विकासन्युज

३५ दिनका लागि ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले बुधबार ४० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ४० दिनका लागि सो निक्षेप खिच्न लागेको हो ।   अहिले कुल निक्षेप ७१ खर्ब माथि पुगेको छ ।  निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ २५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।   बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८२/८३ शुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन, मुद्रास्फीति नियन्त्रण, मौद्रिक नीति कार्यान्वयन गर्न, ब्याजदरमा सन्तुलन ल्याउन, वित्तीय प्रणालीमा स्थायित्व ल्याउन, सरकारी ऋण व्यवस्थापन गर्न निक्षेप संकलन गर्ने गरेको छ । यस्तै बैंकहरूले अत्यधिक कर्जा प्रवाह नगरोस् भनेर नियन्त्रण गर्न  लगानी बजारमा असन्तुलन आउन नदिन र आर्थिक अस्थिरता रोक्न समेत निक्षेप संकलन गर्ने गरेको छ ।   

सडक विकास अब केवल परिकल्पना होइन, व्यवहारमा रूपान्तरण गर्दैछौं : अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलो रहित सडक पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले सरकारले सडक पूर्वाधारको सन्दर्भमा धुलो र हिलो रहित सडकको मात्रै परिकल्पना नगरेको भन्दै त्यसलाई व्यवहारिक रुपमा सार्थक तुल्याउने काममा सरकार लागेको जिकिर गरे । सरकारले गुणस्तरीय सडक निर्माणमा जोड दिइरहेको पनि बताए । सरकारले पूर्वपश्चिम राजमार्गको सडक स्तरोन्नति गरिरहेको, मध्यपहाडी लोकमार्गको काम पनि भइरहेको जानकारी गराए ।  आवश्यक परेका ठाउँमा नीतिहरु संशोधन गर्ने काममा पनि सरकार लागिरहेको बताए । उनले बजेट निर्माणमा दिनुभएको सुझाव जस्तै  प्रभावकारी कार्यान्वयनमा पनि त्यत्तिकै जोड दिन आग्रह गरे । पछिल्लो समय अर्थतन्त्रको सबै सूचकहरुमा सकारात्मक सुधार भइरहेको बताए ।  उपप्रधानमन्त्री पौडेलले भने, ‘गुणस्तरीय सडक पूर्वाधार बिना हामीले हामीले जस्तोसुकै प्रदर्शनीको पनि सही सदुपयोग हुन सक्दैन । त्यसकारणले अहिले सरकारले गुणस्तरीय सडक पूर्वाधारलाई महत्व दिएको छ । हामीसँग पूर्व-पश्चिम राजमार्ग छँदै थियो । तर त्यो पूर्व-पश्चिम राजमार्गले हाम्रो चित्त बुझेन । हाम्रो आवश्यकता सम्बोधन गरेन । त्यसअर्थ हामीले त्यसलाई स्तरोन्नति गर्दैछौँ ।’ उपप्रधानमन्त्री पौडेलले पौडेलले सडक पूर्वाधार सरकारको प्राथमिकताको विषयमा रहेको बताए । तीन वर्षभित्र सरकारले उच्च प्राथमिकताका साथ भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने बताए । टुकुचादेखि पश्चिमको भूभागमा रहेका संरचनाहरु भत्काएर अत्याधुनिक, व्यवस्थित र आकर्षक प्रदर्शनी स्थल बन्ने जानकारी दिए ।

म्याक्ससको मिफा सेभेन विशेष अफरसहित आजदेखि बिक्री सुरु

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ इलेक्ट्रिक एमपीभी म्याक्ससको मिफा सेभेन बुधबारबाट औपचारिक रूपमा सार्वजनिक भएको छ । भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा या ईभी लञ्च भएको हो ।  सात सिट क्षमताको यो लक्जरी एमपीभीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याएको हो ।  चाइनाको प्रख्यात एसएआईसी मोटर ग्रुपअन्तर्गतको म्याक्सस ब्रान्डको यो गाडी अत्यन्त सुविधायुक्त प्रिमियम गाडीमा गनिन्छ । केही समयअघि पहिला म्याक्सस ब्रान्डकै लक्जरी ई-टेरोन नाइन पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लन्च गरिएको थियो।  हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्राण्डका सवारीसाधनहरू आयात तथा विक्री वितरण गर्दै आइरहेको छ।  मिफा सेभेन नेपालमा प्रिमियम कार चढ्‌नेहरूको लागि अत्यन्त उपयुक्त हुने कम्पनीको दाबी छ ।  एक्सोभरि मिफा बुक गर्ने ग्राहकहरूलाई २० लाख रुपैयाँ र ई-टेरोन पिकअप बुक गर्नेलाई ५ लाख रुपैयाँ नगद छुट लगायत अन्य विशेष अफरहरू रहेका छन् । मिफा सेभेनको मूल्य १ करोड २५ लाख रुपैयाँ र ई-टेरोन डबल क्याब इलेक्ट्रिक पिकअपको मूल्य करोड साख १९ हजार रहेको कम्पनीले जनाएको छ । १० किलोवाट आवर ब्याट्री क्षमता रहेको मिफा सेभेनले डिसी फार्स्ट चार्जर सर्पोट गर्छ । यो गाडी ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दावी छ। कन्ट्रोलजस्ता सुरक्षा फिचर्सका साधे यो गाडीले यूरो एनक्याप, सी(एनक्याप, ए(एनक्यापमा ५ स्टार रेटिङ पाएको छ । यस गाडीको ९० किलावाटको उच्च क्षमताको ब्याट्रीले ६३५ किमीसम्मको रेन्ज दिने दावी कम्पनीको छ ।

१३ करोडमा चन्द्रकोट अस्पताल निर्माण सम्पन्न, सेवा पाउन बुटबल धाउनुपर्ने बाध्यता

तम्घास । 'म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ', चन्द्रकोट गाउँपलिका–६ हरेवाकी लीलमाया शर्माले भनिन्, 'घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।' शर्माले अस्पताल बनाउने समयमा आफूहरूले गरिखाने खेत माया मारेर अस्पतालका लागि जग्गा दिए पनि अहिले सञ्चालनमा नआउँदा दुःख लागेको बताइन् । उनको घरबाट नवनिर्मित १५ शय्याको चन्द्रकोट अस्पताल पाँच मिनेटभन्दा कम दूरीमा छ । तर निर्माण सम्पन्न भएपछि आफूहरू अस्पताल सञ्चालनकै पर्खाइमा हुँदा शर्माले त्यसको उपभोग गर्न पाएकी छैनन् । उनले नजिकैको अस्पताल सञ्चालनमा आए आफूजस्ता अन्यलाई पनि औषधि लिनका लागि बुटबलसम्म आवतजावत गर्ने समय र पैसाको बचत हुने बताइन् ।  'अस्पताल छिटो सञ्चालनमा आउनुपर्छ', शर्माले भने । उनले निःशुल्क रूपमा चारआना जग्गा पनि प्रदान गरेकी थिइन् । विसं २०७७ मङ्सिर १५ मा देशभरका तीन सय ९६ पालिकामा एकैसाथ पाँच, १० र १५ शय्याका आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । जसमा चन्द्रकोट गाउँपालिका–६ मा १५ शय्याको आधारभूत अस्पतालको तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेकी थिइन् । हाल अस्पताल निर्माण सम्पन्न भएपछि चन्द्रकोटवासी सञ्चालनको पर्खाइमा छन् ।    स्थानीय कुमारबहादुर सार्कीले अस्पताल सञ्चालन नहुँदा उपचारका लागि पाल्पा वा बुटबल धाउनुपर्ने बाध्यता रहेको बताइन् । उनले अस्पताल सञ्चालनका लागि प्रदेश र केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने बताइन् ।  उनले भनिन्, 'यति ठूलो अस्पताल पालिका एक्लैले सञ्चालन गर्न सक्दैन, प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्छ ।' चन्द्रकोट गाउँपालिका–६ मा रु १३ करोड ६६ लाखको लागतमा १५ शय्याको भवन निर्माण गरिएको हो । चन्द्रकोटमा अस्पतालका साथसाथै चिकित्सक बस्ने दुईतले आवास भवन पनि निर्माण गरिएको छ ।   गाउँपालिका अध्यक्ष युवराज केसीले अस्पताल सञ्चालनका लागि चिकित्सकको विज्ञापन खुलाउने गरी बजेट स्वीकृत गरिएको बताए । रासस

फोर्थिङ ‘फ्राइडे’ ईभी नेपालमा सार्वजनिक, नाइमा मोबिलिटी एक्स्पोमा विशेष छुट

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ इलेक्ट्रिक एसयूभी फोर्थिङ ‘फ्राइडे’  बुधबारबाट औपचारिक रूपमा सार्वजनिक भएको छ । डङफेङ ग्रुप अन्तर्गतको यस गाडीलाई नाइमा मोबिलिटी एक्स्पोको अवसर पारेर विशेष लन्चिङ अफरसहित बजारमा ल्याइएको हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा ठूलो र फराकिलो मानिएको यो गाडीलाई 'बिगर एसयूभी'को रूपमा पनि हेरिएको छ । सन् २००१ देखि नै स्थापित र विश्व बजारमा आफ्नो पहिचान बनाइसकेको फोर्थिङ ब्रान्डको फ्राइडे मोडल अब नेपाली ग्राहकका लागि पनि उपलब्ध भएको हो । फोर्थिङ फ्राइडेले आफूलाई एक लक्जरियस एसयूभीको रूपमा प्रस्तुत गरेको छ । यसमा प्रिमियम फिचरहरू रहेका छन् । यो गाडी नेपालमा उपलब्ध अन्य ईभीहरूमध्ये सबैभन्दा ठूलो ब्याट्री प्याक भएकोमध्ये एक हो । यसमा ६४ किलोवाट आवरको ब्याट्री छ, जसले एक पटकको पूर्ण चार्जमा ४०० किलोमिटरभन्दा बढीको रेन्ज दिने कम्पनीले जनाएको छ । फोर्थिङ फ्राइडे विशेषगरी सहरी र राजमार्गका लागि उपयुक्त भए पनि सामान्य अफरोडका लागि पनि सक्षम रहेको बताइएको छ । यो फोर-ह्विल ड्राइभ नभए पनि नेपालका मध्यम स्तरका कच्ची बाटोहरूमा पनि सहजै चल्न सक्ने  कम्पनीको दावी छ । नाइमा मोबिलिटी एक्स्पोको अवसरमा कम्पनीले यस गाडीमा विशेष छुटको घोषणा गरेको छ । सुरुवाती मूल्यबाट ४ लाख रुपैयाँ घटाएर यसको स्टार्टिङ भेरिएन्ट ४८ लाख ९६ हजार रुपैयाँमा उपलब्ध गराइएको छ । यो अफर केवल मोबिलिटी एक्स्पो अवधिभरका लागि मात्र लागू हुनेछ ।

लोडसेडिङको तालिका निकाल्ने कर्मचारीको सरुवा, हाइड्रोको आवश्यकता नरहेको अभिव्यक्तिको आलोचना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको तालिका सार्वजनिक गर्ने कर्मचारीको सरुवा गरेका छन् । उनले नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा गरेका हुन् । उनलाई  प्राधिकरणले पूर्वी नवलपरासीको सदरमुकाम कावासोती सरुवा गरिएको जानकारी दिइएको छ ।  नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले गत साउन १० गते विद्युत आपूर्ति कटौती गर्ने सूचना सार्वजनिक गरेको थियो । त्यसपछि लोडसेडिङ पुनः सुरु भएको भन्दै देशव्यापी रूपमा प्राधिकरणको नेतृत्वको आलोचना भएको थियो ।  शाक्यले आफूलाई असहयोग गरेको भन्दै सजाय स्वरूप उनको सुरुवा गरिएको बुझिएको छ ।  पछिल्लो समय एकपछि अर्को विवादित अभिव्यक्ति र कार्यशैली गर्दै आएका शाक्यले सोलार र ब्याट्रीले बिजुली पुर्‍याउन सके विद्युत् प्राधिकरण जलविद्युतकाे पछि लाग्न जरुरी नरहेको धारणा राखेका थिए ।  मंगलबार एक सार्वजनिक कार्यक्रममा उनले सोलार र ब्याट्रीले साँझ बिहानको बिजुली पुर्‍याउन सके जलविद्युत भनिरहनुपर्ने अवस्था नरहने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिपछि जलविद्युत उद्यमीले आलोचना गरिरहेका छन् ।  ‘हामीलाई ऊर्जा कहाँबाट आयो भन्ने छैन, ब्याट्री र सोलारले माग पूरा हुन्छ भने हाइड्रोको पछि लाग्नुपर्छ भन्ने छैन। दिउँसो र साँझको बिजुलीको माग धान्न सक्नु पर्‍यो। रातिमा त्यति बिजुली डिमाण्ड हुँदैन,’ शाक्यले कार्यक्रममा भनेका थिए । 

नाइमा मोबिलिटी एक्स्पोमा अर्थमन्त्रीले गरे आधुनिक प्रदर्शनी हल निर्माणको घोषणा

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी, 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५', बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित यस एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे ।  उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको नीतिगत स्थायित्वको मागलाई सरकारले गम्भीरतापूर्वक लिएको र आगामी दिनमा अनावश्यक नीतिगत फेरबदल नगरिने प्रतिबद्धता व्यक्त गरे । समारोहमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मागलाई सम्बोधन गर्दै भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रदर्शनी हल निर्माण गर्ने घोषणा गरे । उनले भने, 'यो केवल बजेटमा बोलिएको विषय मात्र होइन, यो कार्यान्वयन हुने विषय हो । ढिलोमा पनि तीन वर्षभित्र भृकुटीमण्डपमा आधुनिक प्रदर्शनी हल निर्माण भइसक्नेछ, जसले निजी क्षेत्रले भोग्दै आएको झन्झटको अन्त्य गर्नेछ ।' उनले सरकार पूर्वाधार विकास, विशेषगरी गुणस्तरीय सडक सञ्जाल विस्तारमा उच्च प्राथमिकताका साथ लागेको बताए । पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग र उत्तर(दक्षिण करिडोर निर्माणका कामहरू तीव्र गतिमा अघि बढाइएको जानकारी दिए । अर्थमन्त्रीले हालैको बजेट निजी क्षेत्रसँगको बृहत छलफलपछि ल्याइएको र यसले लगानीको वातावरण बनाउन तथा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको स्पष्ट पारे । 'यो बजेट अर्थमन्त्रीले बनाएको होइन, यो हामी सबैले बनाएको बजेट हो भन्ने अनुभूति निजी क्षेत्रले गरोस् भन्ने हाम्रो चाहना थियो,' उनले भने । नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले स्वागत मन्तव्य राख्दै अटोमोबाइल क्षेत्रले नेपालको अर्थतन्त्र र रोजगारीमा पुर्‍याएको महत्वपूर्ण योगदानबारे प्रकाश पारिन् । उनका अनुसार यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाखभन्दा बढीलाई रोजगारी दिएको छ र कुल गार्हस्थ्य उत्पादनमा ७.१३ प्रतिशत योगदान पुर्‍याएको छ । अध्यक्ष वैद्यले भनिन्, 'अटोमोबाइल क्षेत्रले बारम्बार नीतिगत अस्थिरताको सामना गर्नु परेको छ, जसले लगानीको वातावरणलाई असर गरेको छ। हामी सरकारसँग नीतिगत स्थायित्वको लागि जोडदार माग गर्दछौं ।' उनले  भृकुटीमण्डपमा आधुनिक प्रदर्शनी हलको आवश्यकता औंल्याउँदै यसका लागि सरकारसँग आग्रह गरेकी थिइन् । अध्यक्ष वैद्यले नाइमा केवल एउटा संस्था मात्र नभएर एक 'मुभमेन्ट' भएको र यसले नेपालको मोबिलिटी इकोसिस्टमलाई बलियो बनाउने लक्ष्य राखेको बताइन् ।  एक्स्पोमा ५० भन्दा बढी अटोमोटिभ ब्रान्डहरूको सहभागिता रहेको छ भने ३५ भन्दा बढी नयाँ सवारीसाधनहरू सार्वजनिक गरिँदैछ । एक्स्पोमा 'मोबिलिटी : हिजो, आज, भोलि', 'वर्कफोर्स डेभलपमेन्ट,' र 'सेफ मोबिलिटी' जस्ता विषयहरूमा गहन प्यानल छलफलहरू पनि आयोजना गरिनेछ । नाइमाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक्स्पोको टिकट बिक्रीबाट उठेको रकमको ५ प्रतिशत हिस्सा शिक्षा मन्त्रालय र सीटीईभीटीसँगको सहकार्यमा मोबिलिटी क्षेत्रका लागि छात्रवृत्ति र अनुसन्धानमा खर्च गर्ने घोषणा पनि गरेको छ। यो एक्स्पो केवल सवारीसाधनहरूको प्रदर्शनी मात्र नभई नेपालको समग्र मोबिलिटी क्षेत्रको भविष्य, चुनौती र अवसरहरूबारे विमर्श गर्ने एक महत्वपूर्ण मञ्च बनेको छ । सरकारको सकारात्मक प्रतिबद्धता र निजी क्षेत्रको उत्साहले आगामी दिनमा यो क्षेत्रले थप गति लिने अपेक्षा गरिएको छ ।

नाइमा मोबिलिटी एक्स्पोमा प्रोटोन ईमास ७ को प्रदर्शनी, जगदम्बा मोटर्सले दियो आकर्षक अफर

काठमाडौं । जगदम्बा मोटर्सले 'नाइमा मोबिलिटी एक्स्पो २०२५' मा प्रोटोन ईमास ७ को प्रदर्शनी गरिरहेको छ । प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले कार्यक्रममा अफरको घोषणा गर्दै देशभर सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ । यसअघि मलेसियामा आफ्नो सेग्मेन्टमा नम्बर १ ईभीको मान्यता पाएको प्रोटोन ईमास ७ यस वर्षको सुरुवातमा नेपालमा निर्यात भएर इतिहास रचेको थियो । सन् २०१८ देखि प्रोटोनको आधिकारिक वितरकका रूपमा कार्यरत जगदम्बा मोटर्सले २०२५ भित्रै देशभर १२ वटा सोरूम तथा सेवा केन्द्र विस्तार गर्ने लक्ष्य लिएको छ, जसअन्तर्गत हाल ३ वटा सोरूम सञ्चालनमा छन् । शंकर ग्रुपमार्फत विकसित इभी इकोसिस्टम अन्तर्गत ग्राहकका लागि प्रामाणिक स्पेयर पार्ट्स, आधुनिक डाइग्नोस्टिक उपकरण, प्रमाणित प्राविधिक, चार्जिङ स्टेसन र सरल वारन्टी प्रक्रिया उपलब्ध गराइनेछ। यी सबै सेवाले ग्राहक आवश्यकताको सम्पूर्ण सम्बोधन गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । नाइमा एक्स्पोमा घोषणा गरिएका प्रमुख अफरहरू ०.५ प्रतिशत ब्याजदरमा ४ वर्षको फाइनान्सिङ योजना, जसमा ६० मिनेटभित्र ऋण स्वीकृति ८ वर्षको अनलिमिटेड माइलिज ब्याट्री वारन्टी २.९९ लाख रुपैयाँको नगद छुट, साथै थप लाभहरू पुरानो गाडीमा उच्चतम मूल्यांकनसहित एक्सचेन्ज अफर निःशुल्क अटो प्लस बीमा 'इमास असिस्टेन्ट प्लस' सेवा, जसमा प्रिमियम रोडसाइड सहायता र ह्वाट्सएप ग्राहक सहायता सुविधा