नेचर सुपर मार्केटको तेश्रो शाखा बालकोटमा, एक महिना १५ प्रतिशतसम्म छुट पाइने
काठमाडौं । नेचर सुपर मार्केटको तेश्रो शाखा बालकोटमा खुलेको छ । सोमबार एक सुर्यविनायक न.पा. वडा नं. ३ का अध्यक्ष शिवबरण खत्री एवं हास्य कलाकार दिपाश्री निरौलाले उक्त शाखाकाे उद्घाटन गरेका हुन् । गत वर्ष कात्तिकदेखि काठमाडौंको मैतीदेवीचोकबाट सञ्चालमा आएको नेचर सुपर मार्केटले सेवा विस्तार गर्ने क्रममा जडिबुटीको नरेफाँटपछि यो शाखा सञ्चालनमा ल्याएको हो । सुपरमार्केटले काठमाडौं उपत्यकाको सबै ठाउँमा निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराइरहेको छ । शाखा शुभारम्भको अवसरमा सुपरमार्केटले खाधान्न तथा ग्रोसरी सामानहरुमा ३ देखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सञ्चालक समिति सदस्य तारामान धामीले जानकारी दिए । छुट अवधि १ महिनासम्म जारी रहनेछ ।
जापानको सौन्दर्य ब्राण्ड किरेइ कस्मेको स्टोर नयाँँ बानेश्वरमा
काठमाडाैं । जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेशोकुले आफ्नो स्किन केयर र सौन्दर्य सामाग्रीहरु काठमाडौंमा पनि उपलब्ध गराउने भएकाे छ । विगत १३६ वर्षदेखि जापानमा सौन्दर्य सामाग्रीहरु उत्पादन गर्दै आइरहेको मोमोतानी जुनतेन्कानको स्वामित्वमा रहेका यी दुवै ब्रान्डका उत्पादनहरु नेपालमा पहिलोपटक उपलब्ध हुँदैछन् । महिलाहरुमा प्रायः बढी देखा पर्ने डन्डिफोर लगायत अन्य समस्याहरुको लागि यो विश्व–विख्यात नाम हो । मोमोतानी जुनतेन्कान ले १८८५ मा बिगन्सुइ नामको एक्ने केयर उत्पादनसँगै आफ्नो उत्पादनको शुरुवात गरेको थियो र पछि यसले अन्य स्किन केयर सामाग्रीहरुको उत्पादन गर्न थालेको थियो । जापानकि साम्राज्ञीले समेत यहि ब्राण्डको उत्पादनहरु प्रयोग गर्थिन् । हाल मेशोकु र मोमोतानीका उत्पादनहरु विश्वका २५ देशमा बिक्री भइरहेका छन् । यसका उत्पादनहरुमा एक्नि केयर, स्किन केयर, मेक–अप र हेयर केयरहरु आदि छन् । यी सबै उत्पादनहरु जापानमै बनेका हुन् । नेपालस्थित लाफिङ यति ट्रेडिङ प्रा.लि.ले यसलाई नेपालमा भित्र्याएको हो । लाफिङ यतिले नयाँँ बानेश्वर र पुल्चोकमा जापानिज भेराइटि स्टोर खाइमोनो र सिभिल मलमा टच–मी जापान पनि सन्चालन गर्दै आइरहेको छ । खाइमोनोमा सम्पूर्ण घरायसी सामानहरु, सजावटका सामानहरु, जापानीज् सौन्दर्य प्रसाधनहरु र अन्य उपयोगी सामानहरु उपलब्ध छन् भने टच मीमा महिला पुरुष दुवैको लागि ब्रान्डेड ब्यागहरु उपलब्ध छन् । टच मीमा महिला तथा पुरुष दुवैको लागि अन्य एसेसरिज पनि चाँडै उपलब्ध हुनेछन् । यहाँँ पाइने सम्पूर्ण सामानहरु जापानमै त्यहीँको गुणस्तर मापदण्ड अनुसार उत्पादित हुन्छन् । लाफिङ यती अन्तरराष्ट्रिय कम्पनीमा काम गर्दै त्यहाँको ज्ञान र अनुभव नेपालमा हस्तान्तरण गर्दै युवा सशक्तिकरण एवम् महिला सशक्तिकरणद्वारा नेपालमै सक्षम युवा नेतृत्व उत्पादन गर्ने अभिप्रायले नेपाली युवाद्वारा स्थापित कम्पनी हो । यसै कम्पनीले नयाँँ बानेश्वर, काठमाडौंमा किरेइ कस्मे जापानको नाममा आफ्नो पहिलो जापानिज् कस्मेटिक र स्किन केयर शोरुम पनि उद्घाटन गरेको छ । यसको उद्घाटनसँगै नेपाली महिलाहरुले विश्व–प्रसिद्ध, उच्च गुणस्तरीय र दिगो जापानिज उत्पादनहरु सहजै प्राप्त गर्न सक्नेछन् । नेपालमा मोमोतानी र मेशुकोका उत्पादनहरु किरेइ कस्मेले मात्र एक्स्क्लुजिव रुपमा बिक्री गर्नेछ । यसको स्टोर नयाँँ बानेश्वरस्थित काइमोनो जापानको शोरुमसँगै रहेको छ । मोमोतानी र मेशुकोको गुणस्तरीय उत्पादनहरु दराज अनलाइन शपिङ र काइमोनो जापान अनलाइन स्टोरमा पनि उपलब्ध छन् ।
टिसिएलको नयाँ क्युलेड फोरके टिभी नेपाली बजारमा
काठमाडौं । सिजीले टिसिएलको नयाँ क्युलेड फोरके टिभी सि७२८ मोडेल र फोरके युएचडी एआई टिभी पि७२५ मोडेल आफ्नो सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत ईओएल प्रालिले ईओएल प्रालिले उक्त टिभी सार्वजनिक गरेको हो । टिसिएल आइएचएसबाट प्रमाणीत विश्वको दोश्रो ठूलो टिभी ब्राण्ड हो । टिसीएलको नयाँ क्युलेड फोरके टिभी सि७२८ मोडेल ५५ र ६५ इन्चमा उपलब्ध छ भने फोरके युएचडी एआई टिभी पि७२५ मोडेल ७५ इन्चमा उपलब्ध छ । क्युलेड फोरके टिभीको क्वान्टम डट डिस्प्ले टेक्नोलोजीले रहेको छ । यो टिभीले उच्च गुणस्तरको अन्तरक्रियात्मक भिडियो गेमिङ र होम इन्टरटेन्मेन्ट चाहने ग्राहकहरुको लागि पनि विशेष आयाम थप्ने कम्पनीले जनाएके छ । यस टिभीमा १२०हर्ज एमइएमसि, उच्च रिफ्रेश रेट डाइनामिक कम्पेन्सेसन रहेको छ जसले दृश्यलाई अझ मज्जाको बनाउँदछ । यो टिभीमा उपलब्ध डल्बी भिजन आइक्यु फिचरले डाईनामिक मेटाडाटा र प्रकाश सेन्सर प्रयोग गरेर कोठाको प्रकाशको अवस्था अनुसार दृश्यको ब्राइटनेस र कन्ट्रयास्टलई समायोजन गरेर दृश्य अनुभबलाई अझ मनोरन्जनात्मक बनाउँदछ । यसमा स्मार्टफोनमा भएको कन्टेटहरु पनि राखेर चलाउन सकिन्छ र साथै यो टिभी भोईस कमाण्डबाट पनि चलाउन सकिन्छ । कम्पनीले यसमा ३ वर्षको वारेन्टी दिएको छ । सिजीको डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रविभवन, हात्तीगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन ।