महिन्द्राकाे ‘एसपीप्लस’ ट्रयाक्टर श्रृंखला नेपालमा

काठमाडाैं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आफ्नो सबै नयाँ ‘एसपीप्लस’ ट्रयाक्टर श्रृंखला नेपालमा लन्च गरेको छ । यी ट्रयाक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरूद्वारा सञ्चालित छन् । यस ट्रयाक्टरले कृषि र ढुवानी उपयोगहरूमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य राखेको कम्पनीले जनाएकाे छ । नयाँ महिन्द्रा एसपी प्लस ट्रयाक्टरहरुकाे क्रमशः जेठ ७, ८ र ९ गते क्रमसः विर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको थियो । र छिट्टै नै नयाँ एसपी प्लस सिरिजको ट्रयाक्टर यसै हप्तासम्ममा वीरगन्ज, चितवन र नेपालगन्जमा पनि सार्वजनिक हुने कम्पनीले जानकारी दिएकाे छ । महिन्द्रा एण्ड महिन्द्राको कृषि उपकरण क्षेत्र, अन्तर्राष्ट्रिय कार्य सञ्चालन प्रमुख प्रकाश वाकंनकरले नेपालमा परिष्कृत स्टाइलिङका साथ सबै नयाँ एसपीप्लस श्रृङ्खला सुरु गर्न पाउँदा अत्यन्तै हर्षित भएकाे बताए । शुभारम्भको अवसरमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले यो नयाँ ट्रााक्टरले मुलुकमा खेतीपाती गर्ने तरिकामा पक्कै फरक पार्ने निश्चित भएकाे बताए ।  

बिवाईडि नेपालकाे ब्रान्ड एम्बेसडरमा हरिवंश आचार्य नियुक्त

काठमाडौं । नेपालका लागि बिवाइडी अटो उद्योग कम्पनीको ब्रान्ड एम्बेसडरमा कलाकार हरिवंश आचार्य नियुक्त भएका छन् । कम्पनीको आधिकारिक वितरक साइमेक्स् इन्कले आचार्यलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । कलाकार आचार्यले विश्वव्यापी रूपमा मानिसहरूले इन्धनबाट चल्ने कारहरू प्रभावीकारी नभएको र यो पृथ्वीकै लागि एक ठूलो खतरा भएको महसुस गरिरहेका बताए । ‘सडकमा सफा सवारीहरूको संख्या बढाउने प्रयासमा सामेल हुन पाउँदा म धेरै खुसी छु,’ उनले भने । जलविद्युत् उत्पादनको सम्भाव्यतासँगै विद्युतको प्रयोग देशको अर्थतन्त्र र दिगोपनमा अत्यावश्यक हुने र राष्ट्रका आम जनतामा यसबारे थप चेतना जगाउनका लागि हरिवंश आचार्यले प्रमुख भूमिका निर्वाह गर्ने कम्पनीले जनाएको छ ।    

लेभ्निङको स्किम : इलेक्ट्रिक स्कुटरका साथै सलमान खानको शो को टिकट पाइने

काठमाडौं । नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले नयाँ स्किम ल्याएको हो । यस स्किम अन्तर्गत लेभ्निङका कुनै पनि सोरुम भिजिट गर्दा लक्की ड्रमार्फत २ वटा सलमान खान शोको टिकट पाउन सकिने छ भने बम्परमा एक जनाले सो इलेक्ट्रिक स्कुटर पाउने छन् । सोरुममा गएर ग्राहकले स्कुटर टेस्ट राइड गर्नुका साथै एउटा फारम भर्नु पर्नेछ । आगामी मे २८ अर्थात जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने ‘टुबोर्ग द–बङ द टुर – रिलोडेड’ नामक सलमान खान शोलाई लक्ष्यित गरी यो स्किम ल्याएको बताइएको छ । नेपाली बजारमा लेभ्निङका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । बज्र ग्रुपले नेपाली बजारमा ३० वर्ष भन्दा लामो समयदेखि सेवा प्रदान गर्दै आएको छ । लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरणका लागि यसका देशभर ५ सयभन्दा बढी दक्ष कर्मचारीहरुको समूह छ । १० भन्दा बढी डिलर र ७ भन्दा बढी सर्भिस प्वाइन्टमार्फत यसले सेवा प्रदान गरिरहेको छ । चीनको सांघाईदेखि १६० किलोमिटर टाढा रहेको जियाङसु प्रान्तको चाङझाउ सहरमा अवस्थित लेभ्निङ ई–बाइकको स्थापना सन् १९९९ मा भएको थियो । लेभ्निङ ई–बाइकले नै लेभ्निङ कम्पनीको स्थापना गरेको थियो । यो चीनको तेस्रो सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी हो । यो दुई पांग्रे सवारीका सबै रेन्ज प्रदान गर्ने एक मात्र कम्पनी हो र वार्षिक रुपमा ३० लाख युनिट सवारी साधन उत्पादन गर्छ । त्यसैगरी यो कम्प्पनीका उत्पादन विश्वका ६० भन्दा बढी देशमा निर्यात हुन्छन् र यसरी निर्यात गर्ने दोस्रो ठूलो कम्पनी हो । ग्राहक सन्तुष्टिको आधारमा यो कम्पनीले पहिलो स्थान हासिल गरेको छ र जेडी पावरद्वारा यसका लागि ४ पटक पुरस्कृत भइसकेको छ । चीनमा यो कम्पनीका ५ हजार भन्दा बढी आउटलेट संचालित छन् । स्कुटरको मूल्य एक लाख १० हजार देखि पाँच लाख ५९ हजार रुपैयाँसम्म छ ।