विकासन्युज

कर्णाली नदी नियन्त्रण आयोजनाको ४० प्रतिशत काम पूरा, २७ करोडको लगानी

बर्दिया। कर्णाली नदी नियन्त्रण आयोजना राजापुरका प्रमुख तिलकबहादुर खत्रीले ५ वर्षमा ४३ किलोमिटर तटबन्ध निर्माण गरी राजापुर क्षेत्रका स्थानीयवासीलाई नदी कटान र डुबानबाट जोगाउने लक्ष्य लिएको कर्णाली नदी व्यवस्थापन आयोजनाअन्तर्गत हालसम्म १२ किलोमिटर तटबन्ध निर्माण कार्य पूरा भएको बताए । आयोजना प्रमुख खत्रीले रु २७ करोडको लगानीमा हालसम्म १८ किलोमिटर तटबन्ध निर्माणको टेन्डर भएकामा १२ किलोमिटर तटबन्ध निर्माण कार्य पूरा भएका जानकारी दिए । कर्णाली नदी नियन्त्रण आयोजनाका लागि अर्थ मन्त्रालयबाट वार्षिक दुई अर्ब रुपैयाँ उपलब्ध गराउने भनिए पनि बर्षेनी ३० करोड रुपैयाँ जति मात्र रकम आउने गरेकाले लक्ष्यअनुरुप आयोजनाले गति लिन नसकेको बताइएको छ । आयोजना प्रमुख खत्रीका अनुसार वार्षिक रु ६० करोड जति रकम अर्थ मन्त्रालयबाट निकासा भए अझै प्रभावकारी र सशक्त रुपमा आयोजनाले गति लिनेछ । २०७१ सालदेखि शुरु भएको कर्णाली नदी व्यवस्थापन आयोजनाले तीन वर्षमा ४० प्रतिशत काम पूरा गरेको बताउँदै आयोजना प्रमुख खत्रीले अब बाँकी २ वर्षमा ६० प्रतिशत काम सम्पन्न हुन गाह्रो रहेको उल्लेख गरे। कर्णाली नदी नियन्त्रण आयोजनाअन्तर्गत कर्णाली नदीको बाढी आउन सक्ने सम्भावित क्षेत्र गेरुवा गाउँपालिकाको वनघुस्रा, सनकट्टी र गुप्तीपुर तथा राजापुर नगरपालिकाको टिहुनी, नङ्गापुर, अनन्तपुर, सत्ती घाट र तिघ्रामा गरी १२ किलोमिटर तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ । पाँच वर्षीय गुरुयोजनाअनुसार रु ११ अर्ब लागतमा ४३ किलोमिटर स्थायी तटबन्ध निर्माण गरी वैज्ञानिक ढंगबाट गेरुवा र कर्णाली नदीलाई नियन्त्रण गर्ने कर्णाली नदी नियन्त्रण आयोजनाले बर्षेनी हुने भौतिक तथा मानवीय क्षति हटाई नदी कटान र डुबानको चपेटाबाट राजापुर क्षेत्रका बासिन्दामाथि पर्दै आएको प्राकृतिक प्रकोपको क्षति कम गरिरहेको आयोजनाका सिनियर डिभिजन इञ्जिनियर बरुणकुमार कर्णले बताए । रासस

कोकाकोला र आईसेकबीच सम्झौता, बुटवलमा युवा वक्ता फोरमलाई संदेश प्रदान

काठमाडौं । कोकाकोला र एसोसिएसन इन्टरन्यासनाले डेस एटुडियसेन साइन्सेस इकोनोमिक एट कमर्शियल (आईसेक) बीच सम्झौता भएको छ । कोकाकोला लुम्बिनीसँगको सहकार्यमा यो वर्षको यूवा स्पीक फोरम यहि साउन १४ गते आयोजना गरेको छ । युवा आवाज सुनिनुपर्ने लक्ष्यका साथ, कोकाकोलाका देशिय बजार प्रबन्धक गौरव रामदेवले मुख्य वक्ताको रुपमा कार्यक्रममा सम्बोधन गरे । एसोसिएसन इन्टरन्यासनाले डेस एटुडियसेन साइन्सेस इकोनोमिक एट कमर्शियल (आईसेक)युवाद्धारा संचालित विश्वको सबैभन्दा ठूलो गैर नाफामुलक संस्था हो । जसले एक लाखभन्दा बढि युवाहरुलाई उनीहरुको नेतृत्वदायी संभावनाका लागि सक्रिय बनाउँदै आएको छ । देशभरका युवाहरुसँग सम्बन्ध बढाउने पाटोको रुपमा, कोकाकोलाले नेपाल र यो क्षेत्रमा आईसेकलाई सहयोग गरेको हो, आईसेकलाई समर्थन गर्दै क्षेत्रिय, राष्ट्रिय र अन्तराष्ट्रिय सम्मेलनहरु आगामी दिनहरुमा युवा नेतृत्वहरुलाई सहभागीता गराउने र अन्तरक्रिया गराउने माध्यमको रुपमा रहेको छ । सन् २०१६ मा, कोकाकोला नेपालले एशिया प्यासिफिकका २० मुलुकबाट आएका युवाहरु सम्मिलित एशिया प्यासिफिक लिडर समिटलाई कोकाकोलाले नेपालमा सहयोग गरेको थियो, जसमा युवा, विकास व्यवसायीक व्यक्तित्व, व्यवसायीक नेतृत्वहरुलाई समाजिक परिवर्तनको अभियन्ताको रुपमा लैजानका लागि एक आपसमा छलफल चलाएको थियो । यो वर्ष आईसेक लुम्बिनीको च्याप्टरले करिब २०० सदस्यहरु र युवाहरुलाई सबै जिल्लाहरुबाट संयुक्त राष्ट्रसंघको सस्टेनेबल डेभलपमेन्ट गोलको बारेमा छलफल गराएको थियो । र सो लक्ष्य प्राप्त गर्न युवाहरुले के गर्न सक्दछन् भन्ने बारेमा कुराकानी भएको थियो । मुख्य वक्ताको रुपमा, रामदेवले कोकाकोलामा भएको आफ्नोे अनुभवलाई बाँड्नु भएको थियो । उनले लाखौं युवाहरुलाई उत्प्रेरित गर्ने अवस्थाको बारेमा बताए भने आशावादि हुन, हल्लाहरु भन्दा बाहिर उठ्न, समयक्रम सँगै परिवर्तन हुन, हरेक विषयमा लगाव कायम गर्न र आफ्नो मनपर्ने व्यक्तिहरुसँग आफ्ना भावनाहरु साट्नका लागि उत्साहित गरेका छन् । रामदेवले भने, ‘यो सहकार्यका साथमा, हामी नेतृत्वदायी सिपको बारेमा हामी आगामी दिनमा युवाहरुसँग विभिन्न श्रृंखलामा छलफल चलाउँदै ठोस सम्बद्ध हुन चाहन्छौं । वर्तमानको उच्च प्रतिस्पर्धी विश्वमा जिवन जिउन र समृद्धि हासिल गर्न युवावस्ताका मानिसहरुका लागि निकै कठिन समय हो ।’ अन्य वक्ता सोनम श्रेष्ठ, एफपानका केन्द्रिय युवा वक्ता लगायतले लैंगिक समानताको बारेमा संवेदनशिल विषयहरुको बारेमा उठान गरेका थिए । विशम ज्ञवाली, युवा कार्यक्रम अधिकृत र यूएनडिपीका एसडिजी एडभोकेट, विशाल श्रेष्ठ आइक्यान आईएलटीएसका एमडि, र अभिशेक मास्के, आरजे, किंग्स कलेमा ब्राण्ड एण्ड रिलेसनसिप म्यानेजरले नेपालमा गुणस्तरिय शिक्षालाई पुर्न परिभाषित गर्नुपर्ने आवश्यकताको बारेमा बोलेका थिए ।

सामसङ क्यूलेड टिभि नेपाली बजारमा, खरिदमा ग्यालेक्सी एस८ र एस८ प्लस मोबाइल

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले बहुप्रतिक्षित टेलिभिजन, सामसङ क्युलेड टिभि बजारमा ल्याएको छ । नयाँ सामसङ क्युलेड टिभिमा यसभन्दा अगाडि कहिल्यै प्रयोगमानआएको हाइ डाइनामिक रेन्ज प्रविधि प्रयोग भएको छ । क्युलेड टिभिमा दर्शकले वास्तविक रंग देखिने, क्वान्टम डट प्रविधि र शतप्रतिशत कलरको लागि नयाँ मेटल कोर प्रयोग गरिएको छ । सुधारिएको अफ एङ्गल भ्यूइङ र ३६० डिग्रीको असीमित डिजाइनले हरेक दृश्यलाई जीवन्त बनाउँछ र यसमा प्राप्त भएको केवल एकरिमोट कन्ट्रोलरले घरका हरेक उपकरणहरु सञ्चालन गर्न पनि सकिन्छ । क्युलेड टिभि हाल दुई मोडलमा उपलब्ध छन् । क्यिूए५५क्यिू७ मोडलको सुरुवातीमूल्य ४ लाख ५० हजार र क्यिूए६५क्यिू८को सुरुवाती मूल्य ६ लाख ५० हजार रुपैयाँ रहेको छ । दुबै मोडलमा किस्ताबन्दीको सुविधा पनि उपलब्ध गरिएको छ । बुकिङ् अफरमा सुरुवाती मूल्यको साथ ग्राहकले कुनै पनि सामसङ क्युलेड टिभि क्यिूए५५क्यिू७ मोडलको खरिदमा सामसङ ग्यालेक्सी एस८ र क्यिूए६५क्यिू८को खरिदमा एस ८ प्लस मोबाइल प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो अफर हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको सहसंयोजनमा ल्याइएको हो । प्रस्तुत बुकिङ अफर यही साउन १७ गतेदेखि लागू भई साउन ३१ गतेसम्म मात्र रहने छ । दरबारमार्गमा रहेको सामसङ डिजिटल प्लाजामा खरिद गर्दा मात्र यो अफर लागू हुने छ ।  

दुई महिना नपुग्दै पुल भत्कियो

इलाम । इलामको चुलाचुली गाउँपालिका–२ स्थित चाँजु खोलामा हालै निर्माण भएको झोलुङ्गे पुल भत्किएको छ । तीन दिनअघि चाँजु खोलामा आएको बाढीले पुल भत्काएको हो । वैशाख अन्तिम साता मात्र निर्माण सम्पन्न भएको पुल भत्किएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । चुलाचुलीमा सानाठूला करिब एक दर्जन खोला छन् तर कुनैमा पुल छैन । स्थानीयबासिन्दा कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चाँजुमा बल्लतल्ल बनेको पुल पनि निर्माण भएको तीन महिना नपुग्दै भाँचिएपछि उनीहरू आक्रोशित बनेका हुन् । “योभन्दा हद हुने ठाउँ छैन,” स्थानीय बासिन्दा चेतन आंथुपोले भने, “एक त खोलाको बीचमा पुल बन्यो । त्यो पनि एकैचोटिको बाढीले भत्कियो”, सरकारी पक्षको लापरबाहीले गर्दा चुलाचुलीवासीले पुल पाएर पनि गुमाउनु परेको उनको भनाइ छ । नवनिर्मित पुल २०४ मिटर लम्बाइको थियो । झोलुङ्गेपुल महाशाखा काठमाडौँको ७० लाख रकमको लागतमा पुल निर्माण भएको पुल रेखदेख समितिका अध्यक्ष राजेन्द्र केरुङले बताए । तीन फिट मात्र गाडिएकाले पुलको पूर्वपट्टिको एउटा पिल्लर भासिएको छ । “ठेकेदारलाई पिल्लर गहि¥याएर गाड्नुभन्दा तीन फिटभन्दा लैजान नमानेकाले अहिले पुलको यो अवस्था भयो”, उनले भने । “स्टिमेट नै गलत थियो । त्यत्रो खोला देख्दादेख्दै कसरी बीचमा पुल बनाइयो ?, पूर्वगाविस अध्यक्ष ओमनारायण खनालले भने । पुलका बारेमा आगामी गाउँसभामा छलफल चलाउने अध्यक्ष प्रदीपचन्द्र राईले बताए। चुलाचुली गाउँपालिका–३, ४, ५ र ६ का बासिन्दालाई गाउँपालिकाको कार्यालयसम्म आउन उक्त पुल तर्नुपर्छ । ती वडाबाट गाउँपालिकाको एक मात्र जनता मावि पढ्ने विद्यार्थीलाई पनि पुल जरुरी छ । खोला तर्न नसकेर प्रत्येक बर्खामा दुई महिना जति विद्यार्थीको पढाइ अवरुद्धसमेत हुँदै आएको छ । रासस

एक रोपनी जग्गाको वार्षिक भाडा २५३ रुपैयाँ ८० पैसा

काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ, व्यवसायिक प्रयोजनका लागि लिजमा दिइएको एक रोपनी जग्गाको एक वर्षको भाडा २५३ रुपैयाँ ८० पैसा भन्दा । हो चन्दागिरी हिल्स केवलकार संचालकले एक वर्षसम्म एक रोपनी वन क्षेत्र उपयोग गरे वापत त्यतिमात्र भाडा तिरे पुग्छ । सरकारले कम दरमा जग्गा लिजमा दिनुका साथै परियोजना निर्माण गर्दा आवश्यक पर्ने निर्माण सामग्रीमा समेत राजस्व छुटमा भित्र्याएको छ । चन्द्रागिरी डाँडाको ३६ हेक्टर वन क्षेत्रमा केबुलकार निर्माण गर्न प्रति हेक्टर ५ हजारका दरले प्रतिवर्ष एक लाख ८० हजार भाडा लिने गरी व्यवसायीलाई दिइएको हो । व्यवसायिले व्यवसाय गरेर करोडौं रुपैयाँ आर्जन गरेपनि सरकारले भने अत्यन्त न्यून रकममा प्राप्त गरेको देखिएको महालेखा परीक्षक कार्यालयका प्रवक्ता रामु डोटेले बताए । तर, नेपाल ट्रष्टको गोकर्णको वन क्षेत्रको जग्गा प्रतिरोपनी ६४० रुपैयाँ २७ पैसामा दिइएको छ । यसरी हेर्दा उक्त जग्गा लिजमा लिँदा प्राकृतिक स्रोत र साधानको न्यायोचित उपयोग हुन नसकेको देखिएको छ । त्यतिमात्र कहाँ होर उक्त व्यवसाय संचालन गर्नका लागि ३६ हेक्टर वनक्षेत्र उपलब्ध गराएकोमध्ये मन्त्रीपरिषद्ले ५ हेक्टरमा मात्रै भौतिक संरचना निर्माण गर्न स्वीकृति दिएकोमा ५ दशमलव ८६ हेक्टरमा भौतिक संरचना निर्माण गरिएको छ । चन्द्रागिरी डाँडामा नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णयबाट केबुलकार, मन्दिर, पौडी पोखरी, रिसार्ट आदि निर्माण भएको छ । ऐतिहासिक एवम् धार्मिक स्थलको मूल्य मान्यताको विपरित परापूर्व कालदेखिको भालेश्वर शक्तिपीठलाई पन्छाएर सोही नाममा नयाँ सँगै अर्को मन्दिर स्थापना गरिएको छ । सो कार्य गर्नको लागि पुरातत्व विभागबाट स्वीकृती समेत लिइएको छैन ।

नेपाल टेलिकमको खुद नाफा १५ अर्ब ४२ करोड, पहिलो पटक चुक्ता पुँजी भन्दा बढी नाफा गर्न सफल

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा खुद नाफा १५ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ । उक्त नाफा कम्पनीको चुक्ता पुँजीभन्दा ४२ करोड रुपैयाँ बढी हो ।   यस कम्पनीले पहिलो पटक चुक्ता पुँजी भन्दा बढी खुद नाफा आर्जन गरेको हो । कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । नेप्सेमा सूचिकृत कम्पनीमा सेयर पुँजीको आधारमा टेलिकम सबैभन्दा ठूलो कम्पनी हो । वार्षिक नाफा र संचित कोषमा बचत भएको रकमका आधारमा पनि यो सबैभन्दा ठूलो कम्पनी हो । नाफा राम्रो भए पनि यो कम्पनीको सेयर मूल्य कम छ । हाल प्रतिकित्ता ६७० रुपैयाँमा यस कम्पनीको सेयर किनबेच भईराखेको छ । कम्पनीले गत वर्षमा ४४ अर्ब ६८ करोडको सेवा बिक्री गरेको कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षमा ४९ अर्ब ५० करोडको सेवा बिक्री गर्ने लक्ष्य राखेको उनले बताईन् । यस आर्थिक वर्षमा कम्पनीले १६ अर्ब २९ करोड नाफा गर्ने लक्ष्य रहेको उनले बताइन ।

खोटोबाट ८० लाख आम्दानी

प्यूठान । पछिल्लो एक वर्षको अवधिमा जिल्लामा आठ लाख ९२ हजार ५३१ किलो खोटो बिक्रीबाट ८० लाख ४० हजार रुपपैयाँको आम्दानी भएको छ । जिल्लाका विभिन्न १ सय वटा वन समूहले आफ्नो वनबाट सो परिमाणको खोटो संकलन गरी बिक्री गरेका हुन् । प्रतिकिलो खोटो ९ रुपैयाँ देखि १० रुपैयाँ सम्ममा बिक्री हुने गरेको जिल्ला वन अधिकृत प्रविण बिडारीले जानकारी दिए । वन समूहले खोटो बिक्रीबाट मनग्य आम्दानी गरेपनि उक्त रकम वन क्षेत्रको संरक्षणमा प्रयोग न्यून रुपमा गरेको पाइएको बिडारीले बताए । जिल्लामा अधिकांश खोटो बिक्रीबाट आएको रकम विद्यालय सञ्चालनमा प्रयोग हुने गरेको छ । शिक्षक दरबन्दी नभएका विद्यालय वन समूह र खोटोको पैसाबाट सञ्चालन हुँदै आएका छन् । यहाँ संकलन गरीएको खोटो भारत निकासी हुन्छ । जिल्लामा हाल गणपति रोजिन, खनाल रोजिन, दीपमाला रोजिन, बुढाथोकी रोजिन र माउन्ट रोजिनले खोटो संकलन गर्दैआएका छन् । रासस

सेन्चुरी कमर्शियल बैंकको ७४ लाख कित्ता सेयर सूचिकृत, सगरमाथा फाइनान्सको सेयरधनीले सेयर बेच्न पाउने ?

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकको ७४ लाख ७० हजार कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) मा सूचिकृत भएको छ । सगरमाथा फाइनान्स कम्पनी प्राप्तिपछि थपिएको सेयर सोमबार सूचिकृत भएको बैंकले नेप्सेले जनाएको छ । तत्कालिन सगरमाथा फाइनान्सका सेयरधनीका लागि अब इच्छाएको अवस्थामा सेयर बेच्न ढोका खुला भएको छ । एक्विजिसन प्रक्रियासँग सगरमाथाका सेयरधनीले आफ्नो सेयर बेच्न पाएका थिएनन् ।