वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं ।  नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्य गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट ए.जि.एम. नबराज कोइराला र प्रभु बैंकका तर्फबाट सि.बि.ओ. रेनु प्रसाद पान्डेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने छ । २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ । वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसिया लगाएत बिश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो । ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल जीएसईभी प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्, । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ । अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ । रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

अर्थतन्त्रले सुधारको बाटो लिइसक्यो, सेयर मार्केटलाई भने सेफ ल्यान्डिङ गराउनु पर्छ- अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले पैसा नचलेर अर्थतन्त्र नचलेको बताएका छन् । मंगलबारदेखि भृकुटीमण्डपमा सञ्चालन भएको १५ औं संस्करण ‘नाडा अटो शो २०२३’ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘पैसा नभएर अर्थतन्त्र नचलेको हैन, पैसा नचलेर अर्थतन्त्र नचलेको हो,’ उनले भने- ‘खर्च गर्नेले खर्च गरौं, सरकारी परियोजना पनि अगाडि बढाऔं ।’ ‘अर्थतन्त्रमा समस्या छ तर सुधारको संकेत देखिइरहको छ,’ उनले थपे- ‘अहिले जग्गा कित्ताकाटको समस्या समाधान भएको छ, विस्तारै अब जग्गाको बिक्री बढ्छ, अटो क्षेत्र पनि चलायमान हुन्छ, आयात पनि बढ्न थालेको छ, निर्यात पनि विस्तारै बढाउँदै जाने छौं ।’ निजी क्षेत्र नै अर्थतन्त्रको वाहक भएकाे उनले बताए । सामाजिक र आर्थिक पूर्वाधारमा निजी क्षेत्र आउन हिच्किचाए पनि अन्य क्षेत्रमा निजी क्षेत्रको निकै ठूलो भूमिका रहेको बताउँदै अर्थमन्त्री डा. महतले सरकारले निजी क्षेत्रको भूमिकालाई उच्च प्राथमिकता दिएको बताए । कार्यक्रममा बोल्दै उनले सेयर मार्केटमा समस्या आएकोले यसलाई सेफ ल्यान्डिङ गर्न जरुरी रहेको बताए । सरकारले ईभीलाई पनि प्राथमिकता दिएको बताउँदै उनले ईभीमा लागेको कर पनि धेरै नबढ्ने बताए । विगतमा लक्जरीको रूपमा हेरिने अटोमोबाईल क्षेत्रबाट अहिले सबैभन्दा बढी राजश्व संकलन भएको उनको भनाई छ । त्यस्तै, उनले चार्जिङ् स्टेशनलाई पनि विस्तार गर्दै लाने र अटोका सोरूमलाई मर्ज गर्नुपर्ने अवस्था देखिएको बताए ।

सुजुकी ’पर्वोत्सव’ ग्राहक योजनामा एक लाखसम्मको नगद छुट पाउने

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको थियो । यो योजना अन्तर्गत ग्राहकले एक लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस पाउन सकनेछ । कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रधान गर्ने जनाएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछ । नाडा अटो शोमा सुजुकीका नया एसयुभीहरु जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयुभी ग्रान्ड भितारा र नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।