सिप्रदीकाे गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने
काठमाडौं । सिप्रदी ट्रेडिङ्गकाे गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने भएकाे छ । राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच साेमबार सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता भएको हाे । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुई कम्पनीबिचको पहिलो सम्झौता सहुलियतपूर्ण कर्जा लगानी सम्बन्धी रहेको छ । यस सम्झौता अनुसार टाटा कम्पनीका व्यापारिक सवारी साधन खरीद गरेर व्यवसाय गर्न चाहने उद्यमीहरुलाई सिप्रदी ट्रेडिङ्गले आफ्नो तालिम केन्द्रमा आवश्यक तालिम प्रदान गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने र सोही उद्यमीहरुलाई बैंकले व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने बैंकले जनाएकाे छ । यस्तै दोश्रोे सम्झौता नीजि तथा व्यापारिक सवारी कर्जा लगानी सम्बन्धी रहेको छ । यस सम्झौता अनुसार टाटा कम्पनीका नीजि तथा व्यापारिक सवारी साधन सिप्रदी ट्रेडिङ्ग मार्फत खरीद गर्न चाहने ग्राहकलाई बैंकले नियमानुसार कर्जा लगानी गर्ने बैंकले जनाएकाे छ । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको प्रतिस्पर्धी क्षमता बृद्धि गर्नको लागि ठूला व्यापारिक संस्थाहरुसँगको सहकार्य फलदायी हुने बताए । सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यस्तो सम्झौताले व्यक्तिको आयस्तर बढ्नुका साथै देशको अर्थतन्त्र उकास्न टेवा पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सम्झौताले दुबै संस्थाको व्यवसाय बृद्धिमा सघाउ पुग्ने बताए ।
टेकुमा खुल्यो मल्टीब्राण्ड शोरुम बाइकर्स मार्ट
काठमाडौं । टेकुमा मल्टी ब्राण्ड शोरुमा बाइकर्स मार्ट खुलेको छ । शुक्रबारदेखि सेवा दिने उदेश्यको साथ उक्त शोरुम खुलेको हो । शोरुममा विभिन्न सात ब्राण्डका बाइकहरु पाइने बाइकर्स मार्टका प्रबन्ध निर्देशक गौरव कुमार पाठकले बताएका छन् । पाठकको अनुसार शोरुममा हेल्मेट, एप्यारेल, मर्चेन्डाइज, ब्याग, ग्लोभ्स लगायतका बाइकर्सका लागि आवश्यक सबै सामग्री पाइनेछ । बाइकर्स मार्टमा सीएफमोटो, हार्ले डेभिडसन, हाउजे, क्लेभल्यान्ड, बीएमडब्ल्यु, बेनेली र रिजु ब्रान्डका बाइक राखिएकाे छ । मार्टले हालकाे लागि बाइक बाहेक अन्य सामाग्रीमा १५ प्रतिशत छुटकाे व्यवस्था पनि गरेकाे छ ।
सबैभन्दा बढी गाडी बिक्री हुनेमा सेल्टोस पहिलाे, न्युनतम ४९ लाख ९० हजार रुपैयाँदेखि नै पाइने
काठमाडौं । नेपाली सडकमा कुद्ने कियाको मिड-एसयुभी सेल्टोसको संख्या हजार नाघेको छ । नेपाल प्रवेश गरेको एक वर्ष पूरा हुँदा नहुँदै हजार युनिटभन्दा बढी सेल्टोस बिक्री भएको हो । सेल्टोस र अर्को मोडल सोनेटले कोरियाली अटो ब्रान्ड कियालाई नेपालमा सबैभन्दा बढी बिक्री हुने गाडीको तेस्रो नम्बरमा उकालेका छन् । करिब दुई महिनाअघि नेपाली बजारमा आएको सोनेट २५० युनिभटभन्दा बढी बिक्री भइसकेको छ । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले गत वर्ष पुसमा सेल्टोस नेपाल ल्याएको थियो । यो गाडी छिमेकी मुलुक भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड-एसयुभी बन्न सफल भएको थियो । सेल्टोस कियाको भारतस्थित प्लान्टमा उत्पादन हुन्छ । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतीय प्लान्टमा सेल्टोस उत्पादन थालेको हो । भारत-६ इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले विश्वभरका मिड एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सेल्टोस र सोनेटको प्रवेशसँगै किया नेपालको तेस्रो नम्बरको प्यासेन्जर भेहिकल ब्रान्ड बन्न सफल भएको छ । सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी-कट स्टेरिङ, युभी ग्लास जस्ता विशेषता छन् । यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता छैनन् । ४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके, एचटिके प्लस, एचटिएक्स, एचटिएक्स प्लस भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । हुन्डाइको क्रेटा, निसानको किक्स, जिप कम्पास १.४ लाई सेल्टोसको प्रतिस्पर्धी मोडल मानिन्छ । कन्टिनेन्टलले ३० वर्षदेखि कियाका गाडी बिक्री वितरण गर्दै आएको छ ।