दसैँ, तिहार र छठमा पाँच करोडको फूल किनबेच

जनकपुरधाम । यस वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब  तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो । पोहोरको तुलनामा यस वर्ष फूलको कारोबार वृद्धि भएको फूलको थोक व्यापारी जेके फ्लावर एन्ड गिफ्ट हाउस जनकपुरका सञ्चालक जितेन्द्रकुमार भण्डारीले बताए । उक्त परिमाणमा फूल किनबेच जनकपुर, जलेश्वर, लहान, राजविराज, लालबन्दी, मलङ्गवा,  हरिऔन, चन्द्रनिगाहपुर तथा गौरको आसपासका बजारमा भएको हो । भण्डारीका अनुसार यस वर्ष बजार मागको ९५ प्रतिशतभन्दा बढी फूलमाला आन्तरिक उत्पादन र पाँच प्रतिशतभन्दा कम भारतबाट आयात भएको थियो । विगतमा भारतको पटना तथा कलकताबाट फूल तथो माला आयात हुने गथ्र्यो । यस वर्ष सरकारले आयातमा कडाइ गरेपछि आन्तरिक उत्पादनका फूलमाला बिक्री भएको उनको भनाइ छ । जनकपुर बजार क्षेत्रमा फूल व्यापारी २० जना छन्भने करिब दुई सय किसान फूल खेतीमा लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ । धनुषामा करिब ५० बिघा क्षेत्रफलमा गोदावरी फूलको व्यावसायिक खेती हुने गरेको छ । देपुरा, रुपैठा, फूलगामा, परवाहा, ढल्केबर लगायतका ग्रामीण व्यावसायिक फूल खेती हुने गरेको छ । कहिलेकाहीँ प्रतिकूल मौसमका कारण फूल बिग्रिने गरेको जनकपुर घर भई काठमाडौँ गौशालामा थोक व्यापार गर्दै आएका  ७० वर्षीय रामदयाल माली भण्डारीले बताए । स्थानीय खुद्रा व्यवसायी रामजीवन भण्डारीले यस वर्ष २० लाखको फूल बिक्री गरेको जानकारी दिए । नेपालमा खासगरी पाँच प्रजातिको सयपत्री फूल पाउने भए पनि कलकतिया तथा पटनिया प्रजातिका सयपत्रीफूल अत्यधिक बिक्री हुने व्यापारी तथा किसानहरु बताउँछन् । फूल खेतीका लागि प्रचुर सम्भावना भएकाले स्थानीय सरकारले यसको विकासमा जोड दिनुपर्ने फूल व्यवसायीको भनाइ छ । रासस

भिभोको वाई १९ एस सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । भिभोले वाई सिरिजको भिभो वाई १९ एस सार्वजनिक गरेको छ । कम्पनीले आइतबार विज्ञप्तिमार्फत भिभो वाई १९एस दुई आकर्षक रङ भेरियन्टहरूमा उपलब्ध रहेको जनाएको छ । पर्ल सिल्भर मोडेलले इरिडेसन्ट कोटिंग प्रयोग गरेर इन्द्रेणीका रङहरूको दृश्य दिने कम्पनीको दाबी छ । भिभो वाई १९एस मा ६.६८ इन्चको ९० हर्ट्ज डज डिस्प्ले छ । भिभो वाई १९एसको स्क्रीन ब्राइटनेस एक हजार निट्ससम्म पुग्न सक्छ । कम्पनीका अनुसार यसमा ३०० प्रतिशत अडियो बूस्टर सुविधा रहेको भिभो वाई १९ एसले एक अद्वितीय अडियो–भिजुअल अनुभव प्रदान गर्दछ । भिभो वाई १९एस ५१५० एमएएच ब्याट्री संग सुसज्जित छ, जसले विस्तारित गेमिङ र पूर्ण दिनको आउटिंगका लागि पर्याप्त शक्ति प्रदान गर्दछ । यसको स्थायित्वको लागि यस्मा चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी दिइएको छ । यसले १६०० चार्ज साइकलपछि पनि कम्तीमा ८० प्रतिशत क्षमताको साथ ब्याट्रीलाई मजबुत राख्दछ । भिभो वाई १९एसले एसजिएस ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसन प्राप्त गरेको छ । जसले फोनलाई भित्र र बाहिरबाट मजबुत बनाउँछ । यसको आईपी ६४ रेटिङ्गले यसलाई धुलो र पानीको छिटाबाट सुरक्षित राख्छ । भिभो वाई १९एसले ५० एमपी मुख्य क्यामेराको साथमा पोट्रेट र रात्री मोडको विशेषताहरू रहेको छ । यसले क्रिस्टल स्पष्ट तस्बिरहरू खिच्ने कम्पनीको भनाइ छ । यो फोन दुई भेरियन्टमा उपलब्ध रहेको छ । ४र१२८ जिबी स्टोरेजको मूल्य १६ हजार ९९९ र ६र१२८ जिबी स्टोरेजको मूल्य १८ हजार ४९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।  

एमएडब्लु वृद्धिले मंगलबारबाट गर्दैछ बुटवलकै सबैभन्दा ठुलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

बुटवल । नेपालका लागि दिपल, सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले भैरहवा र बुटवललाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठुलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले कालिका नगर, बुटवलस्थित क्लब डेनोभोमा आउँदो २७ कात्तिकदेखि तीन दिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’ को आयोजना गर्न लागेको हो । यो मेलामा इभी किन्न चाहने लुम्बिनी प्रदेशका ग्राहकले दिपल प्रिबजेट प्राइस ७१ लाख ९९ हजारमा, सेरेसमा नाडा अफर ४५ लाख ४९ हजार रुपैयाँ र नामी इभी किन्दा७ किलोवाटको चार्जर फ्रि पाउन सक्ने जनाइएको छ । साथै, टप ३ रिकन्डिसन हाउसबाट अभूतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’ को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नेछन् । यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्याङ्कनमा आकर्षक उपहार पाउनु हुनेछ । ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ को व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । साथै, दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याज दरमा घर लान सकिने समेत बताइएको छ । यी अफरहरू बाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’ को मज्जा लिन सक्ने समेत जनाइएको छ । एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पअघि दिपल र नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।