एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया प्याकमा अब इन्स्टाग्राम पनि

काठमाडौं ।  एनसेल आजियाटाले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ । यो प्याक सञ्चालनमा आएसँगै अब एनसेलका ग्राहकले कर सहित मात्र १०० रूपैयाँमा आफु जहाँ भएपनि लामो समयासीमा सहित मोबाइल डेटाको फाइदा लिन सक्ने कम्पनीले बताएको छ । यो डेटा प्याकमा ग्राहकले १ जीबी डेटा पाउँछन् र यसको प्रमुख विषेशता भनेको यो डेटा भोल्युम २८ दिनसम्म मान्य रहन्छ । ग्राहकहरूले एष्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त जानकारी अनुसार यो प्याक सुचारु गर्न सकिने कम्पनीले बताएको छ। यसैगरी एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ । ग्राहकले अब कर सहित मात्र रु १९१ मा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्छन् । ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स५एष्ट्रिक्स६ह्यास डायल गरेर यो प्याक लिन सक्छन् । त्यस्तै, कर सहित ४५९ रूपैयाँमा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिन सम्म १.५ जीबी डेटा लिन सक्छन् । यस बाहेक यो प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउँछन् । २८ दिनको समयसीमा रहेको यो प्याक एष्ट्रिक्स१७१२३एष्ट्रिक्स५एष्ट्रिक्स७ह्यास डायल गरेर लिन सकिन्छ । अलवेज अन डेटाले ग्राहकहरूलाई सुलभ मूल्यमा सधैं सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ। यसैगरी सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपिएकोले यो सुविधाले ग्राहकलाई सामाजिक सञ्जालमार्फत अनलाइन रहि सधैैं सम्पर्कमा बसि रहन ठूलो भूमिका खेल्ने एनसेलले बताएको छ।

एशिया कप क्रिकेटमा डिशहोम फाइबर नेटले ल्यायो अफर

काठमाडौं । नेपाल भिएस इन्डियाको एशिया कप क्रिकेटमा डिशहोम फाइबर नेटले अफर ल्याएको छ । असोज १५ गते १२ बजेदेखी भोली असोज १६ गते १२ बजे सम्म डिशहोम फाईवरनेटको १ वर्ष रिचार्ज गर्ने अफर ल्याएको हो । ग्राहकहरुले २ बर्ष सम्म आफ्नो प्याकेजको इन्टरनेट चलाउन पाउनेछन् । चीनमा जारी एशियन गेम्स्को क्रिकेट खेलमा क्वाटरफाईनलमा नेपाल र भारतको प्रतिस्पर्धा हुँदैछ । सोही अवसर पारेर डिशहोमले आफ्ना ग्राहकहरुलाई यो अफर प्रदान गरेको हो । सेवा सुरु गरेको छोटो अवधिमै ३ लाख सन्तुष्ट ग्राहक बनाउन सफल डिशहोम फाईवरनेटले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय ईनटरनेट सेवालाई प्रदान गर्दै आईरहेको छ ।

चैनपुर र झापामा गल्फ लुब्रिकेन्टका शोरुमको उद्घाटन

काठमाडौं । चैनपुर र झापामा गल्फ लुब्रिकेन्टका शोरुमको उद्घाटन भएको छ । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले उच्च पुर्बी पहाडी भेग चैनपुर, संखुवासभामा र पुर्वी तराई भेग बिर्तामोड, झापामा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरुको उद्घाटन गरेको छ । नेपाल ल्युब आयलले चैनपुरमा आफ्नो आधिकारक बिक्रेता लक्की सप्लायर्स र झापामा आफ्नो आधिकारक बिक्रेता साहारा कृषि अनुसन्धान तथा बिकास कम्पनीको नया शोरुम उद्घाटन गरेको छ । ग्राहकलाइ उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्रिहुँने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने आफ्नो लक्ष्यको अनुरुप यो नया शोरुमहरु संचालनमा आएको कम्पनीले जनाएको छ । कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै बिकट र निकट स्थानहरुमा गल्फ लुब्रिकेन्टका सेल्स आउटलेट संचालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ । लक्की सप्लायर्स शोरुमको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक श्री करण चौधरीज्युले कार्यक्रमका अध्यक्ष निग्मा डोरेले शेर्माको उपस्थितिमा गरका हु्न् भने साहारा कृषि अनुसन्धान तथा बिकास कम्पनीको शोरुम करण चौधरीले सहारा कृषि सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पाठकको उपस्थितिमा गरेका हुन् । समारोहमा करण चौधरील भने,’गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो । ग्राहकलाइ उच्च सेवा प्रधान गर्ने हाम्रो मूल उद्देश्य रहेको छ, यसमा प्रशिक्षित जनशक्ति र लुब्रिकेन्टको सजिलो उपलब्धताले ठुलो भूमिका निर्वाह गर्दछ । येही उद्देश्य अनुरुप हामीले दुई नया उच्चस्तरीय शोरुमहरु संचालनमा ल्याएका हौ र भविष्यमा सहजतालाई ध्यानमा राखी अरु शोरुमहरु पनि संचालनमा ल्याउने छौ ।’ फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित बा्रन्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।