दशैं नजिकिए सँगै तोलामा १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा दशैं लागेपछि सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य १ लाख १२ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा बुधबार १४ सय १० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

२० प्रतिशत डाउनपेमेण्टमा नेटा भीको विद्युतीय गाडी

काठमाडौं । नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरु २० प्रतिशत डाउनपेमेण्टमा उपलब्ध हुने भएको छ । संस्थाले आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने बताएको छ । उक्त कर्जा नेपालभरका प्रभु बैंक, कामना सेवा बैंक, एनएमबी बैंक र नबिल बैंकबाट उपलब्ध हुनेछ । यो सुविधा सिजी मोटर्सका सम्पूर्ण आधिकारिक विक्रेताबाट नेपालभरी लागू हुने भएकोले उपरोक्त सुविधा देशभर सबै शोरुमबाट ग्राहकहरुले लिन सक्नेछन् । नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो । जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ । करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ३८० किलोमिटरसम्मको रन्ज दिने कम्पनीको दाबी छ । विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भी को ब्याट्रीसहित मोटरमा कम्पनीले १५० हजार किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधा समेत पाउने छन् । यसका साथै हाल नेटा भीमा डिक्की फुल अफर भनि ग्राहक लक्षित योजना पनि चलिरहेको छ जसमा विभिन्न इलेक्ट्रोनिक उपकरणहरु उपहारको रुपमा ग्राहकहरुलाई दिइएको छ ।

नमस्ते पेमार्फत हवाई टिकट बुकिङ गर्दा २ सय रुपैयाँ क्यासब्याक

काठमाडौं  । यस दसैँमा नमस्ते पेमार्फत घरबाट फर्किने उडान टिकट बुक गर्ने यात्रुलाई क्यासब्याक प्रदान गर्ने उद्देश्यले नयाँ अभियान सुरु गरेको छ । जस अन्तर्गत नमस्ते पे मार्फत आफ्नो उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै २ सय रुपैयाँको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो अभियान १ कार्तिक २०८० देखि सुरु हुँदैछ । यात्रुहरूले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नुपर्दैन । क्यासब्याक प्राप्त गर्न यात्रुहरूले नमस्ते पे मार्फत आफ्नो उडान टिकट खरिद गर्नुपर्नेछ। २०० रुपैयाँको क्यासब्याकका साथसाथै, प्रत्येक उडानकर्ताले ५०० एमबी डेटा प्याक र अभियान अवधिको अन्त्यमा १ भाग्यशाली यात्रुले आफ्नो अर्को खरिदमा ५० प्रतिशत छुट पाउनेछन् । नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट खरिद गर्न सक्नेछन् । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।