विकासन्युज

बर्मुडा ट्राएङ्गलको रहस्य खुलको बैज्ञानिकको दावी, एलियन र सुनामिका कारण दुर्घटना

वासिङ्गटन: वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलको रहस्य पत्ता लगाएको दावी गरेका छन् । वैज्ञानिकहरुले यस्तो हेक्सागोनल (छ एङ्गल भएको) बादलका कारण हुने गरेको बताएका हुन् । बर्मुडा ट्राएङ्गल आन्ध्र महासागरमा ५ लाख स्क्वायर किलोमिटरको एक भाग हो। यसको आकार ट्राएङ्गल जस्तै रहेको छ । पछिल्ला एक सय वर्षमा यसमा ७५ वटा ठूला जहाज र एक सय भन्दा साना ठूला पानीजहाज पसेर बिलाइसकेका छन् । यसक्रममा एक हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । सञ्चारमाध्यमका अनुसार बर्मुडा ट्राएङ्गलमाथि खोजी गरेका वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलमा धेरै गह्रौं बस्तु तान्न सक्ने क्षमता बादलको  हेक्सागोनल आकारका कारण विकास भएको हो । कोलोराडो स्टेट यूनिभर्सिटीका मेट्रोलोजिस्ट र्‍यान्डी क्यारभेनीका अनुसार यो बादलले ‘एयर बम’ बनाउने गरेको छ । अर्थात, हावामा बम पड्के जस्तो क्षमता पैदा गर्दछ । समाचार अनुसार र्‍यान्डी क्यारभेनी यस सिद्धान्तको विकास गर्नेहरुको वैज्ञानिकको टीमका सदस्य हुन् । बर्मुडा ट्राएङ्गलमा १७० माइल करिब २७३ किलोमिटर) घन्टाको गतिको हावा रहेको हुन्छ । यी बादल र हावा आपसमा मिलेर जब जहाज या हवाईजहाजसँग ठोक्किन्छन् तब तिनलाई तानेर समुद्रको पिँधमा पुर्‍याउँछन् । वैज्ञानिकको दावी अनुसार बर्मुडा ट्राएङ्गलमा जम्मा हुने शक्ति समुद्रको पानीसँग ठोक्किने गरेको छ । जसबाट सुनामी भन्दा शक्तिशाली अग्लो समुद्री लहर उठ्ने गर्छ । यी लहर आपसमा ठोक्किँदा अझ धेरै शक्ति पैदा हुन्छ । यस क्रममा त्यस आसपास रहेका सबै बस्तु नष्ट हुन पुग्छन् । वैज्ञानिकका अनुसार बादल बर्मुडा द्वीपको दक्षिणी भागमा पैदा हुने गरेको छ । यो बादलले त्यसपछि करिब २० देखि ५५ माइलको यात्रा तय गर्छ । बर्मुडा ट्राएङ्गलको रहस्यबारे विश्वमा कयौं तथ्य बाहिर ल्याइएको छ । यस्तै एक सिद्धान्तमा बर्मुडा ट्राएङ्गलको शक्तिको पछाडि एलियनको हात रहेको दावी गरिएको थियो । यसै साल मार्चमा नर्वेका केही वैज्ञानिकले बर्मुडा ट्राएङ्गल रहेको समुद्रबाट मिथेन ग्यास चुहिरहेको दाबी गरेका थिए । जसको कारणले त्यहाँ विशेष किसिमको गुरुत्वाकर्षण बल बन्ने गरेको छ । के हो बर्मुडा ट्राएङ्गल  बर्मुडा ट्राएङ्गल रहेको एक खतरनाक इलाका आन्ध्र महासागरमा रहेको छ । यो फ्लोरिडाको मियामी, बर्मुडा द्वीप र प्योर्टो रिकोको स्यान जुआनबीच रहेको छ । यी तीनै स्थानलाई सीधा लाइनबाट आपसमा मिलाउँदा एक ट्राएङ्गल बन्छ। यसै इलाकालाई बर्मुडा ट्राएङ्गल भनिन्छ । यसको जम्मा क्षेत्रफल करिब ५ लाख स्क्‍वायर किलोमिटर रहेको बताइन्छ ।

कर तिर्दैनन् सिनेमा घरहरूले, महानगरपालिकाले उपत्यकाका १७ हललाई बारम्बार ताकेता गर्दा पनि कर तिरेनन

काठमाडौं ८, कात्तिक , सिनेमाघरमा फिल्म हेर्न दर्शकले तिर्ने शुल्कको २.५ प्रतिशत रकम करवापत स्थानीय निकायलाई बुजाउनुपर्ने कानुनी व्यवस्था छ। तर काठमाडौं उपत्यकामा सञ्चालित सिनेमाघरले भने कानुन अटेर गरेर कर नतिरेको सोमबारको नागरिक दैनिकमा समाचार छापिएको छ। पहिले मनोरञ्जन ऐन अनुसार सिनेमाघरले मनोरञ्जन कर तिर्दै आएका थिए। २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐन आयो। यही ऐन अनुसार २०५६ सालमा बनेको नियमावलीले मनोरञ्जन कर स्थानीय निकायले उठाउने व्यवस्था गरेको छ। मनोरञ्जन ऐन भने २०६३ सालमा खारेज भयो। २०५६ यता सबै सिनेमाघरले मनोरञ्जन कर तिरेका छैनन्। काठमाडौं महानगरपालिकामा गंगा, अष्टनारायण, जय नेपाल, कुमारी, विश्वज्योति, गोपिकृष्ण, पुष्पाञ्जली र कलंकी सिनेमा घर आफ्नै भवनमा सञ्चालित छन्। त्यसैगरी व्यापारिक मलमा क्युएफएक्स, विग सिनेमालगायतका हल सञ्चालित छन्। महानगरपालिकाका अनुसार उपत्यकामा रहेका १७ हललाई बारम्बार ताकेता गर्दा पनि कर तिरेका छैनन्।

एमालेको सूर्य र राप्रपा नेपालको गाई गुम्ने खतरा, राष्ट्रिय झण्डामा भएको चिन्ह प्रयोग गर्ने नपाइने व्यवस्था आउँदै

काठमाडौं ८, कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपा नेपालको चुनावी चिन्ह गुम्ने खतरा देखिएको छ। व्यवस्थापिका संसदमा छलफलमा रहेको राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ मा राखिएको प्रावधानका कारण एमालेको सूर्य र राप्रपा नेपालको गाई चिन्ह गुम्न सक्ने खतरा देखिएको समाचार सोमबारको नयाँ पत्रिकामा छापिएको छ। विधेयकमा राष्ट्रिय झण्डा या चिन्ह प्रयोग गर्ने राजनीतिक दल चुनावका लागि दर्ता हुन नसक्ने व्यवस्था राखिएको छ । एक सातायता संसदमा छलफलमा रहेको सो विधेयक जस्ताको जस्तै पारित भए दुबै दल आगामी चुनावका लागि दर्ता हुन सक्ने छैनन्। या त उनीहरुले चुनावी चिन्न फेर्नुपर्नेछ । गत ३० असोजदेखि सो विधेयक संसद्मा छलफलको प्रक्रियामा छ । छलफलको प्रक्रिया बढेपछि दुवै दलले चुनाव चिह्न गुम्ने आशंका गर्दै संसद्को विधेयक शाखामा प्रावधान खारेजीका लागि संशोधन प्रस्ताव दर्ता गराएका छन् । ‘त्यो व्यवस्था नयाँ दलका लागि हो कि पुराना दललाई स्पष्ट छैन,’ एमाले सांसद् रेवतीरमण भण्डारीले भने, ‘सिंगै झन्डा कि, आंशिक खण्ड भन्ने पनि स्पष्ट छैन, विधेयकको प्रावधानले दल दर्तामै रोक लगाउने देखिएपछि हामीले संशोधन हालेका हौँ ।’ संसद्ले सैद्धान्तिक सहमति जनाएर छलफलका लागि राज्यव्यवस्था समितिमा पठाएलगत्तै दुवै दलले संशोधन हालेका हुन् । विधेयक संसद्मा प्रस्तुत भएको तीन दिनभित्र संशोधन हाल्न पाउने व्यवस्थाअनुसार दुवै दलका सांसदले छुट्टाछुट्टै संशोधन हालेका हुन् । सो विधेयकमाथि एमाले सांस्द तथा पूर्वसभामुख सुवास नेम्बाङ, भानुभक्त ढकाल, राजेन्द्रप्रसाद पाण्डे, अग्नि खरेल, सीता गिरी, ममता गिरी, गणेशमान गुरुङ, कृपाराम रानाले संशोधन दर्ता गराएका छन् । यस्तै, राप्रपा नेपालका कुन्ती शाही, भाष्कर भद्रा, दिलनाथ गिरी र विक्रम थापाले संशोधन दर्ता गराएका छन् । संविधानविपरीत रहेको दाबी एमाले र राप्रपा नेपालका सांसदले संविधानविपरीत संशोधनको मस्यौदा आएको भन्दै आपत्ति जनाएका छन् । संविधानको भाग २९, धारा २६९ ९५० मा देशको धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको चुनाव चिह्न भएको दल मात्रै निर्वाचन आयोगमा दर्ता हुन नसक्ने रहेको भन्दै उनीहरूले विधेयकको व्यवस्था खारेजीको माग गरेका छन् । संविधानको व्यवस्था –कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिह्न वा झन्डा देशको धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने त्यस्तो राजनीतिक दल दर्ता हुनेछैन । विधेयकमा चुनाव चिह्नको संरक्षण विधेयको दफा ९ मा– दलको नाम, झन्डा र चिह्नको संरक्षण दफा ४ बमोजिम दर्ता भएको दलको नाम, झन्डा र चिह्न अरू कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिनेछ भन्ने व्यवस्था छ ।

एक करोड डलर ल्याउन २३ लाख खर्च, डलर अभाव भएपनि चार्टर गरेर ल्याउँदै राष्ट्र बैंक

काठमाडौं ८, कात्तिक । बजारमा नगद डलर अभाव हटाउनका लागि राष्ट्र बैंकले सिंगापुरबाट कात्तिक महनिाभित्र १ करोड डलर ल्याउने भएको छ । राष्ट्र बैंकले सिंगापुरको सीएमबी बैंकबाट डलर ल्याउने व्यवस्था मिलाउनका लागि कार्यकारी निर्देशक जनकबहादुर अधिकारीलाई केही दिन अगाडि सिंगापुर पठाएको छ । अधिकारीले सिंगापुरमा गएर गरेको सम्झौता अनुसार एकैपटक १ करोड डलर नेपाल ल्याइने छ । राष्ट्र बैंकले १ सय रुपैयाँ नोटका दरले १ करोड डलर सिंगापुरबाट चार्टर्ड गरेर ल्याउन लागेको हो । यसरी नेपालमा नगद डलर ल्याउँदा राष्ट्र बैंकलाई २३ हजार अमेरिकी डलर खर्च हुनेछ । कारोबार दैनिकबाट

तीन महिनामा दुई खर्बको विदेशी सामान नेपाल भित्रियो, निर्यात भने १८ अर्ब मात्रै

काठमाडौं ८, कात्तिक । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब २० अर्ब ६० करोड रुपैयाँबराबरका विदेशी सामान भित्रिएका छन् । निर्यात भने १८ अर्ब १० करोड रुपैयाँबराबरको मात्रै भएको छ । यो अवधिमा निर्यातभन्दा आयात ११७ गुणा बढिरहेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको भदौ र असोजमा मधेसी मोर्चा गरेको आन्दोलन र भारतको नाकाबन्दी वैदेशिक व्यावपारमा ठूलो अवरोध वेहोरेको थियो । नाकाबन्दीले न्यून मात्रै वस्तु आयात भएकोले यस वर्ष आयत उल्लेख्य बढेको तथ्यां देखिएको छ । कुल अयातको ६५ प्रतिशत भारतीय वस्तु भित्रने गरेका छन् । भारतबाट १ खर्ब ४३ अर्ब ९४ करोड रुपैयाँबराबरको वस्तु भित्रिएको छ । निर्यात भने आयातको ७ प्रतिशतमात्र छ । चीनमा निर्यातभन्दा आयत ८६ गुणा बढी छ । चीनबाट ३ अर्ब १० करोड र निर्यात ३८ करोडको मात्र छ ।  कारोबार दैनिकबाट ।

उपत्यकामा रगतको अभाव, रगत सङ्कलन कार्यक्रम नहुँदा समस्या

काठमाडौं ८, कात्तिक । केही दिनदेखि काठमाडौँ उपत्यकामा ताजा रगतको अभाव भएकाले बिरामी र उनीहरूका आफन्त समस्यामा परेका छन् । दसैँदेखि उपत्यकामा रगत सङ्कलन कार्यक्रम नभएकाले अभाव भएको रक्त सञ्चार केन्द्रले जनाएको छ । केन्द्रका उपनिर्देशक प्रकाश यादवका अनुसार सोमबारदेखि अझै अभाव हुने सम्भावना छ । शनिबार ५० युनिटका लागि रक्तदान कार्यक्रम आयोजना गरे पनि १०/१२ युनिट मात्र सङ्कलन भएको छ । हाल दैनिक साढे ३५० युनिट रगतको माग छ तर सङ्कलन भने त्यो अनुरूप नभएको केन्द्रको भनाइ छ । उपनिर्देशक यादवका अनुसार दसैँको फूलपातीसम्म एक हजार २०० युनिटभन्दा बढी रगत सङ्कलन हुने गरेकोमा अहिले १०/१२ युनिट पनि सङ्कलन भएको छैन । रगतको अभाव हुन थालेकाले रक्तदाता स्वयंसेवक र आयोजकलाई रक्तदान गर्न केन्द्रले आग्रह गरेको छ । स्वयंसेवक रक्तदाता र रक्तदान कार्यक्रम सञ्चालन गर्ने संस्थाले भने यस्ता कार्यक्रम गर्ने संस्था वा व्यक्तिलाई प्रोत्साहन गर्नुका साटो बेवास्ता गर्ने गरेकाले यो समयमा बर्सेनि रगत अभाव हुने गरेको जनाएका छन् । गोरखापत्र दैनिकबाट ।

टर्कीसको जहाज कवाडिमा विक्यो, काठमाडौमै जहाजभित्र संग्राहालय संचालन गर्दै बेद उप्रेती

काठमाडौं ८, कात्तिक । उडान भर्न मिल्ने अवस्थामा कम्तीमा २६ अर्ब नेपाली रुपैयाँ मूल्य पर्ने टर्किस एयरलाइन्सको डिजेबल एयरक्राफ्ट नेपाली पाइलट बेद उप्रेतीले खरिद गर्ने पक्कापक्की भएको छ । स्रोतका अनुसार, आइतबार उक्त जहाजको स्वामित्व लिएको टर्किस एयरलाइन्सको प्राविधिक कम्पनी टर्किस टेक्निकलले बेद उप्रेती ट्रष्टलाई जहाज बिक्रि गर्ने सम्झौता गरेको छ । मर्मत गरेर उडान गर्न नमिल्ने उक्त विमानको खरिद रकम भने दुवै पक्षले सार्वजनिक गरेका छैनन् । ‘हामीबिच खरिद रकम केही समयकालागी सार्वजनिक नगर्ने सहमति भएको छ,’ विमान खरिद गर्ने बेद उप्रेती ट्रष्ट निकट स्रोतले भन्यो । एटीआर विमानका परीक्षक तथा प्रशिक्षक पाइलट उप्रेती डडेल्धुराका हुन । हाल उनी इन्डोनेशियाको लायन एयरको विमान उडाउँछन् । दुई वर्षअघि कैलालीको धनगढीमा पाइलट उप्रेतीले डेढ करोड रुपैयाँ लगानीमा स्थापना गरेको एयरक्राफ्ट म्युजिम लोकप्रिय छ । बन्द भएको नेपाली एयरलाइन्स कस्मीक एयरको १ सय १० सिट क्षमताको फोकर विमानलाई काठमाडौंबाट तीन टुक्रा बनाई लरीट्रकमा राखेर उनले स्थापना गरेको म्युजियम त्यस भेगका स्थानिय तथा भारतको उत्तर प्रदेश र उत्तराखण्डका पर्यटकहरुकालागि अनिवार्य घुम्नै पर्ने थलो बनेको छ । यता टर्किससँग खरिद गरिने एयरबस ए–३३० विमान भने पाइलट उप्रेतीले काठमाडौं उपत्यकाभित्रै राख्ने बताएका छन् । ‘यो विमान बाहिर लैजान सकिँदैन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमै राखिने छ,’ उप्रेतीले भने । काठमाडौंमा स्थापना गरिने म्युजियमले सर्वसाधरणलाई नेपाली उडड्यन, यस्का चुनौती र अन्तर्राष्ट्रिय उड्डयनबारे जानकारी गराउने भनेको छ । ‘विश्वमै एभिएसन सम्बन्धित जनशक्तिको कमी हुँदै गएको छ, हामीले स्थापना गर्ने म्युजियमले आउँदो पुस्तालाई यस क्षेत्रमा आर्कषित गराउन उत्प्रेरणा दिने छ,’ एटीआर ७२–६०० सिरिजको विमान उडाउँदै आएका उप्रेतीले भने । कान्तिपुर दैनिकबाट ।

अर्थमन्त्री र अर्थसचिव धितोपत्र बोर्डको कार्यालयमा, ‘पूँजी बजारमा अबैध लगानी रोक्न निर्देशन’

काठमाडौं, ७ कात्तिक । उपप्रधानतथा अर्थमन्त्री कृष्णबहादुर महरा र अर्थसविच राजन खनाले आईतबार नेपाल धितोपत्र बोर्डको निरीक्षण गरेका छन् । त्यसक्रममा अर्थमन्त्री महराले जुनसुकै राजनैतिक व्यवस्थामा पुँजी बजारको भूमिका महत्वपूर्ण रहेको बताउँदै यस बजारको विकासमा जोड दिएका छन् । पुँजी परिचालनको महत्वपूर्ण अंगको रुपमा रहेको धितोपत्र बोर्डल प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन् । नियामक निकायको प्रभावकारी भूमिकाको अभावमा बजारमा अराजकता आउन सक्ने उनले बताए । बोर्डले आफ्नो क्षमता विकास गर्दै बजारमा लगानीकर्ताहरुको विश्वास बढाउने गरि काम गर्न मन्त्री महराले निर्देशन दिएको बोर्डले जनाएको छ । वर्तमान नेतृत्व बोर्डको संस्थागत क्षमता तथा प्रभावकारिता बढाउन सकारात्मक रहेको बताउदै बोर्डमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई बोर्डको भूमिका तथा उद्देश्यअनुसार उच्च मनोवल तथा सकारात्मक सोच सहित कार्यजिम्मेवारी पूरा गर्न पनि निर्देशन दिएका छन् । अर्थमन्त्रीसँगै बोर्डमा पुगेको राजस्व सचिव राजन खनालले पुँजी बजारमा अवैध सम्पत्तिको प्रवाह रोक्न सक्नुपर्ने बताए । ‘दीर्घकालीन पुँ जी परिचालनको लागि विश्वसनीय वातावरण बनाउन, पुँजीबजारलाई स्वच्छ तथा पारदर्र्शी बनाउन ऐनले धितोपत्र बोर्डलाई अधिकार दिएको छ । त्यसको प्रयोग गरेर विशेष गरी पुँजी बजारमा अवैध सम्पत्तिको प्रवाह रोक्न सक्नुपर्छ’ अर्थसचिवको भनाई उदृत गर्दै बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त कार्यक्रममा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले स्वागत गर्दै उपप्रधानमन्त्री पुँजीबजारको विकासलाई प्रोत्साहन गर्न प्रतिवद्ध हुनु भएकोले आगामी दिनमा पुँजीबजारको विकासले गतिलिने विश्वास व्यक्त गरे । यसै क्रममा अध्यक्षले बोर्डले बजार सुधार तथा विकासक लागि गरेका कार्यहरु, बजारको वर्तमान अवस्था, सुधारको पहल र विकासका समस्या तथा चुनौतिहरु सम्बन्धमा संक्षिप्त प्रस्तुती राखेका थिए ।