‘ईभी नेपाल एक्सपो २०२२’ मा नम्बर १ स्टलका रुपमा आईएमई इलेक्ट्रिक राफ्ट स्कुटर घोषित

काठमाडौं । तीन दिन सम्म काठमाडौंको भृकुटीमण्डपमा चलेको ‘ईभी नेपाल एक्सपो २०२२’ मा राफ्ट इलेक्ट्रिक स्कुटरको स्टल ‘नम्बर १ स्टल’ घोषित भएको छ । एसडी एक्सपो मिडियाको आयोजनामा मंसिर १६, १७ र १८ गते उक्त एक्सपो सम्पन्न भएको हाे । आईएमई इलेक्ट्रिकले नेपाली बजारमा बिक्री–वितरण गरिरहेको राफ्ट इलेक्ट्रिक स्कुटरका ३ मोडल एक्सपोको अवसरमा डिस्प्ले गरिएका थिए । ती मध्ये एक नेपाली बजारमा सबैभन्दा बढी रेन्ज दिने राफ्ट इन्दस सिंगल चार्जमा ३२० किलोमिटर थियो भने अन्य मोडलमा राफ्ट वारियर र राफ्ट जिस्पा थिए । राफ्ट इन्दस हजार र दुइ हजार वाट मोटर गरी दुई मोडलमा उपलब्ध छ । हजार वाटको इन्दसले सिंगल चार्जमा ३२० किलोमिटर र दुइ हजार वाटको इन्दसले बढी पावर र ३०० किलोमिटर रेन्ज दिन्छ । स्कुटरमा किलेस स्टार्ट, थेफ्ट अलार्म, रिभर्स गियर, डिजिटल डिस्प्ले, इन्डिकेटर बजर, अटोमेटिक चार्जर कट–अफ, १० एम्पियर फास्ट चार्जिङ, पोर्टेबल ब्याट्री, ३ ड्राइभिङ मोड, फाएर प्रुफ ब्याट्री आदि फिचर छन् । त्यसैगरी रिमोट लकिङ र रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायतका विशेषता समेत उपलब्ध छन् । एक्सपोको अवसरमा हजार भन्दा बढी अवलोकनकर्ता, ५०० सोधपुछ र ३ सय भन्दा बढी अवलोकनकर्ताले राफ्ट स्कुटरको टेस्ट राइड गरेका छन् भने ४३ वटा स्कुटर बुकिङ भएका छन् । आईएमई इलेक्ट्रिकले पहिलो पटक सार्वजनिक रुपमा प्रदर्शन गरेको इलेक्ट्रिक स्कुटरप्रति अवलोकनकर्ताहरुले निकै नै रुचि राखेको पाइएको छ ।

बेनेलीको नयाँ शोरुम पोखरामा, ६० हजार डाउन पेमेन्टदेखि बिना ब्याज फाइनान्सिङ सुविधा

काठमाडौं । बेनेली मोटरसाइकलको नयाँ शोरुम तथा सर्भिस सेन्टर पोखराको नयाँबजारमा संचालनमा आएकाे छ । बेनेलीकाे एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले उक्त शाेरुम तथा सर्भिस सेन्टर संचालनमा ल्याएकाे हाे । बेनेलीले नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा ३० हजार छुट, एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन ४० हजार, न्यूनतम डाउन पेमेन्ट ६० हजार, र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा ० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिहथ छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । अहिले नेपालमा विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् । बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको थियो ।  

विद्युतीय सवारी साधन भित्र्याउन एमएडब्लू वृद्धि र ओमेगाले सहकार्य गर्ने

काठमाडौं । विद्युतीय सवारी साधन भित्र्याउन एमएडब्लू वृद्धि र ओमेगाले सहकार्य गर्ने भएको छ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले  विश्वको सबैभन्दा ठूलो मध्ये एक तीनपाङ्ग्रे सवारी साधन निर्माता कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग सहकार्य गर्ने भएको हाे । नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धी कमर्सियल भेहिकल प्रालिले नेपालमा थ्री–ह्वीलर ईभीका दुई भेरियन्ट अर्थात् कार्गोमा रेजप्लस र यात्रुवाहक वाहनमा स्ट्रिम ल्याउन विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग औपचारिक सहकार्य गर्न लागेको हो । ओएसएम रेजप्लस विद्युतीय तीनपाङ्ग्रे कार्गो सवारी साधन हो,जसमा १०.८ किलोवाट ब्याट्री जडान गरिएको हुन्छ । त्यस्तै ओएसएम स्ट्रिम ८.५ किलोवाट पावरप्याक भएको विद्युतीय तीनपाङ्ग्रे यात्रुवाहक सवारी साधन हो । दुवै गाडीलाई सामथ्र्य प्रदान गर्ने सबै विद्युतीय मोटरले अधिकतम ७.४ किलोवाटको पावर र मोटरमा ४५ एनएम पीक टर्क उत्पादन गर्छ । रेजप्लस र स्ट्रिम दिगो ऊर्जामा चल्ने सवारीसाधनमा आकर्षित हुँदै गरेका उद्यमीहरू र साना व्यवसाय गर्ने अपरेटरहरूका लागि उत्तम समाधान भएको कम्पनीले जनाएको छ । एमएडब्लूका प्रबन्ध निर्देशक विवेक सिकरियाले नेपाली बजारमा रेजप्लस र स्ट्रिमको सुरुवातले दिगो र उत्सर्जनमुक्त सवारी साधन लिने विचार गरिरहेका उपभोक्ताहरूको चाहना पूरा गर्ने दाबी गरे । यस्तै ओमेगा सेकी मोबिलिटीका संस्थापक अध्यक्ष उदय नारङले नेपाल सरकार सवारी साधनले सिर्जना गर्ने वायुप्रदुषण न्यूनीकरणका लागि यस क्षेत्रमा सन् २०३१ सम्म पूर्ण विद्युतीकरणको लक्ष्य लिएर सक्रिय भएको अवस्थामा यी विद्युतीय सवारी साधनले निकै ठूलो सहयोग गर्ने बताए । ओएसएम रेजप्लस र ओएसएम स्ट्रिम दुवै ४ घण्टाभित्र घरमै सजिलै चार्ज गर्न सकिनेछ । पूर्ण चार्जले तीनपाङ्ग्रे मालवाहक (रेजप्लस) १२० किलोमिटर र तीनपाङ्ग्रे यात्रुवाहक सवारी (स्ट्रिम) ९५ किलोमिटरको यात्रा गर्न सकिनेछ ।