‘म्याक्स टाइगर’को लक्की ड्रमा विजेताले पाए मोबाइलदेखि गाडीसम्मका उपहार

काठमाडौं । एग्रो थाई फुड प्रालिले उत्पादन गरेको इनर्जी ड्रिङ्क्स म्याक्स टाइगर ‘लक्की ड्र’को विजेताहरुलाई उपहार प्रदान गरिएको छ । म्याक्स टाइगर उपहार योजनामा व्यवसायीले भरेको कुपरको आधारमा ‘लक्की ड्र’ कार्यक्रम आयोजना गरिएको थियो । कम्पनीले केही समयअगाडि ‘म्याक्स टाइगर लक्की ड्र’ उपहार योजना ल्याएको थियो । उपहार योजनामा देशभरिबाट १२ हजार व्यवसायीले कुपन भरेको कम्पनीले बताएको छ । ‘म्याक्स टाइगर लक्की ड्र’ मा काठमाडौंको आरुबारीस्थित अमित स्टोर (कुपन नम्बर ३४०५१ )ले मारुती भ्यान जितेको छ । त्यसैगरी, कार्यक्रममा १० जनालाई माउन्टेन बाइक (साइकल), ५ जनालाई मोबाइल, ३ जनलाई टिभी र २ जनालाई होन्डा युनिकोन बाइक परेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गोंगबुको बिगमार्ट, बनेपाको आरबीके स्टोर, गौरको प्रकाश स्टोर, हिलेको गणेश टे«डर्स, कुपन नम्बर ४२८९५, तुलसीपुरको सुमन एन्ड सुदन स्टोर, शान्तिनगरको कल्पना इण्टरप्राइजेज, कुपन नम्बर ४८०३८, गोलढुंगाको प्रशन्न प्राप्ती र कुपन नम्बर ३७७८० ले माउन्टेन बाइक जितेको कम्पनीले बताएको छ । त्यसैगरी, स्मार्ट मोबाइल पाउनेहरू आयुसा (कोहलपुर), कुपन नम्बर ४३९६, कुपन नम्बर ३७८११, कुपन नम्बर ४८२५१, कुपन नम्बर ३७४६५ रहेको कम्पनीले बताएको छ । उपहार योजनामा श्रेष्ठ स्टोर, कुपन नम्बर ४११५४ र धादिङका हरि भट्ट (कुपन नम्बर ३४४६९)ले ४० इन्चको टिभी जितेको कम्पनीले बताएको छ । त्यसैगरी, ७५ इन्चको टिभी ४८१८३ कुपन नम्बरलाई परेको छ । कुपन नम्बर ३२०३४ र ३७७८४ ले होन्डा युनिकर्न बाइक जितेको बताइएको छ । एग्रो थाई फुडले उत्पादन गरेका म्यास टाइगरसँगै टाइगर सार्क, टोनिक वाटर, जीरा कोला, सोडा, एप्पल एक्स, ओआरएस स्पोर्टलगायत १८ भन्दाबढी ब्राण्डका पेय पदार्थहरु नेपाली बजारमा बिक्री भइरहेका छन् । यी उत्पादनहरूले नेपालको ६० प्रतिशतभन्दा बढी बजार ओगटेको कम्पनीको दावी छ ।

४४ वाटको फ्ल्यास चार्जिङ सहितको भिभो वाइ २७ नेपाली बजारमा

काठमाडौं । भिभोले आफ्नो वाइ सिरिजमा नयाँं मोडलको वाइ २७ फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको साथ आएको यो वाइ २७ एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको छ । डुअल रिङ डिजाइन र २.५ डि फ्ल्याट फ्रेम रहेको यो वाइ २७ अरु स्मार्टफोन मोडलहरु भन्दा अलग देखिन्छ । जसले गर्दा आफ्नो साथीहरुको भन्दा अलग र छुट्टै फोन बोक्न चाहने युवा पुस्ताको चाहनालाई सम्बोधन गरेको कम्पनीको भनाइ छ । ४४ वाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्ने वाइ २७ मा ५००० एमएएचको ब्याट्रि रहेको छ । त्यस्तै यसमा नाइट टाइम चार्जिङ प्रोटेक्सन पनि रहेको छ । ६ जिबि र्याम र ६ जिबिको एक्स्टेन्डेड र्याम भएकोले गर्दा एपहरु स्विच गरिरहनु पर्ने, धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने प्रयोगकर्ताहरूका लागि यो फोन विशेष रूपमा उपयोगी छ । नेपाली बजारमा यसको मूल्य २३,९९९ रुपैयाँ तोकिएको छ ।

ईसेवा मनि ट्रान्स्फरका सिइओ कोइरालाले प्राप्त गरे बिजनेस एक्सिलेन्स सर्टिफिकेट

काठमाडौं । ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालालाई वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस ह्युस्टन, टेक्सस, अमेरिकाले प्रतिष्ठित बिजनेस एक्सिलेन्स सर्टिफिकेटबाट सम्मान गरेको छ । रेमिट्यान्स उद्योगमा २० वर्षभन्दा बढी समर्पित सेवाका साथ कोइराला असल नेतृत्वको उत्कृष्ट नमुना पनि बनेका छन् । उनी म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल अवार्ड २०२२ मा म्यानेजर अफ द इयरबाट पनि सम्मानित भएका थिए। वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसले विश्वभरका विभिन्न संस्थाहरूको व्यावसायिक उत्कृष्टतालाई द बिज अवार्ड, सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार पुरस्कार प्रदान गरेको थियो । वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस को मिशन विश्वव्यापी रूपमा व्यापार विकासलाई प्रवर्द्धन, बृद्धिलाई सहजीकरण र अग्रणी कम्पनीहरू र उद्यमीहरूको सफलतालाई मान्यता दिई, उनिहरुले प्रदान गर्ने सेवाहरू लाई विश्वभर चिनाउने एक मध्यम हो ।