नयाँ टिभिएस स्ट्राइकर १२५ अब नेपाली बजारमा, ब्राण्ड एम्बेस्डरमा निखिल उप्रेती
काठमाडौं । टिभिएस मोटर कम्पनीले आफ्नो नयाँ उत्पादन टिभिएस स्ट्राइकर १२५ बिहीबार देखि नेपाली बजारमा ल्याएको छ । जगदम्बा मोर्टसका प्रवन्ध निर्देशक शाहिल अग्रवाल तथा नायक निखिल उप्रेतीले उक्त टिभिएस स्ट्राइकर १२५ को सार्वजनिक गरेका छन् । जगदम्बा मोटर्स नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारीक विक्रेता हो । टिभिएस मोटर कम्पनीका उपाध्यक्ष दिपक कुमार अग्रवालले टिभिएस स्ट्राइकर १२५ ले युवा नेपालीहरुको मागलाई पूर्ण रुपमा सन्तुष्ट गर्ने बताएका छन् । नेपाली बजारमा यस उत्पादनद्वारा टिभिएस मोटर कम्पनीको प्रभावहरु बलियो हुने छ कम्पनी विश्वास रहेकाे छ । कम्पनीका अनुसार कम इन्धन खपत र शक्तिको सही मिश्रण भएको टिभिएस स्ट्राइकर १२५ नेपाली बाटोमा उपयुक्त रहनेछ । फिचर्सले भरिपूर्ण टिभिएस स्ट्राइकर १२५ ले ग्राहकहरुको मन जित्ने पक्का भइसकेको छ । ईको थ्रष्ट इन्जिनयुक्त टिभिएस स्ट्राइकर १२५ ले ८००० आर. पि. एममा ८.१ के डब्लु शक्ति प्रदान गर्ने छ । यसको टोर्क ५५०० आर. पि. एममा १०.८ एन. एम. बताईएको छ। एक लिटरमा ६७ किलोमिटर माईलेज दिने यस बाइकलाई आफ्नो श्रेणीमा सर्वोत्कृष्ट मानिन्छ । बेग्लै ट्याङ्क आकार र रङ्गहरुको मिश्रणले यसको आकर्षण अझ बढाउँछन् । श्रेणीमै पहिलो एल. इ. डि. टेल ल्याम्प र फूल डिजिटल स्पीडोमिटर युक्त यस बाईकको व्याख्या गर्न लायक रहेको छ । साथमा, यसमा ट्युवलेस टायर, डुअल प्याडेड सीट, ह्याजार्ड ल्याम्प, पास बाई स्वीच, राटो पेटल फ्रन्ट डिस्क ब्रेक, एलमिनियम फुट पेग र उज्यालो हेडल्याम्प जडान गरिएको छ । आरामदायी यात्राको लागि हाइड्रोलिक स्प्रिङ्ग सस्पेन्सन तथा प्रेसर डाईकास्टेड एलुमिनियम फुटरेष्ट समेत यसमा पाउन सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा टिभिएस स्ट्राइकर १२५ को मूल्य १ लाख ७४ हजार ९०० रुपैयाँ तोकिएको छ । साथै, तीन रङ्गमा सो बाईक उपलब्ध हुने बताईएको छ ।
आवेदन दिएको झण्डै दस महिना पछि श्री एयरलाइन्सले पायो उडान अनुमति
काठमाडौं । श्री एयरलाइयन्सले उडानका लागि अनुमति पाएको छ । लामोसमयको रस्साकस्सीपछि नागरिक उड्डयन प्राधिकरणले श्री एयरलायन्सलाई नियमित उडानका लागि अनुमति दिएको हो । यो वायुसेवाले एओसीका लागि प्राधिकरणमा आवेदन दिएको झण्डै १० महिनापछि अनुमति पाएको हो । पछिल्लो समय डेड दशकदेखि हेलिकोप्टर उडान गरिरहेको श्री एयरलाइन्सले नियमित उडानमा आन्तरिक वायुसेवा प्रयोग गर्न चाहेको थियो । यो वायुसेवाले हेलिकोप्टरबाट फिक्स विंग्स ( नियमति उडानका पंखा जडिन जहाज) ल्याउन खोजेको थियो । यो कम्पनी संचलनमै भएपनि यसले नयाँ सरहको प्रक्रिया पूरा गर्नुपर्ने भएकोले समय लागेको पनि उड्डयन विभागको भनाइ छ । नेपालमा हवाई उडानको लागि प्राधिकरणबाट उडान अनुमति माग गरेको हेलिकोप्टर सेवा प्रदायक कम्पनी एभरेष्ट हेलिलाई करीब एक वर्ष उडान अनुमति दिएको थियो । पछिल्लो त्यस अघी अल्टिच्यूट हेलिकोप्टरले पनि ६ महिना भन्दा बढीको समय खर्चनु परेको थियो । यो वायुसेवाले गत भदौ २२ गते पर्यटन मन्त्रालयबाट लाइसेन्स पाएको थियो । नेपालमा श्रीले एमआई १७ नामक ठूला र एएस ३५० बी ३ नामक साना हेलिकोप्टर संचालन गरिरहेको छ । हेलिकोप्टरमा राम्रो सेवा गरेको अनुभवलाई नै जहाजमार्फत अन्तरिक र अन्तराष्ट्रिय उडानमा प्रयोग गर्ने योजना बनेको अनिल मानन्धरको भनाइ छ । काठमाडौं विमानस्थललाई आधार बनाएर माउन्टेन फ्लाइट, भन्द्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीसहितका शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुटका) गन्तव्यमा उडान गर्ने योजना यो वायुसेवाको छ । आन्तरिक उडानका यी गन्तव्यमा उडान गर्न सीआरजे २०० नामका जहाजबाट उडान हुन्छ । देशभित्र उडान गर्न ५० र ७० सीटका क्षमतामा जहाज हेरिएको मानन्धरको भनाइ छ । उड्डयन नियम अनुसार कम्तिमा दुईवटा जहाज संचालन गर्नुपर्ने भएकोले एकैपटक दुईवटा र थप एक गरी दुइटै क्षेत्रमा तीनतीन वटा जहाज हुनेछ ।
नेपाली बुलेटआयात गर्न ग्यास उद्योगीको माग, समयमा नल्याए कात्तिकदेखि आपूर्तिमा समस्या आउने
काठमाडौं । नेपाली ग्याँस बुलेट सञ्चालनमा नआए आगामी कात्तिकदेखि आपूर्तिमा समस्या आउने निश्चित रहेको भन्दै ग्यास उद्योगीले भारतबाट नेपाली ग्यास बुलेट ल्याउन पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । नेपाली नम्बरका ग्यास बुलेट अहिलेसम्म सञ्चालनमा आउन नसकेकाले आगामी कात्तिक महिनापछि पूर्ण रुपमा ग्यास आपूर्तिमा अवरोध हुनसक्ने ग्यास उद्योगीले बताउछन् । गत कात्तिकदेखि भारतीय नम्बर प्लेटका ग्याँस ढुवानी नगर्ने सहमती भएको थियो । अनुमति पाएको एकवर्ष बितिसक्दापनि संचालनमा नआएपछि नेपाल एल.पि ग्यास उद्योग संघले नेपाली नम्बरका बुलेट संचालनका अघि बढाउन कुटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको हो । गत वर्षको असार २७ गते नेपाल आयल निगमले ७७५ बुलेट खरिदका लागि स्विकृती प्रदान गरेको थियो । करिव दस महिना अगाडी नेपाली बुलेटहरु भारतीय एक्सप्लोसिभ विभाग, नागपुरबाट भारतीय एक्सप्लोसिभ सर्टिफिकेट नपाएर रोकिएका थिए । हालसम्म करिब चार सय थान बुलेट भारतमै रहेको ग्यास उद्योगीले जनाएका छन् । करिब एक वर्षदेखि नेपाली बुलेटमा ग्यास आयातको पहल मन्त्रालयस्तरबाट भए पनि काम हुन सकेको छैन । संघका सचिव लक्ष्मण प्रसाद महर्जनका अनुसार उद्योगीले चार थान बुलेटका लागि करिब साढे तीन अर्ब रुपैयाँ र ग्यास व्यवसायीको तर्फबाट पाँच अर्बको लगानी अलपत्र परेको छ । गत चैतमा व्यवस्थापिका सांसद, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाली ग्याँस बुलेटको समस्या समाधान गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो । धेरैपटक पहल गर्दापनि कुनै ठोस प्रकृया नभएको संघले जनाएको छ । नेपालमा आजसम्म पनि विस्फोटक सम्बन्धी कुनै मापदण्ड नभएकाले सम्पूर्ण विस्फोटक सम्बन्धी सुरक्षा मापदण्ड भारतको पेट्रोलियम एण्ड एक्स्प्लोसिभ सेफ्टी अर्गनाइजेसन (पेसो) ले निर्माण गरेको मापदण्डलाई अनुसरण गर्दै आइरहेको छ । सम्पूर्ण नेपाली नम्बर प्लेटका ग्याँसहरु पेसोको मापदण्ड अनुसार नै निर्माण गरिएको उद्योगीको दाबी छ । नेपालमा अहिलेसम्म कोशी ग्याँस उद्योग प्रालिलाई मात्र नेपाली ग्याँस बुलेट सञ्चालनका लागि अनुमति दिएको छ । भारतको मोटर भेहिकल सम्बन्धी ऐनमा पनि नेपाली बुलेटका लागि कुनै प्रावधान नभएको उद्योगीले बताए । १९६० को समझदारीमा पनि नेपाली नम्बर प्लेटका गाडीहरु भारतीय भूमिमा सञ्चालन गर्न पाउने अनुमति रहेकाले नेपाली ग्याँस बुलेट सञ्चालन गर्न दिनुपर्ने उद्योगीको माग छ । उक्त बुलेट सञ्चालनमा नआए नेपाल भारत बीचको व्यापार घाटा पनि करिब तीन सय ५० रुपैयाँ घट्ने महर्जनले बताए । उनका अनुसार नेपालको आफ्नै रिफाईनरी तथा भण्डारण नभएकाले एलपि ग्याँसको आपूर्ति अत्यावश्यक रहेको छ ।
टाटा मोटर्सको सबैभन्दा ठूलो शोरुम थापाथलीमा, ४००० वर्ग फिटमा स्थापित
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. ले थापाथलीमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ । ४००० वर्ग फिट क्षेत्रमा फैलिएको उक्त शोरुम नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल शोरुमको रुपमा स्थापित भएको छ । उक्त शोरुम उद्घाटन समारोहमा टाटा मोटर्स्का अन्तर्राष्ट्रिय व्यापार प्रमुख जोनी ओम्मेनले काठमाडौंको केन्द्रबिन्दुमा अवस्थित यस शोरुममा रहेका जेष्ट, बोल्ट, स्ट्रोम, टियागो र टिगोर जस्ता विभिन्न रेञ्जका गाडीहरु ग्राहकवर्गहरुलाई उचित मूल्यमा उपलब्ध गराउने बताएका छन् । नयाँ शोरुमको उद्घाटन गर्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का सिइओ राजनबाबु श्रेष्ठले भने, “यस नयाँ शोरुम मार्फत हामीले हाम्रो सेवा ग्राहकवर्गहरु बीच फैल्याउन पाएकोमा हामी निकै उत्साहित छौं । यस नयाँ शोरुमको उद्घाटनसँगै हामीले हाम्रा ग्राहकवर्गहरुलाई सहज, सरल र सुलभ सेवा र अनुभव प्रदान गर्न सफल हुनेछौं ।” यस नयाँ शोरुम हप्ताको ७ दिन, बिहान ९ बजे देखि रातीको ९ बजेसम्म खुल्ला रहेने कम्पनीले जनाएको छ । जहाँ टाटा मोटर्सको प्यासेन्जर भेकल्स्का सम्पूर्ण रेञ्जहरु उपलब्ध हुनेछन् । कम्पनीको यस थप नयाँ शोरुम सहित अब देशभर टाटा मोटर्सको २० प्यासेन्जर गाडीका शोरुम र २४ सर्भिस केन्द्रहरु रहेका छन् ।
ग्लोबल आइएमई बैंकको नयाँ एटिएम सेवा ठमेलमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको पर्यटकिय नगरी ठमेलमा नयाँ एटिएम सेवा थप गरेको छ । ठमेल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै बैंकले ठमेल सातघुम्ती स्थित होटल गरुडामा रहेको एटिएम लोउङ्गि बाट आफ्नो एटिएम सेवा सुरु गरेको हो । नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या ११६ पुगेको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ११२ वटा शाखा ५ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, ११६ वटा एटिएम, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ७ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
कलर्सको दुई नयाँ स्मार्ट फोन नेपाली बजारमा, मूल्य ६९ सयदेखि ७५ सय रुपैयाँ पर्ने
काठमाडौं । कलर्स मोबाइलले प्राइड सिरिज अन्तर्गत दुई नयाँ मोबाइल सेट पि४५ र पि५५ लाई नेपाली बजारमा उपलब्ध गराएको छ । अति आकर्षक र उत्कृष्ट सुविधाको सेट पि४५को बजार मूल्य ६९९५ रुपैयाँ र पि ५५को मूल्य ७५९५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । पि ४५ मोबाइलको पछाडी पट्टि ५ मेगा पिक्सल क्षमताको क्यामरा र अगाडी पट्टि २ मेगा पिक्सलको क्यामरा जडान गरिएको छ । त्यस्तै, पि ५५ मा पनि दुवै भागमा प्mल्यास सहित यही गुणस्तरका क्यामरा रहेका छन् । यसका अलावा यी सेटको प्याकेजिङ डिजाइन पनि अनुपम रहेका छन् । उत्पादनका प्याकेजिङहरुमा नेपालका स्मारकहरुको चित्रलाई आकर्षक तवरले सजाइएका छन् । कम्पनीका अनुसार यी दुई नयाँ सेटले हाल बजारमा पाइने उही मूल्य बराबरका मोबाइलहरुको दाँजोमा उत्कृष्ट सेल्फि फोटोको अनुभूति दिलाउने छ । कलर्स मोबाइलका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवालले भने- “आज मोबाइल व्यवसायमा एक परम्परा नै बसिसक्यो कि हरेक मोबाइल सेटमा जडित क्यामराको गुणस्तर उत्कृष्ट हुनु पर्दछ । यसैगरी सेल्फि एक अर्को त्यस्तो अपेक्षा हो जुन आजका मोबाइल पुस्तामा विद्यमान छ । कलर्स मोबाइलले मोबाइलका उपभोक्ताहरुमा हिजोआज प्रचलित यी नै परम्परालाई मनन गर्र्दै खास सेल्फि फोटोको लागि पि४५ र पि५५ मोबाइल सेट प्रस्तुत गरेको छ ।”
सेयर बजार ओरालो लाग्ने क्रम जारी, बिहीबारको नेप्सेमा ८ अंकको गिरावट
काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । केही दिन यता देखि निरन्तर ओरालो लागेको बजार बिहीबार पनि ८ अंकले ओरालो लागेको छ । त्यस्तै, नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबारको बजारमा ९२ करोड ७९ लाख ३० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस मध्ये नागरिक लगानी कोषको ६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ४ हजार ७३० रुपैयाँ रहेको छ । बजारमा १६१ कम्पनीको २० लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । त्यस्ते, समूह परिसूचका आधारमा उत्पादनमूलक र फाइनान्स समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १६ अंकले ओरालो लागेको छ । बजारमा सबैभन्दा बढी कुबेर मर्चेन्ट फाइनान्सको सेयर मूल्य ९.७८ प्रतिशतले घटेको छ । त्यस्तै, लक्ष्मी भ्यालू फण्ड १को पनि ९.५६ प्रतिशतले सेयर मूल्य घटेको छ । बिहीबार यस फण्डको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँ रहेको छ ।
हिमालयन पावर पार्टनरको एक करोड ६ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । हिमालयन पावर पार्टनरको एक करोड ६ लाख ५४ हजार १७० कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । बिहीबार मात्रै कम्पनीको साे मात्राकाे साधारण सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत भएको हो ।