र्‍याली अफ हिमालयजको चौंथो संस्करणमा दीपक साहले नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौं । राइडर दीपककुमार साहले असोज १६ गतेदेखि २० गतेसम्म (२ अक्टोबर – ६ अक्टोबर) भारतमा आयोजना हुने र्‍याली अफ हिमालयजको चौंथो संस्करणमा भाग लिने भएका छन् । उनले रोयल इन्फिल्ड हिमालयन चलाएर नेपालको प्रतिनिधित्व गर्न लागेकाे रोयल इन्फिल्ड नेपालले जनाएकाे छ । यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट प्रतियाेगिता चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ। र्‍याली अफ हिमालयजमा राइडर साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाउनेछन् । र्‍याली अफ हिमालयाज एउटा अन्तर्राष्ट्रिय प्रतियाेगिता हो, जसले संसारभरका शीर्ष राइडरहरूलाई आकर्षित गर्दै आइरहेकाे छ ।प्रतियाेगिताले शारीरिक र मानसिक सहनशीलताको कठिन परीक्षण गर्ने रोयल इन्फिल्ड नेपालले जनाएकाे छ । दीपक साहले नेपालको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित महसुस गरेको बताए। साहले सन् २०१७ र २०१८ मा समेत रेड द हिमालयाजमा भाग लिएका थिए । त्यसैगरी, २०२२ मा र्‍याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड द हिमालयाज र र्‍याली अफ चाम्बाको विजयीसमेत बनेका थिए । रोयल इन्फिल्ड निरन्तर उत्पादनमा रहेको संसारको सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हो । हिमालयन ४११ सबै प्रकारका भू–भागका लागि उपयुक्त सवारी हो ।

लुमिनस ब्याट्रीको डिलर मिट सम्पन्न, लुमिनस इन्डियाका प्रतिनिधि पनि उपस्थित

काठमाडौं । लुमिनस इन्भर्टर एवं सोलार ब्याट्रीको एकमात्र आधिकारिक वितरक एमट्रेड प्रालिले हालमात्र डिलर मिट २०२४ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमलाई ‘ब्राइटर विद लुमिनस’ नाम दिइएकाे थियाे । कार्यक्रममा एमट्रेड प्रालिका नेपालभरि रहेका डिलर, एमट्रेड प्रालिका प्रतिनिधि र लुमिनस इन्डियाका प्रतिनिधिको उपस्थिति रहेको थियो । साथै लुमिनस इन्डियाका उपाध्यक्ष रेभानन्द अन्धलेलगायत अन्य प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । सञ्चालन प्रमुख योगराज ढुगांनाले पावर ब्याकअप सोलुसनमार्फत नेपालमा योगदान पुर्‍याएको एक दशक पुरा भएकोमा सबैमा धन्यवाद ज्ञापन गरे । कार्यक्रममा लुमिनस ब्राण्डका उत्पादन, बजार अवस्था तथा भविष्यको रणनीतिलगायतका विषयमा पनि छलफल भएकाे थियाे । साथै विभिन्न विधामा उत्कृष्ट काम गर्न सफल डिलरलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । साथै लक्की ड्रमार्फत एक जोडीलाई दुबई टुर प्याकेज पनि प्रदान गरिएकाे थियाे ।

टाटाको इभी पन्च एकैपटक चार सहरमा लन्च

काठमाडौं । टाटाको पन्च इभी एकैपटक चार सहरमा लन्च भएको छ । एकैदिन औपचारिक रूपमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च गरिएको सिप्रदीले जनाएको छ । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । यस्तै, चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने सहभागी थिए । पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्च इभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताए । पोखरामा औपचारिक रूपमा पन्च सार्वजनिक गर्दै ग्राहकलाई साँचो हस्तान्तरण गर्न पाउँदा आफू उत्साहित भएको उनको भनाइ थियो । उनले गाडीको बिक्रीसँगै इभीको इकोसिस्टमलाई सुदृढ गर्न पनि ध्यान केन्द्रित गरिएको जानकारी दिए । भैरहवा–बुटवलको कार्यक्रममा बोल्दै सीओओ राजेशप्रसाद गिरीले गाडीको बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि कम्पनीले उत्तिकै ध्यान दिने प्रतिबद्धता जनाए । टाटा पन्च इभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । पन्च इभीको उक्त भेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो/एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन् । यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मीमी रहेको छ ।