एनआईसी एशिया बैंकको नयाँ शाखा अब बिर्तामाेड बजारमा

काठमाडौं । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय बिर्तामोड नगरपालिका वडा नं ३, बिर्ताबजार स्थित शाखाको बिर्तामोड नगरपालिका मेयर धुर्व कुमार शिवाकोटीबाट समुद्घाटन सु–सम्पन्न भएको छ । मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने भएको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १७० अर्ब तथा कर्जा १४४ अर्ब पुगेको छ । निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ

प्रभु बैंककाे ७ वटा एक्स्टेन्सन काउण्टर सञ्चालनमा, भन्सार कार्यालयमा बैंकिङ्ग सेवा दिने

काठमाडौं । प्रभु बैंकले ७ वटा नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित सो मात्राको काउन्टरहरु सञ्चालनमा ल्याएको हो । बैंकले मंगलबारदेखि झापाको भद्रपुर, सुनसरीको कोशीब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई सेवा शुरु गरेको छ । भन्सार विभागका महानिर्देशक तोयम रायाले एक समारोहकाबीच बैंकको जलेश्वर भन्सार राजश्व संकलन काउण्टरको उद्घाटन गरेका छन् । त्यसैगरी, अन्यभन्सार कार्यालयका एक्स्टेनसन काउण्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुखहरुले उद्घाटन गरेका हुन् । भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुने बैंकको विश्वास छ । त्यस्तै, राजश्व संकलनको आंकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा पनि टेवा पुग्ने बैंकको विश्वास छ ।

पर्साका बिनोद अग्रहरीले भए सिटी एक्स्प्रेस योजनाको दोस्रो महिनाको विजेता, जिते एक लाख रुपैयाँ

काठमाडौं । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत दोस्रो महिनाको विजेता पर्साका बिनोद अग्रहरी घोषित भएका छन् । अग्रहरीले मलेसियाको मर्चण्ट्रेडबाट पैसा पठाई एक लाख रुपैयाँको मासिक लक्कीड्रमा परी दोस्रो महिनाको विजेता हुन सफल भएका हुन् । उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत ९२४ जनाले २०० रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जना विजेताले १० हजार रुपैयाँ र १ जनाले १ लाख रुपैयाँ जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोहबीच उक्त नगद पुरस्कार हस्तान्तरण गरियो । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० रुपैयाँको मोबाइल टप अप १२ जनाले जित्नसक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा तीन जना विजेताहरुले १० हजार रुपैयाँ र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनाले एक लाख रुपैयाँ जित्न सक्ने छन् । योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि.१२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । यो योजनाअसोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुनेछ ।