टाटा मोटर्सको ‘एक्सचेन्ज १२:१२ क्याम्प’ हुँदै, पुराना गाडीसँग टियागो इभी र पन्च इभी साट्न सकिने
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘१२:१२ एक्सचेन्ज क्याम्प’ आयोजना गर्न लागेको छ । सिप्रदी ट्रेडिङका अनुसार बिहीबारबाट तीन दिनसम्म आयोजना हुने यस क्याम्पमा जुनसुकै ब्राण्डका पुराना गाडीहरुलाई डाउन पेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी लगायतका गाडीहरु साट्न सकिने छ । यो एक्सचेन्ज क्याम्प डिसेम्बर १२, १३ र १४ तारिख टाटा मोटर्सको देशैभर रहेका शोरुमहरुमा आयोजना हुने बताइएको छ । यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरु पाउन सक्ने सिप्रदीले जनाएको छ । साथै, १२:१२ एक्सचेन्ज क्याम्पमा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्ने बताइएको छ । यस अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन गर्नुका साथै टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।
तोलामा २ हजारले बढ्यो सुन
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा बुधबार प्रतितोला सुनमा दुई हजार रुपैयाँले वृद्धि भएको छ । मंगललबार एकतोला सुन एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
टाटा म्याजिक बीएस६ नेपालमा पहिलोपटक सार्वजनिक
नेपालगन्ज । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मेल टाटा म्याजिक बीएस६ नेपालमा पहिलोपटक सार्वजनिक गरेको छ । नेपालगन्जमा आयोजित एक कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मन प्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रालिका अध्यक्ष निम बहादुर चलाउने, सनराइज यातायात प्रालिका अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रालिका महासचिव कृष्ण प्रसाद सुवेदी, शुभकामना यातायात प्रालिका अध्यक्ष रेशम खत्री र गो कर्णाली यातायात प्रालिका अध्यक्ष पदम थापा सहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका एजीएम सेल्स, सीभीबीयू कृष्ण चन्दले नेपालगन्ज जस्तो महत्त्वपूर्ण व्यापारिक क्षेत्रका लागि टाटा म्याजिक बीएस६ उत्कृष्ट यातायात समाधान भएको बताए । उनले भने, ‘यस गाडीले यात्रुहरूको सहजता बढाउनेछ, साथै यस क्षेत्रको आर्थिक गतिशीलतालाई समेत बलियो बनाउनेछ । सिप्रदीले आफ्ना ग्राहकहरूलाई नेपालगन्ज क्षेत्रमै उच्चस्तरीय बिक्री, सर्भिस र पार्ट्सको सुविधा प्रदान गर्दै आएको छ । ग्राहकहरूको सन्तुष्टिका लागि हामी अझ प्रतिबद्ध छौं ।’ कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका कमर्सियल भेइकल्स बिजनेस युनिट (सीभीबीयू) का प्रोडक्ट म्यानेजर इन्द्रमणि पोखरेलले भने, ‘टाटा म्याजिक बीएस६ ले आधुनिक सहरी यातायातमा क्रान्ति ल्याउनेछ । यसको प्रविधि, आराम र सुरक्षा फिचरले यात्रुको अनुभवलाई स्तरीय बनाउनेछ ।’ उनले यो गाडी विशेष गरी सहरी र विद्यालय यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको बताए । टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा बीएस२ संस्करणका साथ प्रवेश गरेको थियो । त्यसपछि बीएस३, बीएस४ हुँदै अब बीएस६ संस्करणसम्म आइपुगेको हो । सो गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको सिप्रदीको दावी छ । हालसम्म ४ हजार भन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन् । टाटा म्याजिक बीएस६ पनि सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा साबित हुने विश्वास कम्पनीले राखेको बताएको छ । टाटा म्याजिक बीएस६ मा ६९४ सीसी पेट्रोल इन्जिन रहेको छ, जसले ३० एचपी पावर र ५५ एनएम टर्क जेनेरेट गर्छ । फाइभ स्पिड गियरबक्स रहेको सो गाडीमा १३ इन्चको टायर रहेको छ । डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि इको स्विच, एबीएस र सबै पांग्रामा एन्टी–रोलबार लगायतका विशेषता रहेका छन् । चालक र यात्रुहरूको सहजताका लागि सो गाडी विशेष रुपमा डिजाइन गरिएको छ ।