एनएमबिको क्युआर कोडबाट विर्तामोड कृषि बजारमा कारोबार सुरु
काठमाडाैं । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवर्धन गर्ने उद्देश्य सहित विर्तामोड कृषि बजारमा क्षेत्रमा क्यु आरमार्फत नगदरहित भुक्तानी सुरु गरेको छ । विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेलको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि – विर्तामोड न.पा. बडा नं. ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङदेल, विशिष्ट अतिथि – एनएमबि बैंक प्रदेश १ प्रमुख उत्सव घिमिरे, उक्त बजार व्यवस्थापन समितिका सदस्यहरु, लगायत सुरक्षा निकाय, स्थानीय कृषि व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोबार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने प्रयास रहेकाे बैंकले जनाएकाे छ । कार्यक्रमको औपचारिक शुभारम्भ बैंकका प्रदेश १ प्रमुख घिमिरेले कृषि व्यवसायी अमर बहादुर तामाङ्गको पसलमा विद्यतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेर गरेका थिए भने कार्यक्रम सञ्चालन प्रदेश १ का एरिया म्यानेजर मेघ राज तिम्सिनाले गरेका थिए ।
भ्यालेन्टाइन्सकाे अवसरमा स्मार्टडोकोले ल्यायो ‘डोको भरी माया’, जोडीलाई विशेष छुट
काठमाडाैं । हालै रिलन्च भएको स्मार्टडोको अनलाइन सपिगं पोर्टलले भ्यालेन्टाइन्सकाे अवसरमा ‘डोको भरी माया’ अफर ल्याएकाे छ । आफ्ना ग्राहकलाई रोमान्चकारी विशेष उपहार दिने उद्देश्यले पाेर्टलले उक्त अफर ल्याएकाे हाे । यसका अतिरिक्त, यस अवधिमा स्मार्टडोको अनलाइनबाट खरिद गर्ने ग्राहकलाई रोमान्टिक रात्रीकालीन वास, खाना र स्पा समेतको व्यवस्था १० जना भाग्यशाली जोडीहरुलाई उपलब्ध गराउने छन् । जसमा भाग्यशाली एक जोडीलाई भिल्ला ७२, उत्तरढोकामा लन्च वा डिनर, भाग्यशाली दुई जोडीलाई भोजघर गैरीधारामा, क्याण्डल लाइट डिनर, भाग्यशाली दुई जोडीलाई होटल चौतारी पोखरामा दुइ रात तीन दिनको प्याकेज, भाग्यशाली तीन जोडीलाई होटल विराजमानको भुसे चुलोमा लन्च वा डिनर र भाग्यशाली दुई जोडीलाई किन्जला स्पा, झम्सीखेलमा वेल्नेस स्पा रहेको कम्पनीले जनाएको छ । त्यस्तै, एक हजार रूपैयाँभन्दा बढीको सामान खरिद गर्ने शुरुका ५० जना ग्राहकलाई निःशुल्क भ्यालेन्टाइन्स् मास्क उपलब्ध गराइने छ । साथै १ रूपैयाँको खेलबाट गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्न सकिनेछ । यो सुविधा १४ फेब्रुअरी सम्मलाई मात्र लागू रहने छ ।
डिशहाेम डिलर दाईकाे याेजना माघ ३० गतेसम्म
काठमाडौं । डिशहोमले डिलर दाईको डिस्काउन्ट अफर योजना माघ ३० गतेसम्मको लागि कायम गरेकाे छ । कम्पनीले सोमबार विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिशहोमले लामो समयदेखि यो अफर संचालन गरिरहेको छ । यस अफर अन्तर्गत हालसम्म ९० जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जिति सकेका छन् भने अन्य वार्षिक रिचार्ज गर्ने ग्राहकहरुले पनि वार्षिक रिचार्ज गर्दा आकर्षक छुट प्राप्त गरेका छन् । २०७६ फागुन २ गतेदेखि संचालन भएको यस अफरमा अब माघ २९ गतेसम्म रिचार्ज गर्न ग्राहकहरुले अन्तिम लक्कीड्रमा सहभागि हुन पाउने छन् । यो योजनापछि लक्कीड्र सकिनेछ भने डिस्काउन्ट अफर भने सुचारु रहनेछ । नेपा भरि रहेका डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर वा कुनै पनि अनलाईन माध्यम बाट वार्षिक रिचार्ज गरे बापत विक्ली ‘लक्की ड्र’ मा भाग लिने पाइने कम्पनीले जनाएकाे छ । फण्ड ट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने डिशहाेमले जनाएकाे छ ।