कर्जाको व्याज घटाउन नाडाको माग
काठमाडौं । कर्जाको व्याजदर बढाउने नीतिमा पुर्नविचार गर्न नेपाल राष्ट्र बैंकसँग नाडाले माग गरेको छ । बिहीबार विज्ञप्ती जारी गर्दै नाडाले वित्तिय निकायहरुले व्याजदर बढाउँदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढदै गरेको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई ठूलो मार पर्ने बताउँदै यसलाई पुन विचार गर्न राष्ट्र बैंकलाई माग गरेको हो । उद्योग व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको बर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई वर्तमान तरलता समस्याको समाधान पनि नहुने निश्चित छ । र यसले नेपालको अर्थतन्त्रलाई नै थप जोखिममा पार्ने देखिएकोले कर्जाको व्याजदर बढाउने नीतिमा पुर्नविचारका लागि नेपाल राष्ट्र बैङ्कसंग नाडाकोतर्फबाट अनुरोध गरिएको छ, विज्ञप्तीमा भनिएको छ । यस्तै नाडाले एलसी मार्जिनमा ब्याज दिन पनि राष्ट्र बैंकसँग माग गरेको छ । नाडाले हाल कायम एलसी मार्जिनको मापदण्ड तत्काल परिमार्जन गर्न र त्यसो नगरे मार्जिन धितोमा ब्याजको व्यवस्था गर्न राष्ट्र बैंकसँग माग गरेको हो । हालै मात्र राष्ट्र बैंकले एक निर्देशिका जारी गर्दै सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्युनतम ५ प्रतिशतदेखि शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।
फाल्गुन ३ गते देखि १७ गतेसम्म फ्रि स्याङयोङ्ग सर्भिस क्याम्प
काठमाडौं । आइएमएस मोटर्सले मंगलबारबाट फ्रि स्याङयोङ्ग सर्भिस क्याम्प सुरु गरेको छ । उक्त फ्रि क्याम्प फाल्गुन ३ गते देखि १७ गतेसम्म चल्ने कम्पनिले जनाएको छ । यस फ्रि क्याम्पकाे अवधिभर ग्राहकहरुले बम्पर उपहारमा सतप्रतिशत नगद फिर्ता पाउने, स्याङयोङ्ग गाडीहरुमा निःशुल्क परिक्षण, गाडीकाे पार्टसमा ५० प्रतिशतसम्मको छुट, लुब्रिकेन्टमा १० प्रतिशतसम्मको छुट, निःशुल्क सर्भिसिङ्ग तथा फ्री वास, आकर्षक उपहारहरु र पुराना गाडीको उत्कृष्ट मुल्यांकन पाउनेछन् । यस सेवा शिविर स्याङयोङ्गका ग्राहकहरुका लागि काठमाडौंको खुसिबु नयाँ बजारस्थित मोटो इन्जिनियरिङ्ग प्रालि, रविभवनको लामपाटे-१४ स्थित परिदी मोटर्स प्रालि, बुटवलको बेलवास-१२ स्थित भैरव अटो भिलेज प्रालि र भैरवहाको मायादेवी-८ स्थित एए अटोमोबाइलस प्रालिबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् । आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्स नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक विक्रेता हो ।
नेपाली बजारमा आयो निसानको नभारा, मूल्य ९५ लाखदेखि १ करोड १६ लाखसम्म
काठमाडौं । निसानले सोमबार अल न्यू नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स लन्ज गरेको छ । ८० वर्षभन्दा लामो समयदेखि पिकअप सेगमेन्ट ल्याएको निसानले ग्राहकको माग अनुसार एड्भान्स टेक्नोलोजी सहितका उत्पादन ल्याएको जनाएको छ । सो फोरएक्समा अल न्यू निसान नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टम लगायतका विभिन्न बेस्ट इन क्लास टेक्नोलोजी रहेको जनाईएको छ । सो गाडीमा फ्रन्ट (बम्पर ग्रिल, हेडल्याम्प, हुड) इन्टरियर मेटलियर र हेकोरेसन प्रयोग गरिएको र बेड हाइट बढाइएको तथा नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको जनाईएको छ । नभारामा इन्टलिजेन्ट इमर्जेन्सी ब्रेडिङ, भेइकल डाइनामिक कन्ट्रोल, ट्याक्सन कन्ट्रोल सिस्टम र हाई बिम असिस्टलगायतका सेफ्टी फिचर रहेको छ । यस्तै, बेटर फ्युलइकोनोमी, ह्यान्डलिङ र फङसनालिटी, अफरोड मोनिटर सहितको इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर र पेलोड इन्ह्यान्समेन्ट सहितको फिचर रहेको छ । सो सबै नयाँ फिचरका कारण गाडी अल्टिमेट ट्राभल्स र वर्कसाइट पार्टनर बनाउन योग्य र अप्टिमल रुम, कम्फर्ट, सेफ्टी तथा सहजकताका कारण जस्तोसुकै सडकमा पनि चुनौतीको सामनागर्न सक्ने कम्पनीले जनाएको छ । द अल न्यू नभारामा नयाँ फिचरको रुपमा बडी कलर्ड फ्रन्ट बक्पर, एलईडी हेडलाइट ब्ल्याक र सिग्नेचर ब्ल्याक, रियल बम्पर र एफआर फगलाइट रहेका छन् । विभिन्न् ५ भेरिएन्टमा उपलब्ध हुने नभाराको मूल्य ९५ लाख ४९ हजार रुपैयाँदेखि १ करोड १६ लाख रुपैयाँसम्म रहेको छ ।