अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्ड प्रोटोनलाई नेपाल भित्र्याउँदै जगदम्बा मोटर्स
काठमाडौं । जगदम्बा मोटर्स प्राइभेटले उच्चस्तरीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्ड प्रोटोन नेपाल भित्र्याउने भएको छ । शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्सले उक्त गाडि नेपाल भित्र्याउन लागेको हो । प्रोटोनले नेपालमा पनि आफ्नो चर्चित तथा संसारभर अत्याधिक विक्री भएको मोडल ‘प्रोटाेन सागा’ नेपालका सडकहरुमा ल्याउन लागेको हो । २०२०मा प्रोटोनले प्रोटोन एक्स५० मोडलको अर्को एसयूभी हालसालै मात्र बजारमा ल्याएको छ । यसबाहेक प्रोटोनका सागा, परसोना, परडोना, एक्सओरा र इरिज गरेर अन्य ५ प्रकारहरु अहिले पनि विश्व बजारमा अत्याधिक रुचाइएका छन् । प्रोटोनको मुख्य बजार स्वयम् मलेशिया र बेलायत रहेता पनि हाल ७० भन्दा ज्यादा मुलुकमा यसको पदार्पण भैसकेको छ र अझ बढ्दो क्रममा रहेको छ । उत्तर अमेरिका, युरोप, चाइना र दक्षिण पुर्वी एसियामा गरेर ९वटा रिसर्च र डेभ्लोप्मेन्ट सेन्टर्स र ९वटै डिजाइन सेन्टर्स रहेको प्रोटोनको मुख्य प्लान्ट भने मलेशियाको तान्जुङ् मलिम शहरमा रहेको छ । १२८० एकरमा फैलिएको यो विशाल प्लान्ट, हरेक दृष्टिकोणले अत्यन्त आधुनिक र सुविधा सम्पन्न रहेको छ, जहाँ रिसर्च र डेभ्लोप्मेन्ट् सेन्टर, भेन्डर पार्क, शहरी क्षेत्र र एउटा विश्वविधालयको समेत रहेको छ । सम्बन्धित समाचारः प्रोटोनको सोरुम अब काठमाडौंकाे नक्सालमा, आधिकारिक वितरकमा जगदम्बा मोटर्स नियुक्त
लक्ष्मी प्रिमियमद्वारा नेपालमा बिएमडब्ल्यूको आधिकारीक बिक्री सुरु
काठमाडौं । नेपालको लागि बिएमडब्ल्यू मोटर्सको एकमात्र आधिकारीक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले बिएमडब्ल्यू ब्राण्डको आधिकारीक बिक्री सुरु गरेको छ । काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुममा कम्पनीले बिएमडब्ल्यू गाडीकाे बिक्री सुरु गरेको हाे । जर्मन ब्राण्ड बिएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेको छ । बिएमडब्ल्यू ब्राण्डले अन्तर्राष्ट्रिय स्तरको शोरुमले नेपाली प्रिमियम कारको अपेक्षा राख्ने ग्राहकहरुलाई उत्कृष्ट ‘ब्राण्ड’को अनुभूती प्रदान गर्ने र प्रिमियम ‘वनर सिप जर्नी’ प्रदान गर्ने लक्ष्य लिएको कमम्पनीले जनाएकाे छ । नेपालमा बिएमडब्ल्यू ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बिएमडब्ल्यू ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बिएमडब्ल्यू उत्साहित भएको बताए । लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले आफुहरुले नेपालमा बिएमडब्ल्यूकाे साथ छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न चाहेकाे बताए । हाल विभिन्न ४ मोडलको प्रदर्शनी देख्न सकिने र अर्कोतर्फ रहेको सर्भिस एरियाले जो कोहिलाई लोभ्याउने कम्पनीले बताएकाे छ । ग्राहकलाई अहिलेको विषम परिस्थितिमा “कनट्याक्ट लेस” टेष्ट ड्राइभको सुविधा उपलब्ध गराउने र त्यसको लागि ग्राहकले लक्ष्मी प्रिमियमको वेभसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
मोटरहेड ब्रान्डको मोटरसाइकल तथा स्पेयर पार्ट्स अब बालाजुमा पनि, विभिन्न छुट पाइने
काठमाडौं । मोटरहेड ब्रान्डका मोटरसाइकल तथा स्पेयर पार्ट्स अब बालाजुमा पनि उपलब्ध हुने भएको छ । मोटरहेड ब्रान्ड आधिकारीक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले पहुँच र सेवा विस्तारका लागि बालाजुमा शाखा खोलेको हो । उक्त शाखामा बाइक र पार्ट्स बिक्री, स्पेयर र सर्भिसिङको पनि सुविधा प्रधान गरिएको छ । अत्याधुनिक प्रविधिसहित सभिर्सिङका लागि कुशल जनशक्ति पनि परिचालन गरिएको प्रालिले जानकारी दिएको छ । अटोमोबाइल क्षेत्रमा छोटो समयमै आफ्नो सवल व्यवस्थापनले ब्राण्डलाई स्थापित गर्न सकेको एसएलआर टेक्नोले ललितपुर र भक्तपुरपछि ग्राहकको सहजताका लागि यो तेस्रो शाखा खोलेको जनाएको छ। हाल यस ब्रान्डको उपस्थिति धोबिघाट, बालाजु, टेकु, मित्रपार्क, चाबहिल र भक्तपुर गरी पाँच ठाउँमा छ भने उपत्यका बाहिर पोखरा, बाग्लुङ, चितवन, दाङ, नेपालगन्ज, सुर्खेत, इटहरी, वीरगन्जमा रहेको छ । भविष्यमा पनि उपत्यका तथा अन्य बजारमा कम्पनीले आधिकारीक सर्भिस सेन्टर तथा स्पेयर पार्ट्सहरु सञ्चालनमा ल्याई ग्राहकहरुमाझ सन्तुष्टिको आभास कायम राख्ने बताएको छ । कम्पनीले आफ्नो बालाजुस्थित शाखा उद्घाटनमा विशेष अफरस्वरूप स्पेयर पार्ट्समा १० प्रतिशत, मजदुर ज्यालामा ५० प्रतिशत छुट तथा निःशुल्क बाइक वासिङ तथा बाइक खरिद गर्दा १५ हजार छुटको व्यवस्था गरेको छ।