सवारीसाधनमा युरो ६ चरणवद्ध रुपमा लागु गर्नुपर्छ: नाडा
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारको सवारीसाधनहरुमा युरो ६ लागु गर्ने प्रावधानलाई सकरात्कम रुपमा लिएको बताएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै नाडाले यूरो ६ लागू गर्ने प्रावधानलाई सकरात्कम रुपमा लिएको बताएको हो । यद्यपी यसको समग्र पूर्वाधार तयारीका लागि चरणवद्ध रुपमा लागु गर्दे जानु पर्ने नाडाको धारणा छ । देशमा उपयुक्त पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ती पनि तयार नभईसकेकाले यसलाई चरणवद्ध रुपमा नै लागु गर्ने नाडाले सरकारलाई अनुरोध गरेको छ ।
अब किया सोरेन्टो एसयुभी नेपालमा पनि पाइने, मूल्य १ करोड ६९ लाख
काठमाडौं । कियाले नेपालमा आफ्नै ब्रान्डको पहिलो हाइब्रिड किया सोरेन्टो एसयुभी सार्वजनिक गरेकाे छ । किया सोरेन्टो हाइब्रिड ७–सिट क्षमताको रहेकाे छ । १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक मोटरले १.४९ किलोवाट आवर ब्याट्रीद्वारा सञ्चालित सोरेन्टो कुनै पनि भूभागमा पुग्न सक्ने ठूलो एसयुभी मात्र नभएर सफा र हरियाली भविष्यको लागि एउटा विकल्प रहेकाे कम्पनीले बताएकाे छ । यसमा ७ वटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, लेन किपिङ सिस्टम, सराउन्ड भ्यू मोनिटर, लेन फलोइङ असिस्ट र अन्य धेरै सुरक्षा सुविधाहरू रहेकाे छ । यसमा १२.३ इन्चको अल–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेकाे छ । मुड ल्याम्प, हेड अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रिक सिटहरू सोरेन्टोलाई विलासी एसयुभीमध्ये एक बनाउने केही विशेषताहरू हुन् । सोरेन्टो हाइब्रिड को मूल्य १ करोड ६९ लाख ९० हजार तोकिएको छ । नेपाली बजारमा याे रनवे रेड, ग्रेभिटी ब्लु, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँच फरक कलर भेरियन्टमा यो गाडी उपलब्ध छ ।
केजी इन्टरकन्टिनेन्टल विन्टर अफर: ताइवानी कम्पनीको एसवाईएम मोटरसाइकल किन्दा विशेष छुट
काठमाडौं । केजी इन्टरकन्टिनेन्टलले विन्टर अफर ल्याएको छ । कम्पनीले यस अफर अन्तर्गत एसवाईएम मोटरसाइकलमा विशेष छुट प्रदान गर्ने लागेकाे हाे । कम्पनीकाे अनुसार माघ ९ गते आइतबारबाट माघ अन्तिमसम्म यो अफर देशभरका सबै शोरुममा लागु हुनेछ । यस अफर अन्तर्गत एसवाईएमको एनएचटी २०० बाइक खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ छुट पाउनेछन् । त्यस्तै कम्पनीले एक्स्चेन्ज गर्ने ग्राहकको सुविधालाई मध्यनजर गर्दै पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्यभन्दा अतिरिक्त १५ हजार रुपैयाँ थप मूल्यांकन गरिने जानकारी दिएकाे छ । काठमाडौंमा कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा संखुवासभा, इलाम, पोखरा, चितवन एसवाईएमको शोरुम सञ्चालनमा आएको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् । एसवाईएम ताइवानको कम्पनी हो । यो बाइक १८३ सिसीमा बजारमा उपलब्ध छ । यसमा एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१०एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता छन् । यसकाे अत्याधिक पावर १३.५ किलोवाट, ८५०० आरपिएम, अत्याधिक टर्क १५.७ एमएम र ७५०० आरपिएम छ । ६ वटा गियर स्पिड, डवल च्यानल एबिएस ब्रेकिङ सिस्टम लगायतका विशेषता यो मोटरसाइकलमा रहेकाे छ । यसकाे अगाडिको टायर साइज १००/९०–१९ र पछाडिको टायर साइज १३०/८०–१७ रहेको छ । यस बाइकको मूल्य नेपाली बजारमा ६ लाख २५ हजार रुपैयाँ तोकिएको छ र याे रेड, ब्राउन, ब्लु र ब्ल्याक कलरमा बाइक उपलब्ध छ । बिक्री पछिको सेवालाई मध्यनजर गर्दै पाँच ठाउँमा कम्पनीले सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । कम्पनीकाे अनुसार यसकाे स्पेयर्स पार्टससमेत नेपाली बजारमा ग्राहकले सुपथ मूल्यमा प्राप्त गर्न सक्नेछन् ।