याडियाको विद्युतीय स्कुटरको सोरुमा पुल्चोकमा, नगद छुटका साथै एक्स्चेन्जको सुविधा

ललितपुर । इको बिज इन्टरनेशनल प्रालिले ‘याडिया’ ब्राण्डको विद्युतीय स्कुटर ललितपुर क्षेत्रका ग्राहकलाई लक्षित गरी बिक्री सुरु गरेको छ । चीनमा बनेको अन्तराष्ट्रिय गुणस्तरको याडिया स्कुटर असार २४ गतेदेखि पुल्चोकको सोरुममा उपलब्ध भएको हो । कम्पनीले याडिया ब्राण्डको ‘एस लाइक’, ‘जि फाइभ’ र ‘सि वान एस’ गरि जम्मा तीनवटा मोडल बिक्रि गरिरहेको छ । उद्घाटन कार्यक्रमलाई लक्षित गरी भारी नगद छुटको समेत व्यवस्था गरिनुका साथै एक्स्चेन्जको सुविधा पनि रहेको कम्पनीका अध्यक्ष रबिन्द्र महर्जनले जानकारी दिए । आगामी दिनमा कम्पनीले सर्भिसिङ्ग सेन्टर पनि सञ्चालनमा ल्याउने उद्देश्य लिएको छ । इको बिज कम्पनीले सोही स्थानमा कम्प्यूटर, ल्यापटप लगायत सूचना प्रविधिका सम्पूर्ण सामग्रीहरू बिक्रि, मर्मत तथा सेवा प्रदान गर्ने उद्देश्य सहित एलायन्स इन्फोटेक प्रालिको नामबाट शोरुम र सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

होटेल/रेस्टुरेन्टलाई १० हजारमै इलेक्ट्रिक स्कुटर, बिना व्याज ऋण दिँदै नबिल बैंक

काठमाडौं । बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले रेस्टुरेन्ट तथा होटेलको लागि स्कुटर उपलब्ध गराउने भएको छ । कम्पनीले नेपाल भरिका रेस्टुरेन्ट तथा होटेलको लागि लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने भएको हो । ‘तपाईंको गोजीमा कति छ ?’ भन्ने स्किम अन्तर्गत कम्पनीले १० हजार रुपैयाँमै उक्त ब्राण्डको स्कुटर फुड डेलिभरीको लागि दिने भएको हो । रेस्टुरेन्ट तथा होटेलको लागि बनाइएको स्कुटरको नाम एलएक्सडब्लु५ मोडेल हो । यो स्कुटर जर्मन कम्पनीको बोसको मोटर्स प्रयोग गरिएको स्कुटर हो जसमा सामसुङ कम्पनीको लिथिएम बेटरि प्रयोग गरिएकोले गर्दा फुल चार्जमा राम्रो माइलेज दिने छ । यससँगै कुनै पनि होटेल तथा रेस्टुरेन्टले कम्पनीको शोरुममा गएर १० हजार रुपैयाँ भुक्तानी गरि फाइनान्स मार्फत सजिलैसँग स्कुटर खरिद गर्न सक्नेछन् । यसका साथै नबिल बैंकको शून्य प्रतिशत व्याजदरमा सो स्कुटर किन्न सकिने छ । त्यसैगरी नगदमा किन्ने लागि भने १० हजार छुट गरिएको कम्पनीले बताएको छ । यस स्कुटरको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल नीति साह छिन् । यस्ता छन् विशेषता फुड डेलिभरी गर्दा पेट्रोलको खर्च बचत हुनेछ । पेट्रोल हाल्न नपर्ने । सर्भिस र पार्ट्समा खर्च नहुने र बाताबरण स्वस्छ हुने लगायतका यसको विशेषता छन् ।  कम्पनीका अनुसार होटेलमा डेलिभरी गर्न पछाडी ठुलो भाडो राखिएको छ जसले गर्दा समान जति पनि हाल्न सजिलो हुने भएको हुनाले यो स्किम फुड डेलिभरी गर्नको लागि भनेर होटेल तथा रेस्टुरेन्टलाई लक्षित गरि लागु गरिएको छ । कम्पनीले यो सहुलियत दर १० हजार रुपैयाँ वा शून्य प्रतिशत स्किममा लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर सीमित अवधिको लागि प्रदान गरिने जनाएको छ । कम्पनीका अनुसार होटेलमा डेलिभरी गर्न पछाडी ठुलो भाडो राखिएको छ जसले गर्दा समान जति पनि हाल्न सजिलो हुने भएको हुनाले यो स्किम फुड डेलिभरी गर्नको लागि भनेर होटेल तथा रेस्टुरेन्टलाई लक्षित गरि लागु गरिएको छ । यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ । साथै, होटेल तथा रेस्टुरेन्टको फुड डेलिभरीको लागि फाइनान्स, एक्सचेन्ज र क्यासको सुविधामा लिन सकिने र यो स्किम सीमित अवधिको लागि लागू गरिएको बताइएको छ । नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५-डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँसम्म छ । यससँगै, खरिद गर्न इच्छुकले काठमाडौंको नक्साल, टेकु , भैसेपाटी , भक्तपुर , सुर्खेत , जनकपुर , पाटन , बाफल लगायतका नेपालको विभिन्न स्थानमा रहेको कम्पनीको शोरुममा सम्पर्क गर्न सक्नेछन् ।

जिडब्लुएम नेपालको सर्भिस सेन्टर ललितपुरको चाकुपाटमा

काठमाडाैं । जिडब्लुएम नेपालले बिक्री पछिका सुविधासहितको सेवा चाकुपाट ललितपुरमा सञ्चालन गर्ने घोषणा गरेको छ । १५ हजार वर्गफिटमा बनेकाे यस सर्भिस सेन्टरमा प्रति महिना ६०० बढी सवारी साधनहरुलाई सेवा प्रदान गर्ने क्षमताको साथ ६ कक्षहरु रहेका छन् । जिडब्लुएमका ग्राहकहरुलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नका लागि यस सर्भिस सेन्टर सुविधा हाई–टेक उपकरण र राम्रो प्रशिक्षित प्राविधिकहरुले सुसज्जित रहेकाे कम्पनले जनाएकाे छ । यस सर्भिस सेन्टरबाट स्पेयर पार्टस सुपथ मूल्यमा उपलब्ध गराइने जिडब्लुएम नेपालका उपाध्यक्ष रुपेश शर्मा भट्टले बताए ।  ‘तपाईको गाडी हाम्रा प्रशिक्षित प्राविधिकहरु, अत्याधुनिक सुविधा र विशिष्ट ग्राहक सेवाका साथ सुरक्षित हातमा छ । यो सेवा तपाईंको गाडीको हेरचाह गर्नु भन्दा बढी हो, तपाईंलाई यो सुनिश्चित गर्दछौँ की आफ्नै स्वामित्व अनुभवमा हेरचाह पाउनुहुने छ,’ उनले भने ।