खराब काम गर्ने व्यवसायीलाई निरुत्साहित गर्न निर्मम ढङ्गबाट प्रस्तुत हुन्छौं : महानिर्देशक चिलुवाल

काठमाडौं । नेपालीहरुको ठूलो चाड दसैँ, तिहार तथा छठ नजिकै आइपुगेको छ । चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिँदै आएका छन् । व्यावसायिक क्रियाकलाप स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्याई उपभोक्ताको अधिकार संरक्षण गर्ने जिम्मेवारी वाणिज्य, आपूर्ति तथा उपाभोक्ता संरक्षण विभागको रहेको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरिसकेको छ । उपभोक्तासँग सम्बन्धित विभिन्न १० वटा निकायको प्रतिनिधित्व रहने गरी संयुक्त बजार अनुगमन थालिएको छ । प्रस्तुत छ, चाडपर्व लक्षित बजार अनुगमनको अवस्था, आगामी योजनालगायत विषयमा विभागका महानिर्देशक तीर्थराज चिलुवालसँग गरेको कुराकानीको सम्पादित अंश : विश्वव्यापी कोरोना महामारीलगायत कारणबाट सुस्ताएको बजार बिस्तारै उठ्न थालेको देखिन्छ । यद्यपि, व्यापारी र आम उपभोक्ता अझै विश्वस्त हुन सकेको देखिँदैन । नियामक निकायको प्रमुखका रुपमा अहिलको बजारको अवस्थालाई कसरी नियालिरहनु भएको छ ? खाद्य पदार्थको आपूर्ति र मूल्यका विषयमा सञ्चारमाध्यम र आम उपभोक्ताबाट गुनासो आइरहेको देखिन्छ । तथापि, विभागले आफ्नो दायित्वलाई ध्यान दिँदै बजार अनुगमनलाई सघनरुपमा अगाडि लगिरहेको छ । अहिले केही वस्तुको मूल्य समग्ररुपमा घटेको छ । चामलको थोक बिक्री मूल्य प्रतिबोरा रु ५० देखि एक सयसम्म घटेको अवस्था छ । दलहन प्रकृतिका केही खाद्य वस्तुमा थोरै मूल्य बढेको देखिएको छ । चिनीको मूल्य अलि बढी देखिएको छ । आन्तरिक उत्पादन कम हुनु तथा समयमै खाद्य वस्तुको आयात नहुनुलगायत कारणबाट उपभोक्ता मूल्यमा प्रभाव परेको देखिन्छ । अहिले आपूर्ति प्रणालीमा कुनै समस्या छैन । दैनिक उपभोग्य वस्तुको अभावको अवस्था छैन । दैनिक अत्यावश्यक उपभोग्य वस्तु तथा अत्यधिक मूल्यवृद्धि भई विभिन्न माध्यमबाट आएका गुनासोका सम्बन्धमा भन्सार विभाग र स्वयम् उत्पादक, वितरक तथा पैठारीकर्ताबाट तथ्याङ्क माग गरी मूल्य विश्लेषणको कार्य भइरहेको छ । सरकारले भर्खरै मात्र ५० प्रतिशत भन्सार महसुल छुटमा २० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको छ । सहुलियत भन्सार दरमा चिनी ल्याउने प्रक्रिया अगाडि बढेको छ । २० हजार मेट्रिक टनका साथै थप ३० हजार मेट्रिक टन चिनी आयात गर्ने तयारीमा सरकार रहेको छ । ५० हजार मेट्रिक टन चिनी आइसकेपछि बजारमा सहज अवस्था सिर्जना हुन्छ । चाडपर्व नजिकिँदै छन्, चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने जोखिम अत्यन्त बढी हुन्छ । स्वच्छ बजार कायम गराउने तथा उपभोक्तालाई ठगिनबाट जोगाउने जिम्मेवारी विभागको रहेको छ । चाडपर्व लक्षित बजार अनुगमनको पाटोलाई कसरी अगाडि बढाउनुभएको छ ? बजार अनुगमन विभागको वार्षिक कार्यक्रम नै हो । विभागले चाडपर्व नभनी नियमित रुपमा बजार अनुगमन गरिरहेको हुन्छ । उपभोक्ताको हक अधिकार संरक्षणका लागि विभाग हरदम तयार नै छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार विभागले नियमित रुपमा बजार अनुगमन गरिरहेको छ । विभागले चाडपर्व लक्षित संयुक्त बजार अनुगमन कार्यक्रम ल्याएको छ । चाडपर्व लक्षित संयुक्त बजार अनुगमन कार्ययोजना, २०८० जारी भएको छ । कार्ययोजनाअनुसार ‘दश जोड दुई’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । यसमा उपभोक्तासँग सम्बन्धित विभिन्न १० वटा निकायको प्रतिनिधित्व हुने गरी १० वटा टोली रहेको छ । टोलीमा वाणिज्य, खाद्य तथा गुण नियन्त्रण, औषधि व्यवस्था, स्वास्थ्य सेवा, आन्तरिक राजस्व, नापतौल तथा गुणस्तर, कृषि, पशुसेवा र पर्यटन विभाग तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको सहभागिता रहेको छ । ‘दश जोड दुई’ कार्यक्रमअन्तर्गत १० वटा अनुगमन टोलीले दैनिक १० वटा फर्मको अनुगमन गर्ने गरी व्यवस्थापन गरिएको छ । अर्को दुईवटा टोलीले चिनी, चामल, तेल, मरमसलालगायत अत्यावश्यक र उच्च माग भएका वस्तुको उत्पादन वा पैठारी गर्ने तथा दोस्रो तहमा रहेका डिलर, थोक बिक्रेता वा खुद्रा बिक्रेताको तहसम्म अनुगमन गर्नेछ । ‘ओभर स्टकिङ’ गरेको छ कि भनेर व्यवसायी तथा गोदामको निगरानी र पहिचान गर्ने र कारबाहीको दायरामा ल्याउन विशेष टोली बनाइएको छ । यसलाई हामीले ‘इन्टेलिजेन्स टिम’का रुपमा परिभाषित गरेका छौँ । अहिले दैनिक १२ वटा टोली बजार अनुगमनमा परिचालित छ । बजार अनुगमनका लागि सरोकारवाला सबै निकायहरुबीच समन्वय गरेर संयुक्त रुपमा खटिइएका छौँ । त्यसबाट बजार अनगुमन प्रभावकारी देखिएको छ । अहिले हामीले चाडपर्वलाई लक्षित गरेर गैरखाद्यभन्दा पनि खाद्य पदार्थको अनुगमनलाई प्राथमिकता दिएका छौँ । काठमाडौं बाहिरका बजारको अनुगमन कसरी भइरहेको छ ? ‘कार्टेलिङ’ गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अखाद्य वस्तु मिसावट गर्नेलगायत उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने खराब प्रवृत्तिका व्यवसायीलाई कारबाही गर्नका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ ले स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेको छ । स्थानीय बजार अनुगमन गर्ने स्थानीय तह जिम्मेवार हो । स्थानीय तहले आफू नजिक रहेर गुणस्तरीय वस्तु तथा सेवा पाउने उपभोक्ताको हकलाई स्थापित गर्नका लागि बजार अनुगमन गरिरहेको अवस्था छ । प्रदेशमा पनि वाणिज्य हेर्न निकायलाई पनि बजार अनुगमनको अधिकार प्रत्यायोजन गरिएको छ । उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन कार्यलाई सघन र प्रभावकारी बनाउन उपभोक्ता संरक्षण ऐन र नियमावली, २०७६ को प्रावधानअनुसार योग्यता पुगेका विभागमा कार्यरत सम्पूर्ण अधिकृतस्तरका कर्मचारी, ७७ वटै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी र सात सय ५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निरीक्षण अधिकृतको अधिकार प्रत्यायोजन गरिएको छ । पछिल्ला दिनमा बजारमा चिनीको मूल्य ह्वात्तै बढेको छ, कृत्रिम अभाव देखाएर मूल्य वृद्धि भइरहेको छ । चिनीको मूल्य नियन्त्रण गर्न विभागले के गरिरहेको छ ? हाम्रो देशको कूल मागको ५० प्रतिशत चिनी स्वदेशी उद्योगबाट आपूर्ति हुँदै आएको छ । बाँकी आयातबाट पूर्ति हुँदै आएको अवस्था हो । समयमा आयात नहुँदा आपूर्ति चक्र टुटेको हो कि भन्ने देखिएको छ । तथापि, अहिले त्यस्तो अवस्था छैन । परिमाणात्मक रुपमा चिनी प्राप्त छ । तर चिनीको मूल्यमा अलिकति वृद्धि भएको छ भनेर गुनासो आइसके पछाडि हामीले चिनीको कुन तहमा मूल्यवृद्धि भएको हो भनेर अनुसन्धान गरिरहेका छौँ । उत्पादक वा पैठारी, थोक वा खुद्रा बिक्रेता वा तल्लो तहमा कहाँनेर चिनी मूल्य वृद्धि भएको छ रु भन्ने सन्दर्भमा यथार्थ पत्ता लगाउन कार्यदल गठन गरेका छौँ । कार्यदललाई पाँच दिनको समयावधि तोकिएको छ । कार्यदलले केही दिनभित्रै प्रतिवेदन दिनेछ । प्रतिवेदनमा औँल्याइएअनुसार कुन तहमा मूल्य वृद्धि भएको हो, त्यसलाई नियन्त्रण गर्ने गरी अगाडि बढ्छौँ । मूल्यवृद्धि नियन्त्रण गर्न विभाग असक्षम देखिएको हो ? नजिकिँदो चाडपर्वका बेलामा खाद्यवस्तुमा केही मूल्यवृद्धि भएको छ । समग्रमा मूल्यवृद्धिको आधारलाई हेर्ने हो भने गत वर्षको तुलनामा मूल्यवृद्धि भएको देखिँदैन । राष्ट्र बैंकले प्रकाशन गरेको देशको आर्थिक अवस्थाको प्रतिवदेन हेर्ने हो भने पनि मुद्रास्फीति गत वर्षको तुलनामा कम देखिन्छ । नेपालको मुद्रास्फीति ७ दशमलव ५२ प्रतिशत छ भने भारतको ६ दशमलव ८३ प्रतिशत छ । भारतमा भन्दा नेपालमा मुद्रास्फीतिको दर शून्य दशमलव ७० प्रतिशत विन्दुले मात्र बढी छ । यस आधारमा नेपालमा खाद्यवस्तुको मूल्यवृद्धि यो अवस्थामा नआउनुपर्ने हो । तर केही खाद्यवस्तुमा मूल्य वृद्धि भएको छ । दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न हामीले हस्तक्षेपकारी भूमिका बढाएका छौँ । उपभोक्ता संरक्षण ऐनबमोजिम कैफियत गर्ने व्यापारीलाई कारबाही गर्छौं । कोही कसैबाट उपभोक्ता हित विपरीतका गतिविधि भए/गरेको, खाद्यवस्तुमा लेबल नराखी बिक्री गरेको, मिसावट गरिएको देखिएको अवस्थामा सचेत उपभोक्ताले निःशुल्क हटलाइन ११३७ नंमा जानकारी गराउन सक्नुहुन्छ । उपभोक्तामाथि विभिन्न बहानामा ठगी गर्नेलाई नियन्त्रण गर्न विभाग तत्पर छ । अनुगमनमार्फत नै बजारलाई नियमन गर्ने हो । विभागको नेतृत्वदायी भूमिकामा नै संयुक्त बजार अनुगमन भइरहेको छ । अनुगमनले सकारात्मक नतिजा देखाएको छ । बजारलाई व्यवस्थित बनाउन व्यवसायीमा इमान्दारिता र उपभोक्ता सचेतना पनि उत्तिकै महत्वपूर्ण छ । उपभोक्तालाई सचेत बनाउन विभागले के गरिरहेको छ ? बजारमा देखिने गैरव्यावसायिक क्रियाकलाप, उपभोक्ता ठगी, अनुचित व्यापारिक क्रियाकलाप, बिलबीजक जारी नगर्ने, न्यून गुणस्तरीय वस्तुको बिक्री वितरणलगायत क्रियाकलापलाई न्यूनीकरण गर्न तथा स्वच्छ बजार कायम गरी उपभोक्ताको अधिकार संरक्षण गर्न विभाग निरन्तर क्रियाशील छ । हरेक उपभोक्ताले आफूले उपभोग गर्ने वस्तुका बारेमा जानकारी लिनुपर्छ । उपभोग्य वस्तुको मूल्य, उत्पादित समय, प्रयोग गर्ने अवधिलगायत विषयमा उपभोक्ता पनि जानकार हुनुपर्छ । उपभोक्ताले उपभोगका लागि अयोग्य सामग्री खरिद गर्नु हुँदैन । विभागले उपभोक्ता शिक्षाका कार्यक्रम पनि अगाडि बढाएको छ । हामीले उपभोक्ता अधिकार मात्रै नभई जिम्मेवारीको कुरा पनि गरेका छौँ । व्यावसायिक क्रियाकलाप स्वच्छ, पारदर्शी एवम् प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्याई उपभोक्ताको अधिकार संरक्षण गर्ने विभागको मुख्य जिम्मेवारी रहेको छ । यस वर्ष के-कस्तो लक्ष्य राख्नुभएको छ ? विभागको यस वर्षको लक्ष्य तीन हजार आठ सय ५० वटा फर्मको अनुगमन गर्ने रहेको छ । तीमध्ये तीन हजार पाँच सय फर्म उपत्यकाभित्र र बाँकी उपत्यकाबाहिर गर्ने योजना छ । विभाग मातहतको पाँचवटा कार्यालयबाट पनि आ–आफ्नो लक्ष्य निर्धारण गरेर काम गरिरहेको अवस्था छ । दसैँ र तिहारको समयमा हामी करिब दुई हजारको सङ्ख्यामा अनुगमन गर्ने छौँ । सशक्त रुपमा विभागले आफ्नो अभियानलाई अगाडि बढाएको छ । अनुगमनका क्रममा हामी दण्डात्मक योजनामात्र लिएर गएका छैनौँ, व्यवसायीलाई कानुनको दायराभित्र रहेर व्यापार गर्ने गरी उत्प्रेरणा जगाउने खालका कार्यक्रम पनि लगेको छौँ । राम्रो व्यवसाय गर्नेलाई धन्यवाद पनि भनेका छौँ । निरीक्षणका क्रममा उपभोक्ता संरक्षण ऐन विपरीतका कुनै पनि गतिविधि भएको छैन, राम्रो व्यावसायिक आचरणमा रहेर काम भएको छ भने हामीले धन्यवाद पनि दिएका छौँ । खराब काम गर्ने व्यवसायीलाई निरुत्साहित गर्न निर्मम ढङ्गबाट अगाडि बढेका छौँ भने राम्रो काम गर्ने व्यवसायीलाई उत्प्रेरणा र हौसला दिएका छौँ । स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्न व्यवसायी, उपभोक्ता र सरकारको भूमिका कस्तो हुनुपर्छ ? बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउन व्यवसायी, उपभोक्तालगायत सरोकारवाला सबैको महत्वपूर्ण भूमिका रहन्छ । उत्पादककर्ता, पैठारीकर्ता तथा व्यवसायी आफँैमा उपभोक्ता भएको हुनाले उहाँहरुले उत्पादन गर्ने वा बिक्री गर्ने वस्तु गुणस्तरीय रुपमा उत्पादन गरी सहज रुपमा उपभोक्तासमक्ष पुर्याउनुपर्छ । उत्पादक, पैठारीकर्ता तथा वितरकले इमान्दारितापूर्वक व्यावसायिक नैतिकताभित्र रहेर व्यवसाय गर्नुपर्छ । कुनै पनि खाद्य वस्तुको मिसावट नगरीकन बिक्री वितरण गर्न आग्रह गर्दछु । कुनै पनि वस्तु खरिद गर्नुपूर्व लेबल छ कि छैन, उत्पादन र प्रयोगयोग्य मिति उल्लेख छ कि छैन, मिसावट छ कि छैन, भ्रामक विज्ञापन गरेको छ कि छैन पुराना वस्तुलाई नयाँ वस्तु भनेर वा पुनः प्याकिङ गरेर बिक्री गरेको अवस्था हो कि होइन यी सबै अवस्था यकिन गरेर मात्र खरिद गर्न आम उपभोक्ता वर्गमा अनुरोध गर्दछु । खाद्यवस्तुमा कुनै कैफियत देखिएको अवस्थामा विभागलाई सूचना दिन जानकारी गराउन आग्रह गर्दछु । व्यवसायी तथा उपभोक्ताको सहयोगबाट नै बजारलाई व्यवस्थित बनाउन सकिन्छ । रासस

स्थानीय तहले अनावश्यक ठाउँमा लगानी बढाइरहेका छन् : अध्यक्ष तिवारीसँगको कुराकानी

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष हुन् प्रकाश तिवारी । पुँजी बजारको सफल लगानीकर्ताको रूपमा चिनिने तिवारी पछिल्लो समय युवा राजनीतिज्ञका रूपमा पनि आफुलाई चिनाउन सफल भएका छन् । गाउँपालिका भित्रका हरेक क्षेत्रलाई परिवर्तन तथा सुधारका लागि पहल गरिरहेका उनीसँग अर्जुनचौपारी गाउँपालिकाको विकास निर्माणको अवस्था, पालिकाले अगाडि बढाएका काम, भौतिक पूर्वाधार लगायत विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । तपाईं अध्यक्षको रूपमा निर्वाचित हुनु भएको करिब डेढ वर्ष भयो । तपाईंको नेतृत्वमा पालिकाले प्राप्त गरेका उपलब्धि के–के हुन् ? हामी निर्वाचित भएको केही समय पश्चात् नै कार्यकालको पहिलो बजेट ल्यायौं । निर्वाचन अगावै घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता आफ्नो कार्यकालमा सक्ने हिसाबले केही कार्यक्रमहरू बजेटमा पनि समेट्यौं । गाउँपालिकामा सीमित स्रोत साधन छ । जनताका इच्छा आकांक्षा असीमित छन् । त्यसैले निर्वाचित हुन पूर्व नै हामीले जनता सामु नचाहिने बाचा र प्रतिबद्धता नगर्ने भनेका थियौं । बजेटको सदुपयोग गर्ने, अनावश्यक ठाउँमा खर्च नगर्ने तथा कुन योजना अगाडि बढाउँदा यहाँका जनता लाभान्वित हुन्छन्, त्यही कामलाई प्राथमिकतामा राखेर अगाडि बढ्यौं । संघ र प्रदेशबाट आएको बजेटबाट गाउँपालिकामा दीर्घकालीन योजना कसरी अगाडि बढाउने, उचित तरिकाले कार्यान्वयन गर्ने भनेर अगाडि बढ्यौं । डेढ वर्षको अवधिमा जुन भिजन सेट गरेका थियौं । सोही अनुरूप गाउँपालिका अगाडि बढिरहेको छ । गाउँपालिकामा सुशासनको अवस्था कुशासनको जस्तो थियो । यसमा समुन्नत अर्जुनचौपारी निर्माणमा लागेका छौं । जनतालाई स्थानीय तहको अनुभूति हुने तथा हरेक क्षेत्रमा आमूल परिवर्तन हुने गरी काम भइरहेको छ । तपाईंले पालिकामा सुशासनको अवस्था निकै कमजोर थियो भन्नु भयो, स्थानीय तह सञ्चालन भएकै ७ वर्ष भइसक्यो, यो अवधिमा पनि जतालाई सुशासनको अनुभूति दिलाउने गाउँमा कुनै काम भएनछ हैन त ? स्थास्थानीय तह सञ्चालन गर्दै गर्दा जनप्रतिनिधि र कर्मचारीलाई स्थानीय तहको अधिकार, संविधानले निर्दिष्ट गरेका अधिकारको परिचालन कसरी गर्ने भनेर अन्योल भयो । कतिपय स्थानीय तहले सेवा प्रवाहमा धेरै राम्रो सुधार गरेका छन् । अन्योलमा रहँदा रहँदै यो अवस्थासम्म आइपुग्दा कुशल सेवा प्रवाह गर्न सक्ने क्षमता आज स्थानीय तहसँग छ । पालिकाको सेवा प्रवाहमा सुधार गर्न हामीले दुई वटा विषय बढी चुनौति भएको पायौं । एउटा जनप्रतिनिधिको इच्छा र अर्को कर्मचारीको क्षमता अभिवृद्धि । जनप्रतिनिधिहरू हामी किन जनप्रतिनिधि बनेको हो, हाम्रो काम, कर्तव्य र अधिकार के हो ? जनप्रतिनिधि भइसकेपछि जनसेवा गर्न आएको भन्ने भावनाको विकास जनप्रतिनिधिहरूमा हुन आवश्यक देखिन्छ । जनप्रतिनिधिमा पनि जनताको आवाज बनी काम गर्नुपर्छ भन्ने भावना चाहिँ कमै देखिन्छ । तथापि जनप्रतिनिधिहरू पनि आफ्नो क्षमताले भ्याएसम्म काम गरिराख्नु भएको छ । कर्मचारीहरूको क्षमता अभिवृद्धिको आवश्यकता देखिन्छ । उहाँहरूमा पनि जनताले सेवा लिन आउनु हुन्छ, अपनत्व महसुस गरेर सेवा प्रवाह गर्नुपर्छ भन्ने भाव चाहिँ पाइँदैन । सेवा प्रवाहलाई सहज बनाउँनु पर्छ । यो हाम्रो मेजर मुटु हो भन्ने कुरामा कर्मचारी र जनप्रतिनिधिहरूलाई आपनत्व नभएसम्म सेवा प्रवाह सुधार्न चाहिँ गाह्रो छ । स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारी बीचका मनमुटाव बेला बखत बाहिरिने गरेको छ, कर्मचारी र जनप्रतिनिधिहरूको मन किन नमिलेको हो ? जनप्रतिनिधिहरूले जुन पार्टीबाट उम्मेदवारी दिई चुनाव जित्नु भएको छ । त्यही पार्टीको कर्मचारी लानुपर्छ भन्ने इन्टेन्शन राख्नु हुन्छ । त्यो आफैमा गलत हो । कर्मचारी आफैले राजनीतिक आबद्धताको हिसाबले काम गर्नु हुँदैन । जनप्रतिनिधिले पनि आफूले जे भन्यो त्यही मान्ने कर्मचारी खोजेको पाइन्छ । यसमा चेक एण्ड ब्यालेन्स पनि हुनुपर्छ । जनप्रतिनिधिहरूले जे भन्यो त्यही गर्ने प्रशासकीय प्रमुख वा कर्मचारीलाई माया गर्ने अनि अरू राजनीति प्रति आस्था नराख्ने कर्मचारीलाई विभेद गर्ने परम्परा छ । त्यसले स्थानीय तहको रुपान्तरणमा ठेस पुर्याउँछ । स्थानीय तहलाई सबल बनाउनको लागि कर्मचारी तन्त्र पनि उतिकै सक्षम हुनु पर्यो । र, जनप्रतिनिधि पनि उतिकै सबल र सक्षम हुनुपर्छ । यी दुई जनाको समन्वय राम्रो भयो भने सेवा प्रवाहमा पनि सुधार हुन्छ । अहिले अर्जुनचौपारी गाउँपालिकाले अघि बढाएको योजना के हुन् ? निर्वाचित भइसकेपछि संविधानले निर्दिष्ट गरेको कानुनमा टेकेर सिष्टम बसाउने काम भइरहेको छ । पहिलो कार्यकालमा यो काम भएको रहेनछ । हामीले ऐन नियमको कानुन बनाई कार्यान्वयन गर्दै काम गरिरहेका छौं । जनताको आवाजलाई सुनेर यहाँको विकास गरिरहेका छौं । अहिले हामीसँग सीमित स्रोत साधन छ । त्यसका बाबजुद पनि गाउँको आवश्यकता पहिचान गर्दै काम गरिरहेका छौं । आवाज विहीनहरूको आवाज बनेर काम गरिरहेका छौं । अघिल्लो कार्यकाका जनप्रतिनिधिहरू पनि नीति नियम नै बनाइ रहेका छौं भन्नु हुन्थ्यो, तपाईंहरु पनि नीति नियम बनाइ रहेका छौं भन्नु हुन्छ, खासमा नीति चाहिँ कस्ता बनाइ रहनु भएको छ, नीति नियम बनाएर कहिले सक्नु हुन्छ ? स्थानीय तहको नीति नियम संघीय सरकार र प्रदेश सरकारसँगको ऐनसँग मेल खानु पर्छ । संघ र प्रदेश सरकारले नै धेरै ऐनहरू समयमा ल्याउन नसक्दा यस्तो वातावरण बनेको हो । हामीले गाउँलाई उपयुक्त हुने नीति नियम बनाइ रहेका छौं । हामीले बनाएको नीतिले गाउँको विकासमा पनि महत्वपुर्ण योगदान दिने छ । तपाईंले गुणस्तरीय शिक्षाका लागि अघि सारेका योजना के हुन्, शिक्षा क्षेत्रमा कसरी काम गरिराख्नु भएको छ ? हामीले निर्वाचित हुने बित्तिकै गाउँवासीले पाउने सेवा र गुणस्तरीय शिक्षालाई बढी महत्व दियौं । सोही क्रममा यहाँको सामुदायिक शिक्षाको अवस्थालाई नियाल्दा एकदमै विकराल रहेको पायौं । शिक्षकलाई विद्यालयमा गएर नपढाउन पाए हुन्थ्यो भन्ने छ । हामीलाई पढाउनु हुने शिक्षक पनि अझै पढाउँदै हुनुहुन्छ । उहाँहरूलाई सोध्ने हो भने ३५/४० वर्ष पढाउन थालेको भन्नु हुन्छ । त्यो ३५/४० वर्षमा सिकाउने तरिका, शैक्षिक सामाग्रीदेखि लिएर प्रविधिले जुन फड्को मारेको छ । ती सबै विषयसँग हाम्रो गुरुहरू अभ्यस्त हुनु हुन्न । हाम्रो आवश्यकता एकातिर छ उहाँहरूले सिक्ने सिकाउने तरिका अर्को तिर छ । पहिला पढाइलाई मात्र फोकस गरिन्थ्यो भने अहिले विद्यार्थीलाई प्रविधि तथा यस सम्बन्धी ज्ञानसँग पनि अभ्यस्त बनाउन आवश्यक छ । विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामीले केही समयअघि कक्षा ३/५/८ सम्मको स्तर वृद्धिको परीक्षा लिई सामाजिक सञ्जालबाट नतिजा सार्वजनिक गर्यौं । तर, त्यसमा पनि धेरै विद्यार्थी भाइबहिनीहरू उत्तीर्ण हुन सक्नु भएन । कुल विद्यार्थी मध्ये १२ प्रतिशत मात्र पास भए । एसईईको नतिजा सार्वजनिक भएपछि यहाँका कुल विद्यार्थी मध्ये २५/३० प्रतिशत मात्र पास भए । त्यसपछि कक्षा १२ को नतिजा सार्वजनिक भयो । उक्त परीक्षामा पनि धेरै विद्यार्थीहरूको नतिजा राम्रो आएन । नेपालीमा एउटा वाक्य पुरा गर्न नसक्ने, अङ्ग्रेजी शब्दको उच्चारण गरेर लेख्न नसक्ने अवस्था धेरै विद्यार्थीमा पायौं । त्यसलाई हामीले पनि आत्मसाथ गर्दै सुधार गर्ने पक्ष तिर लागेका छौं । शिक्षकहरूले पनि त्यस विषयलाई आत्मसात् गरी समय अनुकूल आफूलाई पनि परिवर्तन गर्नु जरुरी छ, शिक्षकको विधि नै परिवर्तन गर्नु पर्छ भनेर लाग्नु भएको छ । शिक्षकहरूको क्षमता अभिवृद्धिका साथै विद्यालयमा कस्ता खालका शैक्षिक सामाग्री उपलब्ध गराउन सक्यो भने व्यवहारिक शिक्षामा विद्यार्थीलाई दिन सकिन्छ भनेर कसरत गरिरहेका छौं । यस्तै, नागरिकको घर–घरमा पुगेर स्वास्थ्यकर्मी साथीहरूले स्वास्थ्य सेवाको उपलब्ध गराइ राख्नु भएको छ । हामीले स्वास्थ्य चौकीमा यी–यी औषधी निःशुल्क उपलब्ध हुन्छन् भनेर नागरिकलाई भनेका छौं । जेष्ठ नागरिकहरूलाई घरैमा गएर उहाँहरूको स्वास्थ्य अवस्थाको परीक्षण स्वास्थ्य कर्मीहरूले गरिराख्नु भएको छ । अहिले वृद्धा बा आमाहरू आफ्ना छोरा–छोरीसँग मन खोलेर बोल्न पनि डराउँछन् । उहाँहरूलाई केही भएको छैन भने पनि १०/१५ मिनेट गाउँ जादाँ स्वास्थ्य कर्मीहरूलाई मिठो बोलेर आउनु भनेका छौं । स्वास्थ्य कर्मीहरूले पनि स्वास्थ्य सेवाको निमित्त अहोरात्र खटी राख्नु भएको छ । पहिला बिरामी स्वास्थ्य चौकीमै पुग्दा पनि राम्रोसँग रेस्पोन्स नगर्ने स्वास्थ्यकर्मी अहिले बर्खाको बेलामा पनि छाता ओढेर गाउँ/गाउँ पुगि सेवा दिइराख्नु भएको छ । यसले समाजमा सेवा पनि भएको छ । पब्लिकलाई पनि स्थानीय सरकार रहेको अनुभूति भएको छ । स्थानीय तहमा अब विकासको मोडल कस्तो हुन आवश्यक छ ? स्थानीय तहलाई सबै भन्दा ठूलो चुनौतीको विषय दक्ष जनशक्तिको व्यवस्थापन नै देखिन्छ । गाउँका दूरदराजमा ती खालका जनशक्ति छैनन् । काम गर्न सक्ने म्यानपावर नभएपछि परिणाम आउन गाह्रो हुन्छ । हाम्रो कतिपय आयोजनाहरू योजना बेगर भइरहेका छन् । स्थानीय तहले योजना छनोट गर्दा धेरै कुरामा सोच बिचार गर्नु आवश्यक देखिन्छ । कुन आकारको पूर्वाधारको विकास गर्ने हो भन्नेर सोच्न जरुरी छ । स्थानीय तहमा करोडौं रुपैयाँको लगानीमा विद्यालयका भवनहरू बनेका छन् । तर, त्यस विद्यालयमा पढ्ने ५० जना विद्यार्थी पनि छैनन् । हाम्रो नै गाउँपालिकाभित्रको एउटा विद्यालयमा कक्षा ८ सम्मको पढाई हुन्छ । सो विद्यालयमा शिक्षक ९ जना हुनुहुन्छ भने विद्यार्थी १८ जना छन् । त्यहाँ पूर्वाधार झण्डै डेढ करोड रुपैयाँ बराबरको छ । अहिले त्यो लगानी वेस्ट भएको छ । त्यस्ता कुराको बिचार भवन बनाउनु पूर्व नै सोच्नु पर्थ्यो । त्यसले भविष्यमा उचित प्रयोग हुन्छ कि हुँदैन, पढ्ने नै विद्यार्थी भएनन् भने के गर्ने, अर्को विद्यालयसँग मर्ज गरी त्यहाँ पूर्वाधार विकास चाहिँ मजबुद बनाउने हो भन्ने कुराको योजना पहिला नै बन्नु पर्थ्यो । स्थानीय सरकार आइसकेपछि सरकारले ८ करोडदेखि १४ करोड रुपैयाँसम्मको प्रशासकीय भवन बनाउनका लागि पैसा दिन्छ भनेपछि पालिका प्रमुखहरू सबै भवन बनाउन तात्तिनु भयो । सोही अनुरूपमा बजेट माग गर्नु भयो । स्थानीय तहका अधिकांश प्रशासकीय भवन बने । यस्ता किसिमका भवन बन्नु आवश्यक पनि छ । जहाँ जनघनत्व बढी रहेको छ, त्यहाँ त्यस किसिमको पूर्वाधार बनाउन पनि जरुरी छ । हाम्रो गाउँपालिकाको प्रशासकीय भवन पाँच तलाको छ । यहाँ दुई तलाको भवन भए सेवा प्रवाह मज्जाले गर्न सकिन्थ्यो । पाँच तले भवनभित्र ठूलाठूला कोठा छन् । भवनलाई मर्मत सम्भार गर्न पनि धेरै खर्च लाग्छ । ठूला कोठा छन्, जसमा फर्निचर राखेर भर्न, कार्पेट राख्न पनि स्थानीय स्रोत साधनले पुग्ने अवस्था छैन । त्यहाँ फर्निचर कार्पेट राख्ने कि नराख्ने अहिले हामी दुबिधामा छौं । प्लानिङ नगरी दीर्घकालीन सोच नराखी हचुवाको भरमा नीति निर्माताहरुले कार्यान्वयन गरेका छन् । यस्तै, स्थानीय तह सबैले १५ बेडको अस्पताल बनाउनु भनिएको छ । १५ बेडको अस्पताल बनाउनको लागि ८/१० करोड रुपैयाँ खर्च हुन्छ । जहाँ स्वास्थ्यका भवन बनेको छ त्यहाँ डक्टर पुर्याउन सकी रहेको अवस्था छैन । जहाँ डक्टर नै पुर्याउन सकिएको छैन त्यस्ता ठाउँका गाउँगाउँमा ठूला/ठूला संरचना बनेका छन् । सबै स्थानीय तहमा अस्पताले बनाउने कि २/४ वटा स्थानीय तह मिलेर सेन्टर पर्ने ठाउँ तोकेर एउटा ठूलो अस्पताल बनाई सञ्चालन गर्ने त्यो चाहिँ महत्वको विषय छ । कृषिमा पनि कृषकलाई ट्रस्ट हालेर ठूलो खोर बनायौ भने मात्रै अनुदान पाउछौं भनेको छ । गाउँमा कति वटा बाख्रा पाल्न सकिन्छ थाहा छैन । २५/३० लाख रुपैयाँ अनुदान पाउनु हुन्छ भनेर खोर बनाउन लगाइएको छ । अवस्था यस्तो छ । त्यसैले जहाँबाट बसाई सराई भइरहेको छ, त्यहाँ ठूलो संरचनाको आवश्यक छैन । फाइदा हुने वा लाभ हुने काम काम गर्नु पर्याे । सरकारले पहिला हाइब्रिड बीउ गाउँ गाउँमा ल्याएर बाढ्यो । त्यो हुँदै रहेछ गाउँमा भनेर अहिले रैथाने बालीको प्रवर्द्धनमा गर्नमा लागिएको छ । त्यसैले अध्ययन गरेर गरेर मात्र स्थानीय तहले काम अगाडी बढाउनु पर्ने देखिन्छ । हचुवाको भरमा पूर्वाधारको विकास भएको छ । अनाबश्यक ठाउँमा लगानी धेरै भएको छ । २ वटा घर भएको ठाउँमा पनि सडक पुर्याएकै छ । जहाँ पायो त्यही डोजर चल्नाले आज गाउँमा खानेपानीको मुहान सुक्ने तथा भूक्षय जाने सम्भावना बढ्दो छ । हामी साना÷साना विषयमा चुकी रहेका छौं । कुनै पनि विषयले १० वा २० वर्ष पछि कस्तो प्रभाव पार्छ भन्ने कुराको अध्ययन गरेर पूर्वाधारको काम अगाडी बढाउन आवश्यक देखिन्छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि भ्रष्टचार मौलायो भन्ने सुन्निन्छ नी ? स्थानीय तहमा भ्रष्टचार भएका छन् । तर, भ्रष्टचार गर्ने पनि प्रकृति छ । नेपालमा आर्थिक अनियमिततालाई मात्र भ्रष्टचार मान्ने प्रकृति छ । तर, स्थानीय तहमा विभिन्न तरीकाले भ्रष्टचार भइरहेको छ । जस्तो एउटा शिक्षकले पढाउन जान्नु हुन्छ । तर, उहाँलाई पढाउन नपरे हुन्थ्यो भन्ने छ । नपढाए पनि उहाँले त तलब पाउनु हुन्छ, त्यो पनि एउटा भ्रष्टचार हो । किनभने उहाँले आफ्नो डिउटि पुरा गर्न सक्नु भएन । यो त एउटा उदाहरण मात्र भयो । यस्ता धेरै खालका अनियमितता छन्, ती गाउँ गाउँमा पुगेका छन् । गाउँमा स्वार्थीपन हुँदैन भनिन्थ्यो । त्यो अहिले हराएको छ । गाउँ पनि स्वार्थी हुँदै गएको छ । मान्छे पनि आफू केन्द्रित भइसकेका छन् । सामाजिक भन्दा पनि व्यक्तिगत कामका लागि मान्छे आउने परिपाटीको विकास भएको छ । भ्रष्टाचारले दूरदराजमा भएका गाउँमा पनि राम्रै जरो गाडेको छ । संघीय सरकारले के कस्तो काम गरिदियो भने स्थानीय तहहरू विकास निर्माणको काममा अग्रसर हुन सक्छन् ? आजको दिनमा ७५३ वटा स्थानीय तहहरू छन् । त्यहाँ कुनै न कुनै पार्टीबाट निर्वाचित भएका प्रतिनिधिहरूले स्थानीय तह सञ्चालन गरिरहनु भएको छ । उहाँहरूले उदाहरणीय काम पनि गर्नु भएको छ । तर, त्यो पर्याप्त भने छैन । स्थानीय तहमा कस्ता खालका कार्यक्रम आवश्यक पर्छ त्यस विषयमा छलफल गर्न आवश्यक छ । जनप्रतिनिधिहरूमा पनि सबै विषयका बस्तुको जानकारी हुँदैन । उहाँ पनि विभिन्न ब्याकग्राउन्डबाट निर्वाचित हुनु भएको छ । त्यसैले काम कर्तव्यको बारेमा पनि सिकाऔं । तालिम दिनको लागि तालिम दिइन्छ । तर, त्यसको व्यवहारिकता के हो थाहा छैन । स्थानीय सरकारलाई स्थानान्तरण गर्नुपर्छ । त्यहाँको नेतृत्वलाई क्षमता अभिवृद्धि पनि गर्नुपर्छ । नेतृत्वले निर्णय लिन सक्नु पर्छ । हामी एक पालिका र अर्को पालिका सीमा विवादमा लडेर बसिरहेका छौं । त्यो ठाउँ मैले पाउँदा पनि केही गर्दैन अर्कोले पाउँदा पनि केही गर्दैन । विकास दुवैमा गर्ने हो । अझै पनि स्थानीय तहमा दक्ष जनशक्तिको अभाव छ । यसको पदपूर्ति गर्नेतर्फ लाग्नु पर्छ । दक्ष कर्मचारीलाई रोटेशन गरी राख्नु पर्छ । स्थानीय सरकार चलाउन पनि मान्छेमा सीप चाहिन्छ । आजका दिनमा पनि धेरै स्थानीय तहका प्रमुखहरूलाई के गरिरहेको छु भन्ने थाहा छैन । हामी निर्वाचित भएर पालिकामा गइसकेपछि पहिलो गाउँ सभा सञ्चालन गर्न गाह्रो भयो । एक जना कार्यालय सहयोगीले जसो जसो गरेर गर्न भन्नुभयो सोही अनुरूप गाउँ सभा सम्पन्न गर्यौ । किनभने गाउँपालिकाको सबै भन्दा पुरानो मान्छे उहाँ नै हुनुहुन्थ्यो । उहाँले जे भन्यो त्यही गर्यौ । त्यसको बारेमा कसैले अध्ययन पनि गरेन । हामीपछि अध्ययन गर्दै जाँदा यसरी त हैन रहेछ भन्ने कुराको थाहा पायौं । थाहा पाए पश्चात् हामीले त्यी विषयलाई सच्याउँदै लग्यौं । स्थानीय तहलाई दिनको अधिकार के हो भनेर बुझाइ दिए पुग्छ । स्थानीय तहलाई अब अझैं बढी अधिकार चाहियो भन्ने पक्षमा म चाहिँ छैन । अधिकार दिइएको छ तर काम गर्न सकिँदैन भने त्यसको अर्थ हुँदैन । त्यसैले साना/साना कुरामा ध्यान दिँदै अगाडि बढ्न आवश्यक छ ।

रोगअनुसार फिजियोथेरापी नगरे थप जटिलता निम्तिन्छ : डा. अमरेन्द्र झा

मानिसको जीवनशैलीसँगै फिजियोथेरापीको महत्व दिनप्रतिदिन बढ्दै गएको छ । रोगको पहिचान नै नगरी फिजियोथेरापी गर्दा त्यसले थप जटिलता निम्त्याउने चिकित्सकहरु बताउँछन् । बिना साइड इफेक्ट मानव शरीरका विभिन्न अंग तथा प्रणालीहरु (नशा, मांसपेसी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार आदि) मा आउने समस्या वा क्षतिलाई विभिन्न आधुनिक विद्युतीय तथा अन्य उपकरण, शारीरिक व्यायाम, जीवनशैली सुधार आदिको प्रयोग गरी पहिलेजस्तो स्वतन्त्र जीवनशैली वा कार्यशैलीमा फर्काउन फिजियोथेरापीको भुमिका महत्वपूर्ण मानिन्छ । यसै सन्दर्भमा ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत अर्थोपेडिक फिजियोथेरापिस्ट डा. अमरेन्द्र झासँग गरिएको कुराकानीको सम्पादित अंश : फिजियोथेरापी के हो ? फिजियोथेरापी भनेको एउटा उपचार पद्धति हो । यसमा फरकफरक समूहहरु हुन्छन् । समग्रमा फिजियोथेरापी शब्द भयो । यसमा हाईड्रोथेरापी, इलेक्ट्रोमोडालिटी मेसिन जस्ता विविध मेसिनबाट उपचार गरिन्छ । यस्तै निश्चित एक्सरसाईजको पनि मद्दत हुन्छ । एक्सरसाईजहरुमा पनि फरकफरक स्टेजको कुरा हुन्छ, काइरोप्याट्रिक मोबिलाईजेसन, मेनुअल मोबिलाइजेसन भन्छौँ । स्ट्रेचिङको कुराहरु हुन्छ । यस्ता विविध कुराहरुको सम्मिश्रणबाट उपचार गरिने पद्धति फिजियोथेरापी हो । फिजियोथेरापी विशेष गरेर हामीले पाँच वटा विषयमा गर्छौं । मुख्यरुपमा हाडजोर्नी, नशा सम्बन्धी, मुटुको पुनःस्थापनाका लागि, रेस्पेरट्रि सम्बन्धी हुन्छ । यस्तै, बालबच्चामा वंशाणुगत रोगहरु, जन्मजात रोगहरु वा विविध बच्चाहरुमा जोर्नीहरु बिग्रिएर वा पोलाईको कारणले जोर्नीहरु बिग्रिएर, जन्मजात अंगभंग भएका, पार्सियल डिस्एबल भएकाहरुलाई फेरि त्यसलाई पुनःस्थापित गर्ने एउटा ब्रान्च छ । यस्तै, खेलाडीहरुका लागि पनि फिजियोथेरापि आवश्यक हुन्छ । कतिपय खेलाडीहरुले बाहिरी देशमा पर्सनल फिजियोथेरापिस्ट राखेका हुन्छन् । नेपालमा त त्यो ट्रेण्ड छैन । खेलाडिको लागि छुट्टै हुन्छ । तर, समग्रमा हामीले हाडजोर्नी, नशा सम्बन्धी, मुटुको पुनःस्थापना, बच्चाको श्वासप्रश्वास र खेलाडीहरुका लागि मेडिसिनको आंसिक मात्रै प्रयोग गरेर अधिकतम फिजिकल मोडालिटिजबाट वा एक्सरसाईजको विधिबाट वा सहयोगी सामग्रीको मद्दतले पुनःस्थापित गरेर पहिले जस्तो जीवन ९लाईफ० मा फर्काउने एउटा विधि हो । विभिन्न रोगहरुको उपचारका लागि चिकित्सकहरुले फिजियोथेरापी गर्न सल्लाह दिनुहुन्छ किन ? मानौ कसैको हाडजोर्नीकै अप्रेसन भयो । अप्रेसन सफल भयो । तर,उसको हात वा खुट्टा जहाँ भाँचिएको छ जहाँ अप्रेसन गरेको हो त्यसको मुभमेण्ट हुँदैन । मांशपेसी कमजोर हुन्छ, जोर्निको पहिलेको अवस्थामा मुभमेण्ट हुँदैन । त्यसैले त्यो चिजको अप्रेसन भयो भनेपनि त्यो चिजलाई रिगेन भएन भने अपाङ्ग जस्तै हुन्छ । र, मसलको स्टेजलाई बढाउने काम गर्छौं । त्यो चिजलाई अप्रेसन भएपनि फुल मुभमेण्ट गराउन वा त्यो चिजलाई पुनःस्थापना गराउनका लागि, प्लाष्टरपछि नै हेर्छौं हामीले कुनै जोर्नीहरु बिग्रिएको छ, फेरि त्यो चिजलाई पहिलेको अवस्थामा फर्काउनको लागि त्यसमा मोभिलिटी रिगेन भन्छ । त्यसैले पहिले जस्तै गर्न सकोस् भनेर भन्छौँ । जसरी अप्रेसन भएपछि निमोनिया भयो भन्ने सुन्छौँ । अस्पतालमा बस्दाबस्दै निमोनिया भयो भन्ने भयो । त्यसैले बेडमा जब बिरामी सुतिरहेको अवस्था हुन्छ, त्यो बेलामा बेड रिगेन सम्बन्धी कम्प्लीकेसनहरु हुन्छ । त्यसमध्येमा एउटा हो । त्यो हुन नदिनका लागि प्रेष्क्राईब गर्छौं की त्यो रोग नहोस् । पहिले नै होस पु¥याउनु । वा भइसकेपछि यो चिज अब नहोस् । त्यसैले पनि उहाँहरुले फिजियोथेरापीमा कन्सल्ट गर्न भन्नुहुन्छ । फिजियोथेरापी र व्यायाममा के फरक छ ? अहिले मानिसहरुले थेरापी बुझ्छ । यो कमन जस्तै भयो । थेरापी शब्दको अर्थ हुन्छ उपचार । अब के बाट उपचार रु जसरी क्यामोथेरापी, क्यान्सर भएको बिरामीलाई रेडियसन दिन्छ । अब त्यो रेडियसनबाट गर्ने उपचार विधि क्यामोथेरापी हो । न्याचुरो थेरापी भन्छौँ, प्राकृतिक चिकित्सा भन्छ । थेरापी थेरापी त भनिन्छ, क्यान्सरको थेरापी होकी, मेसिनबाट गरिने थेरापी होकी, फिजियोथेरापी होकी वा अरु केही नेचुरो थेरापी हो की । सो एउटा कम्प्लिट शब्दको कतिपयलाई जानकारी हुँदैन । फिजियो भनेको नै भौतिक रुपमा भन्ने हुन्छ । भौतिक रुपमा गर्ने शब्द जुन व्यायाम । व्यायाम भनेको स्वस्थ व्यक्तिले गर्ने व्यायाम फरक छ, एउटा रोग भएको व्यक्तिले गर्ने व्यायाम फरक छ । कुन भागमा समस्या भयो त्यो भागलाई पुनःस्थापना गर्ने फरक छ । अप्रेसन भइसकेको मान्छेलाई फेरि पहिलेको जस्तै पुनःस्थापना गर्ने फरक छ । तर, समग्रमा हामीले एउटा शब्द प्रयोग गरेका छौँ, फिजियोथेरापी । त्यसैले अलमलिने एउटै कारण छ, अल्प कुरा बुझेर । जस्तोः लेजर थेरापी भनेर बजारमा विज्ञापन गर्नुहुन्छ । लेजरमा पनि तीन प्रकारको लेजर हुन्छ । एउटा सर्जिकल लेजर हुन्छ, जस्तैः किड्नीको ढुँगा फुटाउने, त्यो सर्जिकल प्रोस्युडियर हो । त्यो पनि लेजरबाट छ । जस्तोः एपेण्डीक्सको भयो वा गल्पव्लाडरको भयो । त्यस्तोमा पनि लेजरबाट सर्जरी गर्ने विधि छ । अर्को भयो छालाको उपचार गर्ने विधि । लेजरथेरापी भन्ने हुन्छ । तेस्रो हुन्छ, थेराप्युटिक लेजर । लेजर भनेको फिजियोथेरापीको मेसिन हो । फिजियोथेरापीमा पनि व्यायाम छ तर, सबै व्यायाम फिजियोथेरापीमा हुँदैन । रोग अनुसार मात्रै फिजियोथेरापी हुने हो । कतिपयलाई व्यायाम वा थेरापी गर्दा शारीरिक रुपमा असर पर्छ नि ? म एउटा रोगको उदाहरण दिन्छु, कम्मरको हड्डी सरेर गयो अगाडी होस् वा पछाडी । कम्मरले खुट्टातिर पनि दुखाउँछ । कम्मरकै एक्सरसाईज छ । सामान्य रुपमा नशा च्यापिएर पनि खुट्टामा नै दुख्छ, कम्मरमै दुख्छ । हड्डी खिइएर पनि कम्मरमै दुख्छ । र, मसलको विकनेसको कारण पनि कम्मरमै दुख्छ । तर, कम्मरकै दुखाई सबै किसिमको छ । तर, समस्या चाहीँ एउटै ठाउँमा छ । तर, उपचार फरकफरक हुन्छ । कम्मर सामान्य दुखेकोलाई गर्ने व्यायाम र हड्डी त्यहाँबाट सरेर गएकोलाई गर्ने व्यायाम । अरुमा घोप्टो पर्न भन्छौं तर हड्डी सरेकोमा घोप्टो ग¥यो भने झन् जटिल अवस्था निम्त्याउँछ । रोगको हिसावले व्यायाम फरक फरक हुन्छ । हरेक व्यायाम हरेक रोगमा सेट हुँदैन । हाम्रो गाउँघरमा पनि चलन थियो, जहाँपनि दुख्यो सुन्नियो भने तातोले सेक्ने चलन थियो । तेल लगाएर मालिस गरिदिने चलन थियो । तर केही रोगमा त्यो ठिक छ, कतिपय रोगमा बेठिक हुन्छ । तेल लगाएर, मलम लगाएर जोडले चलाए झन् सुन्निएर आउँछ । झन् हिँड्न नसक्ने हुन्छ । चोटपटक लागेको बेला मक्र्यो, सक्र्यो भने तातोले सेक्यो भने झन् सुन्निएर आउँछ । कुनमा के चिज ठिक हो कुनमा के चिज बेठिक हो भनेर हामीले बुझ्नुप¥यो । जस्तै उदाहरणका लागि खानेकुरा सबै ठिक छ, सुगर भएको मानिसले के खाँदा ठिक हुन्छ रु प्रेसर भएको व्यक्तिले के खाँदा ठिक हुन्छ रु ख्याल गर्नुपर्छ । र, हामी सुगर, प्रेसर नभएर, थाईराईड नभएका, क्लोस्ट्रोल नभएकाले केही खाँदापनि बिग्रिएन । एकै किसिमको खाना खुवायो भने कोही ठिक हुन्छ कोही बेठिक हुन्छ, त्यही भएर रोगको प्रकृति अनुसार वर्गिकृत हुन जरुरी छ । रोग अनुसार एक्सरसाईज गर्नुपर्छ । नत्र बिग्रिन जान्छ । उपचारमा फिजियोथेरापीको महत्व के ? कतिपय मानिसले फिटनेसको हिसावले फिजियोथेरापी गर्छन् भने कतिपयले मलाई यो रोग नलागोस् भनेर फिजियोथेरापी गर्छन् । कतिपयले म खेलाडी हो मलाई प्रोटेक्टिभ मेकानिजम चाहियो, छिट्टै घाईते भइरहेको हुन्छु, म अलि अलि दौडँदापनि तुरुन्तै इन्जुअर्ड हुन्छु । यो चिज नहोस् यसको लागि मैले के के गर्दा ठिक हुन्छ भन्ने यो प्रोटेक्टिभ मेकानिजम हो । यस्तो चिज नहोस् भनेर जोगिनको लागि प्रोटेक्टिभ मेकानिजम आवश्यक पर्छ । दोस्रो पक्ष के छ भने रोग लागि सकेपछि उपचार गर्ने विधिमा पनि फिजियोथेरापी चाहिन्छ । तीन वटा बेसिक विधि छ । सामान्य समस्या भएकाहरुलाई सामान्य कुराहरु बताईदिन्छौं । त्यो भनेको सावधानीहरु, जस्तैः घुँडा दुखेको छ भने भुईंमा टुक्रुक्क नबस्नु, पलेटि नकस्नु, धेरैबेरसम्म उभिने काम नगर्नु । त्यसैले यो प्रोटेक्सन गर्नुप¥यो एउटा । दोस्रो हामिले दुई चार वटा तरिका बताइदिन्छौं । घरमा नियमित रुपमा व्यायाम गर्नुहोस् । अर्को छ, पीडा धेरै नै हुन्छ, एक्सरसाईज गर्नै नसक्ने, हिँड्डुल गर्न नै नसक्ने, त्यस्तो विधिमा हामीसँग दुखाईलाई कम गराउने केही विधिहरु छ, केही मोडालिटिजहरु छ । मेसिनहरु छ, त्यो प्रयोग गर्छौं । र, त्यो मेसिनहरुको प्रयोगले बिस्तारै दुखाई कम गर्छौं । अर्कोतिर यो चिज नगर्नु सावधानी अपनाउनु भनेर भन्छौं । निक्याब छ, निब्रेस छ, त्यो चिजहरु लगाईदिन्छौं । यो चिजले तपाईको मोविलिटिलाई कम गरोस् । फरदर अब ड्यामेज नहोस् । यो चिज गरेर दुखाई कम गर्नका लागि मेसनिको प्रयोग गर्छौं । हड्डी खिइसकेको छ वा बाँगिसकेको छ अब थप नहोस् भनेर हामीले केही कसरतहरु सिकाइदिन्छौं । पछि उहाँले घरमा गर्नुहुन्छ । तेस्रो पक्ष रिकरेक्सन विधि भन्छौं । कसैको ढाड बाँगियो, कसैको गर्धन बाँगियो । कसैको काम गर्ने शैली कम्प्युटर, मोबाईलमा न्युरिने९झुक्ने० बानी छ । सो पोस्चरलाई करेक्सन गर्नका लागि फिजियोथेरापीस्टको निगरानी आवश्यक पर्छ । सो प्यासिभ मेथड भयो । त्यसमा काइरो मोविलाईजेसनहरु गर्छौं । यसमा जुन उहाँको सिट बिग्रिएको छ, शरीरको एट्टीच्युट बिग्रिएको छ । त्यो चिजलाई हामीले रि करेक्ट गरेर रि पोजिसनिङ गरेर फिट गर्ने विधि भयो । अहिलेको मोर्डन लाईफमा कसैको हड्डी कमजोर हुने, कसैको कसैको फिजिकल एक्टिभिटीको कारणले कसैको ओझन बढी हुन्छ । फिजिकल एक्टिभिटी कम हुन्छ । खानपान नियन्त्रित छैन । खानपान सन्तुलित छैन, यस्तो कारणले विशेष गरेर हाडजोर्नी र नशाको तिब्र गतिमा बढीरहेको छ । आजको समयमा फिजियोथेरापीको सान्दर्भीकता झन् बढेर गएको छ । फिजियोथेरापी गर्दा कस्ता कस्ता कुरामा सावधानी अपनाउनुपर्छ ? फिजियोथेरापी गर्दा रोग अनुसार केही चिज गर्न मिल्ने केही चिज गर्न नमिल्ने हुन्छ । मानौं कसैलाई मुटुमा पेसमेकर जडान गरिएको छ, चाल बिग्रिएको कारणले । मुटुको चाललाई फेरि गतिमा राख्न आर्टिफिसियल डिभाइस पेसमेकर जडान गरिएको छ । अब यो डिभाइस लगाएर एमआरआई गर्न मिल्दैन । त्यो लगाएर सिटि स्क्यान गर्न मिल्दैन । जहाँ वेबको काम हुन्छ त्यसमा प्रयोग गर्न मिल्दैन । त्यो ग¥यो की त्यसलाई कन्डक्ट गर्छ, अन्तिममा चाललाई स्लो गरिदिन्छ । र, अन्तिममा हृदयघात हुनसक्छ । त्यसैले त्यस्ता चिजहरुमा सावधानी अपनाउनुपर्छ । जस्तैः अप्रेसन गरेको छ मेटलको सामग्रीहरु शरीरभित्र हालेको छ भने त्यस्तो चिजमा गर्न मिल्दैन । रेडियोथेरापी, क्यामोथेरापी क्यान्सरको ट्रिटमेण्टबाट गराइरहेको व्यक्तिहरुलाई तत्कालै फिजियोथेरापी गर्न मिल्दैन । प्रग्नेन्ट वुमेनहरु छ, त्यो सराउण्डिङ एरियामा कुनैपनि विद्युतीय मेसिनहरु फिजियोथेरापी गर्न मिल्दैन । अल्सर, घाउहरु कसैलाई भइरहेको छ, यस्तो चिजमा सामान्य रुपमा गर्न मिल्दैन । हरेक चार पाँच जनामा एक जनामा सुगर छ । सुगरका बिरामीहरुलाई फिजियोथेरापी गर्नुपरेपनि सावधानी अपनाउनुपर्ने हुन्छ । कस्ता-कस्ता बिरामीहरुले फिजियोथेरापी गर्नुपर्ने हुन्छ ? फिजियोथेरापी गर्न मिल्ने भनेको एउटा त फिटनेसको हिसावले गर्न मिल्छ । फिट हुनका लागि हामीलाई यस्तो समस्या नहोस् भनेर प्रोटेक्सन गर्नका लागि फिजियोथेरापी गर्न मिल्छ । कुनैपनि रोग लागेको छ भने त्यो रोगबाट बच्नको लागि गर्न मिल्छ । जसरी हाड जोर्नीको कुनैपनि समस्या भएको, घुँडा दुखेको, ढाड दुखेको, कम्मर दुखेको, कुम जाम भएको, नारिको नशा जाम भएको, कम्मर, गर्धनको नशा च्यापिएको, जन्मजात जोर्नीहरु बिग्रिएको, कसैलाई प्लाष्टरपछि जोर्नीहरु बिग्रिएको छ, अप्रेसन पछि बिग्रिएको छ । कसैलाई पोलेर, जलेर पछि जोर्नीहरु खुम्चिएको छ । कसैको सर्जरी गरेपछि बिग्रिएको छ । कसैलाई लेप्रोसी भन्ने रोग छ, त्यसको कारणले बिग्रिएको छ । वा कसैलाई निमोनिया छ वा कसैलाई दम पटकपटक हुन्छ, यस्ता विविध रोगहरुमा फिजियोथेरापीको मद्दत लिन सकिन्छ । यस्ता रोगहरुको उपचार गरिन्छ । फिजियोथेरापीमा नयाँ नयाँ प्रविधि आइरहेको छ ।