फोर्स गुर्खाको बुकिङ्ग खुल्ला, सुरुवाती मूल्य ७९ लाख
काठमाडौं । बहुप्रतिक्षित फोर्स गुर्खा जिपको मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरिएको छ । भारतको बजारमा अत्याधिक रुचाईएको फोर्स गुर्खाको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्राली रहेको छ । विशेषत अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको छ । फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राईभ, म्यानुवल डिफ्रेन्सियल लक( अगाडी र पछाडी दुवै एक्सलमा ), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तो सुकै बाटोमा पनि उपयुक्त रहेको छ । साथै बल्की डिजाईन र बाेल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्षक एल ई डि हेडल्यम्प विथ डि आर यल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ्ग, एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाईलट सिट, कोयल स्पिङ्ग सस्पेन्शन जस्ता आकर्षक फिचर रहेका छन । फोर्स गुर्खामा स्नोरकल भएकोले ७०० एम् एम् पानी भएको ठाउँमा पनि सहज रुपमा चलाउन सकिन्छ भने यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर व्याग, ए.वि.एस्. ई.डि.वि. व्रेक र रिभर्स पार्किङ्ग सेन्सर जस्ता फिचर्स रहेका छन् । थ्री डोर डिजाईन र ४ सिट क्षमता भएको यस जिपमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस र ग्याङ्गवे रहेको छ । यस जिपमा ठुलो सिङ्गल विईन्डो रहेकोले बाहिरी दृश्यको अवलोकन मज्जाले गर्न सकिन्छ । कम्पनीको अनुसार यस जिपको सुरुवाती मुल्य ७८ लाख ९९ हजार कायम गरिएको जुन केही समयको लागि मात्र लागु हुने छ ।
फागुन १३ र १४ गते चांगन अटोको एक्सेन्ज क्याम्प हुने
काठमाडौं । चांगन अटोले आफ्नो नक्शाल सोरुममा एक्सेन्ज क्याम्प गर्ने भएको छ । कम्पनीले फागुन १३ र १५ अर्थात शुक्रबार शनिबार एक्सचेन्ज क्याम्प गर्न लागेको हो । यस मेलामा ग्राहकहरुका निम्त्ति विभिन्न अफरहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार अफरमा ग्राहकहरुले आफ्नो गाडीको राम्रो मुल्याङकन पाउनुका साथै दुई लाखसम्मको एक्सेन्ज टपअप प्राप्त गर्नेछन् । यो सँगसँगै ग्राहकले एक वर्षको सडक कर, एक वर्षको बीमा निःशुल्क प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ग्राहकहरुले हरेक टेस्ट राईडमा आकर्षक उपहार प्राप्त गर्नुको साथै तीन जना भाग्यमानी ग्राहकहरुले दुई वर्षको नि:शुल्क सर्भिसिङ्ग भाउचर पनि प्राप्त गर्नेछन् ।
हुन्डाईको नयाँ इलेक्ट्रीक कार ‘आयोनीक ५’ को नेपालमा बिक्री सुरु
काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रीक भेहिकल आयोनीक–५ विक्री सुरु गरेको छ । नयाँ आयोनीक–५ निकै बोल्ड, यूनीक र डाइनामीक डिजाइनमा तयार गरिएको छ । हुन्डाई आयोनीक–५ ले ‘टप गियर इलेक्ट्रीक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाइसकेकाे छ । आयोनीक–५ हुन्डाईको नयाँ आयोनीक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी ब्याट्री इलेक्ट्रीक भेहिकल प्लेटफर्म’मा बनेको हो । आयोनीक ५ अत्याधिक इनर्जी इफिसीयन्सी, उत्कृष्ट प्रफर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने कम्पनीले दावी गरेकाे छ । हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रीक ड्राइभ आर्किटेक्चर’मा निर्माण भएको आयोनीक–५ मा रियर ह्वील ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमा शोलार वा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सीङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथा भोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टीनेन्टलले आयोनीक–५ को लन्चीङसँगै ‘स्टेट अफ दि आर्ट’ नयाँ इलेक्ट्रीक कारको लागि मात्रै सोरुम संचालनमा ल्याएको छ । इभीको लागि मात्रै बन्ने सोरुममा अहिले बिक्री भइरहेको कोना, आयोनीक र आयोनीक ५ राखिने कम्पनीले जनाएको छ । कम्पनीले इभी विक्री मात्र गर्ने नभई नेपालमा इभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेशनको विस्तार गर्ने तयारी गरिरहेको कम्पनीले जनाएकाे छ । कम्पनीले इभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख शहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ ।