सुरु भयो रोयल इनफिल्डको काठमाडौंदेखि कालिन्चोक सम्मको राईड

काठमाडौं । मोटरसाइकल कम्पनी रोयल इनफिल्डको विन्डी राईड सुरु भएको छ । ‘रोयल इनफिल्ड’ को आधिकारिक बिक्रेता अल्फा अटोमोटिभको प्रायोजनमा नक्साल बुल्लेट सर्भिस सेन्टरले रोयल इनफिल्ड विन्डी राईड आयोजना गरेको हो । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी भएका हुन् । विहान ८ बजे गैरीधाराबाट सुरु भएको राइड कालिन्चोक पुगेर बास बसेर  मंसिर १० बेलुका ६ बजे गैरीधारानै पुगेर समापन गरिने कम्पनीले जनाएको छ । यो राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जोगाउँदै, विभिन्न मनोरन्जनात्कम खेलहरुसमेत हुनेछ । अल्फा अटोमोटिभको आधिकारिक सर्भिस सेन्टर रहेको नक्साल बुल्लेट सर्भिस सेन्टरले रोयल इनफिल्डको आन्तरीक पर्यटन प्रवर्धनको मान्यता अनुरुप पहिलो पटक यस्तो किसिमको राईड आयोजना गरेको हो । राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन, क्लासीक ३५० तथा मेटीअर ३५० मोटरसाइकलका साथै ४० भन्दा धेरै सहभागी भएका छन् ।

देशभरको यातायात कार्यालयको सेवा ३ दिन बन्द हुने

काठमाडौं । देशभरको यातयात कार्यालयको सेवा तीन दिनको लागि बन्द हुने भएको छ । यातयात व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । विभागको अनुसार इम्बोस्ड नम्बर प्लेट प्रणालीको सर्भरहरुको विद्युत आपुर्ति प्रणाली युपिएस मर्मत गर्नुपर्ने भएकाले तीन दिनको लागि यातयात कार्यलयहरुको सेवा बन्द हुने भएको हो । विभागले मंसिर ९ गतेदेखि ११ गतेसम्म अनलाइन आवेदन तथा यातयात कार्यलयहरुबाट प्रदान गर्ने सेवाहरु बन्द रहने जनाएको छ ।  

कर दिवसको अवसरमा बालाजु अटो वर्कस सम्मानित

काठमाडौं । बालाजु अटो वर्कस बालाजुकाे व्यापार क्षेत्रबाट सबैभन्दा बढी करतिर्ने कार्यालयकाे रुपमा सम्मानित भएकाे छ । आन्तरिक राजस्व कार्यालय बालाजुले वर्कसलाई व्यापार क्षेत्रमा आर्थिक वर्ष २०७७/२०७८मा सबैभन्दा बढी कर तिर्ने करदाताकाे रुपमा पुरस्कृत गरेकाे हाे । बालाजु अटो वर्कस प्राइभेट लिमिटेड नेपालमा महिन्द्राको लागि आधिकारिक सेवा केन्द्र हो । सवारी साधन सेवाका साथसाथै, कम्पनीले महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र म्याक्सिमाइल लुब्रिकेन्टहरू प्रदान गर्दछ।