विकासन्युज

एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, भदौ २१ गते बुक क्लोज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि भदौ २१ गते कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त बुक क्लोजसम्बन्धि निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

फर्टिलाइजर एशोसिएशन नेपालको अध्यक्षमा चन्द्रकान्त डल्लाकोटी

काठमाडौं । नेपाल मलखाद(फर्टिलाइजर) ब्यबसायी संघको प्रथम महाअधिबेशनले चन्द्रकान्त डल्लाकोटीलाई अध्यक्षमा चयन गरेको छ ।  साथै, डल्लाकोटीकाे अध्यक्षतामा १३ सदस्य रहेको नयाँ कार्यसमिती चयन गरेको छ । यसैगरि प्रथम उपाध्यक्षमा राजेश भक्त श्रेष्ठ, द्धितिय उपाध्यक्षमा गौरीशंकर कडेल, महासचिबमा इश्वरी प्रसाद अर्याल, सचिबमा जिबन पौडेल, कोषाध्यक्षमा बिष्णु बुर्लाकोटी चयन भएका छन् । त्यसैगरी, कार्यसमिती सदस्यहरुमा जया अधिकारी, आनन्द रुवाली, उज्वल घिमिरे, सुदेश चन्द्र घिमिरे, आशिष चौधरी, यज्ञ बास्तोला चयन भएका छन् । यस्तै महिला मनोनित सदस्यमा बसन्ता श्रेष्ठ, गोर्खाबाट रामशरण कोइराला, बिराटनगर बाट गोबिन्द पोख्रेल र पूण्य कुमारी कुमाल रहेका छन् । ललितपुरको हिमालय होटलमा सम्पन्न प्रथम महाधिबेसनको उद्घाटन कृषिबिकास मन्त्री रामकृष्ण यादबले गरेका थिए । कार्यक्रममा नेपाल सरकार कृषिबिकास मन्त्रालयका सचिब, उपसचिब लगायतको उपस्थिती रहेको थियो ।

कसरी टिकाउन सकिन्छ गाडी ? यस्ता छन् अटोमोबार्इल व्यवसायीका सात टिप्स

काठमाडौं । राजधानीका खाल्डा खुल्डी सडक र धुँवाधुलो आम मानिसका लागि समस्या बनिसकेको छ । यस्तो अवस्थामा हामीले आफ्नो स्वास्थ्यको सँगसँगै गाडीको पनि हेरचाह गर्नुपर्ने हुन्छ । गाडीलाई सुरक्षित तरिकाले चलाउन र लामो समयसम्म टिकाउन गाडीको ख्याल राख्नु आवश्यक हुन्छ । गाडीमा आउने सानोतिनो समस्यालाई पनि बेमतलब गर्नु हुँदैन । यसलाई हेरचाह गर्न सके आफु पनि सुरक्षित ढंगले यात्रा गर्न सकिन्छ र गाडीको आयु पनि लम्ब्याउन सकिने विज्ञहरु बताउछन् । १. सावधानी अपनाउने नेपालमा हुने दुर्घटना मध्ये अधिकांश घटना खराब सडक, ट्राफिक नियम उल्लंघन जस्ता गतिविधिका कारण हुन्छन् । सावधानी अपनाउन सके गाडी सुरक्षित र आयु लम्ब्याउन सकिने पूर्वाञ्चल ल्युब आयलका सञ्चालक कृष्ण दुलाल बताउछन् । उनी भन्छन्, ‘धेरै पैसा खर्चिएर गाडी किन्नु ठुलो कुरा होइन । यसलाई दुर्घटनाबाट जोगाएर लामोसम्म टिकाउनु महत्वपूर्ण छ ।’ दुलालका अनुसार गाडी बिग्रनुको ८० प्रतिशत कारण चालकको लापरबाही हो । गाडी चलाउँदा निकै सावधानी अपनाउनुपर्ने हुन्छ । गाडीको स्पिडमा धेरै ध्यान दिदाँ गाडीलाई दुर्घटनाबाट जोगाउन सकिन्छ । ट्राफिक नियमको पालना गरेर नै गाडीलाई सुरक्षित राख्न सकिने उनले बताए । २. लूब्रिकेन्ट चेक गर्ने गाडीको समय समयमा आवश्यकता अनुसार लूब्रिकेन्ट फेरि रहनु आवश्यक रहेको उनले बताए । उनी भन्छन्, ‘तपाईंले कति किलोमिटर गाडी कुदाउनु भयो, त्यसै अनुसार लूब्रिकेन्ट फेरबदल गरिरहनुपर्छ ।’ सफा आयल र सफा एयर फिल्टरले माइलेज बढाउछ । एयर फिल्टरमा धुलो बढी भयो भनेपनि हावाको फ्लोमा बाधा पुग्ने भएकाले इञ्जिनमा पनि प्रभाव पार्ने दुलालले बताए । कार कम्पनीको निर्देशन अनुसार बेला बेलामा सर्भिसिङ गर्‍यो भनेपनि गाडीलाई लामो समयसम्म टिकाउन सकिने उनले बताए । ३. गति सिमित गर्ने धेरैजसो गाडी बिग्रनुको प्रमुख कारण खराब सडक रहेको विजय मोटर्स प्रालीका जेनेरल म्यानेजर रबिन्द्र राउतले बताए । उनले भने, ‘हिजोआज बजारमा सकप्रुफ गाडी आएका छन् । तर समतल सडकमा भन्दा खराब बाटोमा गाडी बिग्रने सम्भावना बढी नै हुन्छ ।’ सामान्यतया अधिकांस युवापूस्तामा उच्च गतिमा बाइक चलाउने प्रवृत्ति बढी पाइन्छ । उनी भन्छन्, ‘ गाडी अरु सम्पती जस्तो बढ्दै जाने हुँदैन । यसको आयु समय अनुसार घट्दै जान्छ । हामीले अरुलाई ईज्जत दियो भने अरुले पनि हामीलाई ईज्जत दिन्छन् भने जस्तै गाडीलाई हामीले सुरक्षित राखे गाडीले पनि हामीलाई सुरक्षित राख्छ ।’ ४. बिजी प्रोटेक्सन प्रयोग गर्ने राउतका अनुसार गाडीमा इन्धन पूर्णरुपमा बर्न गर्न नपाउँदा कार्बन थुप्रिएर इञ्जिन बिग्रनसक्छ । त्यसैले बजारमा इन्धनलाई पूर्णरुपमा बर्न गर्न बिजी प्रोटेक्सनको प्रयोग गर्नुपर्ने उनले बताए । उनी भन्छन्, ‘ बिजी प्रोटेक्सन नामको रसायनले डिजेल पेट्रोल लाई बर्न गर्छ । र इञ्जिनलाई लामो समयसम्म टिकाउछ ।’ ५. एयर फिल्टर बदल्ने काठमाडौंको धुवाधुलोले वायु प्रदुषण गरिरहेको हुन्छ । कारमा भएको एयर फिल्टरले मानव छातीको जस्तै हावालाई फिल्टर गरिरहेको हुन्छ । एयर फिल्टरलाई बेलाबेलामा चेन्ज गरिरहनुपर्ने राउत बताउछन् । ६. टायरमा सहि मात्रामा हावा भर्ने गाडीलाई सुरक्षित राख्न टायरको भूमिका महत्वपूर्ण हुन्छ । कारलाई घरबाट निकाल्नुभन्दा अगाडी यसको पाङ्ग्रामा हावा चेक गर्नुपर्छ । सामान्यतया टायरमा हावा सकिएपछि जति पायो त्यति हावा भरिन्छ । टायरमा हावा भर्दा सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको राउतले बताए। उनले भने, ‘टायरमा हावा कम छ की छैन मात्र होइन । टायरमा कति मात्रामा हावा भर्ने जाँच गर्नुपर्छ ।’  हावा भर्दा हावाको प्रेसर पनि जाँच गर्नुपर्छ। टायरमा एक्युरेट मात्रामा मात्र हावा भर्नुपर्छ । हावा भर्दा डिजिटल एनलाइजरले टायरको प्रेसर प्वाइन्ट नाप्नुपर्छ । उनी भन्छन्, ‘कारको ड्राइभर सीटको गेटमा कम्पनीले नै स्‍टीकर टालेको हुन्छ । त्यसमा प्रेसर प्वाइन्ट पनि उल्लेख हुन्छ । त्यसैको आधारमा हावा भर्नुपर्छ ।’ टायरमा अत्याधिक मात्रामा हावा भरियो भने तेल पनि धेरै खर्च हुने उनले बताए । ७. खाल्डाखुल्डीबाट जोगाउने गाडीलाई खाल्डाखुल्डीबाट जोगाएर चलाउनुपर्ने हुन्छ । आजभोली गाडीमा सस्पेन्सनको राम्रो सुविधा हुने भएकाले खाल्डा खुल्डीमा त्यती समस्या त आउदैन । गाडीमा धेरै ब्रेकको प्रयोग गर्दा पनि गाडी बिग्रने सम्भावना हुने राउतले बताए । उनका अनुसार गाडीको गतिलाई गीयरले नै ब्यालेन्स गराएर चलाउनुपर्छ । कुन गतिमा कति गीयर राखेर चलाउने भन्ने कुरामा ध्यान दिनुपर्छ ।  

बाढीपीडितलाई गाँसबाँसकै समस्या, अझैपनि रातभर जाग्राम बस्न बाध्य

मोरङ । मोरङका बाढीपीडितले भोकभोकै पालमुनि जाग्राम बसेर रात काट्नु परेको गुनासो गरेका छन् । आएका राहत कता गए कसैलाई अत्तोपत्तो छैन । सरकारी संयन्त्र सबैको घरघरमा राहत पुर्यायौँ भनिरहेको छ । बाढीपीडितलाई आवास र खानपिनको व्यवस्था गर्न सरकारले प्रतिव्यक्ति दैनिक ७० रुपैयाँ प्रदान गरेको छ । तर विराटनगर–७ का बाढीपीडित अहिले पनि त्यस्तो सेवाबाट वञ्चित छन् । सामान्य त्रिपालको भरमा बसेका र वर्षात् भएको रात बिताउन जाग्राम नै बस्नुपर्ने बाध्यता छ । बाढीपीडित विराटनगर–७ का दिनेश सहनीको घर साउन २७ गते आएको बाढीले बगायो । दाताले चलाउने दैनिक मेसबाट गुजारा चलेको थियो । अब दाता पनि आउन छाडेका छन् । उनीहरुले दिएको एउटा त्रिपालले श्रीमती र चार छोरालाई यही त्रिपालमुनि दैनिकी बिताउनु परेको उनी सुनाउँछन् । उनले भने, “रातमा वर्षात् भएको अवस्थामा त त्रिपाल ओडेर रातभर जाग्राम बस्छौँ ।” बाढीका कारण विस्थापित भएकालाई फेरि पटकपटक पर्ने पानीले अझ त्रसित बनाउँछ । यसरी समस्यामा रहेकामा दिनेश मात्र छैनन्, उषा सहनी र रिङकुदेवी राय पनि यस्तै समस्यामा रहेको बताउँछन् । तीनसय बाढी प्रभावितको अवस्था एकै ठाउँमा यसरी समस्याग्रस्त छ । उनीहरुको बिहान खाए साँझ के खाने समस्या छ । भएभरको सबै बाढीले बगाएपछि बिहान बेलुका के खाने भन्ने समस्यामा छन् । विराटनगर– ७ कै उषा सहनी भन्छन् “खाद्यान्नको अभावमा पानी पिएर रात कटाएका छौँ । सरकारले बाढीबाट विस्थापित भएका परिवारलाई दिने भनेर उपलब्ध गराउने रु ७० का बारेमा उनीहरुलाई केही थाहा छैन । पाएका पनि छैनन् अनि सोधीखोजीका लागि कोही पुगेको छैन । उनीहरु रु ७० भन्दा पनि सरकारले गतिलो त्रिपाल दिए हुन्थ्यो भन्छन् । बाढीपीडित रिकु राय भन्छन्, “रु ७० भन्दा पनि सरकारले गतिलो त्रिपाल दिए हुन्थ्यो, राति राम्रोसँग सुत्न पाउँथ्यौ कि ?” बाढी प्रभावितलाई राज्यले दिने तत्कालीन राहत पुगेपनि बाढीपछिको अवस्थाको बारेमा खासै ध्यान गएको देखिँदैन । विराटनगर महानगरपालिका भन्छ, हामीले राहत बाँडेका छौँ । तर कहाँ गयो त त्यतिका राहत, तैँ चुप मैचुपको अवस्थामा छन् राहत वितरण गर्ने । यसको सोधीखोजी अहिलेको आवश्यकताको विषय बनिनुपर्ने बाढीपीडितको भनाइ छ । कोही राहतको पर्खाइमा हुने कोही लिएर गएको राहतको सही विवरण नदिने प्रवृत्ति ठीक नभएको बाढीपीडितको भनाइ छ । बाढी प्रभावित विगत साउन २७ गतेदेखि घरवारविहीन छन् । घर भएकाहरु घरमा फर्किए पनि घर बाढीले बगाएकाहरु कसरी घर फर्किने अनि कहाँ जाने ? भन्ने अन्यौलमा देखिन्छन् । तर विराटनगर महानगरपालिकाले भने पुनःस्थापनाको काम थालेको बताएको छ । महानगरका प्रमुख भीम पराजुलीका अनुसार एकपल्ट सबैलाई राहत प्रदान गरिएको छ । घरबारविहीनको पुनःस्थापना गर्ने काम सुचारु भएको छ । उनले भने, “पुनःस्थापनाको काम चाँडै गर्छौं ।” एक करोड रुपैयाँ भन्दा बढीको राहत वितरण यसैबीच, सांसद एवं एमाले मोरङका सचिव ऋषिकेष पोखरेलले मोरङ क्षेत्र नं १ का बाढीपीडितलाई एक करोड रुपैयाँभन्दा बढीको राहत सामग्री वितरण गरेका छन् । गत साउन २७ र २८ गते आएको अविरल वर्षापछि आएको बाढीले विस्थापित तथा प्रभावितलाई सांसद पोखरेलले साउन ३० गते यता रु एक करोड बढीको राहत सामग्री वितरण गरेका हुन् । बाढीले जिल्लाका विभिन्न क्षेत्र डुबानमा थिए । तीमध्ये विभिन्न खोला छेउमा बसोबास गर्दैआएका सर्वसाधारण विस्थापित भएका थिए । सो क्रमसँगै मोरङको रतुवामाई नगरपालिका, आँपगाछी, डाइनिया, उर्लाबारी, राजघाटलगायतका स्थानमा सो रकम बराबरको चामल, चिउरा, दाल, नुन, तेल, त्रिपाल, झुललगायतका राहतका सामग्री उनले वितरण गरेका हुन । उनले विस्थापित भएकाका लागि आवास निर्माणको समेत योजना बनाएको बताए । बाढीपीडितलाई खाद्यान्नको अभाव भइरहेका बेला राहत पाएपछि सो क्षेत्रका बाढीपीडित निक्कै खुशी भएका स्थानीयवासीले बताएका छन् । रासस

बुधबार प्राइम लाइफ इन्स्योरेन्स र जेबिल्स फाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन प्राइम लाइफ इन्स्योरेन्सको र जेबिल्स फाइनान्सको क्रमशः बोनस र हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । प्राइम लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २१४७ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ११७३ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेप्सेले जेबिल्स फाइनान्सको १०० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १६९ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १७० रुपैयाँ रहने भएको छ ।

युनिलिभरले प्रतिसेयर १२७० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले प्रतिसेयर १ हजार २७० सय रुपैयाँ नगद लाभांश दिने भएको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा गरेको नाफाबाट १ हजार १ सय र कम्पनी सञ्चालनको रजत वर्षको अवसर पारेर विशेष १७० रुपैयाँ थप नगद लाभांश दिने निर्णय गरेको युनिलिभरले जनाएको छ । प्रस्तावित लाभांश पारित गर्न युनिलिभरले २४ औ वार्षिक साधारणसभा असोज २० गते बोलाएको छ । गत आवमा युनिलिभरले ९६ करोड ५२ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको नाफा १ अर्ब १२ करोड १७ लाख रुपैयाँ थियो । गत आवमा बिक्रीबाट हुने आम्दानी झण्डै ६० करोड रुपैयाँ बढेको छ । गत आवमा युनिलिभरले ५ अर्ब १ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो आवमा उसको आम्दानी ४ अर्ब ४० करोड ५३ लाख रुपैयाँ थियो ।  

दमकमा विश्व बैंकले ५ अर्ब लगानी गर्ने

दमक । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले झापाको दमकमा करिब रु पाँच अर्ब लगानी गर्ने भएको छ ।  दमकको भौतिक तथा पूर्वाधार विकासका लागि  ५ अर्ब  रूपैयाँ भित्र्याउन प्रारम्भिक चरणका काम थालिएको दमक नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकको भौतिक तथा पूर्वाधार विकासका लागि विश्व बैंकले एक वर्षभित्रमा योजनाको अध्ययन र छनोटसमेत गरेर  लगानी िभत्राउने बताए । उहाँले त्यसका लागि प्रारम्भिक चरणका तयारी तीव्रताका साथ सञ्चालनमा रहेको बताए । “हामीले यतिका परियोजना ल्याउनका लागि आवश्यक सबै तयारी एकैसाथ थालेका छौँ” नगर प्रमुख ओलीले भने, – “अब दमकमा यस परियोजनाबाट यहाँको हरेक क्षेत्रमा विकासले फड्को मार्ने छ ।” उहाँले परियोजना सञ्चालन गर्नका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक सुझावसहित अन्तरक्रिया सञ्चालनमा रहेको समेत जानकारी दिए । आयोजनाको प्राविधिक पक्ष सिमेका–विम–होमल्याण्ड जेभी कन्सल्ट्याण्टले सहजीकरण गरी आएको नगरपालिकाले जनाएको छ । नगरपालिका र प्राविधिक संस्थाले महिना दिनदेखि परियोजनाका बारेमा छलफल सञ्चालन गर्दै आएको छ । नगरपालिकाका अनुसार दमकका सबै वडाबाट योजना छनोट गरेर तीमध्ये महत्वपूर्ण तीनवटा योजनाको भने डिपिआर नै तयार हुनेछ । योजना छनोटमा दमकमा शिक्षा, स्वास्थ्य, नदी नियन्त्रणलगायतका विषय समावेश हुनेछन् । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले लगानी गर्ने पूर्वका प्रमुख चारवटा नगरपालिकाको अध्ययन गरी योजना छनोट गरिने अध्ययन टोलीका प्रमुख अजयचन्द्र लालले जानकारी दिए। रासस

नेपाली रुपैयाँसंग डलर कमजोर, फाइदा बेफाइदा दुबै

काठमाडौं । पछिल्ला केही महिनायता नेपाली रुपैयाँसंग अमेरिकी डलर कमजोर हुदै गएको छ ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि बिक्रीदर १ डलर बराबर १०२ रुपैयाँ ७४ पैसा तोकेको छ । एक महिनाको अवधिमा नेपाली रुपैयाँसंग डलर झण्डै २६ पैसाँ कमजोर भएको छ । गत साउनको दोस्रो साता १ डलर बराबर १०३ रुपैयाँ थियो । भारतीय अर्थतन्त्र बलियो हुदै गएका कारण भारु रुपैयाँ मजवुत भएपछि यसको प्रभाव नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु मजवुत हुन साथ नेपाली रुपैयाँ पनि बलियो हुने गरेको छ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले बुधबार १ डलर बराबर ६४ भारु तोकेको छ । डलर मजवुत हुदै गएपछि गत मंसिरमा १ डलर बराबर ७० भारुसम्म पुगेको थियो । गत मंसिरमा डलर मजवुत भएपछि ११० रुपैयाँ २६ पैसासम्म पुगेको थियो । पछिल्ला महिनामा निरन्तर डलर कमजोर हुदै गएको छ । गत आर्थिक वर्षमा १ डलर बराबर औसत १०६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । गत जुनमा पनि १ डलर बराबर १०३ रुपैयाँ २१ पैसा थियो । सन् २०११/०१२ मा डलर औसत ८१ रुपैयाँ थियो । त्यसपछि डलर मजवुत हुदै १११ रुपैयाँसम्म पुगेको थियो । डलर कमजोर हुनुमा भारतीय र अमेरिकी अर्थतन्त्रबीचको सम्बन्ध रहेको अर्थशास्त्री डा. शंकर शर्मा बताउछन् । विकास न्युजसंग कुरा गर्दे शर्माले भने “भारतीय अर्थतन्त्री मजवुत भएको कारण भारु बलियो हुन गई डलर कमजोर हुदा यसको असर नेपालमा परेको हो ।” डलर कमजोर हुदा फाइदा र वेफाइदा दुबै हुने उनको तर्क छ । डलर कमजोर हुदाका फाइदा डलर कमजोर भएपछि आयातित वस्तुको लागत सस्तो हुन गई उपभोक्ता मूल्य घट्छ । यसले गर्दा उपभोक्तालाई फाइदा हुन्छ । गत आर्थिक वर्षमा उपभोत्ता मूल्यवृद्धि कम गराउने एउटा तत्व डलर कमजोर भएकाले हो । गत वर्ष उपभोक्ता मूल्यवृद्धि ४ प्रतिशत तल रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सरकारले साढे ७ प्रतिशतमा सीमिति गर्ने भनेको थियो । यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि कम हुन्छ । डलर कमजोर भएका कारण गत आर्थिक वर्षमा विभिन्न दातालाई दिने सावाँ र ब्याज फिर्ता १६ अर्ब रुपैयाँ कम भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकट सस्तो हुने गरेको छ । विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि कम हुन्छ । गत वर्ष नोक्सान कम हुनुको एउटा कारण डलर कमजोर हुनु हो । वेफाइदा आयात बढेर भुत्तानी सन्तुलनमा असर पर्छ । वैदेशिक रोजगारीमा जानेले पठाउने रेमिट्यान्स आप्रवाहमा कमी आउने र कामदारलाई नोक्सान हुने देखिन्छ । यस्तै विदेशबाट प्राप्त हुने पेन्सनवापतको रकम आप्रवाहमा कमी हुन्छ । गत आवमा डलर कमजोर हुदा पेन्सन आप्रवाह घटेको थियो । निर्यातबाट प्राप्त हुने डलर आम्दानी कम हुन्छ । जसले निकासी व्यापारलाई कमजोर बनाउछ । सरकारको भन्सार राजश्वमा कमी, पर्यटकलाई नोक्सान हुने देखिन्छ । यस्तै ठुला होटलको आम्दानीमा कमी हुन्छ ।