बीवाईडीको नयाँ शोरुम सोल्टीमोडमा, छिट्टै अन्य स्थानमा विस्तार गर्ने

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक सिमेक्स ईं. प्रा. लि.ले काठमाडौंमा बीवाईडी सिटी स्टोरको शुभारम्भ गरेको छ । बीवाईडीका विद्युतीय सवारीसाधनलाई धेरै भन्दा धेरै ग्राहकहरू माझ पुर्याउने लक्ष्यसहित कम्पनीले घटस्थापनाका दिन काठमाडौंको सोल्टीमोडमा एक समारोहबीच उक्त शोरुमको उद्घाटन गरेको हो । बीवाईडीको नेपालमा मात्रै १२ वटा बिक्रेताहरूको नेटवर्क छ । कम्पनीले छिट्टै अन्य स्थानमा पनि विस्तारको योजना बनाएको छ । नयाँ शोरुमको उद्घाटन भने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद विराजभक्त श्रेष्ठले गरेका थिए । उनले सोल्टीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको भन्दै टिमलाई शुभकामना प्रदान गरेका थिए । त्यसैगरी, साईमेक्स कम्पनीका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यस क्षेत्रमा अग्र र उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवर्द्धनमा यो शोरुमले उल्लेखनीय भूमिका खेल्ने बताइन् ।

जेसिबीको एक्सक्लुसिभ रिटेलर अब हेटौंडामा

काठमाडौं । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स नेपालको लागि जेसिबीले हेटौडामा एक्सक्लुसिभ रिटेलर सञ्चालनमा ल्याएको छ । उक्त रिटेलरको उद्घाटन हेटाडा उपमहानगरपालिकाका उप-मेयर राजेश बानिया, हेटाडा च्यामबर एण्ड कमर्सका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, हेटाडा अटोमोबाईल्स संघका अध्यक्ष दामोदर प्रसाद अटल, ऋतु ट्रेडर्सका प्रोप्राइटर सागर सापकोटा र एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका प्रतिनिधिले संयुक्त रूपमा गरे । यसको शुरुवातसँगै अब हेटौंडाका ग्राहकहरुले ऋतु ट्रेडर्स मार्फत सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउने छन् । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ । ‘जेसिबी मेशिनहरुलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर ‘जेसीबीलाई जेसीबी मात्र’ भन्ने नाराका साथ एमएडब्लु पार्टस् डिष्ट्रिब्युटर्सको शुरुवात गरेका हौं,’ कम्पनीका प्रतिनिधिले भने ।

एनएमबि बैंकले पुतलीसडक शाखामा खोल्यो ई-पेमेन्ट हब

काठमाडौं। एनएमबि बैंकले पुतलीसडक शाखामा एनएमबि ई-पेमेन्ट हबको उद्घाटन गरेको छ । यस हबको प्रयोग गरी ग्राहकले भिसा शुल्क भुक्तानी, विदेशस्थित शिक्षण संस्थामा विद्यार्थी भर्ना आवेदन शुल्कलगायतका अनलाइन भुक्तानी सेवा लिन सक्नेछन् । एनएमबि ई-पेमेन्ट हब स्वीकृत विद्युतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकका लागि सहज र झन्झटमुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बैंकले जनाएको छ । ‘द फाइनान्सियल टाइम्स, लन्डनको द बैंकर म्यागजिन’ ले बैंकलाई प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ बाट सम्मानित गरेको छ। बैंकले २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयर पनि पाएको छ। एनएमबि बैंकले हाल २०१ शाखा, १४९ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।