आइएमई मोटर्स स्वीच मोविलिटि र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको आधिकारिक वितरक
काठमाडौँ । आइएमई मोटर्स नेपालमा स्वीच मोविलिटिका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको विक्रि वितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ । अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको चेन्नेईमा आयोजित एक विशेष समारोहबिच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतामा स्वीच मोविलिटिका प्रमुख कार्यकारी अधिकृत महेश बाबु र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले हस्ताक्षर गरेका छन् । साेही अवसरमा अशोक लेल्याण्डका अध्यक्ष धिरज हिन्दूजाले उक्त सम्झौता आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गरे । भारतीय अटोमोटिभ कम्पनी अशोक लेल्याण्डको सब्सीडिएरी कम्पनी स्वीच मोविलिटिले विद्युतीय सवारी साधन निर्माण तथा दिगो यातायातका साधनको विकासमा केन्द्रित रहेर वातावरणमैत्री विद्युतीय बस तथा हलुका व्यावसायिक सवारी साधनहरु उत्पादन तथा वितरण सुरुगरेको छ । यो कम्पनी सन् २०२० मा अशोक लेल्याण्डको सहायक कम्पनीको रुपमा स्थापना भएको थियो । अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहबिच भारतीय यातायात मन्त्री नितिन गड्करीले स्वीच मोविलिटिद्वारा उत्पादित हलुका व्यावसायिक विद्युतीय सवारी साधनको उद्घाटन गरेका थिए । त्यसैगरी, आइएमई मोटर्स अशोक लेल्याण्डका डिजेल जेनेरेटर (जेनसेट) को पनि बिक्री वितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ । अशोक लेल्याण्डले आफ्नो उत्पादन पोर्टफोलियोको एक अंगको रुपमा डिजेल जेनेरेटरहरु उत्पादन गर्दछ । अशोक लेल्याण्डका जेनेरेटर आवासीय, व्यावसायिक, औद्योगिक र कृषिलगायत विभिन्न क्षेत्रमा भरपर्दो र विश्वसनीय ऊर्जा परिपूर्तिका लागि डिजाइन गरिएको छ । अशोक लेल्याण्ड प्रसिद्ध व्यावसायिक समूह हिन्दूजा ग्रुपको प्रमुख कम्पनी हो ।
एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच अटो लोन सम्झौता
काठमाडौं । नेपालको लागि रेनो गाडिको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशैँ तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनिले जनाएको छ । यस सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्सका जेनेरल म्यानेजर अधीर कुमार श्रेष्ठ र सानिमा बैंकको रिटेल लेन्डिंग डिपार्टमेन्ट हेड विशाल दाहालद्वारा हस्ताक्षर गरिएको छ । यस सम्झौता अनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकले सानिमा बैंक मार्फत सहुलियत दरमा फाईनान्सको सुविधा पाउन सक्नेछन् । यो सुविधा रेनोका देशभरका आधिकारिक डिलरहरु र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ । यसको साथसाथै, रेनोले नजिकिँदै गरेको चाड्पर्वलाई लक्षित गरेर ‘रेनो शुभ कार रम्भ’ योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत रेनोका ग्राहकहरुले ७ लाखसम्मको छुटको साथै इजि फाईनान्स, एक वर्षसम्म निःशुल्क सडक कर, दुइ वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्स्चेन्ज अफरल गायतका लाभ पाउन सक्ने कम्पनीले जनाएकाे छ ।
इलेक्ट्रिक कार ‘डल्फिन’ को भिडियो बनाएर पोस्ट गर्दा १ लाख जित्ने अवसर
काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी नाडा अटो शोको अवसर पारेर नयाँ इलेक्ट्रिक कार ‘डल्फिन’ सार्वजनिक गर्दैछ । हाल कम्पनीले सो इलेक्ट्रिक कारलाई स्टाइलिस डिजाइनमा बेरेर काठमाडौंको सडकमा कुदाइरहेको छ । कतै गुडिरहेको सो कारको भिडियो खिचेर फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक रुपमा पोस्ट गरेमा १ लाख रुपैयाँ जित्न सकिने छ । साइमेक्स इंकले यसका लागि ‘डल्फिन अन द रोड’ क्याम्पेनको घोषणा गरेको छ । सो क्याम्प सेप्टेम्बर ६ अर्थात बुधबार देखि प्रारम्भ भएको छ र आगामी सेप्टेम्बर ११ अर्थात सोमबार सम्म चल्ने छ । सेप्टेम्बर १२ अर्थात मंगलबार सो कार नाडा अटो शो २०२३ को अवसरमा लन्च गर्ने कार्यक्रम भएको बताइएको छ । डल्फिन कहाँ र कसरी भेट्ने भन्ने वारेमा जानकारी लिन बीवाईडीको आधिकारिक पेज हेर्न सकिने छ । दिइएको नियम अनुसार भिडियो खिचेर पोस्ट गर्ने सहभागी मध्ये ३ जनालाई १ लाख रुपैयाँको आकर्षक पुरस्कार प्रदान गरिने छ । त्यसैगरी सहभागी सबैलाई नाडा अटो शो २०२३ को टिकट निःशुल्क प्रदान गरिने छ । यो वाहेक बीवाईडीको तर्फबाट विशेष उपहार समेत प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।