ब्लाक्क प्लस डेक्करको ‘दोस्रो मासिक लक्की ड्र’को विजेता घोषणा
काठमाडाैं । ब्लाक्क प्लस डेक्करकाे ‘दोस्रो मासिक लक्की ड्र’ याेजनाको विजेता घाेषणा भएकाे छ । खोटाङका प्रसन्ना राजभण्डारी ब्लाक्क प्लस डेक्करकाे याेजनाकाे दाेस्राे विजेता घाेषणा भएकी हुन् । उनले ब्लाक्क प्लस डेक्करको ओ. एफ. आर. हिटर जितेकी हुन् । नेपाली बजारलाई लक्षित गर्दै ब्लाक्क प्लस डेक्करले यस वर्ष दशै–तिहार लक्की स्क्र्याच योजनाका साथै मासिक र बम्पर लक्की ड्र अफर योजना ल्याएको हाे । लक्की स्क्र्याच योजना अन्तर्गत ब्लाक्क प्लस डेक्कर ब्रान्डका कुनै पनि सामानको खरिदमा उपभोक्ताले एउटा स्क्र्याच कार्ड पाउनेछ, जुनमा हात खाली नजाने १ लाखसम्मका आकर्षक क्यास प्राईज तुरन्त प्राप्त गर्न सकिनेछ । मासिक र बम्पर लक्की ड्र योजना अन्तर्गत मासिक उपहारहरुमा ब्लाक्क प्लस डेक्करको ओ.एफ.आर ओएल हीटर र ओ.टी.जी ओवन जित्न सकिनेछ भने बम्पर लक्की ड्रमा एल.जीको ९ के.जी फ्रन्टलोड वाशिङ मेसिन जित्न सकिनेछ । ब्लाक्क प्लस डेक्करको दशै–तिहार लक्की स्क्र्याच योजनाका साथै बम्पर लक्की ड्र अफर अन्तर्गत एल.जीको ९ के.जी फ्रन्टलोड वाशिङ मेसिनको विजेता घोषणा गर्न बाँकी छ । यस योजनामा सहभागी हुनका लागि ब्लाक्क प्लस डेक्करको सामान खरिद गरी वारेन्टी कार्डको अर्धकट्टिमा आफ्नो पूर्ण विवरण भर्नुपर्नेछ । ब्लाक्क प्लस डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इ.ओ.एल रहेको छ ।
सेल्सबेरीकाे दशैंतिहार याेजनाकाे विजेताले पाए यामाहाकाे फसिनो
काठमाडौं । सेल्सबेरीले दशैं तिहारको अवसरमा संचालन गरेको एक महिने अफरको विजेता घोषणा गरेको छ । प्रजेश लाल श्रेष्ठले सेल्सबेरीले संचालन गरेको एक महिने अफरमा यामाहा फसिनो १२५ जितेका छन् । यामाहासँगको सहकार्यमा संचालन गरिएको उक्त अफरमा टीभी, फ्रिज, वाशिङ्ग मेशिन वा ओभनको खरिदमा उपहारमा यामाहा फसिनो १२५ राखिएको थियो । सो अफर सेल्सबेरी डिपार्टमेन्ट स्टोर र सेलवेज पोखरामा संचालन गरिएको थियो ।
सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा दाङको मुर्कुटीमा पनि
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले दाङको बंगलाचुली गाउँपालिका मुर्कुटीमा ८६ औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेकोे छ । बैंकले गत मंसिर ३ गतेबाट उक्त स्थानमा नयाँ बैंकिङ्ग सेवा शुरु गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी होतिदेवी वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । बैंकले उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य लिएको छ । बैंकले हाल १७४ वटा शाखा, १२३ वटा एटीएम र ११३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।