टिभिएस् मोटर्सले सार्वजनिक गर्यो अपाचे आरटीआर, यस्ता छन् बाइकका विशेषता

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले टिभिएस अपाचे RTR 200 4v र्वजनिक गरेको छ । कम्पनीले बिहीबार सो मोटरसाइकल सार्वजनिक गरेको हो । टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष आर दिलीपले टीभीएस अपाचे श्रृंखला, संसारभरी रहेका ग्राहक र रेसिंग उत्साहीहरुका लागि नयाँ प्रविधिको कौशल प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण रहेको बताए । उनले फस्र्ट इन सेगमेंट फिचर्स र प्रविधियुक्त रहेको नयाँ टिभिएस अपाचे RTR 200 4v मोटरसाइकल नेपालमा प्रस्तुत गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए । यस्तै, जगदम्बा मोटर्स तथा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले नेपाली ग्राहकहरुले सधैं नै टिभीएस अपाचे सिरिजको रेस एडिसनलाई सधैँ नै रुचाएको बताए । यो नयाँ एडिसनको रेस मेसिनले ग्राहकवर्गमा थप उत्साह ल्याउनेमा आफुहरु आशावादी रहेको पनि उनले बताए । यो मोटरसाइकलमा अब पहिलाको भन्दा फरक फस्र्ट इन् सेगमेन्ट एड्जस्टेबल सस्पेन्सन सहित आएको छ । उच्चतम प्रस्तुति दिन सक्षम Showa फ्रन्ट सस्पेन्सनको प्रि–लोडेड एड्जस्ट्मेन्टले चालकलाई प्लुस राइड र ट्रयाकराइड कुन मा कुदाउने भनेर रोज्ने अवसर प्रदान गर्दछ भने नयाँ पछाडिको Showa सस्पेन्सनले ट्रयाकमोटरसाइकल कुदाउँदा गज्जबको अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ । यो मोटरसाइकल ३–स्टेप एड्जस्टमेन्ट सहित एड्जस्टेबल ब्रेक तथा क्लच लिभर सहित उपलब्ध छ जसलाई विचको औंलाले कन्ट्रोल गर्न एकदमै सजिलो रहेको छ। त्यस्तै सिङ्गल चेनल ए.बि.एस सहित यसको ब्रेकिङ्ग प्रणालीमा व्यापक सुधार भएको हुनाले यो मोटरसाइकल अधिक सुरक्षित बनेको छ। हाल यो मोटरसाइकल ग्लस ब्लाक, पर्ल वाइट र नयाँ म्याट ब्लु गरेर ३ ओटा फरक रंगमा उपलब्ध हुनेछ । जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा स्पेर्स पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

हुण्डाईले ल्यायो ‘हुण्डाई फेष्टिभ डेलाइट २०७८’ योजना, नयाँ गाडीसम्म उपहार

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई फेष्टिभ डेलाइट २०७८’ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा, लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ ‘हुण्डाई आई २०’ र ३ लाख रुपैयाँसम्मको नगद छुटको योजना ल्याएको हो । साथै स्क्रयाच कार्ड मार्फत १ लाख रुपैयाँसम्मको थप नगद छुट र निस्शुल्क १ वर्ष सम्मको बिमा र सडक कर (चालु आव) समेत प्राप्त गर्न सक्नेछन् । साथै हरेक हुण्डाई गाडीको खरिदमा ६वर्षसम्म निस्शुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ ।

दशैंअघि कार चढ्ने सपना अधुराे बन्दै

काठमाडौं । टाटाको विद्युतीय कार नेक्सन इभी नेपालमा भित्रिएको करिब एक महिना भयो । उपभोक्ताले अहिलेसम्म ५०० भन्दा बढी गाडी खरिदका लागि बुकिङ गरिसकेका छन् । ग्राहक दशैं अघि नै नयाँ गाडी चढ्न चाहन्छन् । उनीहरु आफ्नो गाडी कहिले आउँछ भनेर टाटाको आधिकारिक बिक्रेता सिपद्री ट्रेडिङमा सोधखोज गर्छन । तर, कम्पनी भने ग्राहकको माग अनुसार गाडी दिन नसकेकोमा निराश बनेको छ । ‘बुकिङ गरेका ग्राहकलाई छिटोभन्दा छिटो गाडी दिने हाम्रो प्रयास छ, तर गाडी उत्पादकले नै हाम्रो माग अनुसार गाडी दिन सकेको छैन,’ सिपद्री ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने । बुक गर्ने सबै ग्राहकलाई सन् २०२१ को अन्त्यसम्ममा गाडी दिन सकिन्छ कि भन्ने आशा उनले सुनाए । राजनबाबुको जस्तै अनुभव छ हुण्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठको पनि छ । आपूर्ति भन्दा माग २५÷३० प्रतिशत बढी रहेको उनले बताए । भक्स्वागत मोटर्सको आधिकारिक विक्रेता पूजा इन्टरनेशनका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेको भोगाई पनि उस्तै छ । ‘मासिक गाडीको बुकिङ १२० वटा छ । तर महिनामा ३० वटा भन्दा बढी गाडी दिन सकिएको छैन,’ विजुक्छेले भने । ‘अहिले गाडी बिकेन भन्ने समस्या होइन, ग्राहकको माग अनुसार गाडी दिन नसक्नु समस्या हो’ नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष समेत रहेका अन्जन श्रेष्ठ भन्छन्–‘यो समस्या नेपालको मात्र होइन, विश्वभरको हो, एउटा ब्राण्डका गाडीमा मात्र होइन, सबै ब्राण्डका गाडीको समस्या हो ।’ गाडीमा प्रयोग हुने सेमि अटो चिप्स विश्व अटो बजारमा अभाव भएको छ । उक्त चिप्स प्रर्याप्त उपलब्ध नहुँदा गाडी उत्पादक कम्पनीहरुको उत्पादन बृद्धि हुन सकेको छैन । किन अभाव भयो चिम्स ? सिप्रदी ट्रेडिङका सिनियर म्यानेजर सावजङ सिजापतिका अनुसार विश्वभर कोभिड महामारी पछि गाडी बजारमा मन्दीको प्रक्ष्येपण गरियो । गाडी उत्पादक कम्पनीहरुले स्पेयर पार्टस् खरिदका आदेशहरु समेत रद्द गरे । त्यहि क्रममा चिप्सका अडरहरु पनि रद्द गरिए । तर, विश्वको अटोबजार विज्ञहरुले गरेको प्रक्ष्येपणभन्दा फरक भयो । माग कम हुनुको सट्टा उच्च दरले वृद्धि भयो । ‘विश्व बजारमा अटोमोवाइल्सको माग ३० प्रतिशतले वृद्धि भएको छ । तर चिप्स उत्पादकहरुलको क्षमता ३ प्रतिशतले मात्र विस्तार भयो’ राजनबावु श्रेष्ठले भने–‘यसरी माग र उत्पादन वृद्धिबीचको असन्तुलनले गर्दा विश्वभर नै गाडी माग अनुसार उत्पादन र आपूर्ति हुन सकिरहेको छैन ।’ कोभिड महामारी र लकडाउनका कारण विश्वभरको सार्वजनिक यातायातमा नकारात्मक प्रभाव पर्यो । सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा कोभिड संक्रमणको जोखिम उच्च भएको स्वास्थ्य विज्ञहरुले औल्याए । विश्वका सरकारहरुले पनि सार्वजनिक सवारी कडाईका साथ बन्द गरे । निजी सवारीमा रोग संक्रमणको जोखिम कम भएको जनाउँदै यस्ता सवारीको यात्रा खुकुलो बनाइयो । लकडाउनमा सरकारले लिएको नीति र निजी सवारीमा यात्रा गर्दा सरुवा रोगको जोखिम कम हुन सर्वसाधारणको बुझाइपछि निजी सवारीको माग बढेको महासंघको उपाध्यक्ष अन्जन श्रेष्ठ बताउँछन् । ‘कोभिड महामारीपछि मोटर साइकलको माग पनि बढ्यो, कार, जीप, भ्यान जस्ता निजी ४ पाङ्ग्रे सवारीको पनि माग बढेको छ’ श्रेष्ठ भन्छन्–‘यसले सर्वसाधारणलाई सुरक्षित बनाउनुको साथै आर्थिक गतिविधि बढाउन पनि मद्दत पुगेको छ, सरकारको राजश्व वृद्धिमा पनि सहयोग पुगेको छ ।’