नेपाली बजारमा भारतीय टायर एसेन्सो, उपभोक्ताले रुचाउने अपेक्षा

काठमाडौं । नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का अफ द रोड अर्थात ओटीआर टायर भित्रिएका छन् । ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिलेदेखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो । सोमबार एक कार्यक्रमकाबीच नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सो टायर सार्वजनिक गरेका हुन् । सो अवसरमा अध्यक्ष सिंहले भने, ‘निर्माण कार्यमा प्रयोग हुने हेभी इक्विपमेन्टका लागि आवश्यक यस्ता ओटीआर टायर गुणस्तरीय हुनु आवश्यक छ । गुणस्तरीय टायर उपलब्ध गराएर डेल्टा डिस्ट्रिब्युटर्सले नेपालको निर्माण कार्यलाई समेत गुणस्तरीय बनाउन सहयोग गर्दै आएको छ । एसेन्सो ब्रान्डका टायरले पनि आगामी दिनमा यस कार्यमा सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ ।’ डेल्टा डिस्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाले भने, ‘हामीले नेपाली ग्राहकको चाहना अनुरुपका विश्व स्तरीय टायरहरु उपलब्ध गराउदै आएका छौ । यसैको निरन्तरताको रुपमा एसेन्सो ब्रान्ड भित्र्याएका हौं ।’ उनले सो ब्रान्ड नेपाली बजारमा रुचाइने अपेक्षा समेत गरे । सो टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ । भारतमा महंसरिया टायर्स प्रालिले एसेन्सो टायर उत्पादन गर्दै आएको छ । बाबुछोरा अशोक महंसरिया र योगेश महंसरियाको ज्ञान, अनुभव र सफल ट्रयाक रेकर्ड यसमा प्रयोग भएको छ । तीन दशक भन्दा लामो समयदेखि उनीहरुले विश्वमै लोकप्रिय अन्य दुई टायर ब्रान्ड समेत उपलब्ध गराइसकेका छन् । भारतको गुजरातस्थित पनौलीमा अवस्थित अत्याधुनिक प्लान्टमार्फत यी टायर उत्पादन हुन्छन् । १२७ एकड जमिनमा फैलिएको सो प्लान्टको उत्पादन क्षमता वार्षिक ७० हजार मेट्रिक टन हुनेछ । हाल सो प्लान्टबाट ४० हजार मेट्रिक टन क्षमतामा सञ्चालित छ ।

देशभरको ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको थप स्थानहरुमा चार्जिङ स्टेशन विस्तार गरेको छ । योसँगैं कम्पनीको चार्जिङ स्टेशन संख्या ४० पुगेको छ । नेपालको सबै हाइवे र स्थानीय रुटहरुमा पेट्रोल पम्पको एथेस्ट उपलब्धता भएता पनि इभी चार्जिङ पोइन्ट नभएकोले नै कम्पनीले क्रमिकरुपमा चार्जिङ नेटवर्क विस्तार गर्दै गएको जनाएको छ । कम्पनीले आगामी दिनमा थप स्थानहरुमा चार्जिङ स्टेशन बनाउने जानकारी दिएको छ । कम्पनीको अनुसार हुन्डाईका चार्जिङ स्टेशनहरु मोवाइल फोन चार्ज गरे जतिकै सजिलोसँग गाडी चार्ज गर्न सकिन्छ । लक्ष्मी इन्टरकन्टिनेन्टलको अहिले देशका प्रमुख शहरहरुमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोबाइल उत्पादक मध्ये एक हो ।

माघ १९ गतेदेखि मोटरहेड एक्सचेन्ज मेला, ५ दिन संचालन हुने

काठमाडाैं । मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेले यही माघ १९ गतेदेखि लागू हुने गरी ५ दिने एक्सचेन्ज सन्चालन गर्ने भएको छ । उपत्यकाभित्रका सबै शोरुमहरुमा लागू हुने गरी उक्त कार्यक्रममा कम्पनीले यस पटक पुरानो बाइकको बजार मूल्यांकनमा थप २० हजार दिने भएको छ । यस अघि कम्पनीले थप मुल्यांकनमा १५ हजार दिने गरेको थियो । यसका साथै उक्त पाँच दिने कार्यक्रम एक्सचेन्ज नगरी नगदमै मोटरहेडका वाइक खरीद गर्दा १० हजार छुट र फाइनान्स खरीदमा ८ हजार छुटको व्यवस्था गरेको छ । उपत्यकाभित्र कम्पनीको ५ ठाउँमा शोरुम रहेको छ धोबिघाट, सल्लाघारी, टेकु, चावहिल र बालाजुमा रहेको शोरुमहरुबाट आफूले पाइक पर्ने गरी यो अफरको फाइदा लिन सकिन्छ । बजारमा राम्रो प्रवेश गर्न सफल यस ब्राण्डका हाल ७ मोडल रहेका छन्, जसमा अफ रोड राइडका लागी स्र्पोटर्स २५०, एक्स टोर्क २५०, एमएच २०० एक्स र रोड।अफरोड दुवैलाई हुने गरी टेक्कन २५०, टेक्का २५० आर, एमएच १५० आर र स्क्रयामब्लर रहेका छन् । मोटरहेडका बाइकहरुको मूल्य ३ लाख ५ हजारदेखि लिएर ४ लाख ५५ हजारसम्मका रहेका छन् । कम्पनीले बिक्रिलाई सहज बनाउन र ग्राहकलाई सजिलो महसूस गराउन विभिन्न रिकण्डिसन र फाइनान्सहरुसँग सहकार्य गरी अघि बढेको जानकारी दिएको छ ।