नामी ईभीको मूल्य १ लाख रुपैयाँसम्म बढ्यो
काठमाडौं । नेपाली बजारमा नामी ब्रान्डका विद्युतीय गाडी (ईभी) को मूल्य एक लाख रुपैयाँसम्म वृद्धि भएको छ । नामीका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नामी ईभीको मूल्य २५ हजारेदेखि १ लाख रुपैयाँसम्म मूल्य बढाएको हो । एमएडब्लू वृद्धिले नामी ई१ को मूल्य २५ हजार रुपैयाँ बढाएर ३० लाख २४ हजार रुपैयाँ पुर्याएको छ । यसैगरी नामी नामी ई२ को मूल्य ५० हजार रुपैयाँ बढाएर ३२ लाख ४९ हजार रुपैयाँ पुर्याएको छ भने नामी ई३ को मूल्य १ लाख रुपैयाँ वृद्धि गरेर ३५ हजार ९९ हजार रुपैयाँ तोकेको छ । डुअल टोन कलर भेरियन्ट खोज्नेहरूका लागि भने ५० हजार रुपैयाँ अतिरिक्त शुल्क लागु हुने एमएडब्लू वृद्धिले जनाएको छ ।
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी
वालिङ । यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गरेका छन् । वालिङ नगरपालिका- ६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल भएका छन् । उहनले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका सागसब्जी बिक्रीबाट रु २० लाख र बेर्ना बिक्रीबाट रु छ लाख आम्दानी भएको बताए । उनले खेत तथा बारीमा काउली, बन्दा, गोलभेँडा, सिमी, बोडी, काक्रा, भण्टा, भिण्डी, मुला, खुर्सानी, प्याजलगायत सागसब्जी तथा बेर्ना बिक्री गर्दै आएका छन् । विसं २०५२ बाट व्यवसाय थालेका रेग्मीले २०७४ सालमा ‘समर्पण कृषि फार्म’ दर्ता गरेका हुन् । व्यावसायिक रूपमा तरकारी तथा नर्सरी व्यवसाय गरेको २० रोपनीमध्ये आधा आफ्नै र आधा भाडामा लिएका छन् । ‘बीस रोपनी जग्गामध्ये झण्डै दुई रोपनीमा चारवटा टनेलमा नर्सरी छ र त्यहाँ विभिन्न प्रजातिका बिरुवा उत्पादन हुँदै आएको छ, बाँकी जग्गामा मौसमअनुसारका तरकारी बाली लगाउँदै आएको छु,’ उनले भने । यहाँ उत्पादित सागसब्जी तथा बेर्ना पोखरा, स्याङ्जा, वालिङ तथा बुटवलमा बिक्री हुने गरेको छ । बाल्यकालदेखि कृषि पेशाप्रति इच्छा भएकाले लागे तापनि केही वर्षपछि खेतीसम्बन्धी तालिमले झनै निखारता ल्याएको उनले बताए । कहिलेकाहीँ भारत तथा तराईबाट आउने सागसब्जीसित बजार प्रतिस्पर्धा गर्नुपर्दा गाह्रो भए पनि समग्रमा आफू यो पेशाबाट सन्तुष्ट रहेको उनले बताए । कृषि ज्ञान केन्द्रलगायत कृषि क्षेत्रमा सक्रिय सङ्घसंस्थाले समय समयमा प्राविधिक ज्ञान दिने गरेकाले व्यवसाय सञ्चालनमा सहज भएको उनी बताउँछन् । कृषिकर्ममा उदाहरणीय कार्य गरेकामा २०७६ सालमा उनी राष्ट्रपतिबाट पुरस्कृत पनि भएका थिए । रासस
रियलमीको सर्भिस सेन्टर अब दाङमा
काठमाडौं । रियलमीले दाङको न्यूरोडमा आफ्नो पाँचौं सर्भिस सेन्टर उद्घाटन गरेको छ । यो रियलमीको लुम्बिनी प्रदेशमा खोलिएको पहिलो सर्भिस सेन्टर हो । यस सर्भिस सेन्टरको उद्घाटनसँगै देशभरका आफ्ना प्रयोगकर्ताहरुलाई उत्कृष्ट बनाउने रियलमीको प्रतिबद्धतालाई सुदृढ गरेको छ । काठमाडौं, पोखरा, इटहरी र धनगढीसँगै अब दाङ सर्भिस सेन्टरले नेपालको पश्चिमी क्षेत्रका ग्राहकहरूका लागि सहज सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । यस सर्भिस सेन्टरमा प्रयोगकर्ताहरुले मर्मत तथा मेन्टेनेन्स सेवा, डाइग्नोस्टिक्स र ट्रबल सुटिङ, र वारेन्टी तथा सर्पोट जस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन् । रियलमीका बढ्दो ग्राहक आधारलाई ध्यानमा राखेर उद्घाटन गरिएको यो सर्भिस सेन्टरले रियलमीका स्मार्टफोन सम्बन्धी सबै समस्याहरूको द्रुत र प्रभावकारी समाधान गर्ने कम्पनीले बताएको छ । बिहान १० बजे देखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने यस सर्भिस सेन्टरमा दक्ष एवम् प्रशिक्षित प्राविधिकहरूको टोलीले रियलमीको ग्लोबल स्ट्यान्डर्ड अनुरूपका उच्च–गुणस्तरिय सेवा प्रदान गर्ने कम्पनीले बताएको छ । उक्त सर्भिस सेन्टरबारे बोल्दै रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिस गिरीले भने, ‘हाम्रा नेपाली प्रयोगकर्ताहरुलाई अझै राम्रो सेवा दिने उद्देश्यले हामीले दाङ्गमा पनि यो सर्भिस सेन्टर उद्घाटन गरेका छौँ । हामी यसै गरी नेपालका सबै कुनामा थप उत्कृष्ट सेवा पुर्याउँदै रहनेछौँ ।’ दाङ सर्भिस सेन्टरको सुरुवातले प्रिमियम पोस्ट पर्चेज सेवा प्रदान गर्ने रियलमीको प्रतिबद्धतालाई झल्काएको छ । भविष्यमा देशभरनै आफ्ना सर्भिस सेन्टरहरु विस्तार गर्दै जाने कम्पनीले बताएको छ ।