विकासन्युज

गोकुलले ओलीलाई भने– दुई कार्यकालको एजेण्डा तपाईंकै हो

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता रोकिन नहुने स्पष्ट पारेका छन् ।  पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै दुई कार्यकालको सीमा स्वयं ओलीले नै पार्टी विधानमा ल्याएको सम्झाइदिए । बास्कोटाले अब त्यसैमा अडिनु उचित हुने धारणासमेत व्यक्त गरे । बास्कोटाले भने, ‘दुई कार्यकालको व्यवस्था तपाईंले नै लडेर विधानमा राख्नुभएको हो, अब त्यसैलाई मान्नुपर्छ । महाधिवेशन नजिकिँदै छ, नेतृत्वको टुंगो त्यहीँ लाग्नेछ । त्यसैले विधानअनुसार अघि बढ्नुपर्छ ।’ उनले विद्या भण्डारीको पार्टी सदस्यता रोकिएको कुरामा पनि आपत्ति जनाउँदै भने, ‘विद्याजीको सदस्यता हिजो किन रोकियो ।  त्यो निर्णयमा म पहिले पनि असहमत भइनँ, अहिले पनि असहमत छु ।’ यसै सन्दर्भमा बास्कोटाले संसद् विघटनको घटनालाई पनि स्मरण गर्दै नेतृत्वले विगतका कार्यहरूको पनि समीक्षा गर्नुपर्ने संकेत पनि गरेका थिए ।

बैंकहरूको नाफा साढे १६ अर्ब रुपैयाँ, २ महिनामै ६ बैंकले गरे १ अर्ब बढी

काठमाडौं । २ महिनामा वाणिज्य बैंकहरुले साढे १६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्ममा २० वटा वाणिज्य बैंकले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।  साउन र भदौमा गरी २ महिनाको अवधिमा आधा दर्जन वाणिज्य बैंकले १ अर्ब भन्दा बढी नाफा गरको छन् । बैंकहरुमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । राष्ट्र बैंकका अनुसार ग्लोबल आइएमईले १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको हो । यस्तै, नबिल बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ, प्राइम बैंकले १ अर्ब ४ करोड ६७ लाख रुपैयाँ र एनएमबि बैंकले १ अर्ब ३ करोड ९ लाख रुपैयाँ नाफा गरेका छन् ।  दुई महिनामा लक्ष्मी सनराइज बैंकले ९७ करोड ४१ लाख रुपैयाँ, एभरेष्ट बैंकले ९१ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ५८ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८४ करोड ९० लाख रुपैयाँ, नेपाल बैंकले ८४ करोड २८ लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकले जनाएको छ ।  यस्तै, सानिमा बैंकले ७२ करोड १५ लाख रुपैयाँ, प्रभु बैंकले ६७ करोड ६० लाख रुपैयाँ, कृषि विकास बैंकले ५८ करोड ९८ लाख रुपैयाँ, सिटिजन्स बैंकले ५५ करोड ७६ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५३ करोड २२ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले ४९ करोड ५१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ४८ करोड १९ लाख रुपैयाँ, हिमालयन बैंकले ३७ करोड ७ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा गरेका छन् । 

जेनजी आन्दोलनपछि देशभरका १५० भन्दा बढी पालिका प्रभावित, यस्तो छ क्षतिको विवरण

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा देशभरका १५३ वटा नगरपालिकामा क्षति पुगेको छ । नेपाल नगरपालिका संघले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार ८० वटा पालिकामा आगजनी र ७३ वटा पालिकामा तोडफोड भएको हो । नगरपालिका संघका अनुसार पूर्ण क्षतिको विवरण भने अझै संकलन हुने क्रममै छ । जेनजी आन्दोलनको क्रममा सबैभन्दा धेरै क्षति मधेश प्रदेशका पालिकाहरूमा पुगेको छ ।  मधेश प्रदेशमा ७७ पालिका छन् । जसमध्ये ३४ पालिका कार्यालयमा आगजनी र २२ वटा कार्यालयमा तोडफोड भएको छ । २३ पालिकामा भने कुनै क्षति पुगेको छैन । त्यसपछि सबैभन्दा धेरै क्षति कोशी प्रदेशका पालिकाहरूमा भएको छ । कोशी प्रदेशमा ४९ वटा पालिका रहेको छ । जसमध्ये १९ वटा पालिकामा आगजनी र ७ वटामा तोडफोड भएको छ ।  बागमती प्रदेशका २२ पालिकामा क्षति पुगेको छ । जसमा १२ पालिकामा तोडफोड र १० वटा पालिकाको कार्यालयमा आगजनी भएको छ । लुम्बिनीका ८ वटा पालिकामा आगजनी, १६ वटा पालिकामा तोडफोड भएको छ ।  यस्तै, गण्डकीका २ वटा पालिकामा आगजनी, ३ वटा पालिकामा तोडफोड भएको छ । यसैगरी, कर्णालीका एउटा पालिकामा आगजनी र ५ वटा पालिकामा तोडफोड भएको छ । यस्तै सुदूरपश्चिमका ६ वटा पालिकामा आगजनी, ८ वटा पालिकामा तोडफोड भएको छ । संघको प्राराम्भिक तथ्यांकअनुसार सप्तरीमा ९ वटा नगरपालिकामध्ये ७ वटामा आगजनी र २ वटा नगरपालिकामा तोडफोड भएको छ । कञ्चनरूप नगरपालिकाको भवनसहित त्यहाँका मेयरको घरमासमेत आगजानी भएको थियो । आगजनी हुँदा पालिका भवन र नगरप्रमुखको व्यक्गित सम्पति पूर्ण रूपमा जलेर नष्ट भएको छ । खडक नगरपालिकाको भवनमा तोडफोडसहित आगजनी हुँदा भवनभित्र रहेका सबै कागजात जलेका छन् भने सवारी साधनमा पनि क्षति पुगेको छ । डाक्नेश्वरी नगरपालिकाको वडा न १० कार्यालयमा आगजनी भएको छ । बोदे बरसाइन नगरपालिकाको कार्यालयमा तोडफोड, आगजनी र सवारीसाधनमा क्षति पुगेको छ । राजविराज र शम्भुनाथ नगरपालिकाको कार्यालयमा तोडफोड, आगजनी र सवारी साधनमा क्षति पुगेको छ ।  सप्तकोशी नगरपालिकाको भवन र सवारी साधनमा तोडफोड भएको छ भने प्रमुखको व्यक्तिगत सम्पत्तिमा क्षति पुगेको छ । सुंरुगा नगरपालिकाको घुम्ती सार्वजनिक शौचालयमा सामान्य आगजनी भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिकामा सामान्य क्षति पुगेको छ । सिरहाको ८ वटा नगरपालिकामध्ये एउटा पालिकाबाहेक सबैमा तोडफोड र आगजनी भएको छ । कल्याणपुर नगरपालिकामामा आगजनी र तोडफोेड हुँदा ९० प्रतिशत क्षति पुगेको छ । गोलबजार, धनगढीमाई, मिर्चैया,  सुखीपुर र लाहान नगरपालिको कार्यालयमा तोडफोड, आगजनी र सवारी साधनहरूमा क्षति पुगेको छ । कार्यालय भवनमा आगजनी हुँदा यी पाँच वटै पालिकाका आवश्यक कागजात पनि नष्ट भएको छ । सिरहा नगरपालिकाको नयाँ भवनमा क्षति नपुगेको छ पुरानो भवन पूर्ण रुपमा क्षति भएको छ । साथै भवनभित्र रहेका सम्पूर्ण कागजात खरानी भएको छ । सिरहाको कर्जन्हा नगरपालिकामा भने कुनै क्षति पुगेको छैन । नगरपालिका संघको प्रारम्भिक तथ्यांकअनुसार धनुषाको १२ वटा पालिकामध्ये जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका, विदेह नगरपालिकामा सबैभन्दा धेरै क्षति र ती वटामा आंशिक क्षति पुगेको छ । कमला नगरपालिकाको भवन पूर्ण रूपमा क्षति पुगेको छ । त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका  र विदेश नगरपालिकाको कार्यालयमा आगजनी तोडफोड र सवारी साधनमा क्षति पुग्नुका साथै अतिआवश्यक सबै कागजत नष्ट भएको छ । क्षिरेश्वर नगरपालिकामा सामान्य ढुंगामुढा, गणेशमान चारनाथ नगरपालिकामा ढुंगामुढा र केही कागजपत्र चोरी, नगराइन, मिथिला र मिथिला विहारी  नगरपालिकामा आंशिक क्षति पुगेको छ । बाँकी नगरपालिकारुमा कुनै क्षति पुगेको छैन । हंसपुर नगरपालिकाको मेयरको घरमा भने तोडफोड र लुटपाट भएको छ ।  महोत्तरीका १० वटा नगरपालिकामध्ये एउटा पालिकामा आंशिक क्षति र दुईवटा पालिकामा सामान्य क्षति पुगेको छ । बाँकी पालिकामा भने कुनै क्षति भएको छैन । गौशाला नगरपालिकामा आंशिक क्षति, भंगाहा नगरपालिका र रामगोपालपुर नगरपालिकामा सामान्य क्षति पुगेको छ । सर्लाहीका ११ नगरपालिकामध्ये ६ वटा पालिकाको कार्यालयमा आगजनी भएको छ । गौर नगरपालिकाको गाडीमा तोडफोड भएको छ । रौतहटका ९ पालिकामध्ये ३ वटामा आगजनी २ वटामा तोडफोड भएको छ । बाराका ७ पालिकाहरुमध्ये तीनवटा पालिकाको भवन पूर्ण रुपमा क्षति पुगेको छ । कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिकार निजगढ नगरपालिकाको कार्यालयमा आगजनी हुँदा पूर्ण रुपमा क्षति पुगेको छ । कोल्हवी, सिम्रौनगढ, पचरौता, नगरपालिका आंशिक क्षति भएको छ । पर्साको विरगञ्ज महानगरपालिकाको कार्यालय पूर्ण रुपमा क्षति पुगेको छ । बाँकी पालिकामा तोडफोड भई आंशिक क्षति पुगेका छन् । कोशी प्रदेशअन्तर्गत ताप्लेजुङको फुङलिङ नगरपालिकाको कार्यालय भवनमा तोडफोड, पाँचथरको इलाम नगरपालिकाको कार्यालय भवनमा आगजनी, इलामको माई नगरपालिकामा आगजनी भएको छ । झापाको ८ वटा नगरपालिकामध्ये अर्जुनधारा र शिवसताक्षि नगरपालिका कार्यालय भवनमा तोडफोड र बाँकीमा आगजनी भएको छ । सुनसरीको बराह नगरपालिकाको तीन वटा वडामा जनप्रतिनिधिहरुको घरमा आगजनी भएको छ ।  बागमती प्रदेशअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिकाको भवन र अन्य चार वटा कार्यालयमा पूर्ण क्षति पुगेको छ । काठमाडौंको कागेश्वर मनोहराको नगरपालिका भवन, वडा नं ६, ७ र ९ मा आगनजी, काठमडौं महानगरपालिका वडा नं ३२ को वडा कार्यालयमा पनि क्षति पुगेको छ । त्यस्तै किर्तीपुर नगरपालिका भवन, वडा नं ४ पूर्ण क्षति र ३,५ र ९ वडामा आंशिक क्षति पुगेको छ । गोकर्णेश्वर नगरपालिकाको १, ३ र ५ वडामा तोडफोड, चन्द्रगिरी नगरपालिका भवन र वडा नं २ को कार्यालयमा तोडफोड गरिएको छ । त्यसैगरी काठमाडौंकै टोखा नगरपालिका वडा नं ११ मा आगजनी, ८ र ९ वडामा तोडफोड भएको छ । तारकेश्वर नगरपालिका भवन, वडा नं १०, ११ र १४ वडामा आगजनी, दक्षिणकाली नगरपालिका भवनमा तोडफोड, वडा नं ७ का का प्रमुखको घरमा आगजनी र वडा नं ३ र ४ मा तोडफोड गरिएको छ  । त्यस्तै, बुढानीलकण्ठ नगरपालिका वडा नं १०, ११ र १२ मा आगजनी भएको । सूर्यविनायक नगरपालिकाको भवन, वडा नं ४ र ७ मा आगजनी, गोदावरी नगरपालिका १२ र १४ वडामा तोडफोड गरिएको छ । ललितपुर महानगरपालिका वडा नं १ मा तोडफोड, मकवानपुरको हेटौडा उपमहानगरपालिका भवन, वडा न. ३,४, १०,११, १३, १५ र १९ मा आगजनीसहित तोडफोड भएको छ । कालिका नगरपालिका भवन तोडफोड र वडा कार्यालयमा आगजनी र चितवनको राप्ती नगरपालिका भवन तोडफोड, वडा कार्यालय १० र १३ बाहेकमा आगजनी  गरिएको छ । गण्डकी  र लुम्बिनी प्रदेशका पालिकाहरुमा तुलानात्मक रुपमा कम क्षति पुगेको छ । कास्कीको पोखरा महानगरपालिका भवनमा आगजनी, तनहुँको शुक्लागण्डकी नगरपालिकामा तोडफोड गरिएको छ । उक्त पालिकाको वडा न ८ मा आगजनी हुँदा पूर्ण रुपमा क्षति पुगेको छ । नवलपुरको वडा नं ११ र १३ मा सामान्य तोडफोड र बागलुङको वडान १२ मा सामान्य तोडफोड भएको छ । लुम्बिनीप्रदेशअन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, सितगंगा नगरपालिका, नवलपरासीको बर्दघाट नगरपालिका, रामग्राम नगरपालिकामा तोडफोड गरिएको छ । त्यस्तै रुपन्देहीको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिकामा तोडफोडसहित आगजनी गरिएको छ । कपिलवस्तुक ६ वटै पालिकाहरुमा भवनमा तोडफोड गरिएको छ । दाङको लमही नगरपालिका, बर्दियाको बाँसगढी नगरपालिकामा तोडफोड भएको छ । बाँकेको कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र गुलरिया नगरपालिकामा आगनजी गरिएको छ ।  कर्णाली प्रदेशअन्तर्गत रुकुमपश्चिमको आठबिसकोट नगरपालिका भवनमा सामान्य क्षति पुगेको छ । सल्यानको शारदा नगरपालिकाका प्रमुखमाथि सामान्य कुटपिट, जुम्लाको चन्दननाथ नगरपालिका, जाजरकोटको आठबीस नगरपालिका, दैलेखको पञ्चपुरी नगरपालिका र कर्णालीको भेरीगंगा नगरपालिकामा तोडफोड गरिएको छ । विरेन्द्रनगर नगरपालिकामा आगनजी भएको छ । सुदूरपश्चिममा भएका पालिकाहरूमध्ये डोटीको गौरीगंगा नगरपालिका, कैलालीको घोडाघोडी नगरपालिका, टिकापुर नगरपालिका, कञ्चनपुरको पुनर्वास नगरपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिमा आगजनी गरिएको छ ।  अछामको मंगलसेन नगरपालिका, बझाङको बुंगल नगरपालिका, डोटीको दिपायल सिलगढी, कैलालीको लम्की चुहा, दार्चुलाको शैल्यशिखर, डढेलधुराको अमरगढी नगरपालिका, कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा तोडफोड भएको संघको प्रारम्भिक तथ्यांक छ । 

कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, करिब १० अर्ब रुपैयाँ लाग्ने

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ ।  गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको र अन्तराष्ट्रिय खेल तथा पर्यटन प्रवर्धनमा समेत यसको योगदान उल्लेखनीय हुने देखिएकाले गुरुयोजना स्वीकृत गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरिएको बताए । रङ्गशालाको विकास र आधुनीकरण नेपालका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको, अन्तर्राष्ट्रिय खेल खेलाउन सुविधा सम्पन्न क्रिकेट रङ्गशाला चाहिएकाले गुरुयोजना बमोजिम स्रोत सुनिश्चित गरी निर्माण अगाडि बढाउने निर्णय गरिएको मन्त्री घिसिङले उल्लेख गरे ।  घिसिङले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा जग्गासम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कनलाई अन्तिम रूप दिने र गुरुयोजना बमोजिम रगशाला विस्तारका लागि दोस्रो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त भएको बताए ।  केही दिन अघि रङ्गशालाको पहिलो चरणको निर्माण बारे स्थलगत निरीक्षणमा जानु भएका मन्त्री घिसिङले गुरुयोजना बमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव हुन नदिने गरी रङ्शाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताएका थिए । त्रिवि र नेपाल क्रिकेट संघबीचको क्रिकेट मैदान प्रयोग गर्न भएको जग्गा करार सम्झौताको म्याद २०८३ वैशाखमा सकिँदैछ । मन्त्रिपरिषद् बैठकले गुरुयोजना आवश्यक जग्गा प्राप्तिका लागि प्रचलित कानुन बमोजिम रङ्गशालाको रुपमा प्रयोग गर्न त्रिवि तथा युवा खेलकुद मन्त्रालय/राष्ट्रिय खेलकुद परिषद्बीच सम्झौता गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।  हाल रङ्गशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन् । आगामी १ मङ्सिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) भन्दा अगावै रङगशाला निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।

इलामका बाढीपीडितका लागि मोरङ उद्योग व्यापार संघले गर्‍यो २५० थान कम्बल हस्तान्तरण

विराटनगर । हालैको भीषण वर्षा र बाढी–पहिरोबाट प्रभावित इलामका बाढीपीडितका लागि मोरङ उद्योग व्यापार संघले २५० थान कम्बल सहयोग गरेको छ। संघले बिहीबार राहत स्वरूप पठाइएका कम्बलहरू उद्धार कार्यमा संलग्न स्रष्टा नेपालकी अध्यक्ष बिन्दीया कार्कीमार्फत हस्तान्तरण गरेको हो । कम्बल हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष अनुपम राठी, निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालका साथै संघका अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो । अध्यक्ष राठीले सहयोग सानो भए पनि पीडित समुदायको दु:खमा सघाउने प्रयास भएको बताए । त्यस्तै, निवर्तमान अध्यक्ष रिजालले इलाममा दर्जनौं नागरिकले ज्यान गुमाउनु परेकोप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले राहत र पुनःस्थापनामा तीव्रता ल्याउनुपर्ने बताए ।

बीवाइडीको १ करोड ४० लाख गाडी उत्पादन

काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी बीवाइडीले एक करोड ४० लाख गाडी उत्पादन गरेको अवसरमा ब्राजिलको बाहिया राज्यको कामाकारी सहरस्थित आफ्नो सवारी उत्पादन केन्द्रमा विशेष कार्यक्रम आयोजना गरेको छ ।  उक्त अवसरमा उत्पादन गरिएको सङ प्रो नामक प्लग–इन हाइब्रिड बीवाइडी कार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डी सिल्भालाई हस्तान्तरण गरिएको थियो । बिवाइडीका अनुसार यो उपलब्धि कम्पनीको अन्तर्राष्ट्रिय विस्तारको क्रममा एक महत्त्वपूर्ण चरण हो । कामाकारीमा रहेको कारखाना एसियाभन्दा बाहिर बीवाइडीको सबैभन्दा ठूलो र ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी उत्पादन केन्द्र हो ।  दक्षिण चाइना मर्निङ पोस्टका अनुसार यो परियोजनामा ५.५ अर्ब ब्राजिलियन रियाल (झण्डै ९७८ मिलियन अमेरिकी डलर) लगानी गरिएको छ । समारोहमा ब्राजिलका उपराष्ट्रपति जेराल्डो आल्कमिन, ब्राजिलस्थित चिनियाँ राजदूत झु छिङछियाओ, विभिन्न राज्य तथा स्थानीय अधिकारीहरूको उपस्थिति थियो । बीवाइडीले यो उपलब्धिलाई आफ्नो वैश्विकरण अभियानको नयाँ अध्याय बताएको छ । कम्पनीले अबका दिनहरूमा स्थानीय उत्पादन संयन्त्रसँगै अन्तर्राष्ट्रिय विस्तारलाई अझ सुदृढ गर्ने तथा इनोभेसन, विद्युतीकरण र दिगोपनतर्फ सवारी उद्योगको रूपान्तरणलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । हालसम्म बीवाइडीका छ वटा विदेशी कारखाना छन् । जसमा ब्राजिल, थाइल्याण्ड, हंगेरी, उज्बेकिस्तान, मलेसिया र कम्बोडियामा बिवाइडीका कार उत्पादन भइरहेका छन् ।  ब्राजिलमा मात्र कम्पनीले तीन वर्षभित्र एक लाख ७० हजारभन्दा बढी सवारी बिक्री गरिसकेको छ । सेप्टेम्बर २०२५ मा मात्रै १० हजारभन्दा बढी सवारी बिक्री भएको छ भने जनवरीदेखि सेप्टेम्बरसम्म ७७ हजारभन्दा बढी बिक्री भएको बीवाइडीले जनाएको छ ।  

डिशहोम सातौं बाह्रखरी कथा प्रतियोगिता, २०८२ घोषणा,  प्रथम पुरस्कार २ लाख रुपैयाँ

काठमाडौं । बाह्रखरी मिडियाले ‘डिशहोम सातौं बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का लागि कथा आह्वान गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता घोषणा गरेको हो । यस वर्ष बाह्रखरी मिडियाले पुरस्कार राशिमा बृद्धि गरेको छ । प्रतियोगितामा उत्कृष्ट तीन कथालाई क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।  साथै संग्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप दिइनेछ । बाह्रखरी मिडियाले विगत ६ वर्षदेखि कथा लेखनको सम्वर्धन र प्रवर्द्धनका लागि यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।  यस प्रतियोगिताले नयाँ प्रतिभाहरूलाई उजागर गर्न र नेपाली कथालेखनलाई थप प्रोत्साहन दिन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत महसुल बक्यौता

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टील इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेको छ ।  उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको प्रिमियम महसुलको कुल १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँको एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ ।  उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । यसैगरी, १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रहेको सिमराकै अर्को अशोक स्टीलले पनि पहिलो किस्ता बुझाएको छ । अशोकले २८ किस्ताको सुविधा लिई ६३ लाख रुपैयाँ बुझाएको हो ।