होण्डको बाइक तथा स्कुटर किन्दा ७ लाखसम्मको क्यासब्याक पाइने

काठमाडौं । होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले ‘होण्डाको दशैंको शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकले स्क्याच कुपन मार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु पाउनेछन् । साथै, ७ प्रदेशबाट एक एक जनाले ७ लाख, बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले यसका साथै  होण्डा टू व्हीलर्स इजी फाइन्यान्सको पनि सुविधा राखेको छ । कम्पनीको अनुसार यो योजना भदौ २० गतेदेखि सुरु भई सीमित अवधिसम्म मात्रै लागू हुनेछ ।

मोटरहेड ब्राण्डको ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ अफर सार्वजनिक

काठमाडौं । नेपालका लागी मोटरहेड ब्राण्डका आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड टे«ड प्रा.लि.ले यही १९ भाद« २०७९ बाट १५ कार्तिक २०७९ सम्म लागू हुने गरी आफ्नो ‘४ को चमत्कार, वाइक पनि वचत पनि’ अफर सार्वजनिक गरेको छ । कम्पनीले मोटरहेड व्राण्डका वाइक खरीद गर्ने ग्राहकहरुलाई स्क्र्याच कार्ड मार्फत ७,९०० देखि १,००,००० जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १,००,००० जित्न सक्ने अफर सार्वजनिक गरेको छ । यसका साथसाथै टेकेन २५० पुरानो मोडलको जुनसुकै माध्यमबाट खरीद गर्दा सिधै २५,००० छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा पाल्नु हुने ग्राहकहरुलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो पोज र पोस्ट क्याम्पियन अन्तर्गत शोरुममा फोटो खिची लाइक तथा सेयर गरी हरेक हप्ता एक जनाले आर्कषक उपहार समेत पाउने व्यवस्था गरेको छ । मोटरहेडको हाल टेकेन २५०, टेकेन आर २५० अपग्रेडेड, स्पोटर्स २५० रोड, स्पोटर्स २५० अफरोड, एमएच १५०, एमएच २०० एक्स, एक्स टर्की र स्क्र्याम्बलर गरी ८ मोडलका बाइकहरु बिक्री गर्दै आएको छ । वाइकहरुको मूल्य ३,१०,००० देखि ४,९५,००० सम्म रहेको कम्पनीले जनाएको छ । कम्पनीको, उपत्यकामा मित्रपार्क, टेकु, वालाजु, धोविघाट र सल्लाघारी भक्तपुर गरी ५ ठाउँमा शोरुम रहेको छ भने उपत्यका बाहिर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती ,बुटवल, धादिङ, पोखरा, बाग्लुङ र जुम्ला गरी १० स्थानमा डिलर रहेको छ ।

फोर्स मोटर्सको गाडी किन्दा नगद छुटदेखि वासिङ मेसिनसम्म पाइने

काठमाडौं । फोर्स मोटर्सको कुनै पनि गाडीको खरीद गर्दा पक्का उपहार पाइने भएको छ । फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैँ र तिहारको अवसरमा यस्तो अफर ल्याएको हो । यस अन्तर्गत ग्राहकले कुनै पनि फोर्स मोटर्सको गाडी किन्दा आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्टफोन लगायतका उपहारहरु पाउनेछन् । यो अफर भदौ १६ गते शुक्रबारदेखि देखि कात्तिक १३ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । बिगत ८ वर्ष देखि फोर्स मोटर्स लिमिटेडले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा।ली मार्फत आफ्ना गाडीहरुको बिक्री वितरण गर्दै आईरहेको छ । आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको गैरिधारा ,पोखराको चाउथे र सुन्सरीको इटहरी आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुर, झापाको बिर्तामोड, ललितपुरको बागडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्स मोटर्स का गाडीहरु बिक्री वितरण गरिरहेको छ ।