विकासन्युज

नर्भिक पुगे माधव नेपाल, श्रद्धाञ्जली दिन पेरिस डाडाँ जाने

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपाल नर्भिक अस्पताल गएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको स्वास्थ्य अवस्था बुझ्न नेता नेपाल नर्भिक अस्पताल पुगेका थिए । नेता नेपाल नर्भिक पुग्दा चिकित्सकहरले दाहाललाई मृत घोषणा गरिसकेका थिए । आजै माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिस डाडाँ पुगेर नेता नेपालले स्वर्गिय दाहालको पार्थिव शरिरमा फुलमाला चढाउने छन् ।

निर्वाचनको सुरक्षामा सचेत होऊ

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने दिन जति नजिकिदै छ, त्यतिनै विभिन्न राजनीतिक दलका उम्मेदवारमाथि आक्रमण बढ्दै गएको छ । केही दिनयता पहिलो चरणअन्र्तगत मंसिर १० गते निर्वाचन हुने क्षेत्रमा यस्ता घटना बढेका छन् । बारम्बार घटिरहेका श्रृङखलावद्ध आक्रमले सरकारको निर्वाचन सुरक्षामा प्रश्न उठेको छ । शुक्रबारमात्र नुवाकोटको ककनीमा काँग्रेका उम्मेदवार डा. रामशरणको चुनाव प्रचारप्रसारका लागि प्रयोग भएको बोलेरो जिपमा प्रेसरकुकर बम विष्फोट गराई क्षतिग्रस्त बनाइएको छ । रोल्पामा माओवादीका उम्मेदवारद्धय कृष्णबहादुर महरा, वर्षमान पुन र काँग्रेसका अमरसिंह पुनलाई लक्षित गरी वम प्रहार गरिएको छ । यस्तै गोरखामा नारायणकाजी श्रेष्ठ, म्याग्दीमा खमबहादुर गर्वुजा, भोजपुरमा शेरधन राईलाई लक्षित गरी वम विष्फोट गराईको समाचार आएका छन् । यस्तै अन्य उम्मेदवारलाई लक्षित गरी आक्रमण हुन थालेको छ । शनिबार सिन्धुपाल्चोकको क्षेत्र नम्बर दुईमा पर्ने मेलम्ची नजिकैको पुलमा प्रेसर कुकर बम भेटिएको छ । लम्जुङको बेसिसहरमा कित्ली वन विष्फोटनका लागि सडकमा राखिएको पाइएको छ । उम्मेदवार लक्षित आक्रमणले हालसम्म मानविय क्षति भएको छैन् । चुनाव हुने दिन जति नजिकिदै आएको छ, त्यति नै उम्मेदवारमाथि आक्रमण बढ्दै गएकाले मानविय क्षति नहोला भन्न सकिन्न । यसले चुनावी वातावरणलाई विथोल्ने काम गरेको छ । विष्फोटका घटना हुन थालेपछि राजनीतिक दलले यसको आरोप एक अर्कालाई लगाउन सुरु भएको छ । डा महतले वम विष्फोटन प्रतिस्पर्धी हितबहादुर तामाङले गराएको लगाएका छन् । यस्ता घटना बढ्न थालेपछि राजनीतिक दलले एकअर्कालाई विना आधार आरोप लगाउदा शान्ति सुरक्षालाई झनै खलल पुर्याउने देखिएको छ । यसमा दलका उम्मेदवार सचेत हुनुपर्ने देखिन्छ । दलका उम्मेदवार पनि सुरक्षा निकायको समन्वयमा आफना गतिविधि सञ्चालन गर्नुपर्छ । चुनावमा शान्ति सुरक्षाको प्रत्याभूति गराउने काम सरकारको हो । ठुला विष्फोटका घटना हुदा पनि सरकार गम्भीर नभएको देखिएको छ । गृहमन्त्रालयको जिम्मेबारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैले सम्हालेका छन् । यदी प्रधानमन्त्रीले यसमा ध्यान दिन सकेका छैनन भने नयाँ गृहमन्त्रीको नियुत्त हुनुपर्छ । पछिल्लो घटना क्रमले विप्लप समूह निर्वाचन भाड्न र शान्ति सुरक्षामा धावा बोल्न लागेको छ । यसले उम्मेदवारका अतरित्त मतदातालाई मतदानस्थलमा पुगेर आफनो मत दिनका लागि त्रास पैदा भएको छ । आक्रमणले शान्ति सुरक्षालाई ठुलो चुनौति दिएका बेला नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धन विभागले सुरक्षाका लागि थप सतर्कता अपनाएको बताएको छ । राज्यका सुरक्षा निकायले सुरक्षाको अवस्था मजवुत भएको बताइरहेका बेला दिनदहाडै वम विष्फोट हुनु र गोली चल्नुले सुरक्षा निकायको सुरक्षा प्रणाली माथि नै प्रश्न खडा गरेको छ । यता सरकारले ३ वटा घेराबाट सुरक्षा दिने बताइरहेको छ । चुनावका लागि भन्दै सेना परिचालनका अतिरित्त ७२ हजार प्रहरी, ४० हजार सशस्त्र प्रहरी र ९८ हजार २९६ जना म्यादी प्रहरी परिचालन गरिएको छ । यति हुदा पनि उम्मेदवार लक्षित विष्फोटनको घटना बढ्नु शान्ति सुरक्षामा सरकार चुकेको छ । यता प्रहरीले शुक्रबारसम्म निर्वाचन बिथोल्न खोज्ने विप्लप सूमहका १७५ जना पक्राउ परेका छन् । सरकारले उम्मेदवार र मतदान गर्ने मतदाता र मतदान स्थलको सुरक्षा गर्नका लागि विशेष योजना बनाउनु पर्ने देखिन्छ । अहिलेको सुरक्षा योजना विफल भइसकेको छ । घटना क्रमको विश्लेषण गरेर नयाँ सुरक्षा योजना तत्काल बनाइ सुरक्षा निकाय परिचालन बढाउनु पर्ने देखिएको छ । यदी आवश्यक परेमा सरकारले सेनालाई पनि परिचालन गर्न ढिलाइ गर्नु हुदैन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सले १० करोड बोनस दिने, पुँजी ८८ करोड नाघ्ने

काठमाडौं । लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनीले आफ्ना सेयरधनीलाई १० करोड रुपैयाँ बराबर(अर्थात १२.८२ प्रतिशत)को बोनस सेयर वितरण गर्ने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ०.६७ प्रतिशत (अर्थात ५२ लाख ६३ करोड १५८ रुपैयाँ बराबरको) नगद लभांश दिने निर्णय गरेको छ । उक्त निर्णय मंसिर १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णय बीमा समितिबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीले चुक्ता गत बर्षको मुनाफा र चालु आवमा हकप्रद सेयर बाँडफाँड पश्चात कायम भएको पुँजीमा सो मात्राको लाभांश वितरण गर्न लागेको हो । बाँडफाँड भएको हकप्रद सेयर(३९ करोड रुपैयाँ) पश्चात कम्पनीको पुँजी ७८ करोड रुपैयाँ पुगेको छ । उक्त पुँजीमा १२.८२ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ८८ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

माथिल्लो तामाकोसीको सुरुङमा ‘ब्रेक थ्रु’, आईपीओको ‘आइस ब्रेक’ कहिले ?

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङ आइतबार छेडिएको (ब्रेक थ्रु) छ । उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष समेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत उच्च अधिकारीको उपस्थितिमा आइतबार बिहान ८.५ किलोमिटर लामो सुरुङ छेडिएको हो । यो समेत आयोजनाको काम ९२ प्रतिशत सम्पन्न भएको छ । अब ८ प्रतिशत काम मात्र सम्पन्न हुन बाँकी छ । अब ९३० मिटर लामो सर्चसाफ्ट सुरुङको काम मात्र बाँकी छ । हाल इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल उपकरण जडानको काम भइरहेको छ । यस्तै गोंगरबाट न्यू खिम्तीसम्म २२० केभी क्षमताको प्रसारणलाइन निर्माण भइरहेको छ । आयोजनाबाट आगामी ०७५ को असार मसान्तमा पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी छ । पहिलो युनिटले ९१ मेगावाट विद्युत उत्पादन गर्नेछ । सोही वर्षको मंसिरसम्म बाँकी चार वटा युनिटबाट पनि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ भएपनि भूकम्प र नाकाबन्दी र विभिन्न कारणले बढेर ४१ अर्ब ७८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको पहिलो वर्षको आम्दानी ९ अर्ब रुपैयाँ हुने छ । तामाकोसीले आईपीओ पुसभित्रै निष्कासन गर्ने अपर तामाकोसी हाइड्रोले आयोजना प्रभावित दोलखावासीलाई र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको र ढिलोमा पुससम्म बजारमा ल्याउने तयारी भएको न्यौपानेले जानकारी दिए । पहिलो चरणमा दोलखावासीलाई १० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्ने उनले बताए । त्यसलगतै सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन हुने छ । आयोजनाबाट अतिप्रभावित, कम प्रभावित र प्रभावित गरी तीन वर्गमा विभाजन गरी सेयर वितरण गर्ने सहमति भएको उनले जानकारी दिए । प्रवत्ता न्यौपानेका अनुसार दोलखावासीले न्युनतम ३० देखि बढीमा ३ सय कित्तासम्म सेयर पाउने भएका छन् । यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निश्कासन गरी ०७२ जेठ २९ गते बाँडफाट भइसकेको छ । बाँडफाँट भएको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत नहुदाँ कारोबार भएको छैन । लगानीकर्ताले लाभ पाउन सकेका छैनन् । आयोजनाले ०६३ सालमा दोलखावासीलाई सेयर निश्कासन गर्ने निर्णय गरेको थियो । तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ ।  

प्रदेश नम्बर १ को मुख्य मन्त्री बन्न सक्ने मान्छे हुँः जीवन घिमिरे

काठमाडौं । मोरङ जिल्लाको प्रतिनिधी सभा क्षेत्र नम्बर ४ को प्रदेश सभा ख मा बामपन्थी उम्मेदवार छन, नेकपा(एमाले)का केन्द्रिय सदस्य जीवन घिमिरे । ३५ बर्षदेखि सोही क्षेत्रमा बसेर कम्युनिष्ट आन्दोलनमा सहभागी हुँदै आएका घिमिरेले बाम गठबन्धनपछि जनतामा देखिएको उत्साह र आफ्नो सक्रियताका कारण जित सुनिश्चित भएको दावी गरिरहेका छन् । ‘बाम एकताले नागरिकमा उत्साह छाएको छ र यो क्षेत्रको सामाजिक, आर्थिक र राजनीतिक काममा मैले गरेको योगदानका कारण मेरो जित सुनिश्चित भैसकेको छ’, घिमिरेले भने । निरन्तर जनताको बिचमा रहेको, प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्न सक्ने, विकास र समृद्धिको स्पष्ट खाका भएकाले आफुसँग कसैको प्रतिष्पर्धै नहुने दावी पनि उनले गरे । ‘म प्रदेश नम्बर १ को मुख्य मन्त्री बन्न सक्ने मान्छे हुँ, पार्टीले जिम्मेवारी दियो भने सहजै वहन गर्न सक्छु, विकास र समृद्धिको स्पष्ट योजना पनि जनतासँग राखेको छु’, घिमिरले भने । बिराटनगरलाई प्रदेश राजधानी बनाउने, रिङ रोड बनाउने, भारतको बथनाह–कटहरी रेलवे सम्पन्न गर्ने योजना उनले अघि सारेका छन् । प्रतिनीधि सभा ४ को प्रदेश सभा ख मा बिरानगर महानगरपालिकाको १, २, ३, ८, १० नम्बर वडाहरु र कटहरी गाउँपालिकाको १, २, ३ नम्बर वडा पर्छन् । यो प्रदेशमा काँग्रेस भन्दा बाम गठबन्धन ७ सय मतले अघि रहेको छ । प्रतिनिधी सभामा भने बाम गठबन्धनबाट माओवादी केन्द्रका अमनलाल मोदी उम्मेदवार छन् । ‘नेपालको बामपन्थी र लोकतान्त्रिक आन्दोलनमा मेरो योगदानसँग अहिले मोरङमा उम्मेदवारी दिएका कसैको तुलना हुनै सक्दैन’, घिमिरेले भने ।

९९ प्रतिशत बाणिज्य बैंकको प्रति सेयर आम्दानी घट्यो

काठमाडौं । ९९ प्रतिशत बाणिज्य बैंकहरुको प्रति सेयर आम्दानी (ईपीएस) घटेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेकामध्ये ९९ प्रतिशत बाणिज्य बैंकहरुको ईपीएस घटेको हो । अधिकाँश बैंकको नाफा घटेपछि यसको असर ईपीएसमा परेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत २७ वटा बाणिज्य बैंकमध्ये सिभिल बैंकले मात्रै प्रति सेयर आम्दानी बढाएको छ । बाँकी सबै बैंकको प्रति सेयर आम्दानीमा भारी गिरवाट आएको देखिन्छ । प्रति सेयर आम्दानीलाई कम्पनीहरुको महत्वपुर्ण वित्तिय परिसूचक मानिन्छ । बैंक तथा वित्तिय संस्थाहरुको पुँजी बढेसँगै नाफामा पनि असर पर्दै आएको छ । धेरै बैंकले आफ्नो नाफा समेत बढाउन सकिरहेका छैनन् । तर नविल बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका सबैजसो बैंकहरुको प्रतिसेयर आम्दानी पनि ओरालो लागेपछि बैंक तथा वित्तिय संस्थाका सुनौला दिन सकिएको टिप्पणी हुन थालेको छ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले पुँजी वृद्धि र ब्याजदरको अस्थिरताका कारण नाफा बढाउन नसकेको बताए । उनले आगामी दिनमा बैंकले लगानीकर्तालाई धेरै नाफा दिन नसक्ने संभावना देखिएको बताउछन् । बाणिज्य बैंकहरुको नाफा पनि उत्साहजनक रुपमा बढ्न सकेको देखिन्न । असोज मसान्त अवधीमा २८ वटै बाणिज्य बैंकहरुको नाफा जम्मा २८ करोड ८ लाखले मात्रै बढेको छ । २८ वटा बाणिज्य बैंकहरुले असोज मसान्तसम्ममा जम्मा ९ अर्ब ९१ करोड २३ लाख मात्रै नाफा बढाउन सकेका छन् । यीनै बैंकहरुले गत आवको पहिलो तीन महिनामा ९ अर्ब ६३ करोड १५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

अपरिचित नम्बरबाट आएको फोन नउठाउन दुरसञ्चार प्राधिकरणको सुझाव

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले अपरिचित नम्बरबाट आउने फोन नउठाउन जानकारी गराएको छ । पछिल्लो समयमा नेपालका मोवाइ प्रयोगकर्ताको नम्बरमा अभर द टप सेवा प्रयोग गरी नो कलर आईडी ०१२३४५६, १२३४५६ र ८८८८८८८८८८ जस्ता अपरिचित नम्बरबाट धम्की दिने, फिरौती माग्ने जस्ता फोन कल आइरहेकाले यसतर्फ अनुसन्धान सुरु गरिएको प्राधिकरणले जनाएको छ ।  

प्रचण्ड पुत्र प्रकाश दाहालको निधन

काठमाडौं । पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ । उनको आइतबार बिहान हृदयघातका कारण निधन भएको हो । नर्भिक अस्पताल ल्याउँदा ल्याउँदै निधन भएको थियो । अस्पतालले केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी गराउदै छ । छोराको निधन भएपछि चुनावी अभियानमा झापा विर्तामोड पुगेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन् । दाहालका एकमात्र छोरा हुन् । उनी दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा नियुक्त भएका थिए । २०३८ सालमा जन्मेका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन् ।