माेटरसाइकल बजारमा पकड जमाउँदै सिएफ मोटो, २ लाखदेखि १६ लाख मूल्यका ७ माेडल

काठमाडौं । चाइनिज मोटरसाइकल ‘सिएफ मोटो’ सन् २०१७ को अगष्ट महिनामा नेपाल भित्रिएको थियो । यो तीन वर्षको छोटो अवधिमै यस ब्राण्डका बाइकहरुले नेपाली बजारमा राम्रो पकड जमाउन सफल पनि भएका छन् । दशैं अफरस्वरुप जुनसुकै मोडेल किन्दा ८ हजार रुपैयाँ एकमुष्ट डिस्काउन्टका साथै एउटा हेल्मेट र एक वर्षका लागि रोड ट्याक्स फ्रि गरेको कम्पनीका ७ ओटै मोडेलहरुका विशेषता के छन् ? मुल्य कति पर्छ ? धेरैको चासोको विषय हुन सक्छ । सिएफ मोटोको नेपालका लागि आधिकारिक बिक्रेता अन्ना इन्टरनेशनल प्रा.लि.ले हाल यस ब्राण्डका ७ ओटा मोटरसाइकलहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीका अनुसार नेपाली बजारमा उक्त ब्राण्डका मिनि, नेकेड र टुरिङ्गमा गरी १२५ सीसीदेखि लिएर ६५० सीसीसम्मका बाइकहरु उपलब्ध भइरहेका छन् भने बाइकहरुले साेचेभन्दा राम्राे बजार समेत लिइरहेका छन् । एसटि पापिओ यो एउटा मिनि बाइक हो जसमा १२४.५ सीसीको सिङ्गल सिलिण्डर ४–स्ट्रोक ईएफआई इञ्जिन समावेस गरिएको छ । उक्त इञ्जिनले ९.३९ बीएचपीको पावर र ८.३ एनएमको टर्क उत्पादन गर्दछ । ६ गियर दिइएको यस बाइकको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । त्यसैगरी ७७५ मिलिमिटर सिट हाइट रहेको यस बाइकको फ्युल ट्याङ्क क्यापासिटी ७ लिटरको रहेको छ भने कर्ब वेट चाहिँ ११४ केजीको रहेको छ । नेपाली बजारमा एसटि पापिओको मूल्य दुई लाख ४१ हजार पाँच सय रुपैयाँ तोकिएको छ । १५० एनके एनके फेमिलीकै सवैभन्दा सानो सदस्य १५० एनकेमा १४९.४ सीसी सिङ्गल सिलिण्डर, लिक्विड कुल्ड ईएफआई इञ्जिन समावेश गरिएको छ । यस इञ्जिनले १४.३५ बीएचपीको पावर र १२.२ एनएमको टर्क उत्पादन गर्दछ भने बाइकमा ६-स्पिड गियरबक्स समावेश गरिएको छ । त्यसैगरी १० लिटर ट्याङ्क क्यापासिटी रहेको यस बाइकको सिट हाइट ७७५ मिलिमिटर, कर्व वेट १३५ केजी र ग्राउण्ड क्लियरेन्स चाहिँ १५० मिलिमिटरको रहेको छ । कम्पनीले १५० एनकेको बजार मूल्य तीन लाख २१ हजार पाँच सय रुपैयाँ मूल्य तोकेको छ । २५० एनके एग्रेशिभ लुकिङ्ग यस बाइकमा टिएफटि डिस्प्ले, स्टिल ब्रेडेड ब्रेकलाइन्स, यूएसडी फर्क लगायतका प्रिमियम पार्टर्सहरुको प्रयोग गरिएको छ । यसमा २४९.२ सीसीको सिङ्गल सिलिण्डर ओयल कुल्ड ईएफआई इञ्जिन समावेस गरिएको छ जसले २६.१५ बीएचपीको पावर र २२ एनएमको टर्क उत्पादन गर्दछ । ६ स्पिड गियरबक्स दिइएको उक्त बाइकमा डुअल-च्यानल एबीएस र दुई अलग राइडिङ्ग मोड पनि समावेस गरिएको छ । कम्पनीले नेपालमा २५० एनकेको मूल्य पाँच लाख २५ हजार पाँच सय रुपैयाँ तोकेको छ । याे माेडल बजारमा सबैभन्दा पपुलर रहेकाे सेल्सम्यान नितु पाैडेलले बताइन् । ४०० एनके यस बाइकमा ४००.४ सीसीको डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन समावेश गरिएको छ । यो सिएफ मोटोको एक पावरफुल इञ्जिन हो जसले ४२.२४ बीएचपीको पावर र ३५.४ एनएमको टर्क उत्पादन गर्दछ । ६–स्पिड गियरबक्स समावेश गरिएको यस बाइकको अगाडिको चक्कामा ट्वीन डिस्क र पछाडि चाहिँ सिङ्गल डिस्क जडान गरिएको छ । कन्टिनेन्टल एबीएस सिस्टम दिइएको यस बाइकको सिट हाइट ७९५ मिलिमिटर, ग्राउण्ड क्लियरेन्स १५० मिलिमिटर, फ्युल ट्याङ्क क्यापासिटी १७ लिटर र कर्ब वेट १९३ केजी रहेको छ । ४०० एनकेको नेपाली बजार मूल्य भने सात लाख ९० हजार रुपैयाँ रहेको छ । ४०० जिटि यो सिएफ मोटोको टुरिङ्ग बाइक हो जसमा एडजस्टेवल विङ्गशिल्ड, टिएफटि डिस्प्ले, स्पोटर्स र टुरिङ्ग गरी दुई ओटा राइडिङ्ग मोड लगायतका विशेषताहरु समावेश छन् । यस बाइकमा ४०० सीसी डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन दिइएको छ जसले ४२.२४ बीएचपीको पावर र ३६.५ एनएमको टर्क उत्पादन गर्दछ । नेपाली बजारमा ४०० जिटिको मूल्य नौ लाख ४१ हजार पाँच सय रुपैयाँ तोकिएको छ । ६५० एनके यस बाइकमा ६४९.३ सीसीको डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन समावेश गरिएको छ जसले ५५.६५ बीएचपीको पावर र ६२ एनएमको टर्क उत्पादन गर्दछ । ६-स्पिड गियरबक्स समावेश गरिएको यस बाइकको अगाडिको चक्कामा ट्वीन डिस्क जडान गरिएको छ भने सेफ्टी फिचरको रुपमा कन्टिनेन्टल एबीएस सिस्टम दिइएको छ । ६५० एनकेको नेपाली बजार मूल्य भने १५ लाख ५० हजार रुपैयाँ तोकिएको छ । ६५० एमटि यो सिएफ मोटोको अर्को टुरिङ्ग बाइक हो जसमा ६४९.३ सीसीको पावरफुल इञ्जिन जडान गरिएको छ । यस डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिनले ६९.७३ बीएचपीको पावर र ६२.० एनएमको टर्क उत्पादन गर्दछ । ६-स्पिड गियरबक्स रहेको यस बाइकमा मेट्जिलर टायरहरु समावेश गरिएका छन् । त्यसैगरी यस बाइकको सिट हाइट ८४० मिलिमिटर, फ्युल ट्याङ्क क्यापासिटी १८ लिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ १७० मिलिमिटरको रहेको छ । कम्पनीले ६५० एमटि लाई १६ लाख ५० हजार रुपैयाँ मूल्य तोकेर नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

ब्राण्डका पारखीलाई नेपाली बजारमा १५० सीसीका ४ पावरफुल स्कुटर

काठमाडौं । एउटा समय थियो जब धेरैले स्कुटरको सट्टा मोटरसाइकलचढ्न मन पराउँथे । त्यो समयमा स्कुटरलाई भने वयस्कहरुको मात्र रोजाइ मानिन्थ्यो । तर विस्तारै गियरलेस स्कुटरहरुको आगमन भएसँगै स्कुटरले निक्कै लोकप्रियता कमाउन थाल्यो । पुरुष होस् या महिला, समय क्रमसँगै स्कुटर हरेक उमेरका माझ लोकप्रिय बन्दै जान थाल्यो र त्यसको कारण थियो यसको हलुका वजन, सामान राख्नलाई प्रशस्त स्पेस र गियर तथा क्लच लगायतको झन्झट बाट छुटकारा ।बढि ट्राफिक भएकोसिटी एरियामा स्कुटर लोकप्रिय हुँदै गएको भएपनि यसमा एउटा कुराको चाहिँ कमी थियो र त्यो थियो यसले प्रदान गर्ने पावर । कम पावर भएको हुनाले स्कुटरलाई छोटो यात्रामा मात्र प्रयोग गर्न मिल्ने साधनको रुपमा लिने गरिन्थ्यो । पछिल्ला दिनहरुमा स्कुटर उत्पादक कम्पनीहरुले हाइवे र टुरिङ्गलाई फोकस गर्दै ठूला सीसीका इञ्जिन समावेस गरिएका स्कुटरहरुलाई बजारमा ल्याउन थालेका छन् । मोटरसाइकलले जस्तै पावर प्रदान गर्ने र चलाउन पनि धेरै सहज भएको हुनाले यस्ता स्कुटरहरुले बजारमा राम्रो पकड पनि जमाउन थालेको पाइन्छ । आज हामी नेपाली बजारमा उपलब्ध १५० सीसी इञ्जिन जडित ४ पावरफुल स्कुटरहरुको बारेमा चर्चा गर्न गइरहेका छौंः भेस्पा भिएक्सएल १५० यस स्कुटरमा १५० सीसीको इञ्जिन समावेश गरिएको छ जसले ११.४ बीएचपीको पावर र ११.५ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार यस स्कुटरले ४५ केएमपीएलको माइलेज र ९० केएमपीएचको टप स्पिड प्रदान गर्दछ । त्यसैगरी ८ लिटर फ्युल ट्याङ्क क्यापासिटी भएको भिएक्सएल १५० को तौल ११४ के.जी.को रहेको छ भने सिट हाइट चाहिँ ७७० मिलिमिटर रहेको छ । अगाडि ११ इञ्च र पछाडि १० इञ्चको व्हिल दिइएको यस स्कुटरको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । नेपाली बजारमा यस स्कुटरको मूल्य तीन लाख ४९ हजार नौ सय ४६ रुपैयाँ तोकिएको छ । भेस्पा एसएक्सएल १५० यस स्कुटरमा पनिभिएक्सएल १५० कै जसरी १५० सीसीको इञ्जिन समावेश गरिएको छ जसले ११.४ बीएचपीको पावर र ११.५ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार यस स्कुटरले पनि ४५ केएमपीएलकै माइलेज प्रदान गर्छ भने यसको टप स्पिड चाहिँ ९५ केएमपीएच रहेको छ । त्यसैगरी ८ लिटर फ्युल ट्याङ्क क्यापासिटी भएको एसएक्सएल १५० को तौल ११४ के.जी.को रहेको छ भने सिट हाइट चाहिँ ७७० मिलिमिटरको रहेको छ । अगाडि ११ इञ्च र पछाडि १० इञ्चको व्हिल दिइएको यस स्कुटरको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । नेपाली बजारमा यस स्कुटरको मूल्य तीन लाख ६५ हजार नौ सय ४६ रुपैयाँ तोकिएको छ । भेस्पा एलिगान्टे १५० एलिगान्टे १५० मा १५० सीसीको इञ्जिन समावेश गरिएको छ जसले ११.४ बीएचपीको पावर र ११.५ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार यस स्कुटरले ५० केएमपीएलको माइलेज र ९५ केएमपीएचको टप स्पिड प्रदान गर्दछ । त्यसैगरी ८ लिटर फ्युल ट्याङ्क क्यापासिटी भएको एलिगान्टे १५० को तौल ११४ के.जी.को रहेको छ भने सिट हाइट चाहिँ ७७० मिलिमिटरको रहेको छ । अगाडि ११ इञ्च र पछाडि १० इञ्चको व्हिल दिइएको यस स्कुटरको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । नेपाली बजारमा यस स्कुटरको मूल्य तीन लाख ९५ हजार नौ सय ४६ रुपैयाँ तोकिएको छ । अप्रिलिया एसआर १५० यस स्कुटरमा १५४.८ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १०.४ बीएचपीको पावर र ११.४ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार यस स्कुटरले ४० केएमपीएलको माइलेज र १०० केएमपीएचको टप स्पिड प्रदान गर्दछ । त्यसैगरी ६.५ लिटर फ्युल ट्याङ्क क्यपासिटी भएको एलिगान्टे १५० को तौल १२२ के.जी. रहेको छ भने सिट हाइट चाहिँ ७७५ मिलिमिटरको रहेको छ । दुवैतिर १४ इञ्चको व्हिल दिइएको यस स्कुटरको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । नेपाली बजारमा यो स्कुटर ‘स्ट्याण्डर्ड’ र ‘रेस’ एडिशन गरी २ अलग भेरियन्टहरुमा उपलब्ध रहेको छ । यस स्कुटरको मूल्य दुई लाख ९५ हजार नौ सय रुपैयाँ तोकिएको छ जसमध्ये स्ट्याण्डर्ड भेरियन्टको मुल्य २ लाख ८१ हजार ९०० तोकिएको छ भने रेस एडिशनको मुल्य चाहिँ २ लाख ९३ हजार ९०० तोकिएको छ । भेस्पा तथा अप्रिलियाको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा एमभि दुगड ग्रुप रहेको छ । हाल एमभि दुगड ग्रुपका साथै डि लाइफ स्टाइल प्रा.लि.ले पनि उक्त दुवै ब्राण्डका बाइक तथा स्कुटरहरु नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ ।

हुन्डाई मोटर सर्वोत्कृष्ट पाँच अटोमोटिभ ब्राण्ड बन्न सफल, तीन नयाँ मोडेल लञ्च गर्दै

काठमाडौं । इन्टरब्राण्ड बेस्ट ग्लोबल ब्राण्ड २०२० को अनुसार हुन्डाई मोटर कम्पनीले अटोमेकरहरू माझ आफ्नो ग्लोबल ब्राण्ड मूल्य र प्रतिष्ठा वृद्धि गर्दै आएका छन् । एक सर्भेको अनुसार, हुन्डाई मोटरको विश्वव्यापी ब्राण्ड मूल्यमा हरेक वर्ष एक प्रतिशतले वृद्धि हुँदै गएको छ, जसको मतलब हरेक वर्ष १४.३ बिलियन अमेरिकी डलर मूल्य वृद्धि हुँदै ग्लोबल अटोमोटिभ ब्राण्डको ५औं ब्राण्ड र समग्रमा ३६ औं ब्राण्ड मा कोभिड-१९ महामारीको कारण मन्दी बजार भए तापनी पर्न सफल बनेको छ । पछिल्लो छ वर्ष देखि हुन्डाई कम्पनीले इन्टरब्राण्डमा ४० ग्लोबल कम्पनीमध्ये एक रहेको छ । सन् २००५ मा टप एक सय कम्पनीमा पर्दै आएको हुन्डाई, गत १५ वर्ष देखि लगातार प्रगति गर्दै आइरहेको छ र उत्कृष्ट सयको सुचीमा सधै रहदै आएको छ । इन्टरब्राण्ड भ्यालुएसन ग्लोबल डिरेक्टर, माइक रोचाको अनुसार, “हुन्डाई मोटर कम्पनीको ब्राण्ड मूल्य ईभी लाइनअप आईओएनआईक्यिुको लन्च, फ्युचर मोभिलीटिमा लगानी र अनलाइन सेल्स च्यानलको मार्फत ब्राण्डको छिट्टो मार्केट रेस्पोन्स र सोसियल कन्ट्रीब्युसन क्रियाकलापको कारण वृद्धि हुँदै गएको हो ।” उनले भने, “ हामीले कम्पनीको बजार परिवर्तनप्रतिको सक्रियताका साथै दीर्घकालीन ब्राण्ड र अनलाइन सेल्समा भएको उपलब्धि लाई सकारत्मक रुपमा लिएका छौं, यस कम्पनीले सामाजिक संजालको सेल्स च्यानलको माध्यमबाट विद्धुतीय ब्याट्री र फ्युल(सेल विद्धुतीय गाडीको बिक्रि वृद्धि गरेको छ ।” हुन्डाई मोटोर्सको मोबिलिटी इलेक्ट्रिफिकेसन कमिटमेन्ट पछिल्लो पटक लन्च गरिएको ईभी ब्राण्डको बाट आईओएनआईक्यिु देखिन्छ । कम्पनीको इन्नोभेट मोडेलमा आईओएनआईक्यिुको मातहतमा कम्पनीले आउँदो चार वर्षमा तीन नयाँ मोडेल लन्च गर्ने तयारीमा रहेको छ । हुन्डाईले ईभीको ग्लोबल मार्केटमा आफ्नो प्रभुत्व कायम गर्न आईओएनआईक्यिुको नयाँ मोडेल सहित बजारको माग अनुसार चल्ने बताएको छ । हुन्डाई मोटोर्सले हाइड्रोजेन फ्युल सेल प्रविधिमा लगानी संगै यातायातको क्षेत्रमा भइरहेको व्यापक परिवर्तनलाई पनि कायम गरेको छ । कम्पनीले हालै स्विट्जरल्यान्डमा फ्युल सेलको हेभी-ड्युटी सेल इलेक्ट्रिक ट्रकको सातवटा युनिट वितरण गरको छ र यस वर्षमा थप ५० वटा त्यस्तो ट्रक बजारमा उपलब्ध गराउने योजना रहको जनाएको छ । सन् २०२१ सम्ममा फ्युल-सेल ट्रकको उत्पादन क्षमता हरेक वर्ष दुई हजार ट्रक उत्पादन हुने रहेको छ र यसको मुख्य बजार युरोप, अमेरिका र चीनमा हुने बताएको छ । कम्पनीले शहरी क्षेत्रमा ट्राफिक चुनौतीहरुलाई समाधान गर्नको लागि नयाँ मोबिलिटी परिवर्तन, “अर्बन एयर मोबिलिटी(यु ए एम ) को तयारीमा रहेको छ । रोबोटिक्सको क्षेत्र, अटोनोमस ड्राइभिंग प्रविधि र फ्युचर मोबिलिटीमा आफ्नो प्रतिस्पर्ध कायम राख्नको लागि कम्पनीले थुप्रै अनुसन्धान तथा विकासको आयोजनामा सहकार्य गर्दै आएको छ । जसमा ओपन इनोभेसन ल्याब तथा विश्वमा रहेका थुप्रै ल्याब संग सहकार्य रहेको छ । हुन्डाई मोटर कम्पनीका ग्लोबल चिफ मार्केटिंग अफिसर वोहोङ चो भन्छन्, “हामीले अहिलेको व्यापक बढ्दै गरको बजार र अवस्थालाई मध्यनजर गर्दै फ्युचर मोबिलिटीमा नेतृत्व गर्ने योजना लिएका छौं र कोरोना जस्ता अप्रत्याशित कारकहरुलाई ले निम्त्याएको समस्यालाई पनि समाधानका लागि पनि तत्पर रहेका छौं ।” उनले भने, “कम्पनीको फ्युचर मोबिलिटीमा गरेको भव्य निर्णय संगै ग्राहक तथा मानिसहरुमा अझ राम्रो अनुभवको बारेमा केन्द्रित रहने छ र कम्पनीको लागि मानिसहरुको खुसी नै सबै भन्दा महत्वपूर्ण हुनेछ ।” हुन्डाईले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै आफ्नो विश्वव्यापी अनलाइन च्यानलमा काम तिब्र बनाएको छ । जस्तै, अमेरिका र भारतमा ‘क्लिक टु बाइ” सुविधाले कम्पनीको व्यापार वृद्धि भएको छ । युरोपमा पनि उक्त सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यस सेवाको कारण कम्पनीले १.५ मिलियन भर्चुअल भिजिटर्स , २० हजार सेल्स इन्क्वाइरीज र दुई हजार भन्दा अधिक बिक्री गरको छ । अमेरिकामा ९५ प्रतिशत भन्दा अधिक ग्राहकले “क्लिक टु बाइ” सेवा प्रयोग गरेका छन् । हुन्डाई कम्पनीले कोरोना महामारीको कारण समस्यामा परेका थुप्रै मानिसलाई सहयोग गर्दै आएको छ । जस्तै कम्पनीले सरसफाईको प्रोडक्ट्स तथा बिरामीको यातायातको व्यवस्था तथा स्वास्थ्यकर्मीको उपचार र थुप्रै आर्थिक सहयोग साथै आफ्नो ग्राहकहरुलाई विभिन्न सेवा पनि उपलब्ध गर्दै आएको छ । यसको क्रियाकलापको कारण हुन्डाई कोरोना महामारीको समयमा पनि आफ्नो ब्राण्ड मुल्य वृद्धि गर्ने कम्पनी बनेको छ । जसको कारण कम्पनीको रेन्किङ पहिलो वर्षको तुलनमा एक स्थानको वृद्धि भई विश्वव्यापी मोटर वाहन कम्पनीहरूमध्ये पाँचौंमा पुगेको छ ।