विकासन्युज

लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णय कानुनी दण्डहीनतालाई प्रोत्साहन : बार

काठमाडौं । नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयको लामिछानेको उक्त मुद्दा फिर्ता लिने निर्णय अनुचित भएको जनाएको हो । ‘अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरणले दण्डहीनतालाई प्रश्रय दिई फौजदारी न्यायको आत्मा मार्ने भएकाले कानुनी शासनको प्रत्याभूतिका लागि उक्त निर्णयको विरोध गर्दछौं,’ बारले भनेको छ, ‘अतः उल्लिखित निर्णय तत्काल फिर्ता लिनका लागि समेत यस एसोसिएसन माग गर्दछ ।’ बारले फौजदारी न्याय प्रशासन स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुनुपर्दछ भन्ने मान्यता बारले निरन्तर दिँदै आएको र मुद्दा फिर्तासम्बन्धी उक्त निर्णय प्रचलित कानुनी व्यवस्था र यसअघि सर्वोच्च अदालतले मुद्दा फिर्तासम्बन्धी प्रतिपादन गरेका सिद्धान्तविपरीत भएको जनाएको छ । ‘यस प्रकारको छनोटपूर्ण निर्णयले अदालतको क्षेत्राधिकार समेतमा आघात पुगी स्वतन्त्र न्यायापलिकाको अवधारणामा नै असर पुर्याउँदछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस विषयले फौजदारी न्याय प्रणालीमा नै गम्भीर विचलन ल्याई कानुनको शासनको उल्लङ्घन भई कार्यकारीको स्वेच्छाचारितालाई बढावा दिने स्पष्ट छ ।’ महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछानेको ठगी तथा सहकारी ठगीमा दाबी गरिएको अभियोग कायम गरी सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन हुनेगरी स्वीकृति दिने निर्णय गरेको थियो ।

तीन बैंकका सीईओको तलब सुविधा ह्वात्तै घट्यो, ८ बैंकका सीईओको राम्रै बढ्यो

काठमाडौं । ‘बैंकमा जागिर पाए जिन्दगी सेट हुन्छ,’ यो वाक्य धेरैले भन्ने गर्छन् । कतिपयले त बैंकको जागिरलाई सपनाको रूपमा बोकेका पनि हुन्छन् । नियमित तलब, सुरक्षित भविष्य र आकर्षक सेवा सुविधाले बैंकिङ क्षेत्रलाई अधिकांशले पहिलो रोजाइमा राख्छन् । कर्मचारीले पाउने सेवा सुविधा, स्थायित्व र पारदर्शिताका कारण पनि धेरैको पहिलो रोजाइ बैंकिङ नै हुने गरेको छ । विशेषगरी बैंकका उच्च तहका व्यवस्थापक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले पाउने करोडौं रुपैयाँ तलब, भत्ता सुन्दा जो-कोहीलाई पनि बैंकिङ क्षेत्रमा काम गर्ने इच्छा जाग्नु स्वाभाविक हो ।  बैंक तथा वित्तीय संस्थाका सीईओहरूको तलब, भत्ता सामान्य कर्मचारीको तुलनामा निकै उच्च हुने भएकाले यस विषयमा समय-समयमा सकारात्मक र नकारात्मक दुवैखाले बहस हुँदै आएको छ । कतिपयले उच्च जिम्मेवारी, जोखिम र परिणाममुखी भूमिकाको आधारमा सीईओको पारिश्रमिक उचित ठान्ने गरेका छन् भने केहीले यसलाई अत्यधिक भन्दै आलोचना गर्ने गरेका छन् । यद्यपि बैंकिङ क्षेत्रबाहेक अन्य निजी क्षेत्रका कार्यकारी प्रमुखहरूले पनि करोडौं रुपैयाँ पारिश्रमिक लिँदै आएका छन् । तर बैंकिङ क्षेत्र तुलनात्मक रूपमा बढी पारदर्शी भएकाले सीईओको तलब, भत्ता र अन्य सेवासुविधा वार्षिक वित्तीय प्रतिवेदनमार्फत सार्वजनिक हुने गर्छन् । यही पारदर्शिताका कारण बैंकका सीईओहरूको पारिश्रमिक सधैं सार्वजनिक बहसको केन्द्रमा रहने गरेको देखिन्छ । गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकका सीईओहरूले तलब, भत्ता, बोनस तथा अन्य सुविधा बापत करोडौं रुपैयाँ पारिश्रमिक बुझेका छन् । बैंकको आकार, नाफा, स्वामित्व संरचना तथा करार सर्तअनुसार सीईओहरूको पारिश्रमिकमा  देखिन्छ । गोरख राणा स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा सीईओलाई तलब, भत्ता तथा बोनस बापत ५ करोड ६३ लाख ७१ हजार १३१ रुपैयाँ भुक्तानी दिएको छ । जसमध्ये ४ करोड ५५ लाख २६ हजार ९५६ रुपैयाँ पूर्वसीईओ अनिर्वाण घोष दास्तिदार र १ करोड ८ लाख ४४ हजार १७५ रुपैयाँ सीईओ गोरख गोरख शमशेर राणालाई भुक्तानी गरेको बैंकले जनाएको छ ।  दास्तिदारको कार्यकाल विसं २०८१ पुस १६ गते समाप्त भएको थियो । तर, पुस १७ गतेदेखि लागू हुने गरी हाल बैंकको सीईओमा राणा कार्यरत छन् । राणा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीईओ बन्ने पहिलो नेपाली नागरिक हुन्। अशोक शेरचन प्रभु बैंकले गत वर्ष सीईओ अशोक शेरचनलाई ४ करोड ३४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब भत्ता बापत ३ करोड १७ लाख १२ हजार रुपैयाँ, कर्मचारी बोनस बापत ७० लाख ३३ हजार रुपैयाँ र दशै तथा बिदा भत्ता बापत ४७ लाख ३३ हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ ।  तलव र भत्ता बाहेक सीईओलाई इन्धन र मर्मत सम्भार सहित सवारी साधन, दुर्घटना बीमा, औषधोपचार बीमाको व्यवस्था गरिएको छ । साथै मोबाइल फोनको भुक्तानी गर्ने व्यवस्था समेत बैंकले गर्ने गरेको छ । ज्योति प्रकाश पाण्डे नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले गत वर्ष सीईओ ज्योति प्रकाश पाण्डेलाई ३ करोड ८९ लाख ३९ हजार ५२६ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब बापत १ करोड ६० लाख ७६ हजार ५२ रुपैयाँ, भत्ता बापत १ करोड ७ लाख १७ हजार ३५६ रुपैयाँ, दशैँ भत्ता बापत २२ लाख ३२ हजार ७८४ रुपैयाँ, सञ्चय कोष बापत १६ लाख ७ हजार ६०५ रुपैयाँ र बोनस बापत ८३ लाख ५ हजार ७२९ रुपैयाँ प्रदान गरेको छ । मनोज ज्ञवाली नबिल बैंकले गत वर्ष तलबभत्ता बापत सीईओलाई २ करोड ४० लाख ७ हजार १९१ रुपैयाँ भुक्तानी गरेको छ । बैंकले सीईओलाई खुद तलब बापत् १ करोड १७ लाख ५० हजार ६४५ रुपैयाँ, अन्य लाभ तथा सुविधाबापत ८२ लाख ९८ हजार ६२३ रुपैयाँ र निवृत्त लाभबापत ३९ लाख ५७ हजार ९२२ रुपैयाँ भुक्तानी गरेको हो ।  बैंकका अनुसार उक्त तलब सुविधा हालका सीईओ मनोज ज्ञवाली र पूर्वसीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले बुझेका हुन् । हालका सीईओ ज्ञवालीले १८ लाख २५ हजार १६५ रुपैयाँ र पूर्वसीईओ ढुंगानाले २ करोड २१ लाख ८२ हजार २४ रुपैयाँ भुक्तानी गरिएको बैंकले जनाएको छ ।  साथै गत वर्ष सीईओलाई प्रतिमहिना २ हजार ५ सय रुपैयाँसम्मको सञ्चार सुविधा, गाडी र इन्धनको वास्तविक खर्च बमोजिमको सुविधाको अतिरिक्त कुल ८६ लाख ५७ हजार १३८ रुपैयाँ सेवा सुविधा प्रदान गरिएको बैंकले जनाएको छ ।  सुरेन्द्र राज रेग्मी   ग्लोबल आइएमई बैंकले गत वर्ष सीईओलाई २ करोड ३६ लाख ६९ हजार रुपैयाँ भुक्तानी गरेको छ । उक्त तलब सुविधा सीईओ सुरेन्द्रराज रेग्मी र पूर्वसीईओ रत्नराज बज्राचार्यले लिएका हुन् । विसं २०८१ साउनमा कार्यकाल पुरा गरी बज्राचार्य बैंकको सेवाबाट अलग भएका थिए । साथै, विसं २०८१ भदौं १ गतेदेखि बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त भएर कार्यरत छन् । बैंकका अनुसार गत वर्ष सीईओ रेग्मीले तलब बापत ६९ लाख ६३ हजार रुपैयाँ, भत्ता बापत ४६ लाख २०  हजार रुपैयाँ, सञ्चय कोषबापत ६ लाख ८६ हजार ३ सय रुपैयाँ, बिदा बापत ६ लाख ९० हजार ४९१ रुपैयाँ र दशैँ भत्ता बापत १० लाख ५३ हजार रुपैयाँ गरी कुल १ करोड ४० लाख २२ हजार रुपैयाँ लिएका छन् । साथै, उनले कर्मचारी बोनसबापत ३० लाख ३१ हजार रुपैयाँ बैंकबाट भुक्तानी पाएका छन् ।  यस्तै, गत वर्ष पूर्वसीईओ बज्राचार्यले तलब बापत ६ लाख ३३ हजार रुपैयाँ, भत्ता बापत ४ लाख २० हजार रुपैयाँ, सञ्चय कोषबापत ६३ हजार ३ सय रुपैयाँ, बिदा बापत ३ लाख ६२ हजार ५०८ रुपैयाँ गरी कुल १४ लाख ७८ हजार रुपैयाँ लिएका छन् । साथै, बज्राचार्यले कर्मचारी बोनसबापत ५१ लाख ३६ हजार रुपैयाँ बैंकबाट भुक्तानी लिएका थिए । यस्तै, बैंकले टेलिफोन र मोबाइल खर्च बापत २२ हजार २२० रुपैयाँ, सवारी साधन मर्मतबापत ४३ हजार १९८ रुपैयाँ र इन्धनबापत १ लाख ८७ हजार ७२५ रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ । गोविन्द घिमिरे  एनएमबि बैंकले सीईओलाई गत वर्ष तलब तथा पारिश्रमिक बापत २ करोड ३६ लाख ४ हजार ३१७ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । उक्त तलब तथा भत्ता हालका सीईओका गोविन्द घिमिरे र पूर्वसीईओ सुनिल केसीले बुझेका हुन् ।  बैंकका अनुसार सीईओ घिमिरेले तलबबापत १७ लाख ८९ हजार २०८ रुपैयाँ, सञ्चय कोषबापत १ लाख ७८ हजार ९२१ रुपैयाँ, भत्ता बापत २२ लाख ९३ हजार ३१० रुपैयाँ र अन्यबापत ७ लाख ३३ हजार ५२४ हजार रुपैयाँ गरी कुल ४९ लाख ९४ हजार ९६४ रुपैयाँ बुझेका छन् ।  यस्तै, पूर्वसीईओ केसीले तलबबापत ६९ लाख ६७ हजार ७४२ रुपैयाँ, सञ्चय कोषबापत ६ लाख ९६ हजार ७७४ रुपैयाँ, भत्ता बापत ७१ लाख ४५ हजार १६१ रुपैयाँ, बोनस तथा वेल्फेयरबापत ३७ लाख ६४ हजार ८३७ रुपैयाँ र अन्य सेवा सुविधाबापत ३४ हजार ८३९ रुपैयाँ गरी कुल १ करोड ८६ लाख ९ हजार ३५३ रुपैयाँ भुक्तानी लिएका हुन् ।  सुदेश खालिङ एभरेष्ट बैंकले सीईओ सुदेश खालिङलाई गत वर्ष २ करोड २३ लाख ७२ हजार ८२३ रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओ खालिङलाई २ करोड २१ लाख ७२ हजार रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको थियो । अशोक राणा  हिमालयन बैंकले गत वर्ष सीईओ अशोक राणालाई २ करोड १३ लाख ९० हजार १६७ रुपैयाँ तलब भत्ताबापत भुक्तानी गरेको छ । जसमा तलबबापत १ करोड ८६ लाख रुपैयाँ, भत्ताबापत १५ लाख ५० हजार रुपैयाँ, टेलिफोन तथा मोबाइल खर्चबापत ५ लाख २४ हजार ९८८ रुपैयाँ र विविधबापत ७ लाख १५ हजार १७९ रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ ।  बैंकका अनुसार सीईओलाई इन्धन, मर्मतसंभार सहित सवारी साधन र चालक समेत व्यवस्था गरिएको छ । सीईओलाई करार बमोजिम दुर्घटना र औषधोपचार बीमा, फोनको भुक्तानी बैंकले गर्दै आएको छ । साथै सीईओको खानेपानी तथा बिजुलीको महशुल बैंकबाट स्वीकृत सीमामा रही सोधभर्ना दिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।  राम कुमार तिवारी नेपाल एसबिआई बैंकले गत वर्ष सीईओलाई १ करोड ८७ लाख ६१ हजार ५०९ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ । उक्त तलब भत्ता बैंकका सीईओ राम कुमार तिवारी र पूर्वसीईओ दिपक कुमार देले बुझेका हुन् । तिवारी विसं २०८१ माघ २ गतेदेखि बैंकको सीईओको भूमिकामा छन् ।  सञ्जीव मानन्धर प्राइम कमर्सियल बैंकले गत वर्ष सीईओ सञ्जीव मानन्धरलाई १ करोड ७८ लाख ६१ हजार ४ सय रुपैयाँ भुक्तानी गरेको छ । जसमा उनलाई तलब बापत ८७ लाख ८४ हजार रुपैयाँ, भत्ता बापत ६९ लाख ९९ हजार रुपैयाँ, दशैँ भत्ताबापत १२ लाख रुपैयाँ र सञ्चय कोषबापत ८ लाख ७८ हजार ४ सय रुपैयाँ प्रदान गरिएको हो । साथै कार्यालय प्रयोजनको लागि चालक, इन्धन र मर्मतसम्भारसहित गाडी सुविधा र नियमानुसार मोबाइल विलको भुक्तानी बैंकले गर्दै आएको जनाएको छ ।  रामचन्द्र खनाल कुमारी बैंकले गत वर्ष सीईओ रामचन्द्र खनाललाई १ करोड ७५ लाख ९५ हजार रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलबबापत १ करोड ६३ लाख ५ हजार ६ सय रुपैयाँ, दसैँसहितको भत्ता १२ लाख ९० हजार रुपैयाँ रहेको छ । बैंकका अनुसार जीवन बीमा, चिकित्सा बीमा, भत्ता तथा दुर्घटना बीमाको कभरेज प्रदान गरिँदै आएको छ । बैंकले वितरण गर्ने सबै तलब, भत्ता र अन्य सुविधाहरू प्रचलित कानुनअनुसार लागू हुने कर कटौतीको अधीनमा रहने जनाएको छ ।  रामेश्वरप्रसाद बस्याल  सिद्धार्थ बैंकले सीईओलाई गत वर्ष १ करोड ७३ लाख ९२ हजार ६७२ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब बापत ९९ लाख ३७ हजार ७२८ रुपैयाँ, भत्ता बापत ४० लाख ८० हजार रुपैयाँ, दशैँ भत्ता बापत ११ लाख ६८ हजार १४४ रुपैयाँ, वार्षिक बिदा भत्ता बापत ४ लाख ५० हजार रुपैयाँ र सवारी साधन भत्ता बापत १७ लाख ५६ हजार ८ सय रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ । उक्त तलब भत्ता सबै बैंकका पूर्वसीईओ सुन्दरप्रसाद कँडेलले बुझेका हुन् । हाल बैंकको सीईओमा रामेश्वरप्रसाद बस्याल कार्यरत छन् । उनी पुस २५ गतेदेखि बैंकको सीईओमा ४ वर्षका लागि नियुक्त भएका हुन् । बैंकका अनुसार सीईओलाई पत्रपत्रिका र इन्टरनेट महसुलको भुक्तानीबापत वार्षिक २५ हजार रुपैयाँसम्म र टेलिफोन महसुल बापत मासिक १ हजार ५ सय रुपैयाँसम्म भुक्तानी गरिएको छ । साथै, सीईओलाई बैंकले सवारी चालक, मर्मत सम्भार तथा इन्धन, सवारी कर्जा समेत प्रदान गरिएको जनाएको छ । तलब, भत्ता तथा सुविधाहरूमा प्रचलित कानुन अनुसार कर कट्टी गरेर मात्र भुक्तानी गर्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।  सन्तोष कोइराला माछापुच्छ्रे बैंकले सीईओ सन्तोष कोइरालालाई गत वर्ष १ करोड ७१ लाख ९२ हजार रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलबबापत ७४ लाख १९ हजार रुपैयाँ, भत्ताबापत ५९ लाख ६१ हजार रुपैयाँ, सुविधाबापत १७ लाख ८९ हजार रुपैयाँ र बोनसबापत २० लाख २६ हजार रुपैयाँ प्रदान गरिएको छ । बैंकको स्वीकृत नियमानुसार कर्मचारीहरुलाई उपलब्ध गराईएको दुर्घटना तथा औषधोपचार खर्चको बिमा प्रिमियम बैंकले ब्यहोर्दै आएको छ ।  गणेशराज पोखरेल सिटिजन्स बैंकका सीईओ गणेश पोखरेलले गत वर्ष कुल १ करोड ६५ लाख ३२ हजार रुपैयाँ पारिश्रमीक बुझेका छन् । बैंकले सीईओ पोखरेललाई तलबबापत ८४ लाख रुपैयाँ, भत्ताबापत ५४ लाख रुपैयाँ, दशैं भत्ताबापत ११ लाख ५० हजार रुपैयाँ, सञ्चयकोष योगदानबापत ८ लाख ४० हजार रुपैयाँ, विदाबापत भुक्तानी ७ लाख रुपैयाँ र अन्य ४२ हजार रुपैयाँ प्रदान गरेको हो । बैंकका अनुसार खुद पारिश्रमीक तथा भत्ता ९६ लाख ५६ हजार ९७६ रुपैयाँ छ । आयकरबापत सीईओ पोखरेलले ६८ लाख ७५ हजार २४ रुपैयाँ भुक्तानी गरेका छन् । यस्तै, बैंकले प्रचलित बोनस ऐन अनुसार बोनस, टेलिफोन तथा मोबाइल, इन्धन, पत्रपत्रिका र सवारी साधन सुविधा प्रदान गरिएको जनाएको छ । यस्तै, बैकसँग भएको करार अनुसार आवास कर्जा प्रदान गरिएको छ । सीईओलाई चालक, इन्धन र मर्मत संभार सहित सवारी साधनको व्यवस्था गरिएको छ । साथै दुर्घटना बीमा, औषधोपचार बीमा र आश्रित परिवारका लागि समेत औषधोपचार बीमा गरिएको बैंकले जनाएको छ ।   अजय बिक्रम शाह लक्ष्मी सनराइज बैंकले सीईओ अजय विक्रम शाहलाई गत वर्ष १ करोड ५५ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरेको छ । यसका अतिरिक्त सीईओलाई २६ लाख २९ हजार रुपैयाँ अन्य सुविधा प्रदान गरिएको बैंकले जनाएको छ । अन्य सुविधा अन्तर्गत गत वर्षको कर्मचारी बोनस समावेश गरिएको छ । यससँगै गत वर्ष बैंकले सीईओलाई कुल १ करोड ८१ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।  निश्चलराज पाण्डे सानिमा बैंकले सीईओ निश्चलराज पाण्डेलाई गत वर्ष १ करोड १९ लाख ३६ हजार रुपैयाँ पारिश्रमिक बापत भुक्तानी गरेको छ । जसमा बैंकले सीईओलाई अल्पकालीन कर्मचारी लाभ ९६ लाख रुपैयाँ, चाडपर्व भत्ता र वार्षिक बिदा बापत भुक्तानीबापत १२ लाख ८० हजार रुपैयाँ र रोजगारी पछिको लाभबापत १० लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको हो । साथै, स्वीकृत सुविधा योजना अनुसार बैंकले इन्धन, स्वास्थ्य चिकित्सा सुविधा जस्ता गैर नगद लाभहरु समेत मुख्य व्यवस्थापक कर्मचारीहरुलाई प्रदान गर्ने गरेको छ । कर्मचारी बोनस प्रचलित कानुन बमोजिम प्रदान गर्ने गरिएको बैंकले जनाएको छ । माघ १२ गतेदेखि बैंकको सीईओमा पवन कुमार आचार्यले कार्यभार सम्हाल्ने छन् ।  गोविन्द गुरुङ कृषि विकास बैंकले सीईओ गोविन्द गुरुङलाई गत वर्ष ७७ लाख ३५ हजार २ सय रुपैयाँ तलब भुक्तानी गरेको छ । जसमा प्रतिमहिना ३ लाख रुपैयाँ तलब, प्रतिमहिना १ लाख रुपैयाँ भत्ता, ३ लाख रुपैयाँ दसैँ खर्च वापत भुक्तानी गरेको हो । यस्तै, औषधि उपचार खर्च वापत ६० दिनको तलब, मासिक टेलिफोन महसूल, एकपटक १ थान मोवाईल सेट अधिकतम ५० हजार रुपैयाँसम्मको (फिर्ता गर्न नपर्ने), संचयकोषमा १ महिनाको तलब थप र बैक दिवस बापत सञ्चालक समितिको निर्णयानुसार उपलब्ध गराएको बैंकले जनाएको छ ।  देवेन्द्र रमण खनाल राष्ट्रिय वाणिज्य बैंकले सीईओ देवेन्द्र रमण खनाललाई गत वर्ष ६७ लाख १४ हजार ५१० रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलबबापत ३६ लाख रुपैयाँ, भत्ताबापत १९ लाख ९८ हजार रुपैयाँ, दशैँ भत्ताबापत ३ लाख रुपैयाँ, सञ्चयकोष योगदानबापत ३ लाख ६० हजार रुपैयाँ, सञ्चित बिदा बापत भूक्तानीबापत २ लाख २५ हजार रुपैयाँ र बोनस बाफत २ लाख ३१ हजार ५१० रुपैयाँ प्रदान गरेको छ । तिलकराज पाण्डेय  नेपाल बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेयलाई तलब, भत्ता तथा बोनस बापत जम्मा ६३ लाख १ हजार ७१७ रुपैयाँ भुक्तानी गरिएको छ । सुजित शाक्य एनआईसी एशिया बैंकले सीईओलाई गत वर्ष साढे ३ करोड रुपैयाँ हाराहारी तलब भत्ता भुक्तानी गरेको जनाएको छ ।  ‘अघिल्लो वर्षको हाराहारीमै तलभत्ता भुक्तानी गरिएको छ । गत वर्ष दसैँभत्ता, बोनस लगायत बाहेक मासिक तलब १५ लाख रुपैयाँ भुक्तानी गरेको हो । अघिल्लो वर्ष मासिक २८ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । सीईओको तलब भत्तामा त्यति धेरै घटबढ भएको छैन,’ बैंकका एक कर्मचारीले भने ।  एनआईसी एशिया बैंकले अघिल्लो आवमा सीईओलाई ३ करोड ५५ लाख ८७ हजार १९१ रुपैयाँ भुक्तानी गरेको थियो । उक्त तलब भत्ता पूर्वसीईओ रोशन न्यौपानेले बुझेका हुन् । गत कात्तिक २० गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजित शाक्य कार्यरत छन् ।   

कामना सेवा विकास बैंकले गर्‍यो श्री कोपिला माध्यमिक विद्यालयलाई कुर्सी र न्यानो कपडा वितरण

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सुर्खेत शाखाबाट वीरेन्द्रनगर नगरपालिका–९, पर्सेनीस्थित श्री कोपिला माध्यमिक विद्यालयमा कुर्सी तथा न्यानो कपडा वितरण गरेको छ । बैंकका सुर्खेत शाखा प्रमुख सुनिल आचार्यले विद्यालयका प्रधानाध्यापक टेकनारायण उपाध्यायलाई ८० थान कुर्सी र ८० जना विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरे ।  शाखा प्रमुख आचार्यले उक्त कार्यक्रमले विद्यालयमा अध्ययनरत विपन्न तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रधानाध्यापक उपाध्यायले यस मानवीय पहलप्रति खुशी व्यक्त गर्दै विद्यार्थीसँगै शिक्षक र कर्मचारीहरूको तर्फबाट बैंकलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । 

हानको हीरक जयन्त्रीमा नेपाली हस्पिटालिटीको विगत, वर्तमान र भविष्यको लेखाजोखा

काठमाडौं । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले हान स्थापना भएको ६० वर्ष पूरा भएको अवसरमा आयोजित हीरक जयन्ती तथा नेपाल सत्कार दिवसको समारोह केवल औपचारिक उत्सवमा सीमित नरहेको बताएका छन् । उनका अनुसार यो अवसर नेपाली हस्पिटालिटी उद्योगको विगत यात्राको गम्भीर समीक्षा गर्ने, वर्तमान अवस्थाको वस्तुगत मूल्याङ्कन गर्ने र आगामी दिनमा देखिने चुनौती तथा सम्भावित अवसरहरूको लेखाजोखा गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा विकसित भएको छ । सन् १९६३ मा नेपालमा पर्यटन क्षेत्र प्रारम्भिक चरणमै रहँदा अग्रज व्यवसायीहरूको पहलमा संस्थागत सहकार्य र गुणस्तरीय सेवाको आधारशिला राख्दै होटल संघ नेपालको स्थापना गरिएको थियो ।  त्यसयता छ दशकको यात्रामा नेपालले राजनीतिक परिवर्तन, प्राकृतिक विपद् र कोभिड–१९ जस्ता गम्भीर महामारीको सामना गरे पनि संघले निरन्तर रूपमा होटल तथा पर्यटन उद्योगको साझा आवाज बनेर नीतिगत सुधारका लागि प्रभावकारी पैरवी गर्दै आएको अध्यक्ष शाहले बताए । शाहका अनुसार संघले विशेषगरी खुला आकाश नीतिको पक्षमा सन् १९९० को मध्य दशकदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग जोड्न सहयोग पुर्‍याउनुका साथै ग्रामीण तथा पर्वतीय पर्यटन विस्तारमा पुलको काम गरेको छ ।  पर्यटन वर्ष घोषणा, दीर्घकालीन पर्यटन रणनीति निर्माण र संकट व्यवस्थापनका कार्यक्रमहरूमा समेत होटल संघ नेपाल सरकारको भरपर्दो साझेदारका रूपमा स्थापित भएको शाहको भनाइ छ । पर्यावरणीय दायित्वप्रति संकेत गर्दै अध्यक्ष शाहले हरित पर्यटनको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यसहित ‘से नो टु सिंगल युज प्लास्टिक’ अभियानको नेतृत्व संघले गरेको जानकारी दिए । उक्त पहललाई पछि नेपाल सरकारले आफ्ना नीतिगत मार्गदर्शनहरूमा समेत समेटेको उनले बताए । यसका साथै विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय होटल तथा रेस्टुरेन्टसम्बन्धी सम्मेलन नेपालमा आयोजना गर्ने पहलमार्फत होटल संघले नेपाली पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्न सक्रिय भूमिका खेलेको शाहले उल्लेख गरे ।

एनसेलको सहयोगमा ‘क्रिएटर्स मेला’ तीन सहरमा आयोजना हुँदै

काठमाडौं । एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्ने भएको छ । यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसरहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीले यसका लागि नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्यमा क्रिएटर्स मेला आयोजना हुन लागेको हो । यो वर्षको क्रिएटर्स मेला भोलि (२०८२ माघ ३) चितवनबाट सुरु हुँदैछ । त्यसपछि यो कार्यक्रम माघ १० गने नेपालगन्ज र माघ १६ र १७ गते काठमाडौँमा आयोजना हुनेछ । सन् २०२३ मा सुरु भए देखिनै क्रिएटर्स मेलाको साझेदारका रूपमा एनसेलले सहयोग गर्दै आएको छ । कार्यक्रमले नेपाली युवाहरूलाई कन्टेन्ट क्रिएशनमार्फत सशक्त बनाउने अनि डिजिटल नेपालको उद्देश्यमा टेवा पुर्‍याउने लक्ष्यलाई आत्मसाथ गर्दै आएको छ ।  ‘भिजन टु भेन्चर’ नारा रहेको यो वर्षको कन्टेन्ट क्रिएटर्स मेला सहभागीहरूका योजनालाई कार्यान्वयनयोग्य सीप तथा वास्तविक अवसरहरूमा बदल्नेमा केन्द्रित हुनेछ । विद्यार्थी अनि अझै सिक्ने चरणमै रहेका उदीयमान क्रिएटर लक्षित यो कार्यक्रमले क्रिएटरहरूलाई आफ्ना सामाग्रीलाई थप परिष्कृत गर्न, विश्वसनीय बनाउन अनि दिगो तथा रचनात्मक व्यावसायिक भविष्य तयार पार्न प्रेरित गर्नेछ । क्रिएटर्स मेलाकै अवसरमा एनसेलले भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ जसअनुरूप मेलाका सहभागीहरूलाई इन्स्टाग्राम र टिकटकमा एक मिनेटको भिडियो अपलोड गर्न प्रोत्साहन गरिएको छ ।  क्रिएटरहरूलेस् ‘एनसेल फोरजीले तपाईंको जीवन कसरी सजिलो बनाउँछ’ भन्ने विषयमा केन्द्रित रहेर भिडियो तयार पार्नुपर्ने छ । प्रतिस्पर्धीहरूले उक्त भिडियोमा एनसेललाई ट्याग गरेर #CreateGaraPostGara ह्यासट्याग अनि आफू सहभागी सहरलाई पनि ह्यासट्याग गरी भिडियो अपलोड गर्नुपर्नेछ । मेलाकैबीच प्रत्येक सहरमा एक जना विजेता छनोट गरिनेछ र उनीहरूले नगद पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक विजयी प्रतिशपर्धीले आगामी दिनहरूमा एनसेल फाउन्डेसनका विभिन्न क्रियाकलापहरूमा सहभागी हुने अवसर पनि प्राप्त गर्नेछन्। सन् २०२३ बाट सुरु भएदेखि यो कार्यक्रममा हालसम्म ५ हजारभन्दा बढी क्रिएटरहरू संलग्न भइसकेका छन् । यो कार्यक्रमले देशका विभिन्न क्षेत्रका क्रिएटरहरूलाई एकै ठाउँमा ल्याएर व्यावसायिक ढङ्गबाट काम गरिरहेका व्यक्तिहरूबाट सिक्ने, उस्तै प्रकृतिका काम गरिरहेका समकक्षीहरूसँग जोडिने र कन्टेन्ट क्रिएसनलाई व्यावसायिक बनाउन उद्धत विशेषज्ञहरूसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नेछ । मेलामा विभिन्न सत्रहरू हुनेछन् । कुनै विषय वा व्यक्तिमा केन्द्रित ‘स्पट लाइट’ सत्रदेखि प्यानल छलफल अनि विभिन्न विषयवस्तुमा गम्भीर विमर्श क्रिएटर्स मेलामा हुनेछ। कार्यक्रममा स्थापित कन्टेन्ट क्रिएटरहरूको यात्रालाई विभिन्न कोणहरूबाट विश्लेषण पनि गरिनेछ ।  स्थापित क्रिएटरहरूले तयार पारेको सामाग्री देखि प्रस्तुति, दर्शकहरूको सङ्ख्यामा देखिएको वृद्धि, क्रिएटरको पहिचान र भिजिबिलिटी देखि प्रभावसम्मको यात्रा अनि दीर्घकालीन व्यावसायिक विकाससम्मका विषयवस्तु पनि उक्त कार्यक्रममा समेटिने छ ।  

सूर्यज्योति लाइफको साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

काठमाडौं । सूर्यज्योति लाइफ इन्सोरेन्सको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  सभामा  सञ्चालक समितिका अध्यक्ष, कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत (सीईओ),नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ), व्यवस्थापनका पदाधिकारी, सेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो । सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी, सभाले आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तावित १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको छ । साथै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा भएका खर्चहरूलाई अनुमोदन गरेको छ । कम्पनीका अध्यक्ष भट्टराईले साधारणसभालाई सम्बोधन गर्दै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू र नवीनतम सेवा लगायत डिजिटल रूपान्तरणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले कम्पनीको निरन्तर प्रगतिको श्रेय सेयरधनीहरूको विश्वास, ग्राहकहरूको साथ, अभिकर्ताहरूको मेहनत र कर्मचारीहरूको लगन भएको बताए । सभामा सेयरधनीहरूले कम्पनी प्रतिको आफ्नो विश्वास र आगामी दिनका लागि अपेक्षाहरू राखेका थिए । सभामा प्रस्तुत भएका सबै प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरिएका छन् ।  नेपालकै पहिलो ९००१(२०१५ आईएसओ प्रमाणित सूर्यज्योति लाइफको हाल चुक्ता पुँजी ५०१ करोड, जीवन बीमाकोष ४ हजार ३८३ करोड, लगानी ४ हजार ८४५ करोड र नेटवर्थ ६७४ करोड रहेको छ । कम्पनीले १ लाख ६ हजार अभिकर्ता, ३५ लाख ८७ हजार बीमालेख संख्या र देशैभरि रहेका १७६ शाखा सञ्जालमार्फत आफ्ना बिमितहरुलाई कम्पनीले सेवा प्रदान गरिरहेको छ ।  साथै कम्पनीले नेपालकै सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा प्रदान गरिरहेको छ।

कांग्रेस विवादले निर्वाचन के होला ? यस्तो भन्छन् वरिष्ठ अधिवक्ता भट्टराई

काठमाडौं । नेपाली कांग्रेसभित्रको जारी विवादले आसन्न निर्वाचन प्रभावित हुने कि नहुने भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ । यही सन्दर्भमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराइले सार्वजनिक गरेको विश्लेषणले सम्भावित संवैधानिक र कानुनी बाटाहरू औंल्याएको छ । भट्टराईका अनुसार दलभित्रको विवाद समाधान नभए पनि निर्वाचन प्रक्रिया पूर्ण रूपमा अवरुद्ध नहुने स्पष्ट कानुनी आधारहरू छन् । निर्वाचन आयोगले दलसम्बन्धी विवादमा एउटा पक्षलाई आधिकारिक ठहर गर्दै निर्णय गर्ने संवैधानिक जिम्मेवारी राख्छ ।  तर आयोगको निर्णयसँगै अल्पमतमा परेको पक्षलाई पनि फरक निर्वाचन चिह्न र फरक दलको नामबाट निर्वाचनमा भाग लिन दिने कानुनी व्यवस्था विद्यमान छ । यद्यपि व्यवहारिक रूपमा भने दुवै पक्षका लागि समय अभाव गम्भीर चुनौती बनेको विश्लेषण भट्टराईको छ । अल्पमत पक्षले नयाँ दलको नाम, चिन्ह टुंग्याएर देशभर उम्मेदवार छनोट गर्दै टिकट वितरण गर्नु अत्यन्तै कठिन देखिने भट्टराईले दाबी गरेका छन् ।  त्यस्तै, बहुमत पक्षका लागि पनि बाँकी सीमित दिनमा उमेदवार चयन र व्यवस्थापन सहज नहुने अवस्था रहेको भट्टराईले उल्लेख गरेका छन् ।

भौतिक पूर्वाधार पुन:निर्माण कोषमा नागरिक लगानी कोषले गर्‍यो५१ लाख सहयोग

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुन:निर्माण कोष’मा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो ।  सो रकम बराबरको चेक नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार (आज) अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए । साथै आजसम्म उक्त कोषमा १४ करोड सात लाख रुपैयाँ रकम जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ ।