रियलमी सि ५१ र सि ५३ अब छुट मुल्यमा
काठमाडौं । रियलमीको दुई वटा स्मार्टफोन मोडलहरु रियलमी सि ५१ र रियलमी सि ५३ अब छुट मुल्यमा उपलब्ध भएका छन् । पहिला १४,९९९ रूपैयाँमा उपलब्ध मेमोरी च्याम्पियन रियलमी सि ५१ अहिले १३,४९९ को छुट मूल्यमा उपलब्ध छ भने पहिले १८,९९९ रूपैयाँमा उपलब्ध क्यामरा च्याम्पियन रियलमी सि ५३ अहिले १६,४९९ को छुट मूल्यमा उपलब्ध छ । रियलमी सि ५३ : क्यामेरा च्याम्पियन १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामरा सहितको रियलमी सि ५३ ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्छ । यस सेगमेन्टकै पहिलो १०८ मेगापिक्सेल क्यामेरा र सबैभन्दा ठूलो क्यामरा सेन्सरले उत्कृष्ट कलर, ब्यालेन्सड हाइलाइट र स्याडोज तथा डिप टेक्सचर शटहरू प्रदान गर्दछ । यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेलड तस्बिर खिच्न सक्छ । ७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५३ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्दछ । १८ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५३ मा शक्तिशाली ५००० एमएएचको विशाल ब्याट्री राखिएको छ जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या हुँदैन । रियलमी सि ५३ मा १२ जिबी सम्मको डायनामिक ¥यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ । १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकहरुलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्दछ । अक्टा–कोर चिपसेटले एडभान्स टेकनोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फरमेन्स तथा अनुभव सुनिश्चित गर्दछ । ६+१२८ जीबी भेरिएन्टको रियलमी सि ५३ आकर्षक च्याम्पियन गोल्ड कलरमा रु. १६,४९९ मा उपलब्ध छ । फास्टर चार्जिङ, बिगर स्टोरेज र क्लियर क्यामरा अब मात्र १३,४९९ रूपैयाँमा यसमा आउने ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले रियलमी सि ५१ मात्र २८ मिनेटमा नै ०–५०% सम्म चार्ज हुनसक्छ । यस सुपरभोक चार्जरको मुख्य विशेषता भनेको फोन नतातिकनै चाँडो चार्ज हुन्छ । १२८ जिबीको स्टोरेज भएको यस रियलमी सि ५१ मा सबै एप, तस्बिर र अत्यावश्यक फाइलहरूका लागि पर्याप्त स्पेस छ । ४ जिबीको बिल्ट–इन ¥यामका साथै डिआरइ टेक्नोलोजीमार्फत थप ४ जिबी ¥याम बढाउन पनि मिल्छ । ५००० एमएएचको हेभी ब्याट्री पावरले ग्राहकहरुलाई दिनभर भिडियो हेर्न अथवा खेल खेल्न प्रशस्त पावर पनि हुन्छ । यसमा भएको ५० मेगापिक्सेल एआई क्यामराले असाधारण रुपमा आकर्षक तस्बिरहरू निकाल्दछ । ७.९९ एमएमको अल्ट्रा–स्लिम डिजाइन सहित यस प्राइस सेगमेन्टकै सबैभन्दा स्लिम फोनको रूपमा आएको रियलमी सि ५१ स्टाइल र सुन्दरताको उत्कृष्ट मिश्रण हो । आकर्षक (६.७४ इन्च) ९० हर्ज डिस्प्लेमा रहेको मिनी क्याप्सुलले सिमलेस तथा भाइब्रेन्ट भिजुअल अनुभव प्रदान गर्दछ । प्रशस्त स्टोरेज र आकर्षक डिस्प्ले युक्त रियलमि सि ५१ ले आधुनिक स्मार्टफोनहरूको लागि नयाँ बेन्चमार्क सेट गरेको छ । रियलमी सि ५१ आकर्षक मिन्ट ग्र्रीन र कार्बन ब्ल्याक कलरमा मात्र १३,४९९ मूल्यमा ४+६४ जिबीको स्टोरेजमा उपलब्ध छ ।
‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा
काठमाडौं । सुजल फुड्सले आफ्नो उत्पादन ‘चोकोफन बिगफन’ नयाँ प्याकमा बजारमा ल्याएको छ । चोकोफन बिगफन मा चकलेटले भरिएको क्रिस्पि, क्रन्ची वेफर ४ तहहरु छन् । त्यसमाथी भ्यानिला स्ट्राइप्सको स्वाद रहेको कम्पनीले जनाएको छ । आकर्षक चम्किलो रातो र सुनौलो रङमा आएको चोकोफन बिगफन अब नयाँ प्याकेजिङ आकर्षित रहेको कम्पनीले जनाएको छ । स्वाद र नयाँ प्याकेजिङले अहिलेको उपभोक्ताको रुचाई र प्राथमिकतालाई सम्बोधन गर्नेछ । नयाँ प्याकमा बिगफनको लोगोलाई अझै प्रस्ट र आकर्षक रुपमा देखाएको छ । चोकोफन बिगफन १५ ग्राम मात्र १० रुपैयाँमा जार र प्याकेटमा उपलब्ध छ । चोकोफन बिगफनको नयाँ प्याकको बजार प्रबर्धन ‘हृयाप्पी न्यू इयर प्याक टु यू’ भन्ने नाराका साथ बजारमा ल्याएको हो । सुजल फुड्सले विगत ५० वर्षदेखि बबलगम, ललिपप, टफी, क्यान्डीलगायत बिक्रि वितरण गर्दै आएको छ । कम्पनीको लोकप्रिय ब्राण्डमा चोकोफन, क्रेभ, रसिलो, फ्रेशो, क्यान्डीम्यान, फ्रेसडेन्टलगायत छन् ।
भृकुटीमण्डपमा सुरु भयो ‘छैठौं नेपाल एग्रीटेक’ प्रदर्शनी, बीउ बिजनदेखि कृषि यन्त्रसम्म पाइने
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा कृषिसम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैठौं नेपाल एग्रीटेक’ सुरु भएको छ । समग्र कृषि क्षेत्रको विकास गर्ने उद्देश्यसहित सञ्चालनमा आएको उक्त प्रदर्शनी माघ ११ गतेदेखि सुरु भएको हो । मिडिया स्पेस सोलुसन, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स तथा प्रदर्शनी तथा व्यापार सेवा भारत प्रा.लीद्वारा संयुक्त रूपमा आयोजित यो प्रदर्शनीमा विभिन्न कम्पनीका कृषिसम्बन्धी प्रडक्टहरू रहेका छन् । आयोजक टिमका अनुसार माघ १४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा सयभन्दा बढी स्टलहरू रहेका छन् । छैठौं नेपाल एग्रीटेक प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री डा.बेदुराम भुसालले गरेका छन् । उद्घाटनका क्रममा मन्त्री भुसालले कृषि क्षेत्रको विकास आधुनिकीकरण र यान्त्रीकरण बिना सम्भव नरहेको बताए । ‘छैठौं नेपाल एग्रीटेकले कृषक र कृषि उत्पादनमा मद्दत पुर्याउने अपेक्षा छ, नेपालमा कृषि उत्पादन भइरहेता पनि यसलाई आधुनिकीकरण गर्न सकिएको छैन, अब यसतर्फ पनि सोच्नु पर्छ,’ उनले भने । यस अन्तर्राष्ट्रिय प्रदर्शनीले कृषकहरूका समस्याहरूलाई समाधान गर्ने साथै कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरूद्वारा परामर्श लिन सकिने पनि बताइएको छ । आयोजक टिमले प्रदर्शनी अवधि भर निःशुल्क प्रवेश गर्न सक्ने व्यवस्था मिलाएको छ । प्रदर्शनीले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने विश्वास लिएको छ । मुक्तिनाथ कृषि कम्पनीले सो अवसर पारेर आफ्नो नयाँ उत्पादन ‘जैविक मल तथा उत्सर्जक’ सार्वजनिक गरेको छ ।