विकासन्युज

२४ रुपैयाँको पेटीलाई १२ सयमा विक्री, उपभोक्तामाथि चरण ठगी

काठमाडौं ६, भदौ । व्यापारीले उपभोक्तालाई ठग्ने गरेको, बजारमा खुद्रा पसलमा जाँदा उपभोक्ता ठगिने गरेको गुनासो आइरहदाँ सरकार भने सधै मौन नै बस्ने गरेको घटना नेपालको लागि नयाँ होइन । पटकपटक उपभोक्ता ठगीएको गुनासो आउने गरेपनि ठगी गर्ने व्यवसायीमाथि कारवाही नहुँदा व्यवसायी मनोवल बढ्दैजाँदा उपभोक्ता ठगिने क्रमपनि रोकिएको छैन ।  आपूर्ति मन्त्रालयले अनुगमन गर्दा व्यवसायीले २४ रुपैयाँमा किनेको पेटीलाई १२ सय रुपैयाँ लिएको फेला परेको छ । महाराजगन्जको सेलवेज डिपार्टमेन्ट स्टोरले २४ रुपैयाँमा किनेको पेटीलाई १२ सय रुपैयाँ लिएको सरकारी अनुगमन टोलीले फेला पारेको छ । हरेक अनुगमनमा कुन नै कुनै कर्तुत फेला पर्ने गरेको भएपनि सरकारी अनुगमन भने प्रभावकारी हुन सकेको छैन । उपभोक्ता ठगी गर्ने यस्ता फेन्सि पसलले हजारौं प्रतिशत नाफा लिएर सामान विक्री गर्ने गरेको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्द रेग्मीले बताए । उनका अनुसार दैनिक उपभोग्य बस्तुको तुलनामा फेन्सी पसल र लत्ता कपडामा अचाक्ली मूल्य लिने गरेको पनि उनले सुनाए । यस्तो चर्को मूल्य लिने सेलवेजलाई कारवाही गर्न मन्त्रालयले प्रक्रिया भने अगाडि बढाएको जानकारी दिएको छ । व्यपारिले ३७५ रुपैयाँको पाइन्टलाई २६ सय १० रुपैयाँ लिएको, ८५० को चस्मालाई ४४ सय ५० लिएर विक्री गरेको भेटिएको पनि अनुगमनमा सँगै गएका उपभोक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए ।

तपाईको स्मार्टफोनको व्याट्री चाँडै सकिन्छ, यी एपहरु नराख्नुहोस्

काठमाडौं ६ भदौ। स्मार्टफोन चलाउनुहुन्छ, यी एपहरु धेरै रहेका छन् भने तपाइको स्मार्टफोनले चाँडो र धेरैमात्रामा व्याट्रीको खपत गरिरहेका हुन्छन जसका कारण मोवाइलको व्याट्री सकिन्छ। आजभोलि स्मार्टफोन प्रयोगकर्ताको सवैभन्दा चासोको विषय भनेको नै व्याट्री हुने गरेको छ। यद्यपी स्मार्टफोनको व्याट्री टिक्ने र नटिक्ने कुरा यसको बनावट र स्पेसिफिकेसमा निर्भर रहेको हुन्छ। यसमा हामीले प्रयोग कति गर्छौ भन्ने मूख्य कुरा हो। स्मार्टफोनको धेरै व्याट्री डकुमेन्ट इडिट, म्युजिक र भिडियो स्ट्रिम, गेम खेल्दा र इन्टरनेटसंग कनेक्टेड भइरहदा धेरै खर्च हुने गरेको छ। तर यो कुरा गरिरहँदा अरु एपहरुलेचाहि व्याट्री नसक्ने भन्ने होइन, यी एपहरुले अरु एपको तुलनामा धेरै व्याट्रीको खपत गर्छन्। यी एपहरु हुन् धेरै व्याट्री खपत गर्ने १. फोटो इडिटिङ सम्वन्धि एपहरु यदि तपाई फोटोग्राफीमा सैखिन हुनुहुन्छ र तत्काल फोटो खिचेर इडिट गरी सोसियल मिडियामा अप्लोड गर्नुहुन्छ भने तपाइ यो नसोच्नुस तपाइको स्मार्टफोनको व्याट्रिले पुग्छ। त्यसका लागि तपाइलाई पोर्टेवल पावर बैंकको आवश्यकता पर्दछ। सामान्यतया फोटो इडिटङ एपहरु साइजमा पनि ठूला हुन्छन् र यीनिहरुलाई प्रोसेसिङ गर्दा पनि धेरै पावर लाग्छ। जसका कारण तपाइको स्मार्टफोनको व्याट्री चाँडै सकिन्छ। २. सोसियल मिडिया एप फेसवुक, ट्विटर लगायत एपहरु संसारकै सवैभन्दा पपुलर एपमा पर्दछन्। र यसका साथै यीनिहरु सवैभन्दा धेरै व्याट्री खपत गर्ने एपहरुमा पनि पर्दछन्। यी एपहरु चल्दा व्याकग्राउन्डमा सेन्ड नोटिफिकेसन पठाइरहेका हुन्छन्। फेसवुकमात्र हैन, मेसेन्जरले पनि धेरैमात्रामा व्याट्रीको खपत बढाइरहेको हुन्छ। अरु धेरै व्याट्री खपत गर्ने एपहरुमा स्न्यापच्याट, स्काइपी र इन्टाग्राम पर्दछन्। ३. इन्टरनेट व्राउजर एप तपाइले स्मार्टफोनको व्याट्री धेरै टिकाउनु छ भने डिफल्ट भएर आएको व्राउजर नै चलाउनु बेस हन्छ र अरुलाई हटाइदिदा हुन्छ। केहि व्राउजरहरुमा धेरै फिचरहरु रहेको हुन्छ। जस्तै स्कोरवोर्ड, सोसियल मिडिया नोटिफिकेसन लगायत वेभ नोटिफिकेसन। यीनिहरु व्याकग्राउन्डमा एक्टिभ रहेका हुन्छन् भने तीनिहरुले व्याकग्राउन्ड एप र व्याट्री खपत गरिरहेका हुन्छन्। ४. गेमिङ एप स्मार्टफोनवाट एपहरु हटाउन समस्या त पर्छ तर सवैभन्दा धेरै व्याट्री खपत गर्नेमा गेमिङ एप पर्दछ। यसमा पनि थ्रिडी एनिमेसन गरेका एपहरुले धेरै खपत गर्छन्। जस्तै क्लास अफ क्लान्स, एजफाल्ट, इनजस्टिस,मोडेम कम्व्याट लगायत ड्रिल गर्ने एपहरुले धेरै व्याट्री खपत गरेको पाइएको छ। अझ भर्खरै मात्र लन्च भएको पोकमेन गोले पनि धेरै व्याट्री खपत गर्छ। तपाइले यस्ता गेमहरुलाई हटाउन गार्हो पर्दछ तर यीनिहरुलाई स्टप गर्न भने मिल्छ। तर यीनिहरु इन्टरनेटको पहुचमा पुगेपछि आफै एक्टिभेट हुने गर्दछन्। ५. व्याट्री सेभर एप वा र्याम क्लिनिङ एप व्याट्री सेभर एपहरु तपाइको स्मार्टफोन आइडियल मोडमा छ भने पनि व्याकग्राउन्डमा चलिरहेका हुन्छन्। यी एपहरु रेगुलर रुपमा होगिङ एप वा जन्क फाइललाई स्क्यानिङ गरेर वसिसहरेका हुन्छन जसका कारण धेरै व्याट्रीको खपत भइरहेको हुन्छ। ६. एन्टिभाइरस एप एन्टिभाइरस एपहरु पनि व्याट्री सेभर एपजस्तै हुन्। यस्ता एपले पनि व्याकग्राउन्डमा स्क्यानिङ गरिहेका हुन्छन जो प्रायोगकर्तालाई थाहा भएको हुँदैन। यस्ता एपले स्मार्टफोनको व्याट्रीलाई भित्रभित्रै सकाइरहेका हुन्छन्। कोही एन्टिभाइरस एपको क्यामेरासंग पनि एक्सेस भएको हुन्छ जुन स्मार्टफोन अनलक गर्दा खुलिसक्छ जसका कारण पनि यिनिहरुले धेरै व्याट्री खपत गरिरहेका हुन्छन्। – See more at: http://www.bizmandu.com/content/-19943.html#.V7pVNfl97IU

अख्तियारले दायर गरेको मुद्धामा १४ करोड जरीवनामा सफाई, अख्तियारले मुद्धा हार्यो

काठमाडौं ६, भदौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पसुपति क्षेत्र विकास कोषका पूर्व पदाधिकारीसहितलाई विरुद्ध विषेश अदालतमा दायर गरेको मुद्दामा अदालतले १४ करोड जरीवाना तिराएर सफाइ दिएको छ । अख्तियारले ४६ करोड ५६ लाख बिगो दाबीसहितको विशेष अदालतमा हालेको एक अदालतले जरीवाना तिराएरसफाई दिने फैसल आइतबार गरेको हो । अदालतले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना निर्माण गर्ने भन्दै अवैध बालुवाखानी सञ्चालन गरी करोडौं रुपैयाँ अनियमितता गरेको आरोपमा दुई ठेकेदारलाई समान्य जरिवाना गर्दै अन्यलाई सफाई दिएको हो। अख्तियारले उनीहरुसँग ४६ करोड ५६ लाख ८७ हजार एक सय ५८ रुपैयाँ ४६ पैसा बिगो–दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले दायर गरेको आरोपपत्रमा दावी अनुसार तत्कालीन कोषका दुई सदस्यसचिव तथा तीन स्थानीय विकास अधिकारीको संलग्नता पुष्टि हुन नसकेको भन्दै उनीहरुलाई विशेष अदालतले सफाई दिने फैसला सुनाएको हो। विशेषले अख्तियारको आरोप पुष्टि हुन नसकेकोमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिवहरू निर्मल कुइँकेल, सुशील नाहटा, काठमाडौंका तत्कालीन स्थानीय विकास अधिकारीहरू महेन्द्रलाल श्रेष्ठ, गोपालप्रसाद पराजुली तथा प्रेमराज जोशी, कोषका उपनिर्देशक राजकुमार रेग्मी, योजना अनुगमन तथा प्रशासकीय अधिकृत भीष्मकुमार मल्ललाई सफाई दिने निर्णय सुनाएको हो। अख्तियारले उनीहरुसँग ४६ करोड ५६ लाख ८७ हजार एक सय ५८ रुपैयाँ ४६ पैसा बिगो–दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की आएपछि अख्तियारले हालेको मुद्धा हारेको यो नै पहिलो हो ।

पूर्व वडामहारानीकै निवासको लाइट काटियो, जन्मदिनको उपाहार भयो अन्धकार

काठमाडौं ६, भदौं । विजुलीको पैसा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले पूर्व मुमा वडामहारानी बस्ने महेन्द्र मञ्जीलकै लाइट काटिदिएको छ । विद्युत् महशुल नतिर्ने १ सय ५० ग्राहकको लाइन काट्दा महेन्द्र मन्जीलकोसमेत परेको छ ।  प्राधिकरणले महसुल नतिर्नेहरुको लाइन काट्ने अभियान थालेपछि दुई दिनमा देशभरका १ सय ५० ग्राहकको लाइन काटेको जनाएको छ। ति ग्राहकबाट २ करोड रुपैँया उठ्न बाँकी भएको र बक्यौता रकम नतिरे सम्म लाइन जडान नहुने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए। आइतबार नै पूर्व मुमा बडामहारानी बस्ने महेन्द्र मञ्जीलको प्राधिकरणले विजुलीको लाइन काट्दा उनको जन्मदिनको उपहार अन्धकार हुन पुगेको छ । पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहको निवास महेन्द्र मन्जीलको विद्युत महसुल ३७ लाख पुगेको प्राधिकरणले जानकारी दिएको छ । शनिबार रत्नको ८९ औं जन्मदिन परेको थियो । उनको जन्मदिनको भोलिपल्ट अर्थात आइतबारै सरकारले लाइन काटेर उनलाई अन्धकार उपहार दिएको छ । लामो समयदेखि विद्युत महसुस नतिरिएको र ३७ लाख ३१ हजार रुपैयाँ पुगेपछि नियमित प्रक्रियाअन्तर्गत लाइन काटिएको प्राधिकरणका कार्यकारी निर्देशन मुकेशराज काफ्लेले बताए । महेन्द्र मञ्जीलबाट ३७ लाख महसुल उठाउन बाँकी थियो। महसुल तिर्न पटक पटक पत्राचार गरे पनि बेवास्ता गरेका कारण लाइन काटिएको काफ्लेले बताए। महसुल नतिर्ने ग्राहकको विगत देखिनै लाइन काटिँदै आए पनि उर्जामन्त्री जनार्दन शर्माको निर्देशन पछि यसलाई अभियानकै रुपमा सुरु गरेको काफ्लेले बताए। उर्जामन्त्री शर्माले महसुल नतिर्ने १० ठूला ग्राहकको लिष्ट बनाएर तीन दिन भित्र लाइन काट्न निर्देशन दिएका थिए।

श्रम भिसामा नेपाल आउँने विदेशी बढ्दै, दिनहुँ एक हजार भन्दा बढिले माग्छन श्रम स्वीकृति

काठमाडौं ६, भदौ । नेपालमा नै श्रम भिसामा आउने विदेशी वर्षेनी हजार भन्दा बढी श्रम भिसामा आउने गरेका छन । कामको खोजिमा नेपाली बाहिरिरअध्यागमन विभागमा दिनहुँ एक न एक विदेशीले श्रम स्वीकृति मागिरहेको हुन्छ । यस्तो श्रम स्वीकृतिको माग गर्ने विदेशी दैनिक एक हजारभन्दा बढी हुने गरेको विभागले जानाकारी दिएको छ । देशमा अवसर नपाएर लाखौं नेपाली वैदेशिक रोजगारीका लागि बिभिन्न देशमा पुगेका छन् । तर, विश्वका बिभिन्न देशबाट बार्षिक एक हजारभन्दा धेरै विदेशी नेपालमा नै श्रम भिसा लिएर काम गर्न आउने गरेको विभागको तथ्यांकले देखाएको छ । अध्यागमन व्यवस्था विभागका अनुसार एक हजार तीन सय ९८ जना विदेशी नेपालमा कामदार भिसामा कार्यरत छन् । धेरैजसो हाइड्रोपावर र एनजिओमा कार्यरत हुने रहेको उल्लेख छ । केही उच्च तह र केही सामान्य किसिमको कामका लागि नेपालमा ‘वर्किङ भिसा’ लिएर बस्दै आएका छन् । ‘वर्किङ भिसा’मा काम गर्नेहरु धेरैजसो जलविद्युत र एनजिओ क्षेत्रमा छन् । नेपालमा आउने हरेक क्षेत्रका प्राविधिक जनशक्ति विदेशबाट ल्याउनुपर्दा पनि वर्किङ भिसामा नै आउने गरेका छन् । गृहमन्त्रालयको कार्यादेश र बिभिन्न मन्त्रालयको सिफारिसका आधारमा ‘वर्किङ भिसा’ दिने गरेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बताए । उनका अनसार तीन हजारभन्दा धेरै विदेशी नेपालमा व्यावसायमा छन् । आर्थिक वर्ष ०७२र७३मा तीन हजार एक सय ७८ विदेशीले नेपालमा व्यावसाय गर्न भिसा लिएका छन् । नेपालमा व्यावसाय गर्नेमध्य सबैभन्दा धेरै चिनियाँ छन् । चिनियाँपछि कोरियन र जापानी छन् । नेपाली भारत जाँदा र भारतीय पनि नेपाल आउँदा भने भिसा लिनु नपर्ने व्यवस्था छ । नेपालमा अध्ययन गर्न आएका विदेशी विद्यार्थी एकहजार नौ सय ११ छन् । मेडिकल र भाषा पढ्न विदेशीहरु नेपाल आउने गरेका छन् । त्यसैगरी ४२ जना विदेशी नेपालमा आवासीय भिसा लिएर बसेका छन् । आवासीय भिसा लिएर जति वर्ष पनि बस्न पाइन्छ । त्यसका लागि आर्थिक स्रोत देखाउनुपर्ने हुन्छ । नेपालमा पर्यटन भिसामा आएर गैरपर्यटकीय गतिविधि बढ्न थालेको समाचार आएपछि अध्यगमनले विदेशी नागरिकले नेपाल आँउदा प्रयोग गर्ने भिसा विजनेश, पर्यटन, वर्किङलगायतका हुने जानकारी दिएको हो ।

एमए प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं, ५ भदौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ वैशाख/जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को नेपाली विषयको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np  र  www.educationkhabar.com  मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ । रासस  

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा दाङमा

काठमाडौं, ५ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दाङ्ग जिल्लामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ सो स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको हो । दाङ्ग जिल्लामा आयोजित एक कार्यक्रममा पुर्याउने सो शाखा सम्बन्धित शाखा प्रमुख, पवनकाजी खत्रीले सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् । सो जिल्लाको गडवा गा.वि.समा सेवा संचालनका लागि स्थानीय व्यवसायी प्रदिप शर्मालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ । बैंकका अनुसार शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराई राखेको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा उल्लेखिय विश्वास र बैंकिङ्ग सभ्यता बनेको बैंकले जनाएको छ ।

२८ बैंकको नाफा ३८ अर्ब, २७ अर्बको बोनस सेयर लगानीकर्ताको हातमा आउँदै, कसको कति ?

काठमाडौं, ५ भदौ । गत आर्थिक वर्षमा २८ वटा वाणिज्य बैंकहरुले करिव ३८ अर्ब रुपैयाँ खुद नाफा गरेका छन् । सेयर पुँजीको आधारमा बैकहरुको औसत नाफा करिव ३१ प्रतिशत हो । नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी १ खर्ब २१ अर्ब ४९ करोड रुपैयाँ छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कर्मचारी बोनस र सरकारी कर दाहित्व तिरेपछिको खुद नाफा ३८ अर्ब रुपैयाँ छ । २८ वटा वाणिज्य बैंक मध्ये १६ वटा बैंकको नाफा एक अर्ब भन्दा बढी ५ वटा बैंकको नाफा २ अर्बभन्दा बढी र नेपाल बैंकको नाफा ३ अर्बभन्दा बढी छ । महत्वपूर्ण पक्ष के छ भने भूकम्प र नाकाबन्दीले थलिएको र आर्थिक वृद्धि १ प्रतिशतभन्दा कम भएको बेला कुनै पनि बैंक नोक्सानमा छैन । सबैभन्दा कम नाफा गर्ने बैंकले पनि ३२ करोड नाफा गरेको छ । सबै बैंक नाफामा भए पनि २६ वटा बैंकले मात्र लगानीकर्तालाई लाभांश वितरण गर्ने छन् । त्यसमा राष्ट्रिय वाणिज्य बैंकको नाफा सरकारले मात्र पाउने छ । निजी क्षेत्रका बैंकले कम्तिमा ८ प्रतिशत देखि बढीमा ५० प्रतिशत लाभांश वितरण गर्ने सम्भावना छ । २६ वटा वाणिज्य बैंकले करिब २८ अर्ब रुपैयाँ लाभांश विरतण गर्ने छन् । राष्ट्र बैंकको नीतिका कारण अधिकांश बैंकहरुले पुँजी वृद्धि गर्नको लागि बोनस सेयर वितरण गर्ने छन् । राष्ट्रिय वाणिज्य बैंक, नविल, इन्भेष्टमेन्ट, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड बैंकले नगद लाभांश पनि दिने सम्भावना छ । नेपाल बैंक नेपाल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब १ करोड खुद नाफा गरेपछि सेयरधनीले लाभांश पाउने छैनन् । बैंकको उक्त नाफा विगतका वर्षमा भएको नोक्सानी कोष पूर्ति गर्नमा ठिक हुनेछ । ‘बल्ल बैंकको नेटवर्थ पोजेटिप भएको छ । चालु आर्थिक वर्षको नाफाबाट अर्को वर्ष मात्र लाभांश वितरण गर्न सकिन्छ’ बैंकका अध्यक्ष जनार्दन आचार्यले भने । बैंकको पुँजी वृद्धि योजनामा १० बराबर २.३०८६ अनुपातका हकप्रद सेयर जारी गर्ने जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक यस बैंकले करिव २३ प्रतिशत लाभांश दिन सक्छ । सरकारको मात्र सेयर लगानी भएकाले यो बैंकले दिने लाभांशप्रति व्यक्तिगत लगानीकर्ताको चासो छैन । बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ भएकोले उसलाई तत्काल पुँजी वृद्धि गर्न दवाव छैन । तर क्यापिटल एडेक्वसी ११ प्रतिशतमा सीमित भएकोले व्यापार वृद्धि गर्न यस बैंकले पुँजी बढाउँदै जानु पर्ने अवस्था छ । कृषि विकास बैंक यस बैंकले सेयरधनीलाई ४१ प्रतिशतसम्म लाभांश दिन सक्छ । बैंकले पुँजी वृद्धि योजनामा २० प्रतिशत बोनस सेयर दिने उल्लेख गरेको छ । तर उसले असार मसान्तमा भित्र जारी गर्ने भनेको २ बराबर १ अर्थात १ अर्ब ९७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निश्काशन गर्न सकेन । त्यसैले बैंकले यसअघि घोषणा गरेको भन्दा बढी दरमा बोनस सेयर दिन सक्छ । बैंकले २५७ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अभिमोच्य अग्राधिकार सेयरधनीलाई ६ प्रतिशतको दरले करिव ३९ करोड रुपैयाँ वितरण गर्छ । बाँकी रकम ३ अर्ब ९३ करोड रुपैयाँ साधारण सेयरमा लगानी गर्ने सेयरधनीले पाउने हो । त्यस हिसावले सेयरधनीले करिव ४१ प्रतिशतसम्म लाभांश बोनस सेयर पाउन सक्छन् । अहिले पनि बैंकको जगेडा तथा अन्य कोषमा ८ अर्ब ३८ करोड रुपैयाँ भएकोले उसलाई नाफा वितरण गर्न राष्ट्र बैंकले अंकुश नलगाउन सक्छ । नविल बैंक यस बैंकले गत वर्ष २ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सो नाफाबाट सेयरधनीलाई ४७ प्रतिशत लाभांश बाँड्न सक्छ । बैंकको पुँजी योजनामा ३० प्रतिशत बोनस सेयर वितरण गर्ने उल्लेख छ । उसले सेयरधनीले १५ देखि १७ प्रतिशत नगद लाभांश दिन सक्छ । नेपाल इन्भेष्टमेन्ट बैंक यस बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा गरेको छ । सो नाफाबाट बैंकले सेयरधनीलाई २८ प्रतिशत लाभांश वितरण गर्न सक्छ । बैंकको पुँजी वृद्धि योजनामा १८ प्रतिशत बोनस सेयर दिने उल्लेख छ । बैंकले १० प्रतिशत नगद लाभांश दिन सक्छ । तर बैंकले यसअघि एफपीओ जारी गर्दाको प्रकाशित गरेको भविष्यको योजनामा आगामी तीन वर्ष नगद लाभांश वितरण गर्ने योजना देखिदैन । त्यसमा बैंकले नाफालाई जगेडा तथा कोषमा जम्मा गर्ने उल्लेख गरेको छ । बैंकले राष्ट्र बैंकमा पेस गरेको पुँजी वृद्धि योजना अनुसार निर्णय नलिन पनि सक्छ । उक्त पुँजी वृद्धि योजनामा आर्थिक वर्ष २०७१/७२ को नाफाबाट १८ प्रतिशत बोनस सेयर वितरण गर्ने उल्लेख गरेता पनि पछि उसले ३३ प्रतिशत बोनस सेयर दिएको थियो । राष्ट्र बैंकले भने झै न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्याउनको लागि यस वर्ष बैंकले १८ प्रतिशत भन्दा कम अर्थात १४ वा १५ प्रतिशत बोनस वितरण गर्न पनि सक्छ । स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल यस बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब ३५ प्रतिशत लाभांश वितरण गर्न सक्छ । बैंकको चुक्ता पुँजी वृद्धि गर्नु पर्ने भएकोले उक्त लाभांश सबै बोनस सेयरमा दिन पनि सक्छ । गत वर्ष बैंकले २५ प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश वितरण गरेकाले थियो । तर यस वर्ष नगदको सट्टामा पनि बोनस सेयर नै दिन यस बैंकलाई दवाव पर्न सक्छ । बैंकले अहिलेसम्म पनि पुँजी वृद्धि योजना सार्वजनिक नगरेकोले उसले दिने लाभांश बोनस सेयर मात्र हुन्छ वा नगद पनि हुन्छ ? एकिन गर्न गाह्रो छ । हिमालयन बैंक हिमालयन बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । ४ अर्ब ४९ करोड रुपैयाँ सेयर पुँजी भएको यस बैंकले सेयरधनीलाई ३४ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्छ । बैंकको पुँजी वृद्धि योजना अनुसार गत वर्षको नाफाबाट १ अर्ब १२ करोड ४७ लाख ८६ हजार रुपैयाँ बराबर अर्थात हालको पुँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्नुपर्छ । बैंकले सेयरधनीलाई ५ देखि ९ प्रतिशतसम्म नगद लाभांश वितरण गर्नसक्छ । नेपाल एसबीआई बैंक यस बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस बैंकले सेयरधनीलाई ३४ प्रतिशतसम्म लाभांश दिन सक्छ । यस बैंकले अहिलेसम्म पुँजी वृद्धि योजना सार्वजनिक गरेको छैन । तर राष्ट्र बैंकले तोकेको समयभित्र ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने प्रतिवद्धतापत्र राष्ट्र बैंकलाई बुझाएको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ९ करोड रुपैयाँ छ । गत वर्ष बैंकको साधारणसभाले २ अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निश्काशन गर्ने निर्णय गरेको छ । उक्त सेयर प्रिमियम मूल्यमा निकाल्ने बैंकको तयारी छ । नेपाल बंगलादेश बैंक यस बैंकले गत आर्थिक वर्षमा १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । ३ अर्ब ३ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले ३१ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ । बैंकले आफ्नो पुँजी वृद्धि योजना अनुसार नै निर्णय लियो भने २७.५ प्रतिशत बोनस सेयर दिन्छ । एभरेष्ट बैंक एभरेष्ट बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकको सेयर पुँजी २ अर्ब ७४ करोड रुपैयाँ छ । गत वर्षको नाफा पुरै वितरण गर्ने हो भने बैंकले ५० प्रतिशत लाभांश दिन सक्छ । गत वर्षको नाफा बाहेक बैंकसँग सेयरधनीलाई वितरण गर्न योग्य रकम करिब २ अर्ब रुपैयाँ छ । विगतको ट्रेन हेर्दा बैंकले बोनस सेयरलाई नभई नगद लाभांशलाई प्राथमिकता दिएको छ । साथै, बैंकको पुँजी वृद्धि योजनामा कुनै एक वाणिज्य बैंकसँग मर्ज गर्ने भनेकोले बैंकले दिन लाभांशबारे एकिन गर्न कठिन छ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक यस बैंकले गत आर्थिक वर्षमा ७० करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकको सेयर पुँजी २ अर्ब ३५ करोड रुपैयाँ छ । यस बैंकमा अन्य चार वटा विकास बैंक मर्जको अन्तिम चरण छन् । मर्जको क्रममा रहेका सबैको नाफा र स्वाप रेसियोका कारण रिर्जभमा जाने रकमसमेत जोडेर सबैलाई एकमुष्ट लाभांश दिएमा ३५ देखि ३७ प्रतिशत बोनस सेयर दिने सम्भावना छ । तर असार मसान्त अघि एकिकृत करोबार नभएकोले असार मसान्तसम्मको अलग्गै वासलात हुने, त्यसको आधारमा मर्जको क्रममा रहेका सबैले आफ्ना सेयरधनीलाई अलग्गै लाभांश बाँड्ने निर्णय गरेको अवस्थामा एनसीसी बैंकले सेयरधनीलाई २३ प्रतिशत मात्र लाभांश दिन सक्छ । कुमारी बैंक यस बैंकले गत आर्थिक वर्षमा ७४ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकको सेयर पुँजी २ अर्ब ६९ करोड रुपैयाँ मात्र रहेकाले बोनस सेयर र हकप्रद सेयर मार्फत पुँजी वृद्धिको बाटोमा जानुपर्ने दवाव छ । बैंकको पुँजी वृद्धि योजनमा ७६ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने उल्लेख भए पनि लक्ष्य अनुसार बोनस सेयर वितरणमा थोरै अपुग हुन्छ । बैंकले २२ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ । तर यो बैंकले एभरेष्टसँग मर्जमा जान छलफल चलाईरहेको छ । मर्जमा गएको अवस्थामा उसले दिने लाभांशको रेट र प्रकृति दुबैमा फरक पर्नसक्छ । लक्ष्मी बैंक लक्ष्मी बैंकले गत वर्ष ७२ करोड रुपैयाँ खुुद नाफा गरेको छ । उसले करिब १९ प्रतिशत बोनस सेयर दिन सक्छ । यस बैंकको चुक्ता पुँजी ३ अर्ब ३ करोड रुपैयाँ मात्र छ । सिटिजन्स बैंक इन्टरनेशलन सिटिजन्स बैंकले १५ प्रतिशत बोनस सेयर दिने तयारी गरिरहेको छ । बैंकले हालै जारी गरेको ५५ प्रतिशत हकप्रद सेयर खरिद गर्नेका लागि पनि बोनस सेयर दिने भएको छ । बोनस सेयर निश्काशन पनि बैंकको सेयर पुँजी ४ अर्ब ७४ करोड रुपैयाँ हुनेछ । बैंकको पुँजी वृद्धि योजना अनुसार १५ प्रतिशत बोनस सेयर दिने तयारीमा बैंक रहेको सम्बन्धित बैंक व्यवस्थापन स्रोतले बतायो । प्राइम कमर्शियल बैंक यस बैंकले गत आर्थिक वर्षमा १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ७० करोड रुपैयाँ छ । बैंकको पुँजी वृद्धि योजनमा १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरिएको छ । तर यसअघि गर्ने भनिएको मर्ज तथा हकप्रद सेयर निश्काशन नभएका कारण पुँजीको आकार सानो भएकोले बैंकले २४ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ । सनराईज बैंक सनराईज बैंकले गत आर्थिक वर्षमा ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको पुँजी वृद्धि योजनामा १५ प्रतिशत बोनस सेयर दिने सम्भावना रहेका उल्लेख छ । तर बैंकको नाफामा उच्च वृद्धिका कारण १९ प्रतिशत बोनस सेयर दिन सक्छ । नेशनल नारायणी फाइनान्स एक्वाएर गर्दा रिर्जभमा गएको रकम पनि वितरण गरेमा बैंकले २० प्रतिशतभन्दा बढी बोनस सेयर वितरण गर्न सक्छ । जनता बैंक नेपाल जनता बैंकको नाफा ३२ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण योग्य रकम १५ करोड रुपैयाँ कोषमा छ । उक्त रकम समेत वितरण गर्ने निर्णय भएमा बैंकले १८ प्रतिशत बोनस सेयर दिन सक्छ । मेगा बैंक यस बैंकले गत आर्थिक वर्षमा ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर दिन सक्छ । बैंकको पुँजी वृद्धि योजनामा ५२ करोड रुपैयाँको बोनस सेयर वितरण गर्ने उल्लेख गरेको थियो । एउटा विकास बैंकलाई एक्वाएर गरेका कारण बैंकको नाफामा केही वृद्धि भएकोले लक्ष्यभन्दा बढी बोनस सेयर दिन सक्ने सम्भावना देखिएको छ । सेन्चुरी बैंक यस बैंकले करिव १० प्रतिशत बोनस सेयर दिन सक्छ । पुँजी वृद्धि योजनामा गत वर्षको नाफाबाट ४६ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने उल्लेख गरेपनि बैंकको नाफा ३८ करोड रुपैयाँ मात्र भएकोले लक्ष्यअनुसार बोनस सेयर वितरण गर्ने सम्भावना छैन । सानिमा बैंक यसले गत आर्थिक वर्षमा १०५ करोड नाफा गरेको छ । आर्थिक वर्ष समाप्त हुनुपूर्व नै बैंकले हकप्रद सेयरबाट पुँजी संकलन गरेकोले बैंकको चुक्ता पुँजी करिव ४ अर्ब ६० करोड हुँदैछ । यस अवस्थामा बैंकले करिव १८ प्रतिशत बोनस सेयर वितरण गर्न सक्ने देखिन्छ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले गत वर्ष ८९ करोड रुपैयाँ खुद नाफा गरेको छ । त्यसबाट बैंकले १८ प्रतिशत बोनस सेयर दिने सम्भावना छ । यद्यमी बैंकको पुँजी वृद्धि योजनामा ११ प्रतिशत मात्र बोनस सेयरको प्रस्ताव गरिएको छ । बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ करोड रुपैयाँ छ । बैंक बोनस सेयर र हकप्रद सेयर जारी गरेर पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने तयारीमा छ । एनआईसी एशिया एनआईसी एशिया बैंकले पनि १८ प्रतिशत बोनस सेयर दिने सम्भावना छ । उसले गत आर्थिक वर्षमा १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकको सेयर पुँजी ४ अर्ब ५७ करोड रुपैयाँ छ । यस बैंकले यसअघि ३९ प्रतिशत लाभांश दिए पनि यस वर्ष भने अघिल्लो वर्षको आधा मात्र वितरण गर्ने अवस्था छ । ग्लोवल आईएमई ग्लोवल आईएमई बैंकले गत वर्ष १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको छ । त्यसबाट बैंकले सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिन सक्छ । बैंकले आफ्नो पुँजी वृद्धि योजनामा १५ देखि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने उल्लेख गरेको थियो । बैंकको चुक्ता पुँजी हाल ६ अर्ब १६ करोड रुपैयाँ छ । सिभिल बैंक यस बैंकले गत वर्ष ३३ करोड रुपैयाँ खुद नाफा गरेको छ । ३ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकले सेयरधनीलाई ८ प्रतिशतका दरले बोनस सेयर दिन सक्छ । गत वर्ष बैंकले ७ प्रतिशत बोनस सेयर दिएको थियो । एनएमबी बैंक यो बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिन सक्छ । यस बैंकको चुक्ता पुँजी ४ अर्ब ४८ करोड रहेकोले यस बैंकले पनि सेयरधनीलाई बोनस सेयर मात्र दिनेछ । प्रभु बैंक प्रभु बैंकले गत वर्ष १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा गरेको छ । नोक्सानमा रहेको ग्राण्ड बैंक एक्वाएर गरेको यस बैंकको जगेडा तथा अन्य कोषमा करिव ३६ करोड रुपैयाँ छ । चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको यस बैंकको पुँजी वृद्धि योजनामा यस पटक सेयरधनीलाई लाभांश दिने उल्लेख छैन । सिद्धार्थ बैंक यस बैंकले गत वर्ष १अर्ब २६ करोड रुपैयाँ नाफा गरेको छ । त्यस आधारमा बैंकले सेयरधनीलाई ३३ प्रतिशत लाभांश दिन सक्छ । यूनिभर्सल डेभलपमेन्ट बैंकसँग मर्ज गर्दा संचित कोषमा जम्मा भएको रकम वितरण गरेमा बैंकले ३५ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ । बैंकको चुक्ता पुँजी हाल ३ अर्ब २ करोड रुपैयाँ मात्र छ । बैंक अफ काठमाण्डू लुम्बिनी यस बैंकको गत वर्ष ७५ करोड रुपैयाँ खुद नाफा गरेको छ । त्यसका आधारमा बैंकले १३ प्रतिशत मात्र बोनस सेयर दिन सक्छ । तर बैंक अफ काठमाण्डूमा लुम्बिनी मर्ज हुँदा स्वप रेसियोको फरक भएका कारण बैंकको रिर्जभमा करिव २८ करोड रुपैयाँ जम्मा भएको छ । त्यो पनि वितरण गरेमा बैंकले १८ प्रतिशत बोनस सेयर वितरण गर्न सक्छ ।