हुण्डाईले ल्यायो ‘हुण्डाई फेष्टिभ डेलाइट २०७८’ योजना, नयाँ गाडीसम्म उपहार

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई फेष्टिभ डेलाइट २०७८’ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा, लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ ‘हुण्डाई आई २०’ र ३ लाख रुपैयाँसम्मको नगद छुटको योजना ल्याएको हो । साथै स्क्रयाच कार्ड मार्फत १ लाख रुपैयाँसम्मको थप नगद छुट र निस्शुल्क १ वर्ष सम्मको बिमा र सडक कर (चालु आव) समेत प्राप्त गर्न सक्नेछन् । साथै हरेक हुण्डाई गाडीको खरिदमा ६वर्षसम्म निस्शुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ ।

दशैंअघि कार चढ्ने सपना अधुराे बन्दै

काठमाडौं । टाटाको विद्युतीय कार नेक्सन इभी नेपालमा भित्रिएको करिब एक महिना भयो । उपभोक्ताले अहिलेसम्म ५०० भन्दा बढी गाडी खरिदका लागि बुकिङ गरिसकेका छन् । ग्राहक दशैं अघि नै नयाँ गाडी चढ्न चाहन्छन् । उनीहरु आफ्नो गाडी कहिले आउँछ भनेर टाटाको आधिकारिक बिक्रेता सिपद्री ट्रेडिङमा सोधखोज गर्छन । तर, कम्पनी भने ग्राहकको माग अनुसार गाडी दिन नसकेकोमा निराश बनेको छ । ‘बुकिङ गरेका ग्राहकलाई छिटोभन्दा छिटो गाडी दिने हाम्रो प्रयास छ, तर गाडी उत्पादकले नै हाम्रो माग अनुसार गाडी दिन सकेको छैन,’ सिपद्री ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने । बुक गर्ने सबै ग्राहकलाई सन् २०२१ को अन्त्यसम्ममा गाडी दिन सकिन्छ कि भन्ने आशा उनले सुनाए । राजनबाबुको जस्तै अनुभव छ हुण्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठको पनि छ । आपूर्ति भन्दा माग २५÷३० प्रतिशत बढी रहेको उनले बताए । भक्स्वागत मोटर्सको आधिकारिक विक्रेता पूजा इन्टरनेशनका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेको भोगाई पनि उस्तै छ । ‘मासिक गाडीको बुकिङ १२० वटा छ । तर महिनामा ३० वटा भन्दा बढी गाडी दिन सकिएको छैन,’ विजुक्छेले भने । ‘अहिले गाडी बिकेन भन्ने समस्या होइन, ग्राहकको माग अनुसार गाडी दिन नसक्नु समस्या हो’ नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष समेत रहेका अन्जन श्रेष्ठ भन्छन्–‘यो समस्या नेपालको मात्र होइन, विश्वभरको हो, एउटा ब्राण्डका गाडीमा मात्र होइन, सबै ब्राण्डका गाडीको समस्या हो ।’ गाडीमा प्रयोग हुने सेमि अटो चिप्स विश्व अटो बजारमा अभाव भएको छ । उक्त चिप्स प्रर्याप्त उपलब्ध नहुँदा गाडी उत्पादक कम्पनीहरुको उत्पादन बृद्धि हुन सकेको छैन । किन अभाव भयो चिम्स ? सिप्रदी ट्रेडिङका सिनियर म्यानेजर सावजङ सिजापतिका अनुसार विश्वभर कोभिड महामारी पछि गाडी बजारमा मन्दीको प्रक्ष्येपण गरियो । गाडी उत्पादक कम्पनीहरुले स्पेयर पार्टस् खरिदका आदेशहरु समेत रद्द गरे । त्यहि क्रममा चिप्सका अडरहरु पनि रद्द गरिए । तर, विश्वको अटोबजार विज्ञहरुले गरेको प्रक्ष्येपणभन्दा फरक भयो । माग कम हुनुको सट्टा उच्च दरले वृद्धि भयो । ‘विश्व बजारमा अटोमोवाइल्सको माग ३० प्रतिशतले वृद्धि भएको छ । तर चिप्स उत्पादकहरुलको क्षमता ३ प्रतिशतले मात्र विस्तार भयो’ राजनबावु श्रेष्ठले भने–‘यसरी माग र उत्पादन वृद्धिबीचको असन्तुलनले गर्दा विश्वभर नै गाडी माग अनुसार उत्पादन र आपूर्ति हुन सकिरहेको छैन ।’ कोभिड महामारी र लकडाउनका कारण विश्वभरको सार्वजनिक यातायातमा नकारात्मक प्रभाव पर्यो । सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा कोभिड संक्रमणको जोखिम उच्च भएको स्वास्थ्य विज्ञहरुले औल्याए । विश्वका सरकारहरुले पनि सार्वजनिक सवारी कडाईका साथ बन्द गरे । निजी सवारीमा रोग संक्रमणको जोखिम कम भएको जनाउँदै यस्ता सवारीको यात्रा खुकुलो बनाइयो । लकडाउनमा सरकारले लिएको नीति र निजी सवारीमा यात्रा गर्दा सरुवा रोगको जोखिम कम हुन सर्वसाधारणको बुझाइपछि निजी सवारीको माग बढेको महासंघको उपाध्यक्ष अन्जन श्रेष्ठ बताउँछन् । ‘कोभिड महामारीपछि मोटर साइकलको माग पनि बढ्यो, कार, जीप, भ्यान जस्ता निजी ४ पाङ्ग्रे सवारीको पनि माग बढेको छ’ श्रेष्ठ भन्छन्–‘यसले सर्वसाधारणलाई सुरक्षित बनाउनुको साथै आर्थिक गतिविधि बढाउन पनि मद्दत पुगेको छ, सरकारको राजश्व वृद्धिमा पनि सहयोग पुगेको छ ।’

बेनेलीको दशैं अफरः १ लाख रुपैयाँसम्म छुट

काठमाडाैं । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले दशैं अफर सार्वजनिक गरेको छ । विगत ६ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको यो कम्पनीले दशैंका लागि विभिन्न अफरहरु सार्वजनिक गरेको हो । यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको छ । उक्त अफर बेनेलीका सबै मोटरसाइकलमा लागू हुनेछ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटक सम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ । पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँ सम्म जित्ने अवसर प्राप्त हुनेछ । त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसकेपछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँ सम्म जित्न सकिने छ । त्यसैगरी मोटरसाइकल किनिसके पछि ग्राहकलाई ५ हजार रुपैयाँ सम्मको अमेजिङ गिफ्ट प्रदान गरिनेछ । यसवापत हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ । विभिन्न प्रकारको गेम खेलाएर ग्राहकलाई यस्ता गिफ्ट प्रदान गरिने छ ।