शाओमीको “दशैं विथ एम आई” मा आकर्षक अफर, स्मार्टफोन खरिद गर्दा २ हजार छुट
काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले एमआई फ्यानहरुका लागि आकर्षक दशैं अफर सार्वजनिक गरेको छ । एमआई ए३ सार्वजनिक भएसँगै विभिन्न स्मार्टफोनको खरिदमा रु २ हजारसम्मको छुटको व्यवस्था रहेको छ । दशैंको शुभ अवसरमा शाओमीले प्रयोगकर्ताहरुका लागि स्मार्टफोनमा ५ वटा विशेष सप्र्राइज ल्याएको छ । ग्राहकहरुले अब शाओमीको नयाँ–नयाँ स्मार्टफोन रेडमी ७, रेडमी वाई ३ ,रेडमी रेडमी नोट ७, एमआई ए३ र रेडमी ७ ए किन्दा आकर्षक अफरहरुको रहेको छ । विशेष गरि दशैं जस्तो मेगा चाडँपर्वको अवसरमा स्मार्टफोन ठूलो उपहारको एक विकल्प रहेको जनाएको छ । एमआई फ्यानले रु १९हजार ९ सय ९९मा रेडमी नोट ७ (३ जीबीप्लस ३२ जीबी) खरिद गरेर निर्धारण गरिएको मुल्यमारु २ हजारको फ्ल्याट छुटको मज्जा लिन सक्नेछन् । विशेष सप्र्राइजको रुपमा शाओमीले नेपालमा एमआई ए३ (४ जीबीप्लस ६४ जीबी) र (६ जीबीप्लस १२८ जीबी) सार्वजनिक गरेको छ, यो रु २३ हजार ९ सय ९९ र रु २७ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ । रेडमी ७ए (२ जीबीप्लस ३२ जीबी) मापनि छुटको व्यवस्था रहेको छ र यो अब रु १० हजार ९ सय ९९ मा उपलब्ध हुनेछ । ग्राहकहरुले रेडमी ७(२ जीबीप्लस १६जीबी) र (३ जीबीप्लस ३२जीबी)तेसै गरि रेडमी वाई ३ (३ जीबीप्लस ३२ जीबी) र (४ जीबीप्लस ६४ जीबी) मारु १ हजार छुटको मज्जा लिन सक्नेछन् । यी अफरहरु सम्पूर्ण अफलाइन स्टोर, दराज डटकम डट एनपी र सस्तोडिलमा उपलब्ध हुनेछ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीलले भने, “हामी सम्पूर्ण एमआई फ्यानहरुलाई शाओमी स्मार्टफोनको खरिदमादशैंको विशेष अफर प्रदानगर्न निकै उत्साहित छौं । दशैंको रमाइलो अवसरमायो पहलले हाम्रो उच्च गुणस्तरीय स्मार्टफोनलाई सुलभ मुल्यले गर्दा अझै आकर्षक बनाउने आशा गरेका छौं ।”
भारतमा आयो एन्टर्कको ‘रेस एडिशन’, नेपालमा कहिले ?
काठमाडौँ । टिभिएस मोटर कम्पनीले भारतमा एन्टर्क १२५ को ‘रेस एडिशन’ लञ्च गरेको छ । सो स्कुटरको मूल्य भारतीय बजारमा रु.६२,९९५ तोकिएको छ, जुन एन्टर्क डिस्क ब्रेक भेरियन्टभन्दा रु.३,००० ले महँगो रहेको छ । एन्टर्क १२५ रेस एडिशनमा एलईडि हेडलाईट, टि सेपको एलईडी डिआरएल र हाजार्ड ल्याम्पजस्ता नयाँ फिचरहरु दिइएका छन् । हाजार्ड लाइट अस्थाई रुपमा सडक छेउ गाडि रोक्नुपर्दा अरु गाडिले सतर्कता अपनाउन सकुन् भन्ने उद्देश्यले प्रयोग गरिएको हुन्छ । त्यसैगरी यस स्कुटरको साइड प्यानल्स्मा ‘रेस एडिसन’ को लोगो पनि दिइएको छ । टिभिएसले एन्टर्क रेस एडिसनलाई म्याट ब्ल्याक, मेटालिक व्ल्याक र रेड गरी तिन कलर अप्सनहरुमा सार्वजनिक गरेको छ । यस स्कुटरमा एन्टर्कमै भएको १२४ सीसी सिङ्गल–सिलिण्डर ३–भल्व इञ्जिन दिइएको छ जसले ९.४ एचपीको पावर र १०.५ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस स्कुटरका अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा चाहिँ ड्रम बे्रक प्रयोग भएका छन् । यसको सस्पेन्सन सेटअपको कुरा गर्नुपर्दा अगाडितर्फ १२ इञ्चको टेलिस्कपिक फर्क र पछाडि भने मोनोसक फिट गरिएको छ । टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा एन्टर्क १२५ लाई रु.२,२९,९०० मा विक्री गर्दै आइरहेको छ । एन्टर्क १२५ रेस एडिशन चाहिँ नेपाली बजारमा आइपुग्न अझै केहि समय लाग्ने र सो स्कुटरको मूल्य एन्टर्क १२५ को तुलनामा थोरै बढेर आउने कम्पनीले जनाएको छ ।
यसकारण नेपालमा चर्चित बन्न सक्छ नयाँ सुजुकी जिक्सर
काठमाडौँ । सुजुकीले केहि समय अघि भारतमा २०१९ मोडलको जिक्सर १५५ लाई पुरानो जिक्सरभन्दा फरक डिजाइनका साथ लञ्च गरेको थियो । अहिलेको डिजाइनले जिक्सर १५५ लाई अझ बढी एग्रेशिभ र मस्कुलर देखिनमा मद्दत पुर्याएको छ । सुजुकीले यस बाइकमा विल्कुलै नयाँ फ्ल्याट एलईडी हेडलाइट दिएको छ, जुन पहिलेको तुलनामा थप आकर्षक देखिन्छ । त्यसैगरी यसमा नयाँ थपिएको ट्याङ्क स्राउडको कारणले यो बाइकलाई मस्कुलर र एग्रेशिभ पनि बनाएको छ । सुजुकीले नयाँ एलईडि टेल लाईट र मडगार्डजस्ता कुराहरु दिएर यसको टेल सेक्सनलाई पनि अपडेट गराएको छ । त्यसैगरी पहिलेको जिक्सर १५५ मा सिङ्गल पिस सिट थियो भने अहिलेको जिक्सरमा चाहिँ स्प्लीट सिट दिइएको छ । यस बाइकमा दिइएको नयाँ इन्स्ट्रुमेन्ट कन्सोलले चाहिने जति सवै इन्फर्मेशन डिस्प्ले गर्दछ र यसको लुक्स पनि सेग्मेन्ट मध्येकै राम्रो मानिएको छ । ५–स्पिड गियरबक्स दिइएको २०१९ जिक्सर १५५ मा १५५ सीसी सि¨ल सिलिण्डर एयरकुल्ड इञ्जिन दिइएको छ जसले पहिलेको भन्दा केहि कम पावर प्रोड्यूस गर्दछ । पहिलेको कार्बुरेटेड इञ्जिनलाई फ्यूल इन्जेक्टेड बनाएको हुनाले यसको पावरमा थोरै कमी आएको कम्पनीले जनाएको छ । तर, यसको सवल पक्ष चाहिँ के हो भने यस फ्यूल इन्जेक्टेड इञ्जिनले बाइकले दिने माइलेजमा लामो समयसम्म एकरुपता ल्याउनका साथै इञ्जिन चिसिएर स्टार्ट नहुने समस्यालाई पनि समाधान गर्दछ । यो नयाँ एफआई इञ्जिनले १४.१ पिएसको पावर र १४ एनएमको टर्क प्रोड्यूस गर्दछ । दुवै चक्कामा डिस्क ब्रेक दिइएको यस बाइकको अगाडिको चक्कामा एबिएस पनि दिइएको छ जसले बाइकलाई थप सुरक्षित समेत बनाएको छ । बजारमा २०१९ जिक्सर १५५ सिल्भर, ब्ल्याक र ब्ल्याक–ब्लू गरी ३ कलर अप्सन्समा उपलब्ध छन् । नेपालका लागि सुजुकी टू व्हिलर्सको आधिकारीक विक्रेता भीजी अटोमोवाइल्स प्रालिले नेपाली बजारमा २०१९ जिक्सर १५५ को मूल्य रु.३,१५,९०० तोकेको छ । यसको आकर्षक लुक्स त्यसैगरी एफआई इञ्जिन र एबिएस जस्ता आधुनिक फिचर्सका कारण यस बाइकले बजारमा राम्रो पकड जमाउने छ भन्ने कम्पनीले विश्वास गरेको छ ।