नाडाका अधिकांश पूर्व अध्यक्षको साथ छ, हाम्रो प्यानलको जीत सुनिश्चित भयोः ध्रुव थापा

ध्रुवबहादुर थापा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् । नाडा अटो मोबाइल्स एसोसिएसनको आगामी कार्यकालका लागि थापाले अध्यक्ष पदमा प्यानलसहित उम्मेद्वारी घोषणा गरिसकेका छन् । उनलाई हुन्डाईको नेपाली आधिकारिक बिक्रेता लक्ष्मी गुप्रको साथ रहेको छ । लक्ष्मी गुप्रका कार्यकारी निर्देशक निराकर श्रेष्ठ उनको टिममा उम्मेदवार छन् । नाडाका उपाध्यक्ष तथा फोर्ड मोटर्सका आधिकारिक बिक्रेता आकाश गोल्छाले थापालाई सहयोग गरेका छन् । अटो मोवाइल क्षेत्रमा बलियो उपस्थिति जनाएका शंकर ग्रुप, दुगड ग्रुप, गोल्छा अर्गनाइजेसन, बैद्य अर्गनाइजेशन, सारडा ग्रुप तथा कन्टिनेन्टल ग्रुपले थापालाई साथ दिएका छन् । नाडाको आगामी कार्यकालको लागि नेतृत्वमा प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका थापासँग विकासन्युजका लागि समुन्द्र घिमिरेले कुराकानी गरेकी छन् । नाडाको नयाँ नेतृत्वका लागि प्यानल सहित उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ, तपाईका एजेन्डाहरु कस्ता छन् ? सामान्य व्यवसायीदेखि इम्पोर्टस व्यवसायीहरु नाडामा आवद्ध छन् । सानादेखि ठूला सबै व्यवसायीलाई समेटेर लैजाने नेतृत्वको खाँचो छ । सबै व्यवसायीलाई समेट्नको लागि नाडाको नेतृत्वमा जानु नै मेरो मुख्य एजेण्डा हो । प्रादेशिक संरचनामा नाडा गैसक्केको छ । प्रादेशिक संरचनालाई अधिकार सम्पन्न बनाउनु पर्नेछ । अर्काे, हामीले प्रत्येक वर्ष नाडा अटो शो कार्यक्रम गर्दै आएका छौं । त्यसलाई पहिचान दिनुछ । नाडा अटो शोलाई अन्तर्राष्टियस्तरको बनाउने, अहिलेसम्म प्याटेन्ट दर्ता छैन, कसैले मैले गरेको भनेर दाबी गर्यो भने हामीले छोड्नुपर्ने अवस्था आउनसक्छ । त्यसैले मुख्य काम नाडा अटो शोको प्याटेन्ट दर्ता गराउनु छ । यस्तै, धेरै नीति निर्माण हुन सकेको छैैन, बाँकी भएका नीति निर्माण गरेर व्यवसायीको हत हित केन्द्रीत नाडा बनाउनु नै मेरो मुख्य एजेण्डा हो । तपाई नाडाको २ कार्यकालसम्म उपाध्यक्ष भैसक्नु भएको छ, अध्यक्ष नै बन्नुपर्ने कारण ? नाडा अध्यक्ष प्रणालीमा रहेको छ । कार्यसमिति र अन्य पदाधिकारीमा भैरहदा अध्यक्षले ल्याएका एजेण्डाहरुलाई सहयोग गर्न बाहेक हाम्रो भूमिका खासै छैन । अध्यक्ष बाहेकका पदाधिकारीले आफ्नो तरिकाले नयाँ एजेन्डा ल्याउन पाइदैन । अध्यक्षमा जो हुनुहुन्छ, उहाँले ल्याएको एजेण्डालाई समर्थन गर्दा नै कार्यकाल सकियो । एजेण्डा ल्याउने हाम्रो हैसियत हुँदैन । नाडामा गर्नुपर्ने कामहरु धेरै छन् । उपाध्यक्ष हुँदा नै मैले नाडाकोे नेतृत्व लिएर धेरै काम गर्नुपर्छ भन्ने सोच बनाएको थिए, त्यही सोच अनुसार नाडाको व्यवस्था सुधार गर्नुछ । नाडा यर्थाथवादमा चलेको छ, त्यसलाई विस्तार गर्नुछ । निर्वाचन जित्ने आधारहरु के के छन् ? अहिले झन्डै नाडामा आबद्ध भएका ९५ प्रतिशत भन्दा बढी व्यवसायीहरु मझौला व्यवसायीहरु छन् । ६५ प्रतिशतभन्दा बढी काठमाडौं उपत्यका बाहिरका व्यवसायीहरु नाडामा आवद्ध छन् । म स्वयम् उपत्यकाभन्दा बाहिरको व्यवसायी हूँ । नाडाको इतिहासमा नै मोफसलबाट अध्यक्षमा पहिलो पटक मैले उम्मेद्वारी दर्ता गराएको छु । म सानो व्यवसायबाट आएको हू । मैले धेरै अनुभव प्राप्त गरिसकेको छु । मेरो नेतृत्वमा सानादेखि ठूला क्षेत्रका सबै व्यवसायीलाई समेटेर मैले प्यानल बनाएको छु । सानादेखि ठूला व्यवसायीलाई समेटेर हामी अगाडी बढेका छौं । मेरो चुनाव जित्ने मुख्य आधार नै सबै व्यवसायीलाई समेटेर हो । विगतमा सहमतिमा नयाँ कार्यसमिति चयन गर्ने अभ्यास देखिन्छ । यसपाली प्यानलसहित निर्वाचन हुँदैछ । निर्वाचनपछि नाडा फुट्ने हो कि भन्ने चिन्ता पनि व्यवसायी माझ देखिन्छ । निर्वाचनको हारजितसँगै नाडा फूट्ने सम्भावना छ ? नाडा फुट्नुमा निर्वाचनसँग कुनै सम्बन्ध छैन । नाडामा आवद्ध भएका हामी जति व्यवसायीहरु छौं, हाम्रो व्यवसाय अटो मोबाइल्स नै हो । अहिलेको नाडा फुटाएर अर्काे एसोसिएसन बनाएर जान कसैलाई पनि फाइदा छैन । यो नितान्त व्यवसायिक संस्था हो । संस्थामा चुनाव हुन्छ, चुनाव हार्नेले नयाँ संस्था खोल्न थाल ेभने संस्थाकोे अस्तित्व नै हुँदैन । अहिले कार्यसमितिमा नसमेटिएका व्यवसायीहरु अर्काे पटक आउन सक्नुहुन्छ । त्यसैले निर्वाचन भएकै कारण नाडा फुट्ने कुनै सम्भावना छैन । निर्वाचनको नतिजालाई हामीले स्वीकार गर्नुपर्छ, स्वीकार गर्न हामी तयार छौं । निर्वाचनको तयारीकै बीचमा ठूलो संस्यामा सदस्यता विस्तार भएको छ । निर्वाचनको समयमा सदस्यता विस्तार गरेर ९ सयबाट किन ३२ सय बनाइयो ? हामीले गरेको अनुमान अनुसार अटो मोेबाइल्स क्षेत्रमा देशभर प्रत्यक्ष रुपमा झन्डै १० हजार व्यवसायी आवद्ध हुनुभएको छ । १० हजार बढी व्यवसायी अटो मोबाइल्स क्षेत्रमा रहँदा नाडामा जम्मा ३२ सय सदस्यहरु मात्र आवद्ध हुनुभएको छ । व्यवसायीसँगै प्रदेशगत रुपमा नाडाले प्रतिनिधित्व गर्दा सदस्य संख्या पनि विस्तार भएको हो । निर्वाचन नजिकिएसँगै केही नयाँ सदस्यहरु पनि थपिनु भएको छ । म थपिएनन् भन्न सक्दिनँ । तर, हामीले चुवावलाई लक्षित गरी नयाँ सदस्यता विस्तार गरेका छैनौं । नाडामा ठूला साना सबै व्यवसायी छन् । ठूला व्यवसायीले सानालाई महत्व दिएनन्, अवसर दिएनन् भन्ने गुनासो साना व्यवसायीको छ । यस्तो मतभेद कसरी हटाउने योजना बनाउनु भएको छ ? विगतमा नाडामा नेतृत्व गरेका व्यवसायीहरुले हामी जस्ता मोफसलमा बसेका तथा साना व्यवसायीहरुलाई बेवास्ता गर्ने प्रचलन थियो । ठूला व्यवसायीले गर्ने व्यवहारका कारण नै मोफसलबाट पनि नाडामा नेतृत्व लिनुपर्छ भनेर नै मैले पहिलो पटक अध्यक्षमा उम्मेद्वारी दर्ता गराएको हूँ । नाडाको अध्यक्षमा मैले उम्मेद्वारी दर्ता गर्नुको मुख्य कारण नै नाडामा हुने गरेको मतभेद तथा भेदभाव हटाउनु हो । नाडामा सिमित व्यवसायीको माग मात्र सरकारसँग पुग्ने गर्यो । साना तथा मझौला व्यवसायीको माग सरकारसँग पुग्ने गरेको छैन । मैले सानाठूला सबै व्यवसायीलाई समेटेर सबैको माग सरकारसँग पुर्याउने पहल गर्नेछु । सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने भन्दै नेपालमा नै गाडी एसेम्बल गर्ने उद्योगलाई सहुलियत घोषणा गरिसकेको छ । सरकारी नीतिअनुसार गाडी एसेम्बलिङमा नाडाको भूमिका कस्तो रहला ? एसेम्बलिङ उद्योगमा नाडा सकरात्मक छ । विगतदेखि नै हामीले एसेम्बल उद्योगलका लागि छुट्टै नीति बनाउनुपर्छ भनेर लागिपरेका पनि हौं । नीति अझै बनेको छैन, हामी नीति छिटो बन्नुपर्छ भन्नेतर्फ लागिपरेका छौं । नीतिका लागि सरकारको ढोका ढक्ढकाउँदै आएका छौं । अहिले २ पांग्रे सवारी साधनको मात्र तयारी भएको अवस्थामा विस्तारै चार पांग्रेको पनि माग राख्दै आएका छौं । यसका लागि आवश्यक पर्ने नीति बनाउन हामी पनि सरकारलाई सहयोग गर्न तयार छौं । सवारी साधनमा सबैभन्दा बढी कर लगाउने देशको सूचिमा नेपाल पर्छ । भन्सार, अन्तःशुल्क, भ्याट, सडक दस्तुर, वातावरणीय प्रदुषण शुल्क लगायत सबै कर सवारीधनीले तिर्नुपर्छ । करको दर कम गर्न नाडाले किन हस्तक्षेपकारी भूमिका खेल्न सकेन ? यसमा नाडाले हस्तक्षेपकारी भूमिका खेल्न सक्दैन । कर घटाउने विषयमा नाडाले पटक पटक सरकारसँग माग राख्दै आएको छ, तर अहिलेसम्म कार्यान्वयन हुन भने सकेको छैन । सबैभन्दा बढी कर तिरेर सवारी साधन चढ्ने भनेको नै नेपालीले मात्र हो । हाल संरसारकै महङ्गो गाडीमा भारतीयले भन्दा ५ गुुणा, अमेरिकीले भन्दा ३ गुण बढी कर नेपाली तिर्नुपर्ने अवस्था छ । सरकारले जहिलेसम्म सवारी साधनलाई आधारभूत आवश्यकतामा राख्दैन्, तवसम्म कर घट्दैन । अहिले नेपालमा यति धेरै सवारी साधनहरु भएका छन् । आधारभूत आवश्यकता नै भैसकेको छ अहिले सवारी सधान । सवारीधनीले तिरेकोे करले नै देश चलेको छ । हामीले कर घटाउन हिजो पनि पहल गरेका थियौं, आज पनि गरिरहेका छौं र भोलि पनि हाम्रो पहल जारी रहनेछ ।   तपाईंले मोफसल क्षेत्रको प्रतिनिधित्व गरी नाडाको अध्यक्षमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । निर्वाचनमा होमिदै गर्दा ठूला व्यवसायिक घरानाको साथ छैन भन्ने सुनिन्छ नि ? यो त बाहिर भन्ने कुरा नै भयो । सानादेखि ठूला सबै क्षेत्रका व्यवसायीहरुको साथ र समर्थन मलाई छ । मसँगै हुण्डाई, फोर्ड, गोल्छा अर्गनाइजेसन, जगदम्बा, दुगर्डदेखि बाहिरबाट धेरै व्यवसायीले मलाई सपोर्ट गरिराख्नु भएको छ । नाडाको अधिकांश पूर्व अध्यक्षको साथ मलाई छ । पूर्वअध्यक्ष भन्नासाथ ठूला व्यवसायिक घरानाको साथ भन्ने बुझिन्छ । हामीलाई धेरै व्यवसायिक साथीहरुले साथ र सपोट छ । हामीले चुनाव जितिसकेका छौं, चुनावी लहरले यो स्वतःसिद्ध गरिसकेको छ कि, हाम्रो जित सुनिश्चित भैसकेको छ । तरपनि प्राविधिक कारणले चुनावको दिनसम्म कुर्नुपर्ने वाध्यता छ । हाम्रो प्यानलले चुनाव जितिसक्यो । तपाईले नाडाले नेतृत्व पाउनुभयोे भने, मोफसल र उपत्यकाका व्यवसायीलाई हेर्ने तपाईको नजर कस्तो हुन्छ ? मोफसलबाट आयो भनेर काठमाडौं उपत्यकाका व्यवसायीहरुलाई हेर्ने मेरो नजरमा केही फरक हुँदैन । उपत्यकामा पनि झन्डै एक तिहाई व्यवसायी हुनुहुन्छ, उहाँहरुले मलाई ठूलो साथ र सपोर्ट गर्नुभएको छ । ३२ सयमध्येमा झन्डै ११ सय सदस्य काठमाडौंमा मात्रै हुनुहुन्छ । मैले चुनाव जितेर अध्यक्षको नेतृत्व सम्हालिरहँदा सबै व्यवसायीलाई समान व्यवहार मैले गर्छु । सबै व्यवसायीलाई समेटेर उहाँहरुको माग सरकारसँग पुर्याउने मेरो मुख्य भूमिका रहन्छ । नाडा भनेको एउटा माध्यम हो, मैले त्यो माध्यमको पूर्ण रुपमा उपयोग गर्नेछु ।

हुन्डाइको ‘न्यु कोना इलेक्ट्रीक’ कार नेपालमा, एकपटक चार्ज गरेपछि ३०५ किलोमिटर गुड्ने

काठमाडौं । हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रीक कोना नेपालमा लन्च गरेको छ । नेपाली बजारमा विगत २ वर्षदेखि विक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रीक एक सफल क्रसओभर कार हो । नयाँ इलेक्ट्रीक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको छ । कोनाको इन्टेरियर तथा एक्टेरियरमा धेरैवटा अपग्रेड ग्राहकले पाउन सक्नेछन् । नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी फिचर थप भएर आएको छ । यसमा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राईभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर राखिएको छ । एक्टेरियरमा हेर्दा हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । साथै अब कोनो इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । न्यु कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार ब्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कमगरी कोनोको ह्याण्डलीङ उत्कृष्ट बनाएको छ जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ । कोनामा रहेको ८ इन्चको टचस्कृनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राभिङ एक्पिरीयन्सलाई उच्च स्तरीय बनाउँछ । नेपाली बजारमा कोनो इलेक्ट्रीक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइट कलरमा उपलब्ध रहेको छ । इभीको लागि अनिवार्य चार्जिङ स्टेसनलाई पनि लक्ष्मी इन्टरकन्टीनेन्टलले देशभर विस्तार गर्दै आएको छ । हाल नेपालको विभिन्न ३६ स्थानमा चार्जिङ स्टेशन स्थापना भइसकेको छ । कम्पनीले नेपालमा इभी बेच्ने मात्र नभएर इभी कल्चरको नै विकास गर्नका लागि यसै वर्षभित्र ५० चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य लिएको जनाएको छ । लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले देशभर रहेका आफ्ना १३ डिलर र १७ वटा सर्भिस सेन्टर मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हुन्डाई विश्वको ठूला ५ कार निर्मातामा पर्ने अटोमोबाइल उत्पादक कम्पनी हो जसले वार्षिक लाखौंको संख्यामा उत्कृष्ट क्वालीटीका गाडीहरु उत्पादन तथा विक्री वितरण गर्दै आएको छ ।

मंसिर २३ गतेबाट मोटरहेड एक्सचेन्ज अफर मेला हुँदै

काठमाडौं । मोटरहेड ब्राण्डका आधिकारिक वितरण एसएलआर टेक्नो एण्ड ट्रेडले तीन दिने मोटरहेड एक्सचेञ्ज अफर सन्चालन गर्ने भएको छ । कम्पनीले यहि मंसिर २२, २३ र २४ गते उपत्यकभित्रका आफ्ना सम्पूर्ण शोरुमहरुमा लागु हुने गरी एक्सचेञ्ज अफर सन्चालन गर्ने भएको हो । ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखी कम्पनीले यस अफरलाई आफ्नो सबै शोरुमहरुमा सन्चालन गर्न गईरहेको जानकारी दिएको छ । कम्पनीले डर्ट, क्रसओभर स्क्याम्बर सेगमेन्टमा आफ्नो छुट्टै उपस्थिति जनाउँदै आएको छ । कम्पनीले यस अफरलाई अझ आकर्षक बनाउन विभिन्न अफरहरु ल्याएको छ । जसमा नगद खरिदमा १० हजार छुट, फाईनान्समा ७ हजार छुट र बाइक सट्टा पट्टा गरी लिँदा पुराना बाईकमा बजार मूल्यांकनमा थप १५ हजार ग्राहकले पाउने छन् । कम्पनीले उचित मूल्यांकन र सरल खरिदको वातावरण मिलाउन अन द स्पोट भ्यालुएशन व्यवस्थापन गर्ने जनाएको छ । साथै हरेक खरिदमा आकर्षक फ्रि – डर्ट हेल्मेट समेत ग्राहकहरुले पाउने कम्पनीले जानकारी दिएको छ । मोटरहेडको सल्लाघारी, मित्रपार्क, टेकु , धोविघाट र बालाजु भ्यालीकोर्ट स्टोरको अगाडी रहेको आफ्नो शोरुमहरुमा यो अफर संचालन हुनेछ । मोटरहेडले हालसालै परिमार्जित टेकन आर २५० मोडल बजारमा ल्याएको छ ।