठालाई बढी केन्द्रित गरिएको छ । आरामदायी सुविधा बढाइएको छ । होटलका कोठाको संख्यालाई संख्यात्मकभन्दा पनि गुणात्मक रुपमा व्यवस्थित गर्ने प्रयास गरिएको छ । होटल एशोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाह होटल व्यवसायमा लगानी गर्ने वातावरण बन्दै गएकामा खुशी व्यक्त गर्नुभयो । “सरकारले पछिल्लो पटक लागू गरेको मापदण्डले व्यवसायको प्रवद्र्धनमा बल पुगेको छ । सेवा क्षेत्रमा लगानी गर्नेको मनोबलसमेत वृद्धि भएको छ”, उहाँले शाहले भने । काठमाडौँ उपत्यका बाहिर व्यवसाय शुरु गर्नेलाई विशेष प्राथमिकता दिने सरकारको नीतिले पर्यटन क्षेत्रमा नयाँ उभार आउने उनको भनाइ छ । अर्का होटल व्यवसायी राजेन्द्र बजगाईंले उपत्यका बाहिरका होटललाई पर्यटकमैत्री बनाउन खोजिएकामा खुशी व्यक्त गरे । उनले जस्तोसुकै होटललाई पनि तारे होटलको मान्यता दिँदा त्यसले पार्ने प्रभाव नकारात्मक हुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए। सञ्चालमा रहेका होटल, रेष्टुराँ र रिसोर्टलाई थप व्यवस्थित, मर्यादित बनाउनेतर्फ लाग्नुपर्ने व्यवसायी बजगार्इंको भनाइ छ । सरकारले तय गरेको मापदण्डअनुसार पर्यटकस्तरको साधारण होटलले कम्तीमा पनि सबैमा पर्याप्त प्राकृतिक प्रकाश आउन सक्ने र हावा चल्ने हुनुपर्ने, २५ प्रतिशत कोठाको साथमा स्नानघर तथा शौचालय (बाथरुम) संलग्न हुनुपर्ने छ । यस्तै सबै कोठामा आधुनिक फर्निचर र बिजुलीको राम्रो प्रबन्ध हुनुपर्ने तथा नेपाली कला र संस्कृति झल्काउने किसिमले सजाइएको हुनुपर्ने छ । होटल व्यवसाय विश्वव्यापी उद्योग भएकाले समयानुकूल मापदण्ड बनाइएको र पर्यटकको रोजाइ तथा आवश्यकतालाई ध्यान दिइएको व्यवसायीको भनाइ छ । तारे तथा पर्यटकीय होटलले आफ्ना सेवा सुविधालाई गुणस्तरीय बनाई बढी पर्यटक आकर्षण गर्न नयाँ मापदण्ड लागू गरेर लगानीमैत्री वातावरण बनाइएको विभागका महानिर्देशक भट्टराईको भनाइ छ । सन् २०१७ मा ९लाख ६४ हजार पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०१६ मा सात लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा पर्यटक आवागमनको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । होटल व्यवसायी योगेन्द्र शाक्य पर्यटकको संख्यामा भएको वृद्धिसँगै पूर्वाधारको क्षेत्रमा थप लगानी हुनु सकारात्मक रहेको बताउछन् । उनले होटलमा लगानी गर्ने लहर बढेसँगै व्यवस्थापन तथा प्रचारप्रसारको कामलाई समेत जोड दिनुपर्ने र गुणस्तरीय सेवाका लागिसमेत पहल गर्नुपर्नेमा जोड दिए । “लगानी बढाएरमात्रै भएन, पर्यटकलाई सेवा सुविधा दिनेतर्फ पनि ध्यान दिइनुपर्छ । व्यवसायको दायरा बढाएर जानुपर्छ”, उनले भने । रासस

हिमालयन ब्रियू कफि सञ्चालनमा

काठमाडौं । ठमेलको लेखनाथ मार्गमा हिमालयन ब्रियू कफि सञ्चालनमा आएको छ । नयाँ व्यवस्थापनमा सञ्चालन सुरु गरेको यो कफि क्याफेले वेदेसिक रोजगारीमा जानेका लागि तालिम प्रमुख आकर्षण बनाएको छ । यस्तो तालिम १८ दिनमै कफिको सीप सिकाउने गरी दिइने दाबी यसका सञ्चालक प्रकाश बास्कोटाले गरे । उनका अनुसार चारदेखि पाँच जनाको समूहमा आउने प्रशिक्षार्थीको हकमा भने विशेष सहुलियत दिइने छ । एक पटकमा १५ जनालाई तालिम दिने क्षमता भएको यो कफिले नेपाली अर्गानिक कफिका विभिन्न स्वादलाई ग्राहकमाझ पस्कदै आएको छ । करिब २५ लाख रुपैयाँबाट कफि क्यापेमा लगानी सुरु गरेका बास्कोटाले पाँच जनालाई रोजगारी दिएका छ । डेढ वर्षसम्म कफि क्याफेकै अनुभव लिएर उनले कफिको स्वादसँगै खाजा तथा नास्ताको पनि सेवा दिन थालेका छन् । बिहीबारबाटै यो क्याफेलाई औपचारिक रुपमै सञ्चालन गरिएको छ । यो क्याफेमा सबै प्रकारका नेपाली कफि पिउँदै विभिन्न पुस्तक अध्ययन गर्नेदेखि जुनसुकै स्थानका सेवाग्राहीलाई तालिम दिन सक्षम रहेको छ । यो क्याफेले उपत्याका अन्य क्याफेसँग सहकार्य गरेर तालिम दिन थालेकोको उपत्यकाका अन्य क्याफेमा पनि यसले तालिम दिने व्यवस्था मिलाएको उल्लेख छ । ठमेलको हिमालयन ब्रियू कफिले विदेश जाने युवालाई लक्षित गरेर कफि कलाको तालिम दिन थालेको छ । प्रतिव्यक्ति १५ हजार रुपैयाँमै कफिको कला सिकेर स्वारोजगार बन्नदेखि वैदेसिक रोजगारीमा जानेसम्मको लागि उपयोगी सीप प्रदान गर्न थालेको हिमालयन ब्रियू कफिका संचालक बास्कोटाले बताए ।

बैंक अफ काठमाण्डको शाखा गल्छी र मिर्चैयामा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले दुई शाखा विस्तार गरेको छ । बैंकले धादिङको गल्छी र सिरहाको मिर्चैयामा दुई शाखाबाट बैंकिङ कारोबार सुरु गरेको छ ।         गल्छी शाखाको बैंकका संचालक राधेश पन्त तथा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् । त्यस्तैगरी मिर्चैया शाखाको बैंकका संचालक गोविन्दप्रसाद शर्मा रेग्मी, मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकर साहले उद्घाटन गरेका थिए ।   बैंकले ७७ शाखा, ६७ एटीएम र ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बिन्दुहरुबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

अशोक लेलैण्ड र रेनो कारका बिक्रेतालाई आपुर्ति विभागले सोध्यो ३ दिने स्पष्टीकरण

काठमाडौं । अशोका लेलैण्ड गाडीको आधिकारीक बिक्रेतालाई आपुर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले तीन दिने स्पष्टीकरण सोधेको छ । अशोक लेलैण्डको आधिकारीक बिक्रेता आईएमई मोटर्स र रेनो गाडीको आधिकारीक बिक्रेता एड्भान्स अटोमोबाइल प्रालिले बढि मूल्यमा गाडी बेचेको आशंकामा विभागले तीन दिन भित्र स्पष्टीकरण सोधेको हो । अनुगमनका क्रममा गाडीको खरिद मूल्य र बिक्रि मूल्यबीचको फरक पुष्टि गर्न नसकेपछि विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठको नेतृत्वमा आईएमई मोटर्स प्रालिको विभिन्न गाडीहरुको मूल्य सूचिमा अनावश्यक खर्चहरु जोडेको भेटिएको छ । ‘गाडीको मूल्य सूचिमा इन्टरर्नल अपरेशनल एण्ड ओदर, एड्मिनिस्ट्रेटीभ एक्सपेन्सेस, एड्भर्टाइजमेन्ट एण्ड विजनेश प्रमोसनको रुपमा अतिरिक्त खर्च लिएको देखिएको छ, उनले भने ‘के कति कारणले उक्त शिर्षमा खर्च देखाइएको हो सो सम्बन्धमा स्पष्ट प्रमाणसहित तीन दिनभित्र विभागमा पेश गर्न निर्देशन दिएका छौं । त्यस्तै विभागले काठमाडौं स्थित थापाथलीको रेनो गाडीको आधिकारीक बिक्रेता एड्भान्स अटोमोबाइल प्रालिमा गरेको अनुगमनको क्रममा मुख्यगरी पाछिल्लो समय कम्पनीले भित्र्याएको डस्टर लगायतका गाडीको मूल्य सूचि खरिद बिक्री बिल जस्ता आवश्यक कागजात देखाउन नसकेपछि तीन दिनभित्रमा विभागमा पेश गर्न निर्देशन दिएको छ ।

६६ औं भन्सार दिवसः तिर्ने र तिराउनेबिच जुहारी

काठमाडौैं । ६६ औं भन्सार दिवसमा निजी क्षेत्र र सरकारबीच रोचक जुहारी चलेको छ । ‘आर्थिक विकासका लागि सुरक्षित व्यवसायीक वातावरण’ मुल नारा दिएर आयोजना गरिएको बिशेष समारोहमा सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधी एक अर्का विरुद्ध खनिएका हुन् । कार्यक्रममा नेपाल उद्योग महासंघको उपाध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रलाई सहज वातावरण नदिएको आरोप लगाए । उनले भन्सार मुल्यांकन, वस्तु वर्गीकरण र जाँचपास प्रक्रिया सहज नभएको बताए । उनले भन्सार चेकचाँजका नाममा कर्मचारीले व्यवसायीलाई दुःख दिएको र ढुवानी समय बढेर नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएको आरोप पनि लगाए । उनले कच्चा पदार्थको भन्सार बढाएर तयारी समानको भन्सार घटाउने सरकारी नीतिकै कारण नेपाली उद्योग धन्दा धरासायी भएको आरोप पनि लागए । कार्यक्रममा राजस्व सचिव शिशिर ढुङगानाले व्यपारीहरुले विदेशबाट आयात गर्ने बस्तुको क्रय मुल्य निकै कम देखाउने र उच्च रकममा विक्री गरेको अनुगमनको क्रममा भेटीएका आरोप लगाए । उनले व्यवसायीहरु जिम्मेवार बन्न छाडेर सरकारमाथी खनिएर मात्रौ समस्याको समाधान नहुने समेत स्पष्ट पारे । उनले भारत र चीन लगायतका देशबाट आउने सामानमा भन्सारमै तोकेर एमआरपी राखिनु पर्ने प्रस्ताव समेत गरे । निजी क्षेत्रले ७५ प्रतिशत देशको अर्थतन्त्र निजी क्षेत्रको हातमा रहेकोले देशको अर्थतन्त्र सुधार गर्ने कि धरासायी बनाउने भन्ने जिम्मा निजी क्षेत्रको हातमा रहेको बताए । एकै किसिमको मुल्यांकन हुनै नसक्ने बताउँदै नेपाल डब्लु टी ओ को सदस्य भएकोले सोही नियम अनुसार अघि बढ्ने उनले थपे । कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले आफु ५/७ महिनाको लागी मात्र अर्थमन्त्री बनेको र राजस्व विभागबाट एक रुपैंया पनि लाभ नलिने गरी काम गरेको दाबी गरे । मुलुकको तीन ओटै निर्वाचन सकिएकोले अब देशले आर्थिक रुपमा कोल्टे फेर्ने विस्वास उनले व्यक्त गरे । कार्यक्रममा विशेष अतिथी अर्थ राज्यमन्त्री उदय शमशेर राणाले आफुहरु अबको केहि दिनमै पुर्व मन्त्री हुने भएपनि व्यवसायी र देशको अर्थतन्त्रको हितमा निरन्तर लागी परिहने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रत्येक नेपालीले देशमै उद्यम गर्न सक्नु पर्नेमा जोड दिए । कार्यक्रमका अन्य वक्ताहरुले रावस्वको काम कारबाही अत्यन्तै ढिलो र झन्झटिलो प्रक्रिया भएको बताए । व्यवसायीहरुले आयत गरेको वस्तुहरुमा २४ पटकसम्म चेकजाँच हुँदा हैरानी खेप्नु परेको बताए । भन्सार विभागले वर्षभरी उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत समेत गरेको थियो ।  

ज्योति विकास बैंकले ल्यायो भिसा डेविट कार्ड, १० वटा नयाँ शाखा विस्तार गर्दै

काठमाडौं । ज्योति विकास बैंकले ल्यायो भिसा डेविट कार्ड, १० वटा नयाँ शाखा विस्तार गर्दैकाठमाडौं । ज्योति विकास बैंकले भिसा डेविट कार्ड ल्याएको छ । बैंकले एसीटी डेविट काटर्डलाई विस्थापित गरेर भिसा डेविट कार्ड ल्याएको हो । ज्योति विकास बैंकले भिसा डेविट कार्ड सम्बन्धीत शाखाहरुबाट निःशुल्क उपलब्ध गराउने मसेत जनाएको छ । बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबिबिएस सेवा समेत उपलब्ध गराउँदै आएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम काउण्टर सञ्चालनमा छन् । बैंकले निकट भविष्यमै १० वटा नयाँ शाखा संचालनमा ल्याउने तयारी गरिरहेको छ । हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढि खाताबाट १३ अर्व ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १२ अर्व ४३ करोड ऋण लगानी गरेको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी २ अर्व ५९ करोड पुग्नेछ ।