आईएमई लाइफका अभिकर्तालाई स्वास्थ्यसम्बन्धी अभिमुखीकरण
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले छैठौं बाषिकोत्सवको अवसरमा तीन सयभन्दा बढी अभिकर्तालाई सहभागी गराएर स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । वेविनारमार्फत अभिकर्तालाई जीवनशैलीसंग सम्बन्धित रोगहरुका बारेमा जानकारी गराइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आरुष लाइफस्टाइल अस्पतालसँगको समन्वयमा कार्यक्रम आयोजना भएको कम्पनीले बताएको छ । आरुष लाइफस्टाइल अस्पतालबाट डाक्टरद्वय सन्तोष शाक्य र सुकान्ति शाहले स्वस्थ जीवनयापनको लागि अपनाउनुपर्ने सन्तुलित भोजन, सक्रिय जीवनशैली, तनावरहित वातावरण र धुम्रपान मद्यपानरहित जीवनशैलीको बारेमा बताएका थिए ।
कामना सेवा विकास बैंकका ग्राहकले तुलसी कुञ्जमा १० प्रतिशत छुट पाउने
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेजमा विशेष छुट दिने बारे सम्झौता भएको छ । मंगलबार बैंक र रेष्टुरेन्टले मर्चेन्ट सम्झौतामा हस्ताक्षर गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कामना सेवा विकास बैंकका ग्राहकले उक्त रेष्टुरेन्टमा १० प्रतिशतसम्मको छुट पाउने बताइएको छ ।
‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा
काठमाडौं । केएल दुगड ग्रुपले ज्ञान ब्राण्ड अन्तर्गतको नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी औपचारिक रुपमा सार्वजनिक गरेको छ । क्याफेजा रिच रोस्ट ह्यान्डपिक गरिएको कफी बिनहरूबाट तयार गरिएको हो, जसमा अरेबिका र रोबस्टाको प्रिमियम मिश्रण समावेश छ, कफी प्रेमीहरूका लागि, ज्ञान क्याफेजा रिच रोस्ट कफी एक उत्कृष्ट रोजाई हो । उच्च गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधिका अनुभवी र कुशल विशेषज्ञहरूले कफीलाई विभिन्न विधिहरूको माध्यमबाट परीक्षण र उपभोगको लागि उत्कृष्ट प्रमाणित गरेका छन् । कफी प्रेमीहरूले अब ज्ञान क्याफेजा कफी डिपार्टमेन्ट स्टोरहरू, दराज डट कम तथा किराना पसलहरुमा खरिद गर्न सक्नेछन् । यो उत्पादन ४० ग्राम पाउच र ३६० ग्रामको बक्समा लन्च उपलब्ध छ ।