अब डिसहाेममै सय रूपैयाँमा सपरिवार नयाँ फिल्म हेर्न सकिन्छ : रमेश सापकाेटा

यो सूचना प्रविधिको युग हो । सूचना प्रविधिको विकास र विस्तारकै कारण विश्व ‘ग्लोबल भिलेज’का रुपमा चिनिन थालेको छ । नेपालमा पनि सूचना प्रविधि र मनोरञ्जनको विकास र विस्तारमा डिस होमको भूमिका अतुलनिय छ । शहरको कुनाकाप्चा होस् वा पहाडको दुगर्म वस्तीमा,डिस होमले आफ्नो सेवा र पहुँच आम सर्वसाधारण नागरिकसम्म पुर्याउन सफल भएको छ । सन् २००९ मा स्थापना भएको डिस होमको सफलता पछाडिका पक्षहरु, संस्थाको समग्र बजारीकरण र आगामी योजनाका बारेमा डिस होमका जनरल म्यानेजर रमेश सापकोटासँग विकासन्यूजका सन्तोष रोकाया र नविन पोखरेलले गरेको कुराकानी : डिटिएच सेवाप्रदायक कम्पनीहरुमध्ये डिस होम एक अग्रणी र लिडर कम्पनीका रुपमा स्थापित भएको छ । यो कसरी सम्भव हुन पुग्यो ? सन् २००९ मा होम टिभी र डिस नेपालले काम सुरु गरेकाथिए । यी दुई कम्पनीहरु ६ महिनापछि मर्ज भएर डिस होम बनेको होे । सुरुवाती चरणमा सेट टपबक्सहरु महङ्गा थिए । तिनीहरु पछि विस्तारै सस्तो बन्दै गए । यी दुई कम्पनी मर्ज भएपछि ६ हजारमा सेटटप बक्स पनि दिन थाल्यौँ । १ वर्ष भित्रमा एचडी सेटअप बक्समार्फत सेवा शुरु गर्यौं। शुुरुमा ७० वटा मात्र एसडी स्टयाण्डर्ड डेफिनेसन च्यानल रहेका थिए । ७० वटा च्यानलको लागि ग्राहकले सदस्यताका स्वरूप मासिक ४ सय रुपैयाँ बुझाउनु पर्थ्याे । ५० वटा च्यानलको २ सय ५० रुपैयाँ पर्थ्याे । पहिले पाँच वटा एचडी च्यानलबाट सेवा शुरु गरेका थियौं । अहिले २ सय प्लस च्यानल (७० एचडी + १३० एसडी) हामीसँग छन । त्यसभित्र पनि डिस होमकै आफ्नै विशेष च्यानल रमाइलो टिभी, सीने हिट्स, प्लस मुभिलगायत ११ वटा च्यानल छन् । डिसहोम सिनेमा घरमार्फत ग्राहकले घरमै बसेर फ्लिम हेर्न सक्ने सुविधा हामी कहाँ छ । हामीले ३ सय ५० देखी ७ सयका मासिक शुल्क प्याकेज दिइरहेका छौं । यसरी सेवा विस्तार गर्दै हामी अघि बढिरहेका छौं । आम–नागरिकले रुचाएर नै हामी यहाँ सम्म पुगेका हौं । डिसहोमको बजार कस्तो छ, आमनागरिकबाट के कस्तो प्रतिक्रिया पाउनु भएको छ ? आम–उपभोक्ताहरु हामीले प्रदान गर्दै आएको सेवाप्रति सन्तुष्ट छन् । सुरुवाती चरणमा हामीले भारतको जस्तो रेडिमेट प्रडक्ट होला भन्ने सोचेका थियाैं । तर, त्यो हुन समयले गर्दो रहेछ । त्यसबेला घर–घरमा डिस होमका लागि छाता इस्टल गर्ने टेक्नीसियनको आवश्यकता पर्यो । उनीहरुलाई तालिमदिनु पर्ने भयो, साथै सेटअपबक्स सेल्स गर्ने डिस्ट्रीब्युसन नेटवर्क बनाउन केही समय लाग्यो । सोही काममा हामीले दुई वर्षको अवधि पनि खर्चियौँ ।अहिले स्याटेलाईटबाट कुनैपनि ठाउँमा डिस होमकाच्यानल हेर्न सकिन्छ । पहिलेको जस्तो पानीपर्दा अवरोध हुदैँन । २ सय प्लस एसडी र एचडी च्यानल दिँदै हामी शहरकेन्द्रीत हुन थालेका छाैं । तराईका जिल्लामा बढी जसो भारतीय च्यानलहरु हेर्ने/सुन्ने गरिएको पाईन्छ, तपाईहरुले उनीहरुसँग प्रतिस्पर्धा गर्न नसकेको हो ? पहिले–पहिले भारतीय सेटटप बक्सभन्दा  नेपाली सेटटप बक्सहरु महँगा थिए । त्यसैले पनि उनीहरुले नेपालीको सट्टामा भारतीय च्यानल प्रयोग गरेको हुनुपर्छ । तर,अहिले भारतको च्यानल भन्दा हाम्रो सुरुको कष्ट र मासिक सदस्यता दर सस्तो छ । तराईको ग्राहकले समेत अहिले डिस होम हेर्छन् । खुला सिमानाका कारण तराईमा भारतीय च्यानल हेरिने गरेको हो । अझैपनि तराईमा हाम्रो बजार विस्तार गर्न केही बाँकीनै छ । सरकारले गैर कानुनी रुपमा हेरिने डिटिएचहरु रोक्न सकेमा भारतीय डिटिएचका च्यानलहरुहेर्न अवश्य नै कमी हुन्छ । हिमाली क्षेत्रमा डिस होमको उपस्थिती कस्तो छ ? हिमाली सबै क्षेत्रमा डिस होम मात्र छ । हामीले खरीदमूल्यमा केही सबसिडी दिएर बिक्रि गरेका छौं । हामी अहिले लगभग १५/१६ लाखघरमा पुगेका छौँ । अहिले प्रि–पेड रिचार्ज मोडल अनुुसार हामीले सेवा दिइरहेका छौं । हिमाली क्षेत्रमा पनि डिस होम रुचाइएको छ ।प्रिपेड मोडल भएकोले पनि ग्राहकहरुले हामीलाई रुचाएका छन् । अहिले क्लिन फिडको विषय पनि व्यापक चर्चामा छ, यस प्रति डिस होमको धारणा के छ ? क्लिन फिड सर्सती सुन्दाआफैमा राम्रो छ । नेपालीले विज्ञापनरहितच्यानल हेर्न पाउनु भनेको राम्रो हो ।सरकारले सर्वप्रथम त विदेशी डिटिएच च्यानलहरु रोक्न सक्ने वातावरण सिर्जनागर्नुपर्छ । विज्ञापनरहितच्यानल हेर्न अवश्य नै ग्राहकलाई महँगो पर्न जान्छ । तर, हामीले विज्ञापन किन हेर्ने भन्ने पनिहो । यसमा विदेशी डिटिएच कम्पनीहरुलाई रोक्न सके यो राम्रो हो । अझैँयसकालागिएक वर्ष समय बाँकी छ । सबैको सुझावलिएर छलफल गरेर काम गर्न आवश्यक छ । हामीले नेपाल सरकारले भनेको अनुसार काम गरिरहेका छौं । हामीले सुरुेदखि नै डिजिटल सर्भिस र डाउनलिकं परमिसन नभई कुनै पनि च्यानल राख्न सरकारले दिनुहुन्नभन्दै आएका छौं । हामीले डाइरेक्ट टु होम प्रसारण गर्ने भन्ने भनेर सरकारसँग लाइसेन्स लियौं । हामी सरकारलाई रोयल्टि पनि तिरिरहेका छौं । भारतीय डिटिएच च्यानलहरु नेपालमाआएर पैसा लिएर जान्छन् । नेपाल सरकारले पायरेडेट डिटीएचबाट राजश्व गुमाइरहेको छ । यो नेपाल र नेपाली व्यवसायीहरुका लागि पनि राम्रो होइन । डिसहोम दुई/तीन कम्पनी मिलेर बनेको डिटीएच प्रदायक कम्पनी हो, मर्ज हुनभन्दा अगाडि र पछाडिको बजारीकरण कस्तो पाउनु भयो ? पहिले दुईटा डिटिएच हुनेबेला स्याटलाइटको खर्च डबल जान्थ्यो ।च्यानलले पनि डबल पैसालिन्थे ।अहिले त्यो अवस्था छैन । टिभी हेर्ने मासिक मूल्य सबैभन्दा सस्तोनेपालमै हो ।मासिक मूल्य विश्वकै भन्दा नेपालमा सबैभन्दा सस्तो छ । ४५ सयमा बेच्नु पर्ने सेटटप बक्स अहिले हामी घाटा खाएर बेचि रहेका छौं । त्यहीभएर मनोपोली भन्ने कतै देखिदैन । अहिले हामी धरैसँग प्रतिस्पर्धा गरिरहेका छौं । हाल डिस होमको १४ अंचलमा कम्पनीको सभिर्स सेन्टर छ । अनलाइन फण्ड ट्रान्सफर र रिचार्ज कार्डको सुविधा भएकाले यसलाई राम्रो मान्न सकिन्छ । हामीले ग्राहकको सेवा सुविधालाई ध्यानमा राखी २४सै टोल फ्रि सर्भिसपनि सुरु गरेका छौँ । टोल फ्री सर्भिस एनटीसी र एनसेल दुवैकाग्राहकहरुले प्रयोग गर्न सक्छन् । हाम्रो उद्धेश्य भनेको ग्राहकलाई कसरी सन्तुष्ट बनाउने भन्ने हो । बजारमा सबैको रोजाइमा डिस होम परेको छ । तपाईहरुका चुनौती चाहिँ के हुन् ? मुख्य चुनौती भनेको क्लिन फिड लागु भयोे भने मासिक मूल्य बढ्न जान्छ । ग्राहकको क्रय शक्ति कम छ । त्यसले गर्दा अहिले हेरे जस्तो निरन्तर हेर्न सक्दैनन् । अहिले विज्ञापनसहित भएर उनीहरु सस्तोमा हेर्न पाइरहेका छन्  । अर्को, हाम्रा आफ्नै च्यानल यो वर्ष ४/५ वटा थप्दैछौं । त्यसलाई आम ग्राहकसमक्ष विस्तार गर्नु छ । हामीले १२/१३ वटा विशेष च्यानलमार्फत काम गर्दैछौँ । हलमा आएका फिल्म केही हप्तामा हेर्न सक्ने डिस होम सिनेमा घर च्यानल १०८ नम्बर र ८८८ मा आउने गरी बनाएका छौँ । यसलाई सबै माझ विस्तार गर्न आवश्यक रहेको छ ।  केही वर्ष अघि डिस होमको फुलप्याकेज हेर्न मासिक नौ सय रुपैयाँ तिर्नु पर्थाे । अहिले  ३ सय ५० देखि ७ सय सम्म  मासिक शुल्क झारेका छौं । पहिले ७० वटा च्यानललाई चार सय रुपैयाँमा दिएको थियाैं भने अहिले त्यही पैसामा १ सय ३५ वटा च्यानल दिएको छ । हाम्रो चुनौती नै देशभर कसरी डिस हाेमको सेवालाई दिगो बनाउने भन्ने हो ।  सुरुवाती समयमा ट्रेनिङ दिने कुरा,गाउँगाउँमा सेवाविस्तार गर्न समय लागेको थियो । अहिले हिमाली पहाडी क्षेत्रतिर सबैको रोजाई डिसहोम हो । डिस होमले इन्टरनेट सेवा पनि ल्याउँदै छ भन्ने सुनिएको छ, त्यो प्रक्रिया कहाँ सम्म पुग्यो ? हामी काठमाडाैं र अन्य मुख्य शहरमा फाइबर नेट शुरु गर्दैछौं । हामीले विदेशी लगानीलाई समेत सहकार्य गरेर इन्टरनेट ल्याउँदैछौँ । व्यापारसँगै आमनागरिकहरुलाई सेवादिन सक्यो भने हामीदिगो बन्छौं । यसमा नागरिकहरुको पनि भूमिका र साथ अवश्य नै चाहिन्छ । हाम्रो मुख्य लक्ष्य भनेको डिस होम जस्तै विश्वासिलो इन्टरनेट सेवा विस्तार गर्नु हो । दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा उपलब्ध गराउनका लागि हामी आन्तरिक गृहकार्यमा लागि रहेका छौं । हामीले अहिले बजारको अध्ययन गरिरहेका छौं । काठमाडौंमा एक दुई महिनाभित्र शुरु गर्छौं । आइपिओ निश्कासन गर्ने प्रक्रिया कहाँ सम्म पुग्यो ? हामी पब्लिकमा जानुको मुख्य उदेश्य नै आइपिओ ल्याउनु हो ।सोही अनुसार हामीले कामगर्दै आएका छाैं ।सायद अर्को वर्षसम्म त्यो हुन सक्छ । त्यो कुरा बोर्डले फाइनलगर्ने हो । आगामी योजना तथा रणनीति के छन ? हामी छिट्टै नै ओटीटी र एक्स भिओडी सेवा लन्च गर्दैछौं ।  ओटीटीमार्फत डिसहोमका ग्राहकले जुनसुकै बेला पनि मोबाइलबाटै डिसहोमका कार्यक्रमहरु हेर्न सक्छन् । हामीले त्यो अहिले शुरु गरेका छौं । जसबाट ग्राहकले धेरै सुविधा तथा सेवा पाउँछन् । फ्लिम कन्टेन्टहरु टिभिमा हेर्न सक्ने फिचर पनि हामी गर्दैछौं । डिस होमसँग धेरै च्यानलहरु जोडिएको हुनाले २४सै घण्टा सुचनामुलक, मनोरञ्जनात्मकलगायतका कन्टेन्टहरु प्रस्तुत गर्छौं । अझै पनि ग्राहकको माग र सुविधालाई मध्येनजर गर्दै अगाडि बढ्छौं । ग्राहकले सुपथमूल्यमा राम्रो पिक्चर क्वालिटीको हेर्नको लागि डिस होम सबैभन्दा राम्रो विकल्प हो । हामी सेटटप बक्समा लामो समयसम्मको वारेण्टी दिन्छौं । जो ५ सयमै पुनः मर्मत गर्न सकिन्छ । हरेक दिन केबलबाट डिस होममा आउने संख्या बढ्दो छ । २४ सै घण्टा सुपथ मुल्यमा राम्रो पिक्चर क्वालिटि हेर्न ग्राहकले डिस होस हेर्न सक्छन् ।  यस्तै, हलमा गएर फिल्म हेर्नु भन्दा १ सयदेखि ३ सय २५ को हाराहारी खर्चेर घरमै फिल्म हेर्न सकिन्छ । हामीले ग्राहकलाई कन्टेन्ट, भ्यालु एडेडलगायतको कुरामा डिसहोम प्रयोग गर्दा उपयुक्त हुने सल्लाह दिन्छौँं ।

डिजिटल नेपाल निर्माण गर्न सबैले एकजुट हुनुपर्छ : नवराज कुँवर

यो समय सूचना प्रविधिको हो । बालकदेखि बृद्धसम्म सूचना प्रविधिमै रमाउन चाहन्छन् । पछिल्लो समय सूचना प्रविधिको प्रयोग गर्नेको संख्या पनि ह्वात्तै बढेको छ । सरकारले पनि डिजिटल नेपालको अवधारणा अघि सारेको छ । नेपालमा इन्टरनेटदेखि सफ्टवेरसम्म सम्बन्ध राख्ने कम्पूटर एशोसीएसन अफ नेपाल पनि आम जनमानसलाई प्रविधिमा संलग्न गराउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।  हालै कम्पूटर एशोसीएसन अफ नेपालको नेतृत्व नवराज कुँवरले पाएका छन् । उनै कुवँरसँग नेपालको सूचना प्रविधिको अवस्था, सूचना प्रविधिको विकासमा उनका आगामी योजनाका बारेमा  विकासन्यूजका लागि नबिन पोखरेलले गरेको कुराकानी : क्यान महासंघ सूचना प्रविधिको व्यवसाय प्रवर्द्दनका लागि कसरी अगाडि बढी रहेको छ ? व्यवसाय प्रवद्र्धन भन्दापनि हामीले समग्र प्रविधि बजारको हितकालागि काम गर्ने हो । सो कामकालागि आवश्यक रहेको ठाउँमा हामीले काम गर्दै आएका छौँ । विषेश गरेर हाम्रो उदेश्य भनेको ग्रामीण क्षेत्रमा काम गर्ने हो । अहिले ग्रामिण क्षेत्र भनेको डिजिटल रुपमा काम गर्न आवश्यक रहेको क्षेत्रपनि हो । क्यान महासंघले सरकारका लक्ष्य तथा योजनमा सघाउँदै आएको छ । मुख्यतः आवश्यक रहेको ठाउँका विभिन्न किसिमका कार्यक्रमहरु गर्दै हामीले अघि बढी रहेका छौँ । यस वर्ष हामीले उपत्यका बाहिरबाट कामको थालनी गर्ने लक्ष्य लिएका छौँ । सोही लक्ष्यअनुसार मुलुकका २६ ठाउँमा विविध कार्यक्रमहरु हुनेछन् । प्रविधिको साक्षरताका लागि के कस्ता कार्यक्रमहरुको आयोजना गर्नु भएको छ ? अहिलेको युगमा नयाँ पुस्तामा इन्टरनेटको ज्ञान राम्रो छ । सोही कारण नयाँ पुस्तामा भन्दा अघिल्ला पुस्ताकालागि हामीले कार्यकम तय गर्नु पर्छ । अघिल्ला पिढी तथा पछिल्ला पिढीलाई मिल्ने हिसाबले हामीले इन्टरनेटका कार्यक्रम अघि बढाइ रहेका छौँ । कार्यक्रमको तय कसरी गर्नु भएको छ,कार्यक्रम सञ्चालनका लागि सरकारसँग समन्वय गर्नु भएको छकि छैन ? हामीले कार्यक्रम स्थानीयतह,जिल्ला र प्रदेश अनुसार तय भइरहेको छ । जहाँ जस्तो आवश्यकता पर्छ हामी सोही अनुसार काम गर्न तयार छौँ । सरकारसँग समन्वय गर्ने कि नगर्ने भन्ने कुरा अवस्था हेरेर हुन्छ । हामी कतिपय अवस्थामा सरकारी तहसँग मिलेर काम गर्नेछौं भने कतिपय अवस्थामा हामी एक्लैपनि काम गर्नेछौं । विभिन्न आवश्यकता र अवस्थालाई नियाल्दै हामी अगाडि बढ्छौं । हामीलाई जरुरी पर्यो भनेपनि स्थानिय तह, प्रदेश सरकार र संिघय सरकारसँग पनि सहकार्य गरेर काम गर्छौं । क्यान महासंघलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन तपाईका आगामी योजना तथा रणनितीहरु के कस्ता छन् ? नेपालको सूचना प्रविधिको विश्व बजार भन्दा निकै पछाडि छ । विश्व बजारले ४० वर्ष पहिले प्रयोग गरि सकेका सूचना प्रविधि हामी अहिले प्रयोग गर्दैछौं । हामी भने अहिले ती सूचना प्रविधिमा हामी रमि रहेका छौं । सूचना प्रविधिको विकासमा निजी क्षेत्रबाट पनि धेरै विकासका प्रयासहरु भएका छन् ।  निजी क्षेत्रले राम्रा सफ्टवेरको निमार्ण गरेर विदेशमा निर्यात गरेको उदाहरण पनि हामी कहाँ छन् । पछिल्लो समय नेपाल सरकारले सूचना तथा संचार निती २०७२ लिएर आएको छ । त्यसमा भएका राम्रा कुराहरु नै कार्यान्वयन हुन नसकेको अवस्था छ । सरकारी नितीमा रहेका राम्रा कुराहरु कार्यन्वयन भएमा सबैलाई फाईदा पुग्छ । हामीले सोही नितीमा रहेका कुरालाई कार्यान्वयन गराउँनुपर्छ भन्ने पक्षमा आवाज उठाउँदै आएका छौँ । सरकारको डिजिटल नेपाल सार्वजनिक निजी साझेदारीमा गर्ने योजना बनाएको छ । त्यसकालागि क्यान महासंघ सहयोगी हुने देखिन्छ । सरकारको योजना र हामीले गर्दै आएको काममा निकै हदसम्म समानता रहेकोे पाईन्छ । सोही कारण पनि सरकालाई हामी सहयोगीसिद्ध हुने कुरामा दुइ मत नहोला । तपाईको कार्यकालमा इन्टरनेटको विकासका लागि के गर्नु हुन्छ ? देशको ग्रामिण क्षेत्रमा इन्टरनेको पूर्वाधार नै पुगि सकेको छैन । इन्टरनेको पूवार्धारको विस्तार गर्ने काम नेपाल सरकारको हो । हामीले सरकारले पूवार्धार विस्तार गर्नुपर्छ भन्दै आएका छौँ । इन्टरनेटको विषयमा छुटाउनै नहुने कुरा भनेको नेपालको इन्टरनेट शुल्क महङ्गो छ । सरकारका नितीमा केही सुधार भएको अवस्थामा इन्टरनेट शुल्कमा हेरफेर हुने हाम्रो अनुमान छ ।  मुख्यतः मन्त्रालयमा नै एक किसिमको समन्वयको वातावरण छैन । सर्वप्रथम त सरकारी तहमा एक अर्काबीच राम्रो समन्वय हुन आवश्यक छ । सरकारले इन्टरनेटको शुल्कको बारेमा २०७४ सालको मन्त्री परिषद्बाट निर्णय गरेको थियो । त्यसलाई खरिदमा लाग्ने १० प्रतिशत ट्याक्सबाट ५ प्रतिशतमा ल्याएको कुरा छिटो भन्दा छिटो कार्यान्वयन गराउन आवश्यक छ । फागुनमा क्यान महासंघले इन्फोटेक मेलाको आयोजना गर्दैछ । यो पटक ग्राहकले नयाँ कुरा के पाउँछन् ? प्रविधि भनेको आफैमा नयाँ कुरा हो । सोही कारण क्यान इन्फोटेक मेलामा प्रविधिका अन्य समय जस्तै नयाँ प्रविधिको लाभ ग्राहकहरुले उठाउँन पाउने छन् । हामीले नेपाली विद्यार्थीद्धारा बनाएको सफ्टवेरलाई क्यान इन्फोटक मेलामा प्राथमिकता दिने छौँ । हाम्रै देशमा रहेका विद्यार्थीले प्रविधिको क्षेत्रमा गरेको मेहनत सबै समक्ष पुर्याउने हाम्रो उदेश्य रहेको छ । देशमा प्रविधिको क्षेत्रमा काम गर्नेहरुको अवस्था कस्तो छ ? प्रविधिमार्फत काम गर्नेहरु पछिल्लो समय बढ्दै गइरहेका छन् । दिनैपिच्छे तिनीहरुको संख्या पनि बढ्दै छ । देशभर प्रविधिकै क्षेत्रमै कतिले काम गर्छन् त्यसको भने एकिन तथ्याकं अहिलेसम्म राखेको छैन । प्रष्ट रुपमा भन्दा देशको सबैभन्दा धेरै रोजगार सिर्जना गरिरहेको क्षेत्र भनेको प्रविधि हो । साथै, प्रविधिमा रोजगार गर्न चाहनेलाई राम्रो वातावरण छ । क्यान इन्फोटेक जनचेतना वृद्धीका लागि कतिको उपयोगी छ ? मेलामा कतिपय कुराहरु अुनभव गर्नका लागि सहज हुन्छ भने कतिपय कुरा आँखाले देख्न पाउँदा नै राम्रो हुन्छ । डिजिटल नेपाल फेमवर्कमा ई हाटबजार कन्सेप्ट छ क्यान इन्फोटेकलाई ई हाटबजार को रुपमा पनि लिन सकिन्छ । सबै सफ्टवेर एकै ठाउँमा देखिने भएकाले प्रविधिमा विज्ञ,अनविज्ञ सबैका लागि प्रविधि मेला उपयोगी हुनेछ । अन्त्यमा के भन्न चाहानु हुन्छ ? प्रविधिको नकारात्मक र सकारात्मक दुई पाटा हुन्छन् यसलाई सबैले बुझ्न आवश्यक हुन्छ । अर्को, सरकारी तहबाट प्रविधि क्षेत्रलाई सुरक्षित बनाउन पहल गर्नु आजको आवश्यकता हो भन्ने मलाई लाग्छ ।

देशभरका घर चिटिक्क पार्ने लक्ष्यसहित तीन उद्याेग खाेल्याैं : कृष्णभक्त दुवाल

सानै उमेरदेखि प्रविधिमा रमाउन चाहने ईटा उत्पादक व्यवसायी हुन् कृष्णभक्त दुवाल । प्रविधि जान्ने र बुझ्ने तीब्र इच्छा भएकै कारण उनले आफ्नो पढाईको विषय पनि त्यही रोजे । काठमाडौंको पुल्चोक क्याम्पसबाट इन्जिनियरिङमा स्नातकोत्तर समेत गरे ।  त्यसपछि उनले पढाई सँगसँगै सन् २००७ तिर इनर्जी एण्ड इन्भाइरोमेण्ट विषय पढाउन पनि सुरु गरे । पढाई र पढाउने विषय एउटै भएपछि दुवाललाई धेरै सहयोग पनि मिल्यो । त्यहि दौरानमा यसको प्राविधिक पक्ष बुझ्न उनी आफ्नो टिमसहित कोरिया, बहराइन, जापान चीन इटालीलगायतका देशसम्म पुगे । वि.स २०४९ सालदेखि परम्परागत ईटा उद्योग सञ्चालन गर्दै आएकाे उनको परिवारकै प्रेरणाले उनी त्यसलाई प्राविधिक ढंगले सञ्चालन गर्नतर्फ लागे । तिनै दुवालले अहिले प्रविधिलाई लक्षित गरी तीन उद्याेग स्थापना गरेका छन् । ती संस्थाहरुबाट उनले देशभरका घर सुन्दर र चिटिक्क पार्ने लक्ष्य लिएका छन् । हालै मात्र उनले आधुनिक प्रविधि नेपाल भित्र्याएर चाइनिज ईटा  उत्पादन सुरू गरेका छन् ।  उनीसँग चाइनिज ईटा र उनका आगामी योजना बारे विकासन्यूजका लागि सन्तोष रोकायाले  विकास वहस गरेका छन् । हालै आधुनिक प्रविधि भित्र्याएर चाइनिज ईटा उत्पादन सुरू गर्नुभएको छ, यस्ताे साेच कसरी  आयो ? सानैदेखि प्रविधिमा रुची राख्थेँ । हामीले २०४९ सालदेखि नै परम्परागत ईटा उद्योग सञ्चालन गर्दै आएको छौं । त्यो परम्परागत ईटा व्यवसायलाई कसरी प्रविधियुक्त बनाउन सकिन्छ भन्ने कुरा मेरो मनमा खेलिरहन्थ्यो । त्यससँगै मैले इन्जिनियरिङ पढ्न पनि सुरु गरेँ । पुल्चोक क्याम्पसबाट स्नातकोत्तर गरेँ । सन् २००७ देखि पढाउन तिर लागेँ । पढ्ने र पढाउने क्रममा नेपालमा एउटा निर्माण सामाग्रीको बिकल्प चाहिन्छ भनेर साथीहरु मिलेर अध्ययन पनि गर्याैं । अहिले चीनकाे हुवेइस्थित वुहान विश्वविद्यालयमा रिसाेर्स ब्याण्ड वातावरण विषयमा पीएचडी गर्दैछु ।  चीनका  प्रविधिहरु कसरी नेपाल ल्याउन सकिन्छ भनेर सोच्थेँ । त्यहीअनुसार अगाडि बढेँ । वि.स २०७२ अर्थात भूकम्प आएको वर्षमा हामी फ्याक्ट्री सेटअप गर्दैथियौं । मेरो पढाई पनि इनर्जी एण्ड इन्भाइरोमेण्ट र पढाउने पनि त्यही भएको कारणले हामीले नेपालको निर्माण सामाग्रीको एउटा विकल्पका रुपमा यो भित्र्याएका हौं । सन् २०१५ पछि हाम्रो टिमले तीन वटा कम्पनी खाेल्याे । हामी हरेक वर्ष वातावरणमैंत्री र उर्जा किफायति प्रडक्ट निकाल्दैछौं । सन् २०१५ मा हामीले गोर्खा इको प्यानल निकाल्यौं । २०१६ मा काठको बिकल्पमा गोर्खा विन्डोर स्थापना गर्यौं । २०१७ मा प्रिकाष्ट ढलान निकाल्यौं । जुन वातावरणमैंत्री हुन्छन् । त्यस्तै, २०१८ मा गोर्खा प्रिकाष्ट एण्ड विण्डोर भन्ने पानी सोस्ने ब्लक बनायौं । जसले पानी सोस्न धेरै सहयोग गर्छ । यस्तै हामीले यो वर्षचाहिँ गोर्खा चाइनिज इटा उत्पादनमा ल्याइसक्यौं । यसरी नै यो यात्रा तय भएको हो । आम उपभोक्ताले चाइनिज ईटालाई किन प्रयोग गर्ने ? यसका विशेषताहरू के–के छन् ? सर्वप्रथम त यसको स्ट्रेन्थ एकदमै राम्रो छ । हिजो मात्रै ललितपुरको कुपण्डोलस्थित मल्टिल्याब प्रालिमा ६ वटा नमुनाको रुपमा ईटाको टेष्ट गर्दा औसतमा १४.५ एमपीए पाइएको छ । सरकारले यसकाे न्यूनतम मापदण्ड ५ एमपीए हुनुपर्छ भनेकाे छ । दोस्रो कुरा, यसको आकार प्रकार एकदमै चिटिक्क पर्ने भएकाेले फेसवालका रुपमा प्रयोग गर्न सकिन्छ । यसको आकार परम्परागत ईटाभन्दा ठुलो हुन्छ । परम्परागत ईटाको लम्बाई ९ ईन्च हुन्छ भने यसकाे साढे ९ ईन्च हुन्छ । परम्परागत ईटाको चौडाई सवा चार ईन्च हुन्छ भने चाइनिज ईटाको साढे चार ईन्च हुन्छ । ईटाको साइज ठूलो हुने कारणले एक घनमिटर वाल बनाउँदा ४ सय २० वटा ईटा भए पुग्छ । जवकि, परम्परागत ईटाहरु प्रयोेग गर्दा ५ सय ६० वटा प्रयोग हुन्छन् । हाम्रो ईटाहरु एकदम प्लेन हुने भएका कारणले गारो लगाउँदा ३०/३५ प्रतिशत सिमेन्ट बच्छ । वालमा प्लास्टर एकदमै पातलो लगाउँदा पनि हुन्छ । त्यहाँ पनि बँच्छ । वैज्ञानिक परीक्षण कस्तो हुन्छ भने पानीमा २४ घण्टा ईटा डुबाउँदा त्यसको तौल कति बढ्यो ? कति गह्रुङ्गो भयो ? अन्तर्राष्ट्रिय मापदण्डअनुसार ईटालाई २४ घण्टासम्म पानीमा डुबायो भने त्यसको तौल २० प्रतिशतभन्दा बढी हुनुहुँदैन । हाम्रो ईटा २० प्रतिशत होइन, १५ प्रतिशत मात्र बढ्छ । ईटाले धेरै पानी सोस्नु भनेको त्यहाँभित्र पारोसोफी हुनु हो । त्यसको भित्र प्वाँलहरु पर्नु हो । भित्र प्वाँल हुनु भनेको त्यो चाँडै फुट्नु हो । त्यसकारण हाम्रो उत्पादन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ । यसको प्राविधिक पक्ष के कस्तो छ ? सबै प्रविधि चीनबाट ल्याएका हौं । उद्याेग स्थापनादेखि सबै सामान चीनबाट ल्याएका हौं । सामानहरु जडान गर्न पनि चीनबाट नै प्राविधिकहरु लिएर आयौं । अहिले पनि दुई जना चाइनिज हामीसँगै छन् । उनीहरुले दुई वर्ष लगाएर मेसिन जडान गरिदिएका हुन् । अहिले उनीहरुले नै हामीले ट्रेनिङ दिएर सिकाउँदै छन् । एउटा घर सुन्दर र दिगो बनाउनका लागि निर्माण सामाग्रीहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ, यो चाइनिज ईटाले त्यो आवश्यकता र भूमिका निर्वाह गर्न सक्छ ? हामी विश्वमा आएका नविनतम वातावरणमैत्री तरिकाबाट ईटा उत्पादन गर्छौं । विश्वव्यापी रुपमा ईटालाई कसरी पोल्छ भन्ने इतिहास बुझ्नु पर्ने हुन्छ । म सानै थिएँ । मेरो घरका बुवाआमाले आफ्नै खेतमा ईटा बनाउँनु हुन्थ्यो । त्यसलाई एक ठाउँमा जम्मा गर्नु हुन्थ्यो । अनि त्यसमा दाउरा काेईला राखेर पोल्नु हुन्थ्यो । त्यो पहिलो प्रविधि भयो । दोस्रो प्रविधि भनेको ठाडो भट्टा भन्ने थियो । तेस्रो प्रविधि भनेको अहिले फलामको चिम्नीले तयार पारिन्छ । त्यसपछि आएको प्रविधि भनेको फिक्स्ड चिम्नी हाे । फिक्स चिम्नीमा पनि वातावरणिय प्रभाव न्यनिकरण गर्न जीकज्यक प्रविधबाट काेइला राखि कम भन्दा कमभन्दा कम प्रदुषण गर्ने प्रविधि हाे ।   त्यसपछि अाएकाे प्रविधि हफम्यान प्रविधि हाे ।  फोर्स ड्राफ्ट हाे। अहिले संसारभरि आएको यो टनेल क्लिन प्रविधि हो । यसको मुख्य दुईटा फाइदा छन् । यो उर्जा किफायति छ । अर्को फाइदा भनेको यो वातावरणमैत्री छ । वातावरणमैत्री के अर्थमा छ भने ईटा बनाउँदा मलिलो माटो चाहिन्छ भन्ने हुँदैन । जस्तोसुकै माटो भएपनि हुन्छ । ईटा बनाउँनेदेखि निकाल्नेसम्म बन्द सेडभित्र तयार पार्छौं ।  त्यसको धुलो बाहिर फाल्दैनौं । तेस्रो भनेको यो टनेल क्लिन प्रविधिमा ईटा पोल्दा कम्प्लिट कम्बसन हुन्छ । त्यो भएन भने कालो धुवाँ निस्कन्छ । तपाईले घरको चुलोमा नसुकेको दाउरा बाल्नु भयो भने धेरै धुवाँ आउँछ । त्यो भनेको कार्वनमनअक्साइड हो । त्यसले वातावरणमा हानी पुर्याउँछ । टनेल क्लिन प्रविधिमा पनि पुरा कम्बसन (पुरै जल्ने) हुने भएकाेले कार्बनमनअक्साइड निस्कदैँन । यो ईटाबाट निस्कने भनेको बाफ र अलिकति सीओटु हो ।  टनेल क्लिनको हकमा चिम्निबाट निस्किने एक घनमिटर धुवाँमा एक सय मिलिग्राम भन्दामाथि सरकारले पर्टिकुलेट म्याटर हुनु हुन्न भनेकाे छ । । हाम्रोमा ३४.८ मात्र त्यसको मात्रा देखिएको छ । यो नेपाल सरकारले दिएको मापदण्डको एक तिहाई मात्र छ । यस अर्थमा हामी वातावरणमैत्री छौं । परम्परागत र चाइनिज ईटाको विशेष फरक के छ ? परम्परागत ईटा हातले बनाएर दुई हप्ता जति घाममा सुकाउने र  भट्टिमा २१ दिन राख्ने गरिन्छ। यसाे गर्दा  पाकेकाे इटा निकाल्दा डेढ महिना जति समय लाग्छ । तर, हाम्रोमा ईटा बनाएको तीन चार दिनमै पाकेको निकाल्न सक्छौं । परम्परागत ईटा उद्योग लेवरहरुमा डिपेण्ड थियो भने हाम्रो यो प्रविधिमा डिपेण्ड छ । परम्परागत ईटामा तीन चार सय जना कामदारहरुको आवश्यकता पर्थ्याे । ती तीन चार सय जनाले जति ईटा उत्पादन गर्ने हो, हामी ३०/४० जनाले मेसिनमा उत्पादन गर्न सक्छौं । उनीहरू ६ महिना काम गर्छन् भने हामी वर्षभरि नै गर्छौं । मूल्यको कुरा गर्दा प्रतिईटा १४ रुपैयाँमा बेचिरहेका छौं । घर निर्माणमा ईटा उद्योगीहरुले कमसल पठाउने, त्यसले घर त्यति बलियो नहुने भन्ने गुनासाे पनि छ, तपाइहरूकाे उत्पादनमा यस्ताे समस्या हुन्छ कि हुँदैन ? त्यो दोहोरिन्न । हामी १४ रुपैयाँ प्लस भ्याटमा बेचिरहेका छौं । हामी ईटा एकदमै रातो पठाउँछौं । हामी टुक्रा पनि पठाउँदैनौं । यो प्रविधिको ईटा नेपालमा भित्र्याउँने हामी तेस्रो हौं । पहिले यस्तै ईटा धादिङमा थियो । त्यस्तै ५/६ महिना अगाडि नुवाकोटमा राखिएको छ भने हामी तेस्रो हौं । हाल धेरै व्यवसायीहरु ईटा  उद्योगमा संलग्न छन्, ती उद्योगीभन्दा हामी यो कारणले फरक छौं भन्ने केही छ ? नेपालमा ईटाको इतिहास हेर्ने हो भने २५ सय वर्ष अगाडिदेखि छ । नेपालमा धेरै इटा उद्योगीहरु पनि छन् । तिनीहरुमा हामी धेरै पृथक छौं । एक त हामी मेसिन इन्टेन्सीभ छौं । हामी लेवरइन्टेनसीभ छैनौं । दाेस्रो कुरा, हामी क्वालिटीमा कम्प्रमाइज गर्दैनौं । तेस्रो, ईटाकाे हरेक कुरा टेस्ट गर्ने मेसिन छ । हामी हरेक कुरा टेस्ट गरेर गुणस्तरीय उत्पादन गर्न सक्छौं । चाइनिज ईटा  व्यापार गरेकाे याे  एक महिनाको अवधिमा बजारकाे प्रतिक्रिया के कस्तो आयो ? मार्केट रेस्पोन्स एकदमै राम्रो छ । हामीले तातोपानी, ढल्केबर, विराटनगर पठायौं । हामी अब डिलरमार्फत ग्राहकले सरल रुपमा पाउन भनेर देशभरि नै डिलरको आब्हान गरिरहेका छौं । हाम्रा लक्षित ग्राहकहरु देशैभरिका हुन् । हाम्रो लक्ष्य भनेको नेपालका घरलाई सुन्दर र आकर्षक बनाउने हो । हामीले बजार अध्ययन गर्यौं । विभिन्न ठाउँहरुमा कति ईटाको आवश्यकता छ भनेर बुझिरहेका छौं । एभरेजमा प्रत्येक शहरमा दैनिक १० हजार चाइनिज ईटाकाे माग छ । उपत्यकाबाट मालबाहक ट्रकहरु सस्तोमा जाने गरेका छन् । त्यसले गर्दा पनि उपत्यका बाहिर बजार विस्तार गर्न सजिलाे छ । तपाईं परम्परागत ईटादेखि इको प्यानलसम्मकाे उत्पादनमा सहभागी हुनुहुन्छ,  अहिले चाइनिज ईटा उत्पादन पनि सुरु गर्नुभएको छ, यी उत्पादनबीचकाे सम्बन्ध र फरक के कति छ ? चाइनिज ईटा  भनेको बाहिरी वालमा सो देखाउनको लागि हो । गोरखा इको प्यानल भन्नाले कुनै पनि स्थायी तथा अस्थायी संरचना निर्माण गर्दा बाहिरी गाह्रो तथा भित्री पाटेसन वालको रूपमा प्रयोग हुने टंग एन्ड ग्रुभसहितको ज्वाइन्ट भएको हलुका निर्माण सामग्री हो । इको प्यानल अहिले संसारभर निर्माण सामग्री उत्पादन गर्दा सकेसम्म कम प्राकृतिक स्रोत–साधनको उपयोग हुनुपर्छ भन्ने मान्यताको उपज हाे । यस हिसाबले नेपालमा पनि निर्माण सामग्री उत्पादनमा कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुनुपर्छ भन्ने मान्यता हाम्रो हो । यही कारण हामी कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुने र उत्पादनमा कम मात्रै ऊर्जा खपत हुने निर्माण सामग्रीको प्रयोग हुनुपर्छ भनेर लागेका हौँ । यो क्रममा हामीले इको प्यानल पायौँ । यही कारण हामी इको प्यानलको प्रयोगलाई बढावा दिनुपर्छ भनेर लागेका हौँ । साथसाथै संसारभर भूकम्पको जोखिम कम गर्न कम वजन भएको निर्माण सामग्रीको प्रयोग गर्नुपर्छ भन्ने मान्यता पनि स्थापित भएको छ । कम वजन भएको निर्माण सामग्री भनेकै इको प्यानल हो । यसकारणले पनि हामीले सम्भावित भूकम्पको क्षतिलाई न्यूनीकरण गर्न इको प्यानलको प्रयोगलाई जोड दिँदै आएका छौँ । यति मात्रै होइन, तीव्र विकास अहिलेको आवश्यकता हो । विकास निर्माणको कामलाई तीव्रता दिन छिटोभन्दा छिटो जडान गर्न सकिने निर्माण सामग्रीको आवश्यकता छ । यस अर्थमा पनि इको प्यानल महत्वपूर्ण हुन्छ । यसको प्रयोगले परम्परागत निर्माण सामग्रीको प्रयोगभन्दा ६ गुणा कम हलुका बनाइदिन्छ । ईटा उत्पादनलाई अत्याधुनिक बनाउन तथा व्यवसाय विस्तार गर्न सरकारले के कस्ताे सहयाेग गरेकाे महसुस गर्नुभएकाे छ  ? ठीकै छ । एउटा ट्याक्स पेयरले सरकारलाई ट्याक्स पे गरिसकेपछि जति सेवा पाउनु पर्ने हुन्छ, त्यो फुलफिल भएको जस्तो लाग्छ । तर पनि जति हामीले ट्याक्स पे गर्छौं त्यो अनुसारको सेक्युरिटी पाए जस्तो मलाई लाग्दैन । त्यो चाहिँ अलि कमजोरी छ जस्तो लाग्छ । परम्परागत निर्माण सामग्रीलाई आधुनिकीकरण गर्न तपाईंले निकै पहल गर्नुभएको छ र तीनवटा उद्योग नै स्थापना गरिसक्नु भएको छ, यो क्षेत्रमा कति लगानी भयो होला ? मैले आफैले यो व्यवसाय सुरु गरेको पाँच वर्ष भयो । हाम्रो एउटा टिम छ । गार्खा इको प्यानल १०/१२ करोडमा सुरु गरेका हौं । आजभोलि यसको लगानी २५/३० करोड पुगिसकेको छ । गोर्खा प्रिकास्ट विण्डोरमा १५/२० करोडको लगानी छ । अहिलेको यो गोर्खा चाइनिज ईटा सुरु गरेका छौं । यसमा ५० करोडको लगानी छ । समग्रमा हाम्रो झण्डै एक सय करोड लगानी गरेर यी तीन संस्थाहरु स्थापना गरेका छौं । आगामी योजनाहरु के कस्ता छन् ? हामीले बनाएको उत्पादनकाे गुणस्तरमा कम्प्रमाइज गर्दैनौं । गुणस्तरलाई ध्यान दिन्छौं । ब्राण्डलाई मेन्टेन गरेर अगाडि बढ्छौं । हामीले उपत्यका र आसपासमा राम्रै बजार लिएका छौं । यसको बजारीकरण उपत्यकामा राम्रै देखिएको छ । आमनागरिकले सस्तो र सहजरूपमा यसको प्रयोग गर्न पाएका छन् । माग पनि बढेको छ । अबको योजना भनेको उपत्यका बाहिरका मुख्य शहरमा सेवा विस्तार गर्नु नै हो । पोखरा, बुटवल, विराटनगर, नेपालगञ्ज जस्ता ठूला र आधुनिक शहरमा यसको बजार विस्तारमा छौँ । त्यसपछि बजारको मागअनुसार नै अघि बढ्ने तयारी छ ।