सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुुसार मंगलबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन ६ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य स्थिर रहेको छ । चाँदि प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पोखरामा खुकरी फ्रेन्ड्स अफ फेस्टिभल हुँदै
काठमाडौं । पोखरामा खुकरी फ्रेन्ड्स अफ फेस्टिभल हुने भएको छ । सौन्दर्य र पानीरङको राजधानी पोखरालाई शब्दको सहर बनाउने ध्येयका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलमा विगत तीन संस्करणदेखि नेपाल डिस्टिलरीको पनि साथ रहँदै आएको छ । कम्पनीका अनुसार ‘जहाँ शब्दहरु जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले प्रत्येक संस्करणमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरुलाई सन् २०१६ देखि पोखरामा भेला गराई समसामयिक विषयवस्तुमा अन्तक्रिया र अन्तर्संवाद सम्पन्न गर्दै आएको छ । साथै प्रत्येक दिनको अन्तिम सत्रमा विभिन्न कलाकारका साथ साङ्गीतिक प्रस्तुति राख्दै आएको छ । कलाको सबैभन्दा सशक्त माध्यमका रुपमा सङ्गीतले मानिसलाई आकर्षित गर्दछ र जटिल भावनाहरुलाई अरुसम्म अभिव्यक्ति गरी मानिसहरुलाई तरङ्गित बनाउने गर्छ । फेवा किनारमा पाँच दिनसम्म आयोजना हुने यस वर्षको खुकरी फ्रेन्ड्स अफ फेस्टिभलमा हामीले साङ्गीतिक सत्रका रुपमा पहिलो दिन कुमार नगरकोटीको काव्यिक प्रस्तुति, दोस्रो दिन कुटुम्ब ब्यान्ड, तेस्रो दिन, प्रा.डा. धुवेशचन्द्र रेग्मी अनि उनको समूह र द ब्लु फ्रेट ब्यान्ड तथा अन्तिम दिन विपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्डका प्रस्तुति रहने कम्पनीले बताएको छ । साहित्यिक र साङ्गीतिक अन्वेषणको यो नौलो यात्राको सुरुवातमा यहाँहरुको सहयोगको अपेक्षा गरिएको नेपाल लिटरेटर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले बताए । खुकरी फ्रेन्ड्स अफ फेस्टिभलले आउँदा दिनमा साहित्य, काव्य र सङ्गीतलाई अन्तरघुलन गर्दै यसमा विश्वास गर्ने विशेष समुदाय निर्माणको लक्ष्य राखेको छ। यस कार्यक्रमलाई इभेन्ट एमएक्सले व्यवस्थापन गर्नेछ ।
चावहिल जुत्ता चप्पल व्यापार मेला सुरु, १५ देखि ५० प्रतिशसम्म छुट
काठमाडौं । प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । मेलाको उद्घाटन बिहिबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले गरेका हुन् । मेला यहि माघ १८ बाटसुरु भई फागुन १८ अर्थात एक महिनासम्म चल्ने आयोजकले जनाएको छ । मेलामा १४ उद्योगका ३० भन्दा बढि ब्राण्डका तीन हजारभन्दा बढि डिजाइनका जुत्ता चप्पल प्रदर्शनीमा राखिएको छ । नेपाली ब्राण्डका जुत्ताको प्रचार÷प्रसार गरि आम उपभोक्ता माझ पुर्याउने मुल उद्वेश्यले विवाह तथा जाडोलाई समेत लक्षित गरि महिला, पुरुष, बालबालिका, जेष्ठ नागरिकलगायत सबै उमेर समूहका उपभोक्ता/प्रयोगकर्तालाई आकर्षक डिजाइनका जुत्ता चप्पल मेलामा राखिएको छ । करिब एक सयभन्दा बढि स्टलहरुमा नेपाली ब्राण्डका जुत्ता चप्पल सजिसजावट गरि राखिएको छ । एउटै छानामुनी सबै उमेर समूहलाई सुहाउँदो १४ उद्योगका ३० भन्दा बढि ब्राण्डका तीन हजारभन्दा बढि डिजाइनका जुत्ता चप्पल कारखानाकै मुल्यमा १५ देखि ५० प्रतिशसम्म छुटको व्यवस्था समेत गरेको मेला संयोजक दिवाकर गिरीले जानकारी दिए । यो मेलामा चावहिल, गौशाला, चुच्चेपाटी, बौद्ध, जोरपाटी, आरुबारी, साँखुलगायत वरपरका सबैक्षेत्रका आम उपभोक्तालाई जोड्ने मुख्य लक्ष्य राखि प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला आयोजना गरिएको उनले जानकारी दिए । विगतमा पनि देशभरका विभिन्न स्थानहरुमा नेपाली जुत्ता चप्पलको मेला महोत्सव गर्दै आएको जुत्ता चप्पल उद्योगीहरुले यस वर्ष पनि विभिन्न स्थानमा जुत्ता चप्पल मेला आयोजना गरिरहेका छन् । नेपाली जुत्ता चप्पल उप्पादन गरि स्वदेशी वस्तुको प्रयोगमा फुटवयर क्षेत्रको उल्लेखनीय योगदान रहेको छ । नेपाली बजारमा करिब ६५ प्रतिशत योगदान नेपाली जुत्ता चप्पल उत्पादनले गर्न सफल भएको उद्योगी रामकृष्ण प्रसाईले बताए । उत्पादन क्षमता वार्षिक १६ करोड जोर रहेकोमा नेपाली बजारमा १० करोड माग रहेको तर बिक्री भने जम्मा ६ करोड मात्र रहेको उनले जानकारी दिए । अझै यसलाई बजारीकरणका लागि विभिन्न स्थानहरुमा प्रदर्शनी तथा मेला गर्नु परेको उनको भनाई छ । उनले राज्यले व्यवसायीलाई संकट परेको बेला नीति बनाई विशेष प्याकेज ल्याउनु पर्नेमा उल्टो अपराधी जस्तो व्यवहार गरेको आरोप लगाए । मेलमा सुरभी पोलिमर्श कम्पनीका हाई लाइफ, पवित्र शु इण्डष्ट्रिजका शु ल्याण्ड, फुट फेशनका बेली, बोस शुज कलेक्शनका बोस शुज, वेलकम शुज कलेक्शनका आइडल, फुटमाण्डु शुजका भेनस, नमस्ते फुटवयरका सिल्स, हिमानी कलेक्सनका हिमानी, सुबोध एण्ड सुस्मिता ट्रेड्सका वन वल्र्ड, बज्र फुटवयर इण्डष्ट्रिजका कोसेली, रन शुज इण्डष्ट्रिजका रन शुज, शिखर शुज इण्डष्ट्रिजका शिखर शुज, पारागन फुटवयर इण्डष्ट्रिजका पिजी शुज, नियशा शुज इण्डष्ट्रिजका ब्याम्बो शुज लगायतको कम्पनी तथा ब्राण्डका रहेका छन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठले संकटग्रस्त अवस्थामा पनि राज्यले व्यवसायीहरुलाई निकृष्ठ व्यवहार गरेको बताए । आर्थिक गतिविधिलाई चलयमान बनाउन सरकारले व्याजदर केहि घटाए पनि त्यो प्रयाप्त नभएको उनले बुझाई छ । राज्यले व्यवसायीको समस्या नबुझ्दा कालो सुचिमा पर्ने, कारवाहीमा गर्ने गरेको उनले बताए । उद्योग चल्दा र व्यवसाय राम्रो हुँदा राज्यलाई कर तिरेका व्यवसायीमाथि समस्या आउँदा र संकटग्रस्त हुँदा राज्यले पनि विशेष नीति ल्याई व्यवसायीको मर्का बुझ्नु पर्ने सरकारको दायित्व भएको उनले उल्लेख गरे । एक महिने मेलामा करिब ५ करोड रुपैयाँ बराबरको ३० देखि ३५ हजार जोर भन्दा बढि जुत्ता चप्पल बिक्रि हुने अनुमान गरिएको छ ।