अप्रिलियाले १२५ सीसीको म्याक्सी स्कुटरको उत्पादन सुरु गर्ने

काठमाडौं । इटालियन ब्राण्ड अप्रिलियाले १२५ सीसीको म्याक्सी स्कुटरको उत्पादन सुरु गर्ने भएको छ । भारतमा चलिरहेको अटो एक्स्पो २०२० मा कम्पनीले एसएक्सआर १६० नामक म्याक्सी स्कुटरलाई प्रदर्शनमा राखेको थियो । यो भने अप्रिलियाको १६० सीसी स्कुटर हो । १२५ सीसीको म्याक्सी स्कुटर एसएक्सआर १६० मै आधारित हुनेछ र एसआरएक्स सिरिज भित्रनै पर्नेछ । सो स्कुटरको नाम एसआरएक्स १२५ हुने कुरा भारतीय मिडियाहरुले जनाएका छन् । एसआरएक्स १६० लाई २०२० को मध्यतिर लञ्च गरेपश्चात् मात्र यो स्कुटरलाई बजारमा भित्र्याइने छ । लञ्च पश्चात् सो स्कुटरको मूल्य अप्रिलियाकै अर्को १२५ सीसी मोडेल एसआर १२५ भन्दा १० हजार रुपैयाँ देखि १५ हजार रुपैयाँको हाराहारीले महँगो पर्नेछ । एसआरएक्स १२५ मा प्रदर्शनमा राखिएको मोडेल एसआरएक्स १६० कै ब्रेक र सस्पेन्सन लगायतका पार्टस्हरु सामेल हुनेछन् । यसको मतलव यो हो कि दुवै १२५ सीसी र १६० सीसीका म्याक्सी स्कुटरहरुले समान डिजाइन पाउनेछन् । एसआरएक्स १२५ मा एलईडी लाइटिङ्ग सिस्टम, ठुलो इन्स्ट्रुमेन्ट कन्सोल, स्मार्टफोन कनेक्टिभिटी लगायतका विशेषताहरु समावेश हुनेछन् । यस स्कुटरमा एसआर १२५ कै १२५ सीसी फ्युल–इन्जेक्टेड इञ्जिन समावेश गरिने अनुमान गरिएको छ । यो इञ्जिनले १० पीएसको पावर र ९.७ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यसमा एसआर १२५ जस्तै टेलिस्कपिक फ्रन्ट फर्क र सिङ्गल रियर शक एब्जर्बर जडान गरिने अनुमान पनि गरिएको छ । तर यसमा एसआर १२५ मा जस्तो १४–इञ्च व्हिल्स नभएर १२–इञ्च व्हिल्स हुने सम्भावना रहेको छ । अप्रिलियाले सो स्कुटरलाई डिस्क र ड्रम दुइओटै भेरियन्टहरुमा उपलब्ध गराउने छ । लञ्च पश्चात् एसआर १२५ ले सुजुकीको बर्गम्यान स्ट्रिटसँग ठाडो प्रतिष्पर्धा गर्नेछ ।

तीन दिने बिल्डकन एक्स्पो सम्पन्न, बुकिङ्ग गर्ने ग्राहकलाई दुई वर्षसम्म विशेष छुट

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित तीन दिने छैटौं ‘बिल्डकन इन्टरनेशनल एक्स्पो २०२०’ सम्पन्न भएको छ । भारतको कम्पनी महिन्द्रा एण्ड महिन्द्राद्वारा उत्पादित निर्माण उपकरणहरुको अधिकृत बिक्रेता दुगड ब्रदर्स एण्ड सन्सले “आम्दानी जती तपाईको, खर्च जती हाम्रो” नाराका साथ उक्त प्रर्दशनी आयोजना गरी सम्पन्न गरेको हो । महिन्द्राले आफ्ना उत्पादनहरु मोटर ग्रेडर(जी-९०), ब्याकहोई लोडर(भीएक्स-९०) र ब्लाजो-२५ ट्रिपर प्रर्दशनीमा राखेको थियो । साथै, उक्त उत्पादनहरुमा विभिन्न स्किमहरु ल्याएको कम्पनीले ग्राहकहरुलाई जानकारी गराएको छ । प्रर्दशनीमा राखिएका विभिन्न मोडलका निर्माण उपकरणहरु ब्याक हो लोडर, ग्रेडर आदी सामाग्रीहरु कम लागत उच्चतम प्रयोग, सस्तो संचालन खर्च, सरल तथा अत्याधुनिक प्रबिधि, उच्च माईलेज र बेजोड कार्य क्षमताको विषेशता रहेको कम्पनीका निमार्ण उपकरणका प्रमुख तारा थापाले जानकारी दिए । साथै, कम्पनीले एसी क्याबिन तथा नन एसी क्याबिनमा ग्राहकहरुको छनौटको आधारमा ब्याकहोई लोडर उपलब्ध गराउँदै आएको छ । जसले बजारमा रहेका अन्य मेसिनभन्दा कम ईन्धन खपत गर्दै शीघ्र तथा उच्च कार्य संपादन गर्न सक्ने ई मेसिनहरु २ वर्ष अनलिमिटेड हायोर वारेन्टीको सुविधा रहेको उनले बताए । आफ्ना उत्पादनहरु ग्राहकहरुमा बिक्री वितरणकाे लागि कम्पनीले स्पोर्ट फाईनान्सको व्यवस्था गर्दै आएको छ । साथै, उक्त एक्स्पोमा बुकिङ्/डेलिभरी लिएका ग्राहकलाई एक लाख रुपैयाँ नगद छुट, दुई वर्षसम्म सम्पूर्ण सर्भिस म्याटेरियल फ्रि अफ कष्टमा उपलब्ध गराउने कम्पनीले जानकारी गराएको छ ।

भ्यालेन्टाइन डेलाई लक्षित गर्दै टाटा मोटर्सकाे ‘भ्यालेनटाइन विक ह्विल अफ लभ’ आयोजना हुँदै

काठमाडौं । टाटा मोटर्सले भ्यालेनटाइन डेलाइ लक्षित गरेर ‘टाटा मोटर्स भ्यालेन्टाइन विक ह्विल्स अफ लभ’ नामक विशेष कार्यक्रमको आयोजना गरेको छ । टाटा मोटर्सको थापाथलीस्थित सोरुममा फेब्रुअरी १३ देखि १५ सम्म यस कार्यक्रमको आयोजना हुने भएको छ । यस अवधि भित्र सोरुममा आउने ग्राहकहरुलाई टाटा मोटर्सले मनोरञ्जनात्मक प्रस्तुति सहित विभिन्न उपहारहरुले स्वागत गर्ने भएको छ । ग्राहक टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ आकर्षक तथा अत्याधुनिक डिजाइनका टाटाको गाडिहरु एच फाईभ नेक्सन, टियागो र टिगोर लगाएतका गाडिहरुको अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । सोरुममा आएर टाटाको जुनसुकै मोडलको गाडीहरु खरिद गर्ने ग्राहकहरुलाई कपल टुर टु माल्दिभस, बुकिङ्ग गर्ने ग्राहकहरुलाई डाइमण्ड रिङ्ग, प्रत्येक भ्याल्युएसनमा पफ्र्यूमको साथै निःशुल्क जेन्युइन एसेसरिज, डोर प्राइज, एक वर्षको निःशुल्क रोड टयाक्स तथा टेस्ट ड्राइभ गर्ने ग्राहकहरुलाई पनि आकर्षक उपहारहरु प्रदान गरिनेछ ।